20110508

संस्कृत वेदविद्याश्रामको ९ विगाहामा रहेका ८ वटा भवन र जग्गा सत्तासिन नागरिक पार्टी माओवादीको कब्जामा

नेपालका प्रथम जगतगुरु वालसन्तद्धारा संचालित सुनसरीको वराहक्षेत्र १ मा रहेको राधाकृष्ण संस्कृत वेदविद्याश्रामको भवन एकीकृत माओवादी सहित विभिन्न जातीय संगठनहरुले कव्जामा लिएका छन् । करिव ९ विगाहा क्षेत्रफलमा रहेका नौ वटा भवन मध्ये ८ वटा भवन र जग्गा कब्जामा लिइएको हो । छात्रावास सहितको वेद विद्याश्रम २०५९ सालदेखि संचालन हुँदै आएको थियो । जातिय संगठनका नाममा विद्याश्रमका भवनहरु कब्जामा लिईएका कारण विद्यार्थीहरु खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । दर्ुइ हजार उनानसाट्ठी असोजमा क्षेत्रीय शिक्षा निर्देशनालयमा विद्याश्रम दर्ता भई संचालनमा रहेको तथा मन्त्रिपरिषद्ले सो जग्गा तथा भवन विद्याश्रमलाई दिने निर्ण्र्ाागरेको थियो । सोही निर्ण्र्ााा आधारमा भग्नावेशसका रुपमा रहेका भवनहरुलाई मर्मत गरी संचालन हुँदै आएको विद्याश्रम माओवादीको अगुवाईमा कब्जा गरिएको हो । सो बिद्याश्रममा मुलुकभरबाट ६० जना बटुकहरुले संस्कृति अध्ययन गरिरहेका छन् । विद्याश्रामको विकासका लागि शान्ति मन्त्रालयबाट प्राप्त १० लाख रुपैयाले पर्खाल निर्माण गर्न थालेपछि माओवादी लगायत अन्य जातिय संगठनहरुले जग्गा र भवन कब्जामा लिएका हुन् ।  नेपालका प्रमथ जगतगुरु
वालसन्तले सुनसरीको चतरालाई हिन्दुहरुको प्रमुख तिर्थ स्थल हरिद्धार रहेको पुष्टी गरेपछि यो क्षेत्र मुलुकै एक प्रख्यात धार्मिक स्थलको रुपमा रहेको छ । - Krishna Neupane, Kathmandu

1 comment:

  1. Daaaam!!!!! These sinners may go behind the bar for long term or for life sentence due to the lord's grace.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक