20110507

१०२ सभासद रातो पासपोर्ट बेच्दै, फिनेल खाएर मर्न खोज्ने सभासद फेरी नेपालगंजमा अर्धहोस् अवस्थामा !

- कृष्ण न्यौपाने
एकपछि अर्को गर्दै सभासद्का हर्कत र तमासाका सृखला र्सार्बजनिक भइरहँदा आज सबेरै नेपालगञ्जको मध्य चोकमा एक सभासद् मादिराले मातेको अवस्थामा भेटिइन् । नेकपा मालेबाट समानुपातिक कोटामा मनोनित सभासद् शारदा नेपाली बेहोसी बरबराउँदै गरेको अवस्थामा फेला परेकी हुन् ।१०० दुइ सभासद्ले रातो पासपोर्ट दुरुपयोग गरेको घटना उत्कर्षै रहेको बेला मालेबाट संविधानसभामा प्रतिनिधित्व गर्ने तर अहिले माले बिभाजित भएपछि गठन भएको माले समाजवादीकी सभासद् शारदा नेपाली नेपालगंजको पुष्पलाल चौकमा अर्धहोस् अवस्थामा भेटिइन् । उनी मदिराले लठ्ठ परेर अवस्थामा झिसमिसेमै चौकमा भेटिइन् । बर्दियाको एक कार्यक्रममा सहभागी हुन शुक्रबार साँझ नेपालगञ्ज पुगेकी नेपालीले न्यू नेपाल गेष्ट हाउसमा श्रीमान्का साथमा रात विताइन् । तर राति पिएको मदिराले नछाडेपछि उनी विहान ७ बजे पुष्पलाल चौकमा पुगिन् र एउटा हात गोजीमा र अर्को हात मोवाइल फोनमा राख्दै दुर बार्तामा ब्यस्त रहिन् । तर वरिपरिका स्थानियवासी बताउँछन् उनले फोनमा नम्बर नै डायल गरेकी थिइनन् । उनी मदिरा सेवन गरेको र मातेको विषयलाई यसरी
प्रतिरक्षा गरिरहेकी थिइन् ।

श्रीमान्सँंग विवाद भएपछि असुरक्षित भएको भन्दै चौकमा रहेका सुरक्षाकर्मीसंँग सुरक्षा माग गर्न उनी अर्ध बेहोस् अवस्थामा नै त्यहाँ पुगेकी थिइन् । सभासद्ले मदिराको तालमा चौकमा वेहोसीमा गरेको गतिविधिबारे स्थानीयबासी यसो भन्छन् ।
यी तीनै सभासद् हुन् जसले केही महिनाअघि पार्टर्ीीहासचिव सिपी मैनालीसँग खटपट भएपछि फिनेल खाएकी थिइन् । तर समयमै अस्पताल पुर्‍याएकाले उनी बाच्न सफल भएकी थिइन् । नेपालगञ्जको त्यस्तो हर्कत बारे प्रतिक्रिया लिन खोज्दा उनले विष सेवन गरे यता आफ्ना मानसिक सन्तुलन त्यति ठिक नभएको समेत प्रतिक्रिया दिइन् । कयौ पटक रिक्सा चढ्दै र झर्दै गर्ने, नम्बर नै डायल नगरी फोनमा कुरा गरे जस्तो गर्ने तथा सभासद्को र्सार्बजनिक पहिचानलाई वेवास्ता गर्दै मध्य चोकमा गरिएको यो हर्कतले की उनी उग्र अराजक हुन् या उनी आफैले स्वीकारे जस्तै मानसिक सन्तुलन गुमेकी ।।
हिरासतमा रहेका सभासदद्वय वीपी यादव र गायत्री शाहलाई विशेष अदालतले १४ दिन हिरासतमा राखि अनुसन्धान गर्न आदेश

रातो पासपोर्ट दुरुपयोग अभियोगमा हिरासतमा रहेका सभासदद्वय वीपी यादव र गायत्री शाहलाई विशेष अदालतले १४ दिन हिरासतमा राखि अनुसन्धान गर्न आदेश दिएको छ । शुक्रवार काठमाण्डौ जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपनि रिहा भए लगत्तै प्रहरीले गिरफतार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाएको थियो । राहदानी दिने क्रममा सरकारी कागज दुरुपयोग गर्नुका साथै आर्थिक लेनदेनसमेत भएकोले सभासद्द्वय विरुद्ध अख्तियारले अव अर्को मुद्दा लगाउने छ ।

पक्राउ परेको सोह्र दिनपछि शुक्रवार काठमाडौं जिल्ला अदालतले सभासदद्वयलाई दस-दस हजार धरौटी लिई मुद्दाको पर्ुपक्ष गर्ने गरी तारेखमा रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले भने उनीहरुलाई अख्तियार समक्ष बुझाएको थियो । अनुसन्धानका लािग अख्तियारले मागेको चौध दिनको म्यादलाइ विशेष अदालतले स्विकृत गरिदिएपछि सभासद्द्वयको संलग्नता बारे अख्तियारले गहन अनुसन्धान गर्ने छ । त्यसैले सभासद्द्वयले अझै केही दिन हिरासतमा बस्नुपर्ने हुन्छ । यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश लेखनाथ घिमिरेको एकल इजलासले धरौटी राखी तारेखमा रिहा गर्ने आदेश दिएको थियो । साहको नाममा जारी भएको ०१९८२६ र यादवको नाममा जारी भएको ०१९८९३ नम्बरको कुटनीतिक पासपोर्ट बोकेर अस्ट्रेलिया जाने क्रममा अबुधावी दर्ुइ व्यक्तिलाई त्यहाँको अध्यागमनले फिर्ता गरेपछि उनीहरुले कुटनीतिक राहदानी दुरुपयोग गरेको आशंका गरिएको थियो । साह नेपाली जनता दलबाट र्सलाही र यादव मधेसी जनअधिकार फोरम, नेपालका तर्फाट सप्तरीका समानुपातिक सभासद् हुन् । फौजदारी अभियोग लागेपनि उनीहरुलाई सभासद्बाट भने निलम्बन गरिएको छैन ।।



अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America" 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक