20110426

अपराधीलाई सुधार्न बनेका नेपालका जेलहरू 'व्यावसायिक' अपराधीहरू उत्पादन गर्ने कारखाना

अपराधीलाई सुधार्न बनेका नेपालका जेलहरू 'व्यावसायिक' अपराधीहरू उत्पादन गर्ने कारखाना बन्दै गएका छन्। जेलप्रशासनको मिलेमतो र लापरबाहीका कारण देशभरिका जेलहरू अहिले अपराधमा लागेका व्यक्तिलाई सुधार्नभन्दा सामान्य अपराधीलाई 'व्यावसायिक' अपराधी बनाउँदैछ। प्रहरी अनुसन्धानअनुसार देशभरिका जेलमा कैदीहरूले खुला आपराधिक गतिविधि गर्दै आएका छन्। कतिपय ठूला अपराधका घटना कैदीकै निर्देशनमा हुने गरेको पाइएको छ। जेल सुरक्षाका लागि खटाइने प्रहरीको मिलेमतोमा देशभरिमा जेलमा कैदीहरूले फोन प्रयोग गर्दै आएको छन्। त्यही कारण अहिले जेल अपराधका लागि सुरक्षित अखडा बनेका हुन्। अझ जेलभित्र लागूऔषदेखि युवतीको समेत प्रहरीकै मिलेमतोमा तस्करी भइरहेका प्रमाणहरू भेटिएका छन्। आइतबार बिहान मात्र चक्रे मिलनका सहयोगी र जेलका नाइकेहरूबीच भद्र बन्दीगृहमा भएको ग्याङफाइटको घटनाले पनि जेलभित्रको वातावरण कस्तो छ भन्ने स्पष्ट हुन्छ। चत्रे्कले जेलभित्रैबाट अवैध गतिविधि संचालन गर्दै आएका छन्। तर नाइकेहरूसँग उनीहरूको कुरा नमिलेपछि उक्त झगडा भएको हो। जेलमा पसल राख्न तथा नाइके र सहनाइके बन्न पनि पैसाको चलखेल हुने गरेको छ। दुई महिनाअघि पक्राउ
परेका नाइके टासी लामालाई नाइके भएको सुविधाको दुरूपयोग गर्दै अवैध गतिविधि संचालन गर्दै आएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो। जेलका प्राय सबै नाइके अवैध गतिविधिमा संलग्न रहेको प्रहरी स्रोतहरू बताउँछन्। पछिल्लो समयमा प्रहरीले लगातार कैदीहरूबाट मोबाइल बरामद गरिरहेको छ। युनुश अन्सारी, चार्ल्स शोभराज, उदय सेट्टी, अभिषेक गिरीलगायत जेलमा रहेका कैदीहरूबाट प्रहरीले मोबाइल बरामद गरेको थियो। उनीहरूको जेलमै रहेका अन्य कैदीहरूसँग समेत पटक–पटक फोन सम्पर्क भएको पाइएको थियो।

प्रहरी तथा जेलप्रशासनसँगको मिलोमेतोमा कैदीहरू बारम्बार वेश्यालय र रेष्टुरेन्टसमेत जाने गरेका प्रमाणहरू फेला परेका छन्। जेलप्रशासनलाई आर्थिक प्रलोभनमा पारी कैदीहरूले यसरी असीमित सुविधा लिने गरेका हुन्। उपत्यकाका तीन जेलमा रहेका धनाढ्य कैदीहरू जेलमा समेत ऐशआरामपूर्ण तरिकाले बस्ने गरेका छन्।

जेलस्रोतबाट प्राप्त सूचनाअनुसार अस्पताल जाने बहानामा कतिपय कैदीहरू शारीरिक सम्पर्कका लागि वेश्यालय लगायतका विभिन्न गोप्य स्थानमा जाने गरेका छन्। कतिपय भने दिनभरि रेष्टुरेन्टमा गएर मदिरा पिई बेलुका फर्कने गरेका छन्। जेलसूत्रहरूका अनुसार प्रहरी र जेल प्रशासनलाई आर्थिक प्रभावमा पारेर उनीहरूले जेलमै असीमित सुविधा लिने गरेका हुन्। त्यसरी वेश्यालय जानेमा डिल्लीबजारमा जेलमा रहेका कैदी नारायण पौडेल छन्। उनी नियमित रूपमा सामाखुशीस्थित एक मोडलको घरमा पुग्ने गरेका छन्। स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल जाने बहानामा उनी प्रहरी नै लिएर त्यहाँ जाने गरेका हुन्। बिष्ट थरकी म्युजिक भिडियोमा खेल्ने मोडलसँग दिनभरि बसेर उनी फर्कने गरेका छन्। उनलाई पहिले डिल्लीबजार कारागारका सई सानुकाजी बिष्ट, असई सुरेश बस्नेत तथा हवल्दार रमेश बस्नेतले पालैपालो अस्पताल लैजाने बहानामा त्यहाँ लिएर जाने गरेका थिए। पछिल्लो समयमा कारागारका सबै प्रहरी हेरफेर भएपछि नयाँ प्रहरीहरू लिएर उनी त्यहाँ जाने गरेका छन्। बाह्रबीसे सिन्धुपाल्चोक घर भएका पौडेल एक समय रक्तचन्दन कारोबारीमा नाम चलेका व्यक्ति हुन्। रक्तचन्दनकै कारोबारबाट उनले करोडौं कमाएको स्रोत बताउँछ। मोडल बिष्ट बस्दै आएको फ्ल्याटको भाडा पनि पौडेलले नै तिर्दै आएको कारागार स्रोतको भनाइ छ। उनी वैदेशिक मुद्रा अपचलन मुद्दामा पुर्पक्षका लागि डेढ वर्षदेखि डिल्लीबजार कारागारमा छन्।

त्यसैगरी डिल्लीबजार जेलमै रहेका अर्का कैदी संजीव लामा पनि वेश्यालय जाने गरेका छन्। उनी सिनामंगलस्थित फ्लाटमा बस्ने यौनधन्दामा संलग्न एक युवतीलाई पटक–पटक भेट्न जाने गरेका हुन्। लामा बीएण्डबी अस्पताल जाने बहानामा प्रहरीलाई नै लिएर गई त्यहाँ घन्टौ बिताएर फर्केने गरेका छन््। हातहतियार खरखजना मुद्दामा लामा जेल परेका हुन्।

त्यसैगरी नख्खु कारागारमा रहेका प्रिन्स सन्तोष शाह पनि प्रहरीलाई नै लिएर जावलाखेलस्थित एक फ्ल्याटमा घन्टौ बस्ने गरेका छन्। उनलाई सधैंजसो प्रहरी हवल्दार राजु देउजाले लिएर जाने गरेको प्रहरी स्रोतको भनाइ छ। शाह युनिटी ठगी प्रक्ररणमा गत भदौ १५ मा कारागार चलान भएका थिए।

यी केही प्रतिनिधि उदारण मात्र भएको प्रहरी स्रोत बताउँछ। केन्द्रीय कारागारका रहेका डन राजु गोर्खालीलाई आफूले पटक पटक चावहिलको एक रेष्टरेन्टमा देखेको एक प्रहरी अधिकृत सुनाउँछन्। 'साधरण कैदीहरू त यसरी असीमित सुविधा लिन्छन् भने नाइके र चौकीदार के के गर्छन् होला, सहजै अनुमान लगाउन सकिन्छ,' काठमाडौं परिसरका एक अधिकृत बताउँछन्। सामान्य कैदीलाई अस्पताल जानका लागि मात्र बाहिर जान दिइन्छ भने सहनाइके, नाइके र चौकीदारलाई नियमित रूपमा नै बाहिर जाने गरेको छन्। धेरै कैदीहरू प्रहरी र जेल प्रशासनसँगको मिलेमतोमा आपराधिक गतिविधिमा समेत सक्रिय हुने गरेको यसअघि नै खुलिसकेको छ। केन्द्रीय कारागारमा रहेका चक्रे मिल र टासी लामा प्रहरीसँगको मिलेमतोमा नियमित रूपमा जेलबाहिर आएर आपराधिक गतिविधिमा संलग्न रहेको यसअघि पटक–पटक पुष्टि भइसकेको छ।


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक