20110507

ए एन ए एक भएकोमा बधाई तर बोस्टन हिसाब किताब मिलाउनु पर्दैन नेत्रित्व महोदय, खोइ उत्तर ??!!

अमेरिका र क्यानाडामा बस्ने नेपालीहरुको संगठन ए एन ए गत बोस्टन सम्मेलन को ८२ हजार डलर घोटाला प्रकरण पछी यती नराम्ररी थलियोकी त्यसकाबारेमा हामीले पहिलै समाचार प्रकाशन गरेका थियौँ र सबै संचार माध्यममा सबै आइसकेको छ हामीले दोहोर्याउन चाहेनौं । एउटा सूखद कुरा दुई गुट मा बिभाजित भएर एउटा गुटले डिसी र अर्को गुटले क्लोराडोमा सम्मेलन गर्ने घोषणा गर्दै लडिरहेकामा ए एन ए का संस्थापक र शुभेच्छुक हरुको अथक प्रयास बाट ए एन ए फेरी एक भएको छ सिमोन ढुंगानाकै नेत्रित्वमा, सिमोन लाई बधाई । एक भएकोमा दुबै पक्षलाई र त्यो भन्दा पनि यसका अभिभाबक
संस्थापकहरुलाई हार्दिक धन्यवाद र बधाई दिनै पर्छ। अब ए एन ए सम्मेलन डिसीमै हुनेभएको छ र यसको सफलताको लागि सबै एक भएर लाग्ने विश्वाश लिन सकिन्छ तर अझै एउटा अनुत्तरित प्रश्न गम्भिर बनेर उठेको छ त्यो के भने गत बर्षको बोस्टन सम्मेलनको हिसाब किताब के हुने ? कलाकार हरुका बाउन्स भएका चेक को भुक्तानी के हुने ? अरु भेन्डरको भुक्तानी के हुने ? यसबारेमा नेत्रित्व अझै मौन रहेको र संपर्कमा नाआएको देख्दा सबै कलाकार र भेन्डर तिनछक परेका छन् र उनिहरुको उत्तर हिसाब किताब मिलन को प्रतिक्ष्या गरिरहेका छन् , सिमोन ढुंगाना किन मौन छन् यस बिषयमा सबैले हेर्दैछन् । "ए एन ए सम्मेलनका नाम मा जाँड पार्टी गर्न, २/३ दिन बरालिन, फेसन शो का नाममा नेपाली चेली हरुलाई नङ्याउन, नेपाली पन र संस्कृतिको खिल्ली उडाउन, नेपालीहरु अमेरिका आएर कती बिक्रित हुँदा रहेछन र अमेरिकाले कती छिटो छुँदो रहेछ नेपाली लाई भन्ने देख्न परे ए एन ए सम्मेलन जानुपर्छ" भन्छन मान्छेहरु । अब यो छाप मेट्न, ए एन ए को शाखलाई जोगाउन, बोस्टन जस्तो भद्रगोल सम्मेलन नगर्न र यसलाई साँच्चै नेपालीहरुको सम्मेलन, उदाहरणिय सम्मेलन बनाउन नेत्रित्व लाग्नुपर्ने देखिन्छ । सम्मेलन आयोजक सँयोजक हेमन्त श्रेष्ठले सबैलाई कत्तिको  समेत्न सक्छन त्यो पनि सबैले नजिक बाट नियालिरहेका छन् । भन्दा एक भयो भन्ने तर दुबै पक्षका फाटेका मन र इगो कायमै रहे त्यस्तो देखावटी को कुनै अर्थ रहने छैन सबैलाई चेत आवोस । सम्मेलन सफल पार्न लागौं तर त्यसको बहाना मा गत बर्षको हिसाब किताब मीलान गर्न ढिलाई भयो भने यो केश अझै पनि अमेरिकि अदालत जान सक्ने, नेत्रित्व फस्न सक्ने, ए एन ए को भबिस्य माथि सधैं का लागि प्रश्न उठ्ने कुरामा पनि सिमोन जि र सिङो नेत्रित्व, सम्मेलन आयोजक हरु सचेत होउन ।
हामीले ए एन ए एक नभए सम्म का लागि दुबै गुटका समाचार प्रेस रिलिज बहिस्कार गरिरहेकोमा ए एन ए एक भए पछी भने यसका गतिबिधी प्रकाशन शुरुगरेका छौं। नेपाल मदर डट कम ए एन ए एक होस् भनेर यस्तो कदम चाल्ने पहिलो र एक मात्र मिडिया थियो । यस सँग सम्बन्धित बिगतका समाचारहरु तल हेर्न सक्नुहुन्छ : 

एसोसिएसन अफ नेप्लीज इन अमेरिका (एएनए) को आगामी नेत्तृत्व चयन गर्नका लागि कस-कससंगमताधिकार भन्ने कुराको निर्क्यौल गर्न आयोगका रुपमा बन्न लागेको मेम्बर भेरिफिकेसनकमिटीकालागि बशन्त श्रेष्ठको नेतृत्वमा  बशन्त श्रेष्ठ, हरि शर्मा, एक क्षेत्री अनिल पाठक चार जनाको नाम सिफारिसभएको l एएनएका अध्यक्ष सिमन ढुंगाना, स्वतन्त्र कार्यदलका अध्यक्ष छेवांग शेर्पा लामा एएनएका पूर्वअध्यक्ष कुन्जर शर्माको समुहले उक्त सिफारिस गरेको हो l ‘मेम्बर भेरिफिकेसनकमिटिलाइ दिईएको अधिकारमा उल्लेख भए अनुसार कार्यसमितिले आजीवनसदस्यहरुको नामावली यस कमिटीलाई उपलब्ध गराउने , यदि कोहि आजीवन सदस्यको नाम छुटेको रहेछभने जानकारीमा आएपछि थप नाम पठाउने l पटके सदस्यका हकमा एएनएको २८ सम्मेलन ( बोष्टनसम्मेलन ) मा दर्ता भएका व्यक्तिहरु सदस्य हुने तर त्यसकालागि प्रमाण दिनु पर्ने ति प्रमाणका आधारमामतदाता हुन् वा होइनन भन्ने कुराको निर्णय यसमेम्बर भेरिफिकेसनकमिटिले गर्ने l सदस्य पहिचानपछि यस कमिटीले सदस्यको नामावली कार्यसमितिलाई दिने कार्यसमितिले उक्त नामावली निर्वाचनकमिटीलाई पठाउने l सदस्यता दावी गर्नकालागि १४ दिनको म्याद दिने व्यवस्था गरेको l यस अघि मे तारिखका दिन दुवै तर्फको सहभागितामा भएकोकन्फ्रेन्स कलमार्फतको सभामा आगामीनेतृत्व चयन गर्न कससंग मतदान अधिकार कससंग छैन (मेम्बर भेरिफिकेसन) भन्ने कुराको छिनोफानोगर्न एएनएका अध्यक्ष सिमन ढुंगाना, स्वतन्त्र कार्यदलका अध्यक्ष छेवांग शेर्पा लामा एएनएका पूर्व अध्यक्षकुन्जर शर्माको समुहलेभोटर्स भेरिफिकेसनका लागि एउटा कमिटि निर्माण भएको l  
एएनए डिसी सम्मेलनको स्थान तय
वाशिङ्गटन डिसीमा आयोजना हुन लागेको उत्तर अमेरिकी नेपालीहरुको छाता संस्था एएनएको २९ औं सम्मेलनको सभा स्थल छनौट भएको सम्मेलन ब्यवस्थापन समितिले विभिन्न होटलहरुबाट आएका प्रस्तावहरुलाई छानवीन गरी आर्थिक भौतिक दुवै पक्षबाट उपयुक्त ठहरिएको स्थानीय स्यान्टिलीको वेष्ट फिल्ड मेरियट होटलसंग आगामी जुलाईको , तारिकको लागि स्थान बुक गर्दै गत बिहीबार संझौता सम्पन्न गरेको
संझौता अनुसार होटललाई प्रति रात एक कोठाको ८५ डलर तिर्नु पर्ने यो सस्तो दरको योजना पाउन जुन २० भित्र बुकिङ्ग गर्नु पर्ने होटल बुकिङ्ग सोझै वेष्ट फिल्ड मेरियटमा सर्म्पर्क गरेर वा एएनएको वेभ साइट धधध।बलब-अयलखभलतष्यल।यचन मार्फ पनि गर्न सकिने
उक्त होटल अमेरिकी राजधानीको मुख्य एयरपोर्ट डलस एयरपोर्टबाट माइलभित्रै पर्दछ भने खुल्ला ठाउं प्रसस्त पार्किङ्गको ब्यवस्था भएकोले सवारी साधन सहित उपस्थित हुनेहरुलाई सहज पर्ने आशा गरिएको सन् २००२ को डि.सी.सम्मेलन पनि यही होटलमा भएको थियो
यसैगरी सम्मेलन तयारीको लागि वेव साइट निर्माण कार्य सम्पन्न भएको भने विभिन्न समितिहरुले आआफ्नो कार्य सूचारु गरेका छन् हालसम्म एएनए ट्यालेण्ट शो को लागि बिभिन्न स्थानहरुबाट कलाकार समूहहरुले अग्रसरता जनाएका छन् खेलकूल संयोजक चन्द्र लामाले जानकारी दिनु भए अनुसार यस पटकको सम्मेलनमा विभिन्न टीमबाट गरेर सय जति खेलाडीहरुको सहभागिता हुने

गुणराज लुइटेल
संचार संयोजक,
एएनए २९ औं सम्मेलन आयोजक मूल समिति, वाशिङ्गटन डि.सी.
म्बतभस् ःबथ , द्दण्ज्ञज्ञ

२९ औं एएनए डिसी सम्मेलनमा हुने
अन्तर राज्य प्रतिभा प्रतियोगिताको लागि आबेदन आव्हान
 
यस वर्ष वासिंगटन डिसीमा हुन लागेको एएनएको २९ औं सम्मेलनमा पहिलो पटक अन्तर राज्य प्रतिभा प्रतियोगिता हुन लागेको कुरा सगर्व अबगत गराउन चाहन्छौं । अमेरिका र क्यानडामा रहेका नेपाली प्रतिभाहरुका साथै नेपाली भाषा र संस्कृतिलाई माया गर्ने कुनै पनि कलाकारलाई प्रोत्साहन र उपयुत्त मंच प्रदान गरी अगाडी बढ्ने अबसर मिलोस् भन्ने उदेश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितामा सहभागि हुन इच्छुक कलाकारहरुलाई में २५, २०११ भित्र तल उल्लेख भएका सम्बन्धित राज्यका संयोजकहरुसंग सम्पर्क गरी नाम दर्ता गर्नु हुन अनुरोध गरिन्छ । आफु रहेको राज्यमा संयोजक नभएका कलाकारहरुले नजिकैको कुनै संयोजकसंग सम्पर्क राख्न सक्नेछ ।

प्रतियोगिता सम्बन्धी शर्त र नियमहरु

१. प्रतियोगिताका लागि अमेरिकाका विभिन्न राज्य र क्यानाडामा बसोबास गरिरेहेका नेपाली प्रतिभाहरु वा नेपाली भाषा र संस्कृतिलाई माया गर्ने कुनै पनि देशका प्रतिभाहरुले आबेदन दिन पाउने छन् ।
२. नेपाली प्रतिभाहरुले नेपाली भाषाको अलाबा अंग्रेजी भाषा र संस्कृतिलाई पनि प्रयोग गर्न पाउने छन् भने अन्य देशका प्रतिभाहरुले नेपाली भाषा वा संस्कृतिलाई नै उपयोग गरेको हुनु पर्ने छ ।
३. आफ्नो प्रतिभा अभिनय, संगीत, वाद्यबादन वा नृत्यमध्ये कूनै पनि विधा मार्फत प्रदर्शन गर्न सकिने छ ।
४. आफ्नो कला एकल, दुकल वा सामुहिक रुपमा समेत प्रस्तुत गर्न सकिने छ ।
५. कलाकारको उमेर १०  वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनु पर्नेछ ।
६. कार्यक्रमको लागि संगीत, बाद्यबादन, नृत्य र एकल अभिनयका निमित्त बढीमा ७ मिनेटको समय प्राप्त हुने छ भने प्रहशन वा नाटकको निमित्त बढीमा १२ मिनेट प्राप्त हुनेछ ७. प्रतियोगितामा प्रथम हुनेलाई ए.एन.ए. ट्यालेन्ट २०११को उपाधि सहित नेपाल आउने जाने हवाई  टिकट पुरस्कार स्वरुप उपलब्ध गराईनेछ भने दोश्रालाई ४०० डलर र तेश्रा हुनेलाई २०० डलर नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने छ ।
८. आफ्नो कार्यक्रमको लागि आबश्यक पर्ने भेष, भुषा, बाद्य यन्त्र वा अन्य सामग्रीको व्यवस्था आफैले  गर्नु पर्ने छ ।९. हरेक राज्यबाट संयोजकले आबेदन आएकाहरुमध्येबाट चुनेर उत्कृष्ट प्रतिभालाई प्रतियोगिताको लागि पठाउनेछ /
१०.  जुन १० तारिख भित्र हरेक राज्यबाट प्रतिनिधित्व गर्ने प्रतियोगीहरुको अन्तिम नाम र उनीहरुको  भिडियो वा अन्य विबरण केन्द्रलाई प्राप्त भई सक्नु पर्ने छ ।
११.  सहभागि कलाकारहरुलाई उपर्युक्त पुरस्कारहरु बाहेक अन्य कुनै पनि किसिमको सुविधा उपलब्ध गराउन आयोजक समिति असमर्थ रहेको कुरा पनि जानकारी गराईन्छ ।

प्रतियोगितामा भाग लिनका लागि देहायका संयोजकहरुसंग सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ :
1.       San Francisco       - Anil Pandey                   - 510-457-8991        - anilmelvin@hotmail.com
2.      Los Angeles        -Tara Gurung                   -818-522-8714       -taragurungblack@gmail.com
3.      Texas               -Bhim karki                      -214-223-0730        -karkibb@ yahoo.com
4.      Atlanta              -Deepak Gajamer              -678-887-3071       - dgdeepdarshan@gmail.com
5.      North Carolina    -Batukrishna Sharma          - 919-780-8999      - batusharma@gmail.com
6.      Seattle             -Ravi/Jyoti Rana                 - 206-335-7419      - rabkab@hotmail.com
7.      Colorado          -Krishna Murari Dhungel        -720-256-0542       -kmuraridr@yahoo.com         
8.      Boston            -Binod/Devi oli                    -781-866-2554        -devithapa7@hotmail.com9.      New York         -Ramraja/Subarna pokhrel    -212-688-3214      - ramchhetri6384@aol.com
10.  Maryland          - Dhurba/Anu wanta            - 646-812-1709     - ontanu21@hotmail.com
11.  Chicago            -Palpasa                           -773-987-5054      - palpasaki@yahoo.com
12.  Nebraska          -Sujata Dhungel                 -402-312-5864       - nnsujata@gmail.com
13.  Toronto            -Gobindasingh Rawat          -416-671-3747       - gosirawat@gmail.com         
14.  Indiana            -Gopendra Bhattarai           - 317-442-2448       - gopendrarb@hotmail.com
15.  Pennsylvania     -Purushottam Dhaka           - 717-829-8476           - producerpuru@gmail.com16. Virginia            -Navin KC                         -703-386-6457        - navinkkc@yahoo.com

Related news from nepalmother.com 03/23/2011


अब त अत्ती नै भयो : ए एन ए बोस्टनमा भुक्तानी दिएर पैसा नभएका कारण बाउन्स भएका यि र यस्ता चेक बाट ठगी गर्ने ए एन ए नेत्रित्व लाई ठगी को मुद्दा दिने तयारीमा कलाकारहरु !

पैसा नभएका चेक काटेर कलाकारलाई चुना लगाउनु, आज सम्म भुक्तानी नहुनु लाई ए एन ए को नेत्रित्वको नालायकी पन र भ्रस्टाचार नभनेर के भन्ने ? कलाकारहरुको यो प्रश्नको उत्तर छ ए एन ए का नेता हौँ भन्ने हरुसँग ??        
 "यसरी नै पैसा नभएका चेक दिएर ए एन ए को नेत्रित्वले कलाकार र अन्य थुप्रैलाई बोस्टन मा ठगी गरेको छ,  यती हिसाब मिलाउन नसक्ने नालायकहरु अझ फुर्ती गर्दै भन्दैछन  हामी हौँ ए एन ए का अगुवा आधिकारिक आदी आदी  ! अगुवा होइन बरु नालायक भगुवा भन्या भए मिल्थ्यो कि, आची गर्ने लाई भन्दा देख्ने लाई लाज भनेको यही होइन र ??? हामी ठगिएका सबैका विवरण सहित मुद्दा दायर गर्ने तयारीमा छौं कलाकार हरु, मुद्दा दायर गर्ना साथ प्रेस सम्मेलन मार्फत ए एन ए का भगुवा हरुको भन्डाफोर गर्न सिंगो कलाकार टिम सहित उपस्थित हुनेछौं प्रतिक्ष्या गर्नुस् !" - यि भनाइ हुन न्यू योर्क का ए एन ए बाट ठगिएका एक कलाकारका !
अब हाम्रो भनाइ - ए एन ए का नाम मा बिभाजित भएर नौटँकी गर्दै गर्नुभएका दुबै गुटका सबै संलग्न महासय हरु ! ए एन ए बोस्टन सम्मेलनको गाइजात्रा का बिषयमा हामी आजसम्म मौन छौं सबै देखेर भोगेर र जानेर पनि ! किनकी नेपाली नेपाली बिच को कुरा मिलोस बाहिर न आओश भन्ने हाम्रो चाहना थियो , आर्थिक घोटालाको पराकास्ठ, नालायक नेत्रित्व का बिषयमा हामी बोली खर्च गर्न आबस्यक ठान्दैनौँ । अहिले बिभाजित भएर प्रेस रिलिज जारी गर्दै एक आपस मा हिलो छ्यापाछ्याप् गर्नुको सट्टा मिलेर बिगत
का गल्ती सच्चाउदै ए एन ए को शाख लाई बचाइ राख्न दुबै गुटलाई फेरी आग्रह सबै नेपालीको तर्फबाट । कोठा भित्र बसेर र षड्यन्त्र गरेर एक आपस मा  तपाईं हरु जसरी लड्दै हुनुहुन्छ यो सबै नेपालीका लागि लाज लाग्दो र बिडम्बनाको कुरा हो। हामी फुटेको ए एन ए होइन जुटेको मिलेको र एक भएको ए एन ए हेर्न लालायित छौं। कुनै गुटको पनि हिम्मत छ भने बोस्टनमा चेक काटेर भुक्तानी दिएर चेक साट्न जाँदा चेक बाउन्स भएका यि र यस्ता चेक कलाकार का भुक्तानी अबिलम्ब गरियोस होइन भने सिंगो ए एन ए टिम उप्पर ठगी को केश हामी सबै कलाकार ले र अन्य यसै गरी ठगिएकाहरुले अमेरिकामा गरे के हुन्छ भन्ने शायद यहाँ हरुलाई सम्झाइरहनु नपर्ला । यो नेपाल होइन, नेपालको जस्तो फोहोरी राजनीति यहाँ नगर्न सबै पक्ष लाई हामी सचेत गराउँदै भुक्तान गर्न बाँकी सबै कलाकार को चेक अनुसार कै भुक्तान गर्न अन्तिम चेतावनी सहित सबै पीडित कलाकार र ठगिएकाहरुका तर्फबाट हामी पुन बिनम्र आग्रह गर्दछौं। फेरी पनि दुबै पक्षलाई मिलेर एक भएर अघी बढ्न आग्रह गर्दै समस्याको समाधान गर्ने नै सक्ष्यम नेता हुने मा जोड दिन चाहन्छौं ।  आजका लागि हामीले कसैको नाम उल्लेख गरेनौ किनकी अझैपनी समस्याको समाधान होस् र सबै मिलुन एक होउन भन्ने हाम्रो मनसाय छ एक भए सबै समस्या पनि समाधान हुने छन तर माखो मार्ने उपती नभएका, पैसा नभएका चेक काटेर अमेरिका मा पनि ठगी गर्ने हरु, यिनका मतियार हरु अब सबै अमेरिकि कठघरामा उभ्याइदा चाल् पाउने छन अर्का ठगिएका एक कलाकारले न्यू योर्क बाट हामीलाई बताए र थपे सबै चेक जम्मा भएका छन अब भुक्तानी नभए केही दिन भित्रै हामी मुद्दा दायर गर्छौ। 
                    

2 comments:


Anonymous said...
Boston convention ka lagi Medini adhikari ra simon dhungana dubai uttikai jimmewar chhan, dubai pani mathiko obhano bannu bhanda baru milera samasyako samadhanka lagi pahal garnuparne ho ki jasto lagchha malai ta ! - Prem Sharma DC
Anonymous said...
Kamala Khatri Baltimore, MD I am 100% agree with this news. both group are doing wrong. save ANA and stop your dirty politics in ANA by both group.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक