20110502

अमेरिकाको बाल्टिमोरमा साँस्कृतिक साँझ !

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को चौथो बार्षिक भेलासँगै बीसौं विश्व प्रेस स्वतन्त्रता दिवस मेरिल्याण्डको बाल्टिमोरमा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न
नेपाल अमेरिका पत्रकार संघको पत्रकार कल्याणकारी कोशको सहयोगार्थ बाल्टिमोर अमेरिकामा आयोजित बिबिध साँस्कृतिक कार्यक्रमका केही झलकहरु !उक्त कार्यक्रममा गायक गायिकाहरु क्रमश : यम बराल, रामप्रसाद खनाल, जगदीश समाल, राम श्रेष्ठ, मीना राइ, रोशन श्रेष्ठ, आनन्दु लामा र विश्व थापा लागायत को प्रस्तुती रहेको थियो। उक्त अवसरमा सहभागी कलाकार तथा कार्यक्रम सफल पार्न सहयोग पुर्यायने विभिन्न व्यक्तिहरुलाई नेजाका तर्फबाट प्रमाण पत्र समेत प्रदान गरिएको थियो । उक्त सांस्कृतिक कार्यक्रम को सञ्चालन नेजा सचिब शर्मिला उप्रेती एबम टिकाकुमार पुनले
गरेका थिए ।



Photo/Video By : Mohan Bastakoti/Nepalmother.com
                 



नेजाको बार्षिक भेलासँगै प्रेस स्वतन्त्रता दिवस
मेरिल्याण्ड, बाल्टिमोर/ नेपाल अमेरिका पत्रकार संघ(नेजा)को चौथो बार्षिक भेलासँगै बीसौं विश्व प्रेस स्वतन्त्रता दिवस मेरिल्याण्डको बाल्टिमोरमा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न मे १ तारिख आइतबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा पहिलो सत्रमा संघको आन्तरिक छलफल, दोश्रो सत्रमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विचार गोष्ठी र तेश्रो चरणमा नेजा संझना सा“झ नामको सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । नेजा कार्यसमितिका कार्यवाहक अध्यक्ष कृष्ण शर्माको सभापतित्वमा सम्पन्न पहिलो चरणको कार्यक्रममा अध्यक्ष शर्मा, महासचिब आङछिरिङ्ग शेर्पा र डीसी मेट्रो क्षेत्रका उपाध्यक्ष विष्णु शीतलको मन्तव्य तथा कोषाध्यक्ष सहदेब पौडेलको प्रतिबेदनप्रति उपस्थित नेजा सदस्यहरुले टिप्पणी तथा छलफल गरेका थिए ।

नेजा नेतृत्वले आफूहरुले गत बर्ष अप्रिल २४ र २५ मा न्युजर्सी राज्यको एट्लान्टिक सीटीमा सम्पन्न अबिधेशनदेखि जिम्मेवारी समाल्को यस बीचमा नेजा बद्रीकुल स्मृति पत्रकारिता पुरस्कार स्थापना, नेपालबाट आएका संचारकर्मी तथा अन्य ब्यक्तिहरुस“ग अनुभव आदान प्रदान कार्यक्रम संपन्न गरेको जानकारी गराएको थियो । साथै, नेजाले आगामी दिनमा संघको संगठन विस्तार गर्दै यसलाई उत्तर अमेरिकी महादीपमा सशक्त संचारकर्मी संघको रुपमा स्थापना गर्न पहल गरिने र अमेरिकामा संचार माध्यम र संचारकर्मीहरुको क्षमता अभिबृद्धि गर्न लागिपरेका सरकारी एवम गैरसरकारी संघ-संस्थास“ग सहकार्य गर्दै अघिबढ्ने जानकारी पनि दिएको थियो । सो अवसरमा नेजा सल्लाहकार पत्रकार योगेश उपाध्यायले यो संस्था आम आप्रवासी संचारकर्मीहरुको साझा संस्था बन्नुपर्नेमा जोड दिंदै २१ सौं सताब्दीमा आएका आम संसारका माध्यमहरुले मध्यपूर्वी देशहरुमा आएका परिवर्तनको समेत चर्चा गर्नुभएको थियो ।

नेजा सचिब शर्मिला उप्रेतीद्धारा संचालन गरिएका दुबै कार्यक्रममा सदस्यहरुले नेजाको कार्यशैली, प्रस्तुती, भावी कार्ययोजनालगायतमा आलोचनात्मक टिप्पणी गरेका थिए । उनीहरुले नेजास“ग ठोस नीति, कार्यक्रम केही नभएको, आम आप्रवासी मीडियाकर्मीको नेतृत्व गर्न सक्षम नभइसकेको र राम्रो व्यबस्थापकीय तयारी बिनै कार्यक्रम आयोजना गरेको भन्दै आलोचना गरेका थिए ।

दोश्रो चरणको कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा (पीएचडी)ले संचारकर्मीले सत्य, तथ्य र संतुलित समाचार स्रम्प्रेषण गर्न सकेमात्र आम नागरिकको संचारजगतप्रतिको दृष्टिकोण थप सकारात्मक बन्दै जाने विश्वास व्यक्त गर्नु भएको थियो । उहा“ले नेजास“ग सहकार्य गर्न अमेरिकी सरकारी एवम गैह्रसरकारी संघ संस्थाहरु तयार देखिएको र यसका लागि सहजीकरण गर्न आफूहरु तयार रहेको बताउनु भएको थियो ।

कार्यक्रममा नेजाका संस्थापक पूर्व अध्यक्ष गिरीश पोखरेलले नेपाल अमेरिका पत्रकार संघ यहाँसम्म आइपुग्नुमा सबै सहभागीहरुको उत्तिकै योगदान रहेको बताउनुभयो । प्रेस स्वतन्त्रता दिवस र मजदुर दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गर्दै संस्थालाई अझ बलियो बनाउन अमेरिकामा रहेका नेपाली भाषीहरुलाई समेट्दै जानुपर्नेमा जोड दिनुभयो । नेपाली समाजका समाचार र अमेरिकामा बसोबास गर्न आइपुगेका नयाँ नेपालीहरुका लागि सामान्य किसिमका जानकारी सबै क्षेत्रबाट दिन सके त्यो पनि ठूलो कुरा हुने भन्दै भुटानी नेपालीहरुलाई समेत आगामी दिनमा समेट्दै जानुपर्नेमा बताउनुभयो । कार्यक्रममा नेजाको बाल्टिमोर भेलाका संयोजक तथा नेजा कार्यसमिति सदस्य शिव विष्टले बाल्टिमोरमा आउनुभएका सबै सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । एशोसिएशन फर नेप्लिज इन अमेरिका(एएनए)का समाचार संयोजक गुणराज लुइँटेल, सगरमाथा टेलिभिजनका संचालक एवम नन् रेसीडेन्ट्स नेपाली संस्था(एनआरएन)का संचार संयोजक रामचन्द्र खरेल, डीसी नेपाल डटकमका रामहरि सुवेदी, अमेरिका नेपाल सोसाइटकिा अध्यक्ष नगेन्द्र पौडेल एशोसीएशन फर नेप्लिज इन अमेरिका-वाना)का अध्यक्ष विजय श्रेष्ठ, ग्लोब नेपाल डटकमका गौतम दाहालले पनि आ-आफ्नो विचार राख्नुभएको थियो । टेक्सासबाट कार्यक्रममा भाग लिन आइपुग्नुभएकी पत्रकार अमृता लम्सालले प्रेस स्वतन्त्रता दिवसका उपलक्ष्यमा तयार पारिएको एक्काइसौं सताब्दीमा संचारसम्बन्धी एक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पत्रकार लम्सालले, संचारमाध्यमहरुको विकासका बारेमा बोल्दै समाचार सम्प्रेशण गर्दा आफूले संचारकर्मीहरुलाई भने कुनै नियम-कानुन लाग्दैन भन्ने सोच्न नहुने बताउनुभयो । - नेपाली पोष्ट
for both program's photo please click this Face Book link of Nepalipost: 
http://www.facebook.com/nepalipost#!/media/set/fbx/?set=a.199201893449990.43033.100000805432504


सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक