20110505

काले काले मिलेर खाम भाले : संविधानसभाको कार्यकाल थप गर्न नेपाली काङ्ग्रेसका पाँच सर्तहरू !

३ उपप्रधानमन्त्री सहित ३५ सदस्यीय मन्त्रिमण्डलले देश लुट्न नपुगेर ६०१ नालायक सभासदको म्याद थपिदै ! बोल्दैनन्  नेपाली जनता !
१५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य सञ्चालन गर्ने घोषणा !
काङ्ग्रेसका सर्तहरू ! : राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि झलनाथ खनालले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने ।
· लोकतान्त्रिक संविधान निर्माणका निम्ति माओवादी प्रतिबद्ध हुनुपर्ने ।
· संविधान निर्माणमा उत्पन्न अवरोध (विवादित मुद्दा टुङ्ग्याउन) हटाउन माओवादी मञ्जुर हुनुपर्ने ।
· शान्ति स्थापना प्रक्रियालाई तत्काल टुङ्गोमा पुर्‍याउन लडाकु व्यवस्थापनमा सहमति गरी कार्यान्वयन प्रक्रिया सुरु गरिनुपर्ने ।
· द्वन्द्वकालमा माओवादीद्वारा कब्जा गरिएका सर्वसाधारणका घर, जग्गा तथा अन्य सम्पत्ति फिर्ता गरिनुपर्ने ।
नेपाली काङ्ग्रेसले माओवादीप्रति स्पष्ट दृष्टिकोण र दृढ अडान राख्ने सङ्केतहरू देखिएका छन् । संविधानसभाको कार्यकाल थप गर्न विशेष पहल गर्दै आएको माओवादीले एमालेलाई म्याद थपका निम्ति
सहमत गराए पनि नेपाली काङ्ग्रेसलगायत प्रजातन्त्र पक्षधर दलहरूलाई सहमतिमा ल्याउन सकेको छैन । काङ्ग्रेस यही स्थितिमा कार्यकाल थप गर्न कुनै हालतमा पनि मञ्जुर नहुने भएको छ । म्याद थप गर्नैपर्ने भएमा काङ्ग्रेसका कम्तीमा पाँचवटा सर्त माओवादी र प्रधानमन्त्री झलनाथ खनालले मञ्जुर गर्नुपर्नेछ । यद्यपि काङ्ग्रेसले यस सम्बन्धमा औपचारिक निर्णय लिइसकेको छैन, उसले संविधान निर्माण तथा जारी गर्नु पहिले शान्तिप्रक्रिया टुङ्गिइसक्नुपर्ने धारणा सार्वजनिक गरेको छ । जसरी भए पनि संविधानसभाको म्याद थप गर्न लालयित माओवादीलाई काङ्ग्रेसको यस्तो धारणाले दबाब पैदा गरेको छ । तर, माओवादी काङ्ग्रेसकै दबाबका कारण लडाकु व्यवस्थापनका लागि तयार होला भन्ने विश्वास भने अहिले नै गर्न मिल्ने स्थिति छैन । लडाकुको व्यवस्थापनमा भन्दा समायोजनमा माओवादीले जोड दिँदै आएको छ र सुरक्षा निकायमा सामूहिक प्रवेश या छुट्टै फोर्स निर्माण गरी त्यसको नेतृत्व लडाकुले लिन पाउनुपर्ने अडान माओवादीले लिँदै आएको छ, जुन मागमा सहमति बन्न सक्ने सम्भावना अहिलेसम्म देखिएको छैन । काङ्ग्रेस यस किसिमको व्यवस्थापनको पूर्ण विरुद्धमा रहेको छ । संविधानसभाको कार्यकाल थप गर्न माओवादीले देखाएको अग्रसरतालाई काङ्ग्रेसले शान्ति स्थापना गर्ने र लोकतान्त्रिक संविधान निर्माण गर्ने सुवर्ण मौकाका रूपमा उपयोग गर्ने नीति लिएको छ । काङ्ग्रेससम्बद्ध सूत्रले जनाएअनुसार संविधानसभाको म्याद थप गर्न माओवादी र एमाले नेतृत्वले काङ्ग्रेसका कम्तीमा पाँचवटा सर्तहरू स्वीकार गर्नुपर्नेछ । प्रधानमन्त्री झलनाथ खनाल र माओवादीले म्याद थपको प्रस्ताव अघि सारेको अवस्थामा काङ्ग्रेसले पहिलो सर्तका रूपमा राष्ट्रिय सरकार निर्माणको निम्ति प्रधानमन्त्री पदबाट झलनाथ खनालको राजीनामा प्रस्तुत गर्नेछ । राष्ट्रिय सहमतिको सरकारबिना संविधान निर्माण हुन नसक्ने अवस्था रहेको, तर खनालको नेतृत्वमा सहमतिको सरकार बन्नसक्ने कुनै सम्भावना नरहेको हुँदा खनालको राजीनामालाई काङ्ग्रेसले पहिलो सर्तका रूपमा अघि सार्ने भएको हो । काङ्ग्रेसको दोस्रो सर्त शान्ति स्थापनासँग सम्बन्धित छ । माओवादी लडाकु र हतियार व्यवस्थापनका विषयमा दलहरूबीच सहमति भई त्यसको कार्यान्वयन प्रक्रियासमेत आरम्भ भइसक्नुपर्नेछ । लडाकु व्यवस्थापन नभई शान्ति स्थापना नहुने, शान्ति स्थापना नभई संविधान जारी गर्नु गम्भीर गल्ती हुने भएकोले पनि काङ्ग्रेसले लडाकु व्यवस्थापनलाई उच्च महत्व दिएको छ । त्यस्तै माओवादीका तर्फबाट लोकतान्त्रिक संविधान निर्माणको प्रतिबद्धता काङ्ग्रेसले खोज्ने भएको छ भने चौथो सर्तका रूपमा संविधान निर्माणमा उत्पन्न अवरोध हटाउन माओवादी मञ्जुर हुनुपर्ने कुरालाई अघि सार्ने सम्भावना छ । लोकतन्त्रसँग बाझिएका कतिपय विषयमा माओवादीले आफ्नो हठ छोडी संविधान निर्माणमा सघाउनुपर्ने काङ्ग्रेसको धारणा छ । युद्धकाल र त्यसपछि पनि माओवादीद्वारा कब्जा गरिएका सर्वसाधारणको सम्पत्ति फिर्तालाई काङ्ग्रेसले पाँचौँ सर्तका रूपमा प्रस्तुत गर्ने बुझिएको छ । उल्लिखित पाँच सर्त पूरा भएमा तीनदेखि ६ महिनासम्मका लागि संविधानसभाको म्याद थप गर्न काङ्ग्रेस सहमत हुने भएको छ । सर्तहरू काङ्ग्रेसको हितमा नभई मुलुक र लोकतन्त्रकै हित र सुरक्षाका लागि अघि सारिने हुँदा माओवादी र एमाले नेतृत्व आफ्नो प्रस्तावप्रति सकारात्मक हुने विश्वास काङ्ग्रेस नेतृत्वले लिएको छ ।

यता थरुहट स्वायत्त राज्य परिषदले जेठ १४ गतेभित्र संविधान जारी नभए १५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी परिषद्ले संविधानसभाको म्याद थप आफूहरुलाई स्वीकार्य नहुने बताएको हो । एमाले र माओवादी र फोरमबीच भएको चारबुँदे सहमतिलाई राष्ट्रघाती भएको भन्दै परिषद्का अध्यक्ष लक्ष्मण थारुले आदीबासी थारुहरुलाई मधेसी बनाउने उक्त सम्झौता खारेज हुनु पर्ने माग गरेका छन् । परिषदले जेठ १४ गते अघि नै संविधान जारी गर्न दबाव सृजना गर्ने उद्देश्यले अगामी वैशाख २७ गतेदेखि दुई दिने थरुहट बन्द सहितको तीन साता लामो आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेको छ । घोषित आन्दोलनको कार्यक्रम अनुसार बैशाख २७ गते प्रचार प्रसार र वालपेन्टिङ्ग गर्ने, २८ गते मसाल जुलुस निकाल्ने, वैशाख २९ र ३० गते थरुहट बन्द गर्ने, जेठ ५ देखि १४ गतेसम्म कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, नवलपरासी, सिराहा, सप्तरी, उदयपुर, सुनसरी र चितवनमा थरुहट सेनालाई तालिम दिने, मजदुर, महिला, विद्यार्थी, किसान, ब्यापारी र कर्मचारको भेला गर्ने लगायतका छन् । उनले राज्यले थरुसहित विभिन्न समूदायसँग विभिन्न समयमा गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै त्यसो नगरिए उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्वयम राज्यले लिनु पर्ने चेतावनी दिएका छन् ।

अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com



सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक