सुर्खेतको महेलकुनामा माओवादी लडाकुले शुक्रबार दिउसो स्थानीय बासिन्दा र प्रहरीलाई कुटपिट, ५ स्थानिय र चार प्रहरी घाइते !

प्रस्तावविरुद्ध उपाध्यक्ष मोहन वैद्यले फरक मत पेस गरेका छन्। आज बसेको केन्द्रीय समितिको बैठकमा वैद्यले फरक मत राखेका हुन्। बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। वैद्यले पालुङटार विस्तारित बैठकबाट पारित ‘शान्ति स्थापना र संविधान निर्माण नभए जनविद्रोहमा जाने' कार्यदिशा दाहालले त्यागेको आरोप लगाएका छन्। बुधबारको पोलिटब्युरो बैठकमा दाहालले त्यस्तो प्रस्ताव ल्याएपछि वैद्यले केन्द्रीय समिति बैठक डाक्न माग गरेका थिए। दाहालको प्रस्तावमा अर्का उपाध्यक्ष बाबुराम भट्टराईले समर्थन जनाएका थिए। वैद्यले जारी केन्द्रीय समितिको बैठकले यस विषयमा टुंगो लगाउन नसके विस्तारित बैठक वा भेलासम्म जानुपर्ने माग गरेका छन्। वैद्यनिकट पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले दाहालको प्रतिवेदन सारसंग्रहवादी भएको टिप्पणी गरेका छन्। ‘सारसंग्रहवादी छ अध्यक्षको प्रतिवेदन, यता न उता, रात र दिनलाई के हो भन्दा केही राति केही दिन भनेजस्तो छ। यसको जवाफ अध्यक्षले कसरी दिन्छन्, हेर्न बाँकी छ,' कँडेलले भने।
यसै बिच सुर्खेतको महेलकुनामा माओवादी लडाकुले शुक्रबार दिउसो स्थानीय बासिन्दा र प्रहरीलाई कुटपिट गरेका छन्। कुटाईबाट स्थानीय क्लबका अध्यक्ष हस्तबहादुर पुन, फुटबल खेलाडी यादव खत्री र अर्का एक युवाका साथै चार प्रहरी घाइते भएका छन्। स्थानीय इन्द्रबहादुर बिसीले दिएको जानकारीअनुसार दिउसो करिब ३ बजे माओवादी सेनाको छैटौँ डिभिजनमा कार्यरत् एक लडाकुसँग स्थानीय एक युवाको झगडा भएको थियो। नजिकैको प्रहरी चौकीबाट झगडा मिलाउन गएको प्रहरीलाई शिविरबाट आएका लडाकुले लठ्ठी र ढुङ्गाले कुटेका थिए। 'प्रहरीलाई त कपडा खोलेर बेस्सरी कुटे', प्रत्यक्षदर्शी सिंहले भने- यस्तो बिजोगको कुटाई त मैले यसअघि कहिल्यै देखेको थिइनँ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक