20110501

जेठ १४ मा संविधान बन्न नसके २०१७ साल दोहोरिन सक्नेछ : माओवादी उपाध्यक्ष बाबुराम

नेपालको संविधान सात दिनमा बन्छ तर, माओवादी नेता बेइमान भए : कांग्रेस सभापति सुशील कोइराला
यस्तै जुहारिका बिच यता भने नेकपा (माओवादी), नेकपा -एमाले) र मधेसी जनअधिकार फोरमबीच भोलि सोमबारसम्ममा सरकारलाई पूर्ण्ाता दिने सहमति !
 माओवादी उपाध्यक्ष बाबुराम भट्टर्राईले जेठ १४ मा संविधान बन्न नसके २०१७ साल दोहोरिन सक्ने आशंका व्यक्त गर्नुभएको छ। जसरी नेताहरूको अदूरदर्शिताका कारण १७ सालमा प्रजातन्त्र गुम्यो, त्यसरी नै दलहरूको विभाजनकारी कार्य जेठ १४ पछाडि त्यस्तै हबिगत भोग्नुपर्ने हुन सक्छ। शनिबार जनजागृति उच्च मावि पिठुवाको ४९औं वाषिर्कोत्सव समारोहमा उहाँले भन्नुभयो- ँजेठ १४ पछाडि सबै दलले एउटै धारणा बनाएर महासंकटबाट देशलाई बचाउनुपर्ने छ।’ १७ सालको जस्तै राजनीतिक जटिलता दोहोरिन सक्नेतर्फसंकेत गरेका भट्टर्राईले त्यस्तो समस्या कहाँबाट आउने र कसले गर्नेबारे भने केही खुलाएनन्। दलहरूको सत्ता लिप्सा हेदा महाविपत्तिको सम्भावनालाई आफूले नजरअन्दाज गरेको र तोकिएको मितिमा संविधान निर्माण नहुँदाको परिणामप्रति सबै गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो। जेठ १४ मा संविधान नबने कति दिनभित्र संविधान बनाइसक्ने भन्ने बारेमा साझा धारणा आयो भने पनि १७ सालको जस्तो महाविपत्ति र्टन सक्छ तर
त्यो अहिलेसम्मको उधारो राजनीतिक सम्झौता भए जस्तो होइन, उहाँले भन्नुभयोे- ँबढीमा ६ महिना संविधानसभाको म्याद थपेर यही अवधिमा जनताले चाहेको संविधान जारी गर्नुपर्छ।

नेकपा (माओवादी), नेकपा -एमाले) र मधेसी जनअधिकार फोरमबीच भोलि सोमबारसम्ममा सरकारलाई पूर्ण्ाता दिने सहमति भएको छ। सरकारमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव परराष्ट्र मन्त्रालय लिएर उपप्रधानमन्त्रीका हैसियतमा सहभागी हुनुहुने भएको छ। मधेसी जनअधिकार फोरमका सहअध्यक्ष जेपी गुप्ताले अध्यक्ष यादवलाई सरकारमा सहभागी हुने पूवनिर्ण्र्ााफिर्ता लिन र्सार्वजनिक अपिल गर्नुभएको दिन शनिबार नै अध्यक्ष यादवले पार्टर्ीीरकारमा सहभागी हुने सहमति गर्नुभएको हो।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’, प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष यादवबीच भएको छलफलमा सोमबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गरी सरकारलाई पर्ूण्ाता दिने निष्कर्षनिकालेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। तीन नेताबीच साँझ ६ बजेदेखि सवा घण्टासम्म भएको छलफलमा मन्त्रालय बाँडफाँडको समेत टुंगो लगाइएको छ। छलफलमा मधेसी जनअधिकार फोरमलाई सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र, वाणिज्य तथा आपर्ूर्ति, कृषि तथा सहकारी र श्रम तथा यातायात व्यवस्था गरी चार मन्त्रालय दिने टुंगोसमेत लगाइएको थियो।  तीन नेताको छलफलले आज आइतबार बिहान सेना समायोजन विशेष समितिअर्न्तर्गत कार्यदलको अनौपचारिक बैठक बस्ने तथा एकीकृत माओवादी र एमालेबीच आज बिहान १० बजे माओवादी संविधानसभा संसदीय दलको कार्यालयमा दर्ुइ पक्षीय वार्ता गर्ने तय गरेको छ। 
तीन नेताबीचको छलफलमा प्रधानमन्त्री र संवैधानिक उपसमितिका सदस्यहरूसहितको र्सवदलीय बैठक आज साँझ ५ बजे बस्ने पनि तय भएको छ। तीन दलबीच सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम र आचारसंहिता पनि छिट्टै टुंग्याउने सहमति गरिएको छ। तीन नेताबीच शान्तिप्रक्रियालाई यथाशक्य चाँडो अगाडि बढाउने, बजेटलाई सहज ढंगले आउन दिने वातावरण बनाउन प्रतिपक्षी दलहरूसँग वार्ता गर्ने र संविधान निर्माणका लागि छुट्याएको समयसीमाभित्र संविधानको खाका र्सार्वजनिक गर्ने विषयमा पनि छलफल भएको थियो। माओवादी केन्द्रीय समितिको बैठकले शान्ति र संविधानको पक्षमा प्रस्ताव पारित गरेकाले जनतामा अब राजनीतिक दलहरूप्रति विश्वासको वातावरण बन्ने निष्कर्षनिकाल्दै तीन दलको छलफलले छिट्टै सरकारको विस्तार, शान्तिप्रक्रिया र संविधान निर्माणको काममा प्रभावकारी प्रगति हासिल गर्ने सहमति गरेको हो।

कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा (ओवादी) का नेता इमानदार बने मुलुक शान्तिप्रक्रियाको टुंगोमा पुग्ने बताउनुभएको छ। शान्ति र संविधानका लागि देशव्यापी जनचेतना अभियानअर्न्तर्गत शनिबार झापाको बिर्तामोडमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै सभापति कोइरालाले माओवादी नेता इमानदार भएर आए शान्तिप्रक्रिया निष्कर्षा पुग्ने बताउनुभएको हो। उनीहरू नेपाली जनताका लागि इमानदार बने भने अहिलेसम्म भएका सहमति कार्यान्वयन हुन्छ’, उहाँले भन्नुभयो- ँसहमतिअनुरूप नेपालको संविधान सात दिनमा बन्छ।’ तर, माओवादी नेता बेइमान भए, आँखामा छारो हाल्ने काम गरे पाँच वर्षा पनि शान्तिप्रक्रिया निष्कर्षा नपुग्ने र संविधान पनि नबन्ने सभापति कोइरालाले दाबी गर्नुभयो। माओवादीले प्रजातन्त्रलाई अराजक व्यवस्था भन्ने गरेको टिप्पणी गर्नुहुँदै उहाँले माओवादी नेता प्रचण्डले भनेजस्तो शान्ति र संविधानको नारा पूरा होस् भन्ने कामना गर्नुभयो। ँजनताको सम्पत्ति, जग्गा खोसेजस्तै कांग्रेससँग गर्न खोजिरहेका छन्’, उहाँले माओवादी चरित्र प्रस्ट्याउँदै भन्नुभयो- ँत्रास देखाउँदै कांग्रेससँग भएको प्रजातन्त्र खोसेर उनीहरू र्सवसत्तावादी बन्न खोज्दै छन्।’ जेठ १४ पछि के हुन्छ - भन्ने भ्रम चिर्न उहाँले माओवादी इमानदार भए सात दिनमै संविधान बन्ने दोहोर्याउनुभयो। कांग्रेसका वरिष्ठ नेता तथा पर्ूवप्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिप्रक्रिया टुंगोमा नपुग्ने भन्दै जेठ १४ भित्र संविधान नबन्ने दाबी गर्नुभयो। उहाँले सम्बोधनको थालनीमै भन्नुभयो- ँहामीले तीन वर्षम्म समय खेर फाल्यौँ।’ संविधान निर्माण गर्न माओवादी नमान्ने गरेको बताउँदै नेता देउवाले लडाकूको समायोजन, वाईसीएलको विघटन र जनताको सम्पत्ति फिर्ता नभई शान्ति बहाली नहुने बताउनुभयो। उहाँले भन्नुभयो- ँसबै कुरा माओवादीले मान्दैन, संविधान पनि बन्दैन।’ पार्टीपसभापति रामचन्द्र पौडेलले नेपाली कांग्रेसविना मुलुकको समस्या समाधान नहुने बताउनुभयो। उहाँले माओवादी र एमालेबीच भएको सातबुँदे सहमति धोका भएको उल्लेख गर्नुहुँदै कांग्रेसबिनाको सरकार पूर्ण् नहुँदै ढल्न लागेको बताउनुभयो।

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक