20110506

निर्दोश अर्जुन लामाका हत्यारा नाइके अग्नी सापकोटा लाई संचार मन्त्री ! राष्ट्रसंघले जनायो आपत्ति !

गर्नु गरेउ झलनाथ माओवादी को मतियार बनेर !    
'माओवादीलाई गृहमन्त्रालय दिनु भनेको मानव तस्करी, लुटपाट, कुटपिट, बनमास्न, त्रास कायम गर्न छुट दिनु हो । अहिलेनै कति वाईसीएलहरु एसपीलाई निर्देशन दिन गईसके' : माधवकुमार नेपाल
संयुक्त राष्ट्रसंघले सूचना तथा सञ्चारमन्त्रीमा अग्नि सापकोटालाई गरिएको नियुक्तिबारे नेपालबाट जनाइएको मानवअधिकारप्रतिको प्रतिबद्धता उल्लंघन भएको बिहीबार दाबी गरेको छ। नयाँ मन्त्रीका रूपमा सापकोटा बुधबार नियुक्त हुनुभएको हो। नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले मन्त्री सापकोटाविरुद्ध मानवहत्या गरेको अभियोग लागेको दाबी गरेको छ। सो कार्यालयद्वारा जारी विज्ञप्तिमा मन्त्री सापकोटाले सन् २००५ मा अजर्ुर्ुुलामाको हत्या गरेको आरोप लगाइएको छ। उहाँविरुद्ध सो आरोप सन् २००८ मा दर्ता भएको थियो। लामाको हत्याका सम्बन्धमा सर्वोच्च अदालतद्वारा अनुसन्धान प्रक्रिया जारी राख्न दिएको निर्देशनकोे टुंगो नलाग्दै सापकोटालाई मन्त्री पदमा बहाली गर्नु नेपालले मानवअधिकारप्रति जनाएको प्रतिबद्धताको उल्लंघन हो
भनिएको छ। अदालतले उनीविरुद्धको अनुसन्धान जारी राख्न दिएको निर्देशनको पालना नभएकोमा सो कार्यालयले आपत्ति जनाएको छ। सो कार्यालयले सापकोटालाई मन्त्री पदमा नियुक्त गर्नुपूव लामाको हत्याराको नाम घोषणा गर्नुपर्ने जनाएको छ। सापकोटालाई मन्त्रीमा गरिएको नियुक्तिले मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षामा नेपालले व्यक्त गरेको प्रतिबद्धताको उल्लंघन भएको दाबी गरिएको छ।
नेकपा
(एमाले) ले पार्टीयक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालले पार्टीनर्ण्र्ाावपरीत गृह मन्त्रालय माओवादीलाई दिएर मन्त्रिपरिषद् विस्तार गरेपछि उहाँले पार्टीत्र निकै अप्ठेरो स्थितिको सामना गर्नुपर्ने भएको छ।

मन्त्रिपरिषद्को विस्तारको भोलिपल्टै बिहीबारबाट शुरू भएको पोलिटब्युरो बैठकमा पूवप्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता माधवकुमार नेपालदेखि अध्यक्ष खनालकै पक्षधरहरूले समेत पार्टीनर्ण्र्ाावपरीत माओवादीलाई गृह मन्त्रालय दिएकोमा आलोचना गर्दै सो निर्णयाई पार्टी अनुमोदन गर्न नसक्ने संकेत दिएका छन्।

अध्यक्ष एवम् प्रधानमन्त्री खनालले गरेको निर्णयपार्टी अनुमोदन नगरे पार्टीयक्ष या प्रधानमन्त्री पद नै धरापमा पर्ने नेताहरूको दाबी छ।

यसअघिको स्थायी कमिटीको बैठकले शान्तिप्रक्रिया निष्कर्षर्फउन्मुख नहुँदासम्म सुरक्षासँग सम्बन्धित मन्त्रालय माओवादीलाई दिन नसकिने भन्दै गृह मन्त्रालय पार्टीचव विष्णु पौडेललाई दिने निर्णयगरेको थियो।

सो निर्णयवपरीत पार्टी वरिष्ठ नेता नेपाल, महासचिवर् इश्वर पोखरेल, नेता केपी ओलीसँग समेत परामर्श नगरी गृह मन्त्रालय माओवादीलाई दिइएकोमा पार्टीयक्ष खनालले अनुशासनको कारबाही भोग्नुपर्छ कि पर्दैन भनी प्रश्नसमेत बिहीबारको बैठकमा उठेको थियो।

ँपार्टीध्यक्षले नै निर्णयकार्यान्वयन नगर्ने, पार्टीे अनुशासनलाई तोड्ने हो भने कसले अनुशासनको पालना गर्ने - के पार्टीध्यक्ष स्वयम् छाडा हुन
मिल्छ -’ -बैठकमा वरिष्ठ नेता नेपालले कडा शब्दमा प्रश्न गर्नुभएको थियो। उहाँको चेतावनी थियो- ँतपाईंले गरेको निर्णयपार्टी के आधारमा स्वीकार गर्ने - न त पार्टीई विश्वासमा लिने न राष्ट्रिय हितमा काम गर्ने, के माओवादीले जे भन्यो त्यही गर्नका लागि प्रधानमन्त्री बन्नुभएको हो -’

उपाध्यक्ष विद्या भण्डारी, महासचिवर् इश्वर पोखरेललगायत बिहीबार बोल्ने पोलिटब्युरो सदस्यहरूले पार्टीे निर्णयअध्यक्षबाटै कार्यान्वयन हुनर्ुपर्छ यदि निर्णय परिवर्तन गर्ने हो भने बैठक बोलाएर गर्न सकिन्थ्यो भन्नुभएको थियो। नेताहरूको प्रश्न थियो- ँकेन्द्रीय कमिटीको बैठक स्थगित गरेर स्थायी कमिटीले गरेको निर्णयाई उल्ट्याई जसरी मन्त्रिपरिषद् विस्तार गरियो र गृह मन्त्रालय माओवादीलाई सुम्पियो त्यसले शान्तिप्रक्रिया र संविधान निर्माण कार्यलाई समेत गम्भीर असर पार्ने मात्र होइन, सहमतिको ढोका नै बन्द गर्ने काम पार्टीयक्ष एवम् प्रधानमन्त्री खनालबाट भयो, यो कसरी पार्टीई स्वीकार्य हुन्छ -’

अध्यक्ष खनालको पक्षमा उभिँदै आउनुभएका उपाध्यक्ष वामदेव गौतमले ँमाओवादीलाई साथमा नै लिएर हिँड्न गृह मन्त्रालय दिनुपर्ने बाध्यता आएको हुन सक्छ त्यसका लागि पनि पार्टीई विश्वासमा लिएर गर्न पाएको भए राम्रो हुन्थ्यो’ -भन्नुभयो। गृह मन्त्रालय नदिँदा माओवादी सरकारमा नै नरहने स्थिति आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर सो निर्णयभएको हुन सक्ने भनी अध्यक्ष खनालको बचाउ गर्न खोज्दै उपाध्यक्ष गौतमले पार्टी सल्लाह भने गर्नुपर्ने थियो, भन्नुभयो।

पोलिटब्युरो सदस्यहरू प्रदिप नेपाल, मुकुन्द न्यौपाने, प्रदिप ज्ञवाली, सिद्धिलाल सिंह, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल, रघुजी पन्त र खगराज अधिकारीले पनि पार्टीे पद्धति, प्रक्रियालाई सोझै तिलाञ्जलि दिएर पार्टीध्यक्ष एवम् प्रधानमन्त्री खनालले गर्नुभएको निर्णयाट पार्टीप्ठेरोमा पर्न सक्ने संकेत गर्दै पार्टी अध्यक्ष खनालको निर्णयाई अनुमोदन नगरे उहाँले के गर्नुहुन्छ भनी प्रश्न गर्नुभएको थियो।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति, मन्त्रिपरिषद् विस्तार, शान्तिप्रक्रिया र संविधान निर्माणका विषयमा पनि छलफल भएको केन्द्रीय सचिवालय सचिव युवराज ज्ञवालीले जानकारी दिनुभएको छ। तर बैठक पछिल्लो मन्त्रिपरिषद् विस्तार र त्यसमा पनि गृहमन्त्रालय माओवादीलाई दिएको विषयमा नै बढी केन्द्रित थियो। पोलिटब्युरोको चालु बैठक आगामी जेठ ८ गते र केन्द्रीय कमिटीको बैठक जेठ ९ र १० गते बस्ने भएको छ।

प्रधानमन्त्री खनाल अति कम विकसित राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन आजै र्टर्की प्रस्थान गर्नुपर्ने भएकोले पोलिटब्युरो बैठक जेठ ८ गतेसम्मका लागि स्थगित गरिएको हो। पार्टीध्यक्ष तथा प्रम खनालले संविधान निर्माण प्रक्रिया, शान्तिप्रक्रिया, वर्तमान राजनीतिक स्थिति र मन्त्रिपरिषद् विस्तारसम्बन्धी विषयमा प्रकाश पार्नुभएपछि पोलिटब्युरो बैठक प्रारम्भ भएको थियो।

पूर्व प्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपालले माओवादीलाई गृह मन्त्रालय दिएर प्रधानमन्त्री झलनाथ खनालले गम्भीर गल्ति गरेको बताएका छन् ।'गृहमन्त्रालय माओवादीलाई दिने निर्णय पार्टीको होइन यो प्रधानमन्त्रीको ब्यक्तिगत निर्णय हो,' शुक्रबार रिपोर्टर्स क्लवको साक्षात्कारमा नेता नेपालले भने, 'पार्टीको निर्णय उल्लंघन गरेको विषयबाट उत्पन्न हुने दुरगामी असरको जिम्मेवारी उहाँले आफै लिनु पर्छ ।'प्रधानमन्त्रीको व्यक्तिगत निर्णयको विषयमा पोलिटब्यूरो बैठकमा गम्भीर रुपमा छलफल भइरहेको भन्दै उनले केन्द्रीय समितिले पनि यो विषयमा प्रष्ट दृष्टिकोण तयार गर्ने बताए । पार्टीको निर्णय विपरीत प्रधानमन्त्रीले माओवादीलाई गृहमन्त्रालय दिएको विषयमा पार्टीले त्यसलाई अनुमोदन गर्छ कि फिर्ता बोलाउँछ भनि सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, 'प्रधानमन्त्रीको निर्णय ब्यक्तिगत हो, पार्टीको होइन । यसलाई पार्टीले अनुमोदन गर्न सक्दैन । सरकारबाट फिर्ता बोलाउने नबोलाउने कुरा केन्द्रीय समितिले निर्णय गर्ने कुरो हो ।'
माओवादीको गृहमन्त्रालयको चाहना जनविद्रोहको तयारीको उद्देश्यको साथ भएको दावी गर्दै नेता नेपालले माओवादीलाई गृहमन्त्रालय दिनु भनेको उसका कार्यकर्ताको अपराधलाई 'क्लिन चिट दिनु', समाजमा त्रासको आतंक कायम गर्न, एकलौटी बर्चश्व कायम गर्न छुट दिनु भएको ठोकुवा गरे । 'माओवादीलाई गृहमन्त्रालय दिनु भनेको मानव तस्करी, लुटपाट, कुटपिट, बनमास्न, त्रास कायम गर्न छुट दिनु हो । अहिलेनै कति वाईसीएलहरु एसपीलाई निर्देशन दिन गईसके,' उनले भने ।
पूर्वप्रधानमन्त्री नेपालले समाजमा आतंक मच्चाउने माओवादीलाई गृहमन्त्रालय दिँदा समाज अझै आतंकित बन्ने भन्दै माओवादीको चन्दा आंकतमा प्रहरी नै सहयोगी बन्ने खतरा समेत औैल्याए । माओवादीलाई गृहमन्त्रालय दिने विषयमा अघिल्लो दिनको भेटमा समेत प्रधानमन्त्रीले केही जानकारी नदिएको उनले बताए ।
नेता नेपालले राष्ट्रिय सहमतिको सरकार बन्ने भरपर्दो आधार तयार नभएसम्म प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकार ढाल्न नहुने समेत स्पष्ट पारे । 'बाहिर आए जस्तो म झलनाथजीको सरकार ढाल्न लाग्दिन । कसैले त्यस्तो सोच राखेको छ भने त्यो छाडिदिए हुन्छ,' उनले भने, 'म बदलाबाट चल्ने मान्छे पनि होइन ।'
एमालेको सरकार ढलेर एमालेकै सरकार बनेकोले 'घिउ कहाँ पोखियो भागैमा' भने जस्तै भएको भन्दै उनले आफ्नो पार्टीको सरकार ढालेर अर्काको नेतृत्वमा सरकार बनाउने कुरा सोच्नै नसकिने बताए । 'म रिस राखेर कसैको विरुद्ध काम गर्ने मान्छे होइन कसले कस्तो भुमिका खेल्यो भन्ने कुराबाट मूल्याङ्कन आफैं हुन्छ,' उनले भने । 
माओवादीकै कारण शान्ति र संविधान निर्धारित समयमा पुरा हुन नसकेको दावी गर्दै नेता नेपालले माओवादीलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा समान दवाव नभएको समेत स्पष्ट पारे । 'माओवादी अहिले पनि गोदगाद गरेर शासन गर्न सकिन्छ कि भन्ने दाउमा छ । तर उसको यो योजना कहिल्यै पनि पुरा हुँदैन र पुरा हुन पनि दिइन्न,' नेता नेपालको कथन थियो ।
पछिल्लो समयमा माओवादी अध्यक्षले जेठ १४ गतेभित्रमै संविधानको मस्यौदा निर्माण गर्ने र सेना समायोजनका मोडालिटी बनाएर संविधानसभाको म्याद थप्ने भनि दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै नेता नेपालले 'कुरो गरेर हुँदैन काम र ब्यवहारमा देखाउनु पर्‍यो' भनि ब्यङ्गय गरे ।
संविधान निर्माण र शान्ति प्रक्रिया निश्कर्षमा पुग्ने आधार बने तीन-चार महिना संविधानसभाको म्याद थप्न सकिने भन्दै नेता नेपालले आफू संविधानसभाको विरोधी नभएको तर यथास्थितिमा संविधानसभाको म्याद थप्नुको औचित्य नहुने स्पष्ट पारे । 'संविधानसभा अनन्तकालसम्म राख्नु हुँदैन । म त्यसको पक्षमा छैन । माओवादीले सत्ता कब्जाको लागि समय खोजेको हो भने त्यो हुँदैन,' उनले स्पष्ट पारे ।
यसैबीच माओवादीको केहि साता अघि भएको पार्टी प्रशिक्षणको एउटा गोप्य टेप रेकर्ड बीबीसी नेपाली सेवाले प्राप्त गरेको छ।
त्यसमा माओवादीका सचिव सीपी गजुरेलले जनविद्रोहकै निम्ति आफुहरुले गृह मन्त्रालय चाहेको खुलस्त राखेका थिए।
क्लिक गर्नुहोस् गजुरेलको भाषणको अंश
उनले भनेका छन्, "जनविद्रोह तयारीमा पहिलो बाधा प्रहरीले पुर्‍याउँछ, पहिलो मूठभेड भयो भने प्रहरीसँग हुन्छ, अहिल्यै सेनासँग हुँदैन। त्यसैले रक्षा भन्दा हामीलाई गृह मन्त्रालय महत्वपूर्ण भएको हो।"
त्यसै कारण नै प्रधानमन्त्रीसँगको सात बुँदे सहमतिमा मन्त्रालयबारे लेखिएको उनको भनाइ थियो।
उनले उक्त धारणा धरानमा गत फागुन १५ गते आयोजित पूर्वाञ्चलस्तरीय स्वयंसेवक परिचालन समितिको एउटा प्रशिक्षणमा राखेका थिए।
गजुरेल, माओवादीकै शब्दमा, जनविद्रोहमा जोड दिने समूहका एक नेता हुन्।
विवाद
लामो आन्तरिक विवादपछि माओवादी बुधबार दिउँसो उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई गृहमन्त्रालयको जिम्मेवारी दिने निर्णयमा पुगेको हो।
यसअघि अध्यक्ष प्रचण्ड पक्षबाट वर्षमान पुन अनन्त र उपाध्यक्ष मोहन वैद्य किरण पक्षका देवप्रसाद गुरुङलाई भावी गृहमन्त्रीको रुपमा माओवादीभित्र अघि सारिएको थियो।
तर गुरुङ विस्तारित मन्त्रिमण्डलमा परेनन् भने अनन्तले शान्ति मन्त्रीबाट बुधबार नै राजीनामा दिएका छन्।
उपप्रधानमन्त्री सहित अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सामेल भएको मधेसी जनअधिकार फोरमभित्र पनि असन्तुष्टि देखा परेको छ।

अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America" 

2 comments:

  1. nepal ka yi bin laden haruko pani ek din osama bin laden kaui halat hune chha thaha chhaina tyo din herna ajha kati parkhinu parne ho !!!

    Kamala khatri, kathmandu.

    ReplyDelete
  2. nepal ka yi bin laden haruko pani ek din osama bin laden kaui halat hune chha thaha chhaina tyo din herna ajha kati parkhinu parne ho !!!

    Kamala khatri, kathmandu.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक