20110509

जेठान र बहिनीज्वाई बीच विवाद र कुटाकुट भएपछि

आठ महिनादेखि अढाइ सय पढ्ने स्कूल बन्द भएको देशमा संबिधानका लागि राष्ट्रब्यापी आन्दोलन हुने रे !
राप्रपा नेपालले जेठको पहिलो सातादेखि सरकारविरुद्ध राष्ट्रव्यापी आन्दोलन गर्ने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकमा थापाले सो जानकारी दिएका छन् । संविधानसभाको म्याद थप नहुने र संविधानसभाको म्याद सकिएपछि निर्वाचनमा जानुपर्ने राप्रपा नेपालको अवधारणाले राष्ट्रिय एजेण्डाको रुप धारणा गरेको थापाले जानकारी दिए ।
थापाले राप्रपा नेपाल पनि एउटा राष्ट्रिय शक्तिको रुपमा उदय भएको र राजासहितको प्रजातन्त्र आवश्यक भएको धारणा व्यक्त गरे । बैठकमा सैद्धान्तिक पक्ष, तयारी, आर्थिक व्यवस्थापन र काठमाडौँ बाहिरबाट राजधानीमा कार्यकर्ता ल्याउने विषयमा छलफल हुने बताइएको छ । बैठकको अन्तिम
 निर्णय अर्को बैठकले गर्नेछ
 उता निजगढको एक प्राथमिक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष (जेठान) र प्रधानाध्यापक (बहिनी ज्वाई) बीच विवाद चुलिएपछि विगत आठ महिनादेखि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विवादले बाराको नेराप्रावि कचोर्वा ७ (हाल भगवानपुर गाविस ९) मा तालाबन्दी गरिएपछि पठनपाठन प्रभावित भएको हो । प्रधानाध्यापक सहित नयाँ दरबन्दीमा शिक्षक नियुक्ति, समितिको अध्यक्ष र आर्थिक अनियमितता विषयले उनीहरु बीचमा विवाद बढेको हो । यिनै विषयमा बाँडफाँट नमिलेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बउवालाल यादव र विद्यालयका प्रअ रहेका उनका बहिनी ज्वाई रामाधार यादव बीच विवाद चुलिएको हो । विवादले सोही समयदेखि एक पक्षले विद्यालयको सबै कक्षा कोठामा तालाबन्दी गरिएपछि पठनपाठन अवरुद्ध भएको हो । विद्यालयको ताला खुलाई विवाद सल्टाउन शिक्षा कार्यालय र जिल्ला प्रशासनमा उजुरी परेपनि त्यहाँबाट ठोस पहल नभएपछि विवाद झन् चुलिएर विद्यार्थीको पठनपाठन अवरुद्ध हुदैं गएको हो । विवाद नमिलेपछि विद्यार्थी र शिक्षक दुबै विच्चलीमा परेका छन् । 'विवाद मिलाउन सम्बन्धित निकायले चासो नै देखाएको छैन्' शिक्षक विद्यानन्द यादवले भने । 'दुबैको कुरा मिलाउनै गाह्रो भएको छ' जिशिअ रामविनयकुमार सिंहले भने, 'दुबै एक अर्काका नातेदार भएकाले विवाद मिलाउने प्रयासमा छु ।' जिल्लामा यस्ता विवाद थुप्रै रहेको उनको भनाइृ छ । यता जिल्ला प्रशासनले विवाद मिलाउन शिक्षा कार्यालयमा पत्राचार गरेको छ । 'दुबैको विवादले बालबालिकाहरु विद्यालय नगएर घरमै बस्न बाध्य छन्' अभिभावक तेजनारायण दासले भने, 'उनीहरुको भविष्य अन्धकारमा पर्दै गएको छ ।' विद्यालयमा ८ महिनादेखि बालबालिकाको पठनपाठन प्रभावित भएपछि गाउँका अधिकांस अभिभाकहरु आक्रोसित भएका छन् । सहोदर जेठान र बहिनी ज्वाई पर्ने दुबै जनाको स्थायी ठेगाना कचोर्वा गाविसमै छ । रामाधारको वडा ७ मा पर्छ भने बउवालालको वडा ५ मा पर्छ । उनीहरु फरक फरक राजनीतिक दलहरुसित नजिक भएर विवाद झन् चुलीमा पु्र्याएका हुन् । 'दुबै बीचको आपसी जुद्धाईले विद्यार्थीको भविष्यमाथि असर परिरहेको छ' अर्का एक अभिभावकले भने । शिक्षा कार्यालयले उपलब्ध गराएको छात्रवृत्ति, ब्लक, शौचालय लगायतको रकममा प्रअ रामाधार यादव (बहिनी ज्वाई) ले अनियमितता गरेकाले त्यसको हिसाब किताब सहित लेखाजोखा गर्न खोज्दा आनाकानी गर्दै बेपत्ता भएपछि गाउँलेले आक्रोसमा आएर विद्यालयमा तालाबनदी गरेको प्रअका जेठान रहेका समितिका अध्यक्ष बउवालाल यादवले बताए । 'झन्डै सात लाख पचाउने दाउमा लागेपछि सोको लेखाजोखा माग्दा बेपत्ता भएका हुन्' अधयक्ष बउवाललले भने । यता अनियमितताको आरोप खेप्दै आएका प्रअ रामाधारले आफ्ना जेठान बउवालाल यादवलाई आफुले अभिभावक भेला विना नै अध्यक्षको लागि सिफारिस गर्न नमान्दा आफुमाथि उहाँ ममाथि खनिएको उनले आरोप लगाए । 'विद्यालयमा आएका शिक्षक दरबन्दीमा आफना अनुकुलको व्यक्तिलाई नियुक्ति गर्ने दाउमा लोपछि मैले अध्यक्षमा सिफारिस नगर्दा मसित विवाद गर्दै हटाउने षड्यन्त्रमा लाग्नु भयो' समितिका अध्यक्षका बहिनी ज्वाई रहेका प्रअ रामाधारले भने । प्रअ रामाधार बउवालालको बहिनी ज्वाई हुन् भने बउवालाल उनका जेठान हुन् । बउवालाल पछि चुनावबाट अध्यक्षमा निर्वाचित भएका थिए । सबै कक्षामा तालाबन्दी गरिएपछि विद्यार्थीहरु विद्यालय आउन छाडेका छन् । आउने थोरै विद्यार्थीहरु बरन्दा र विद्यालयको प्राङगनमा रहेको रुखको छहारी मुनि बस्छन् । आठ महिनादेखि प्रधानाध्यापक रामाधार यादव विद्यालय आउन छाडेका छन् । विद्यालय आएपनि प्रअ यादव विद्यालयमा पस्दै नपसी गाउँमा आफना नजिकका व्यक्तिहरुको घरमा पाहुना झैं बसेर दिनभर समय विताएर घर फर्किने गरेका छन् । कहिलेकाही विद्याथ्र्ाी सित भेट गर्न चाहेमा उनले ती विद्यार्थीलाई गाउँकै कसैको घरगोठमा भेटेर घर फर्किने गरेका छन् । विद्यालयमा छुट्टाछुट्टै २ वटा हाजिरी रजिस्टर छन् । एक प्रअको हातमा जसमा प्रअ सहित उनका अनुकुलका अर्का एक शिक्षकले हाजरी गर्छन् । उनले रजिष्टर घरमै राख्छन् । अर्का रजिस्टर व्यवस्थापन समितिका अध्यक्ष बउवालाल यदवको हातमा छ जसमा अर्का एक आफुलाई प्रअको दाबी गर्ने लालबाबु यादव सहित २ शिक्षकले हाजिरी गर्छन् । विद्यालयमा २ जनाले आ आप्fmैं प्रअको दाबी गर्छन् । विवादले पियन र अरु २ शिक्षक आठ महिनादेखि तलब खान पाएका छैनन् । उनीहरुको तलब प्रअको दाबी गर्ने रामाधार यादवले नदिएपछि तिनीहरु तलब खानबाट बञ्चित भएका हुन् । गत असोजमा यहाँका तत्कालीन जिशिअ महेन्द्र महतोले व्यवस्थापन समितिको निर्णयको आधारमा शिक्षक लालबाबु यादवलाई प्रअ तोकेका थिए । पछि मंसिरमा यहाँ आएका जिशिअ रामविनयकुमार सिंहले त्यहाँका अर्का शिक्षक रामाधार यादवलाई पुनः प्रअ तोकेर उनकै नामले खाता संतालन गरिदिएपछि विवाद झन् बढेको हो । 
यसैबीच विद्यालयकै विवादमा आठ महिनादेखि अल्झेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बउवालाल यादव (जेठान) र प्रधानाध्यापक रामाधार यादव (बहिनी ज्वाई) बीच सोमवार दिउँसो कलैया स्थित शिक्षा कार्यालय अगाडी कुटाकुट भएको छ । विद्यालयकै विवाद लिएर शिक्षा कार्यालय पुगेका दुबै जना बीच कुटाकुट भएको हो । 'कार्यालय अगाडीको चिया पसलमा विद्यालयको समस्या बारे कार्यालयका कर्मचारीलाई अवगत गराई रहँदा प्रअ (बहिनी ज्वाई) एक्कासी ममाथि जाई लाग्दै हातपात गरेर बेन्चमा लडाई दिए' समितिका अध्यक्ष बउवालाल यादवले भने, 'तेरै कारण मलाई तनाव भएको छ, तिमीलाई मार दिन्छु भन्दै जाई लागे ।' यस बारे प्रहरीमा आफुले सोमवारै उजुरी गरेको उनले बताए । उनको दाहिने खुट्टामा चोट लागेको छ । यता प्रअ रामाधार यादव संचारकर्मीको समपर्कमा आउन चाहेनन् । दुबै बीचको विवादले ८ महिनादेखि बन्द रहेका कक्षा ५ सम्मका त्यस विद्यालयका झन्डै साढे दुई सय विद्यार्थी पठनपाठन अवरुद्ध हुँदै आएको छ ।


अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक