20110509

नयाँ नेपालका यी सभासदहरुले के मात्रै गरेनन हेर्नुस् त यहाँ ! अनी भन्नुस् हामीले नेपाल कता लैजादै छौं ?


- २०६५  फागुन १८ गते महाराजगन्जको एक घरमा कांग्रेस सभासद् कृष्णप्रसाद यादव यौनकर्मीमाझ भेटिए । रौतहट क्षेत्र नं. ४ बाट निर्वाचित यादवलाई देहव्यापारमा संलग्न चार युवतीसँगै प्रहरीले पक्राउ गरेको थियो ।
  
- २०६७ भदौ १४ गते १ लाख रुपैयाँ घुस लिँदालिँदैं एमाले सभासद् डीबी कार्की प्रहरी फन्दामा परे । समानुपातिकतर्फ लमजुङका यी सभासद्लाई प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै रकम असुली गरिरहेका अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको विशेष टोलीले भीमसेनगोलास्थित डेराबाट सप्रमाण पक्राउ गरेको थियो ।
- अख्तियारको अनुसन्धानपछि वैशाख ६ गते कूटनीतिक पासपोर्ट बेचेको अभियोगमा जनता दलकी गायत्री शाह र फोरमका बीपी यादवलाई संविधानसभा भवन बाहिरबाट प्रहरीले पक्राउ गर्‍यो । शाह र यादवले परराष्ट्र मन्त्रालयबाट पदीय सुविधाअन्तर्गत लिएको कूटनीतिक राहदानी वैदेशिक रोजगारमा पठाउने संगठित गिरोहलाई १ करोड ६० लाखमा रुपैयाँमा बेचेको अभियोगसहित हिरासतमा राखेर छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।
- वैशाख १८ गते माओवादी सभासद् इन्द्रमती यादव विद्युत् चोर्दा-चोर्दै पक्राउ परिन् । मुलुकले लोडसेडिङको चर्को संकट झेलिरहेका बेला समानुपातितर्फकी यी सभासद् विद्युत चोरीजस्तो तल्लो कार्यमा लागिन् । उनलाई प्रहरीले ३ हजार रुपैयाँ जरिवाना गराएर छाडेको थियो ।
 


संविधानसभाले थपिएको एक वर्षको समयसीमाभित्र संविधान बनाउन नसकेपछि उत्पन्न आमनिराशालाई सभासद्हरूका यस्ता 'आपराधिक र विवादास्पद' क्रियाकलाले झन् बढाइदिएका छन्  । नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पाएर संविधानसभामा पुगेका सभासद्हरू पदीय मर्यादाको धज्जी उडाउँदै तीन वर्षमा कूटनीति राहदानी दुरुपयोग, यौनकाण्ड, घुसकाण्ड, जुवाकाण्ड, चोरीजस्ता दर्जनभन्दा बढी आपराधिक क्रियाकलापमा संलग्न देखिए । मुलुककै प्रतिनिधित्व गर्ने यी सभासद्का गतिविधिले आमनागरिकमा वितृष्णा जगाइदिएको छ ।
संविधान निर्माणका काममा जागरुक हुनेभन्दा पदीय मर्यादालाई दुरुपयोग गर्दै कालो धन आर्जन गर्ने, जुवातास, वन फँडानी, विद्युत् चोरी र यौनकर्मतिर लिप्त हुने सभासद्का आपराधिक क्रियाकलापले उनीहरूको व्यक्तिगत जीवन र राजनीतिक करिअर त धरापमा परेको छ नै, सिंगो राजनीतिप्रति नै आम मानिसहरूको गलत धारणा निर्माण हुँदै गएको छ ।

 
नेपाली कांग्रेसमा प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे सभासद्हरूका यस्ता कार्य दुर्भाग्यपूर्ण भएको बताउँछन् । "एउटा जनप्रतिनिधि, जसले कानुन बनाउने, पालना गर्न लगाउने र सरकारलाई कानुन पालना गर्न लगाउने कुरामा झक्झकाउनुपर्ने हो, त्यही जिम्मेवार निकायमा रहेको व्यक्ति यस्ता कार्यमा संलग्न हुनु निकै दुःखदायी हो," उनी भन्छन्, "यसले देश-विदेशमा नराम्रो सन्देश प्रवाहित गरिरहेको छ ।"
संसारमै नेपालको संविधानसभा उदाहरणीय र समावेशी बनेको चर्चा चलिरहेका बेला सभासद्हरूकै कारण यसको गरिमा घट्न थालेको एमालेका प्रमुख सचेतक भीम आचार्यलाई पनि लागेको छ । "सभासद्का यस्ता क्रियाकलापले समग्र संविधानसभा र संसदलाई नकारात्मक असर पारिरहेका छन्," उनी भन्छन्, "राजनीतिक धरातल कमजोर भएका मान्छेहरूको प्रतिनिधित्व भएकाले यस्ता समस्याहरू देखिएका हुन्, सभासद् भएपछि आफूले के गर्नु हुन्छ, के गर्नु हुँदैन भन्ने कुरा आफैले पनि सोच्नुपर्ने हो तर केही सभासद्ले राष्ट्र र जनताप्रति गैरजिम्मेवारी चरित्र देखाइरहेका छन् ।"
संविधानसभासलाई जाति, लिंग र क्षेत्रका आधारमा समावेशी बनाउँदा यस्तो समस्या आएको फोरमका सचेतक अभिशेकप्रताप शाहको बुझाइ छ । उनी राजनीति आदर्श र संस्कारको कमीका कारण पनि यस्ता समस्या देखिएको बताउँछन् । भन्छन्, "यो नेपाली राजनीतिको दुर्भाग्य हो । राजनीतिक, आदर्श, संस्कारको कमीले यस्ता घटनाहरू भइरहेका छन् ।" 
सभासद् डीबी कार्की

यो कुरामा कांग्रेसका घिमिरे पनि सहमत छन् । "समावेशीकरणका नाममा पार्टीहरूबाट विभिन्न तह र तप्काको प्रतिनिधित्व गराउने क्रममा 'सिनियर'हरूलाई पन्छ्याउँदै नवप्रवेशीहरूलाई ल्याइयो । त्यसले यस्ता समस्या सिर्जना भएका हुन्," उनी भन्छन् ।
सभासद् तथा माओवादीका युवा नेता चन्द्रबहादुर थापा (सागर) राजनीतिक दलभित्र बढ्दै गएको अराजकताका कारण यस्ता क्रियाकलाप बढेको बताउँछन् । भन्छन्, "राजनीति दलहरूले छानबिन, कारबाही र शुद्धीकरणका प्रक्रिया अगाडि नबढाएकै कारण यस्ता घटना दोहोरिएका हुन् ।"
आपराधिक तथा विवादास्पद क्रियाकलापमा संलग्न भएको भन्दै करिब २५ सभासद्विरुद्ध कानुनी मुद्दा चलिरहेको छ । यस्ता 'बेलगाम' सभासद्हरूको झुन्डले जनतामा निराशा र आक्रोश उत्पन्न हुँदै गएको छ ।


अपराधको शृंखला 
- संविधानसभाको पहिलो बैठक चलिरहेकै बेला २०६५ जेठ १५ गते सभासद् कमला शर्माले कांग्रेस सभासद् पूर्णबहादुर खड्कालाई चप्पलले हिर्काइन् । खड्काले आफ्ना पति ऋषिराम अधिकारीमाथि गोली हान्न लगाएको भन्दै शर्माले चप्पल हानेकी हुन् । पतिको हत्यापछि उनी सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित भएकी थिइन् ।
- २०६६ कात्तिक २४ मा सिमरामा फोरम लोकतान्त्रिककी सभासद् करिमा बेगमले प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि कार्यालयमै थप्पड हानिन् । तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारमा राज्यमन्त्री रहेकी फोरम लोकतान्त्रिककी बेगमले आफूलाई राम्रो गाडी नदिएको भन्दै प्रजिअमाथि थप्पड हिर्काएकी थिइन् । यो घटनाको सर्वत्र विरोध भए पनि तत्कालीन प्रधानमन्त्री नेपालले आफ्नो गठबन्धन सरकार हल्लिने डरले कारबाही गर्न सकेनन् । त्यसबेला उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिक निर्णायक शक्ति भएकाले प्रधानमन्त्री बेगममाथि कारबाही गर्न हच्किएका थिए ।
- २०६६ माघ २२ गते माओवादी सभासद् चन्दादेवी पर्सा वन्यजन्तु आरक्षमा रुख काट्दाकाट्दै सहयोगीसहित पक्राउ परिन् । आरक्षका कर्मचारी र नेपाली सेनाको टोलीले उनलाई रुख काटिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
- २०६७ भदौ २२ गते कांग्रेसका सभासद् अच्युतराज पाण्डे भोटेबहालस्थित जुवाको खालबाटै समातिए । 
- २०६७ चैत १८ गते राज्यपुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समितिको प्रतिवेदनमा दलित, जनजाति, मुस्लिम र आदिवासीको मुद्दा नसमेटिएको भन्दै सभासद् विश्वेन्द्र पासवानले प्रतिवेदन च्याते ।  संवैधानिक समितिको बैठक चलिरहँदा संसद् सचिवालयको चौथो तलाबाट कुर्सी नै फ्याँकिदिए ।
- २०६७ मंसिर ३ मा बजेट पेस गर्ने क्रममा अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि सभासद्हरू जाइलागे । उनको हातबाट बजेट बि्रफकेस खोसेर तोडफोड गरियो, जसमा संलग्न सभासद्हरूमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएन ।
- सद्भावना पार्टीका सभासद् खोभारी राय हतियारसहित झगडा गरिरहेको अवस्थामा पक्राउ परे । राजनीतिज्ञ भएकै कारण उनी कारबाही प्रक्रियामा सहभागी हुनुपरेन । उनी सजिलै प्रहरीबाट छुटे ।
- २०६७ पुस १५ गते माओवादी सभासद् खड्कबहादुर विश्वकर्मा चोरीको गाडीसहित चाबहिलमा पक्राउ परे । हाल मन्त्रीसमेत रहेका विश्वकर्मामाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइएको छैन । उनलाई महानगरीय प्रहरीले १ घण्टा नियन्त्रणमा राखेर छाड्यो ।
- वैशाख २४ गते नेपालगन्जमा माले समाजवादीकी सभासद् शारदा नेपालीले मदिरा खाएर सर्वसाधारणको हुलहुज्जत गरिन् । 
- राज्यमन्त्री बनेलगत्तै एमाले सभासद् ल्हारक्याल लामा पनि विवादमा तानिए, जसका कारण उनले मन्त्री नियुक्त भएको १० दिनमै राजीनामा दिनुपर्‍यो । लामामाथि विभिन्न शक्तिकेन्द्रहरूसँग सम्पर्क राखेको, तीन देशको नागरिकता र पासपोर्ट प्रयोग गरेको लगायतका आरोप छन् ।
सभासद् ल्हारक्याल लामा

- गत चैत १३ गते एमाले सभासद् किरणदेवी यादवले सर्लाहीको बरहथवा परीक्षा केन्द्रमा आफ्नो एसएलसी परीक्षा छोरीलाई दिन लगाएको प्रमाणित भयो । सर्लाहीस्थित यो केन्द्रबाट छोरीमार्फत एसएलसी दिइरहेको प्रमाणित भए पनि उनीमाथि थप कारबाही अगाडि बढाइएन । बरु, आफ्नो हर्कत उदांगिएपछि दलबलसहित परीक्षा दिन पुगेकी उनी दबाब बढेपछि परीक्षा नदिइकनै फर्किइन् ।
सभासद् किरणदेवी यादव 

- कूटनीतिक राहदानी बेचेको अभियोगमा फोरमकै तीन सभासद्माथि अख्तियारले छानबिन सुरु गरेको छ । फोरम सभासद् शिवपुजन राय, रम्भादेवी र सलमा खातुन अख्तियारको निगरानीमा छन् । रायको पासपोर्टबाट त अर्कै व्यक्ति अस्ट्रेलिया पुगेको पुष्टिसमेत भएको छ । तर, यस्ता आपराधिक क्रियाकलापमा संलग्न सभासद् अधिकांशले राजनीतिक तजबिजीकै भरमा उन्मुक्ति पाएका छन् ।
सभासदद्वय बीपी यादव र गायत्री शाह


जनआक्रोश
सभासद्हरूका यस्तै क्रियाकलापले आम मानिसमा आक्रोशको ग्राफ चढ्दै गएको छ । यसको पहिलो र सार्वजनिक सिकार एमाले अध्यक्ष झलनाथ खनाल भएका थिए । प्रधानमन्त्री निर्वाचित हुनुअघि सुनसरीका देवीप्रसाद रेग्मीले गालामा थप्पड हिर्काएपछि तातिएको आक्रोश शृंखला पछिल्लोपटक माओवादी सभासद् झक्कुप्रसाद सुवेदीसम्म आइपुगेको छ । गत वैशाख १८ गते संविधानसभाबाट घरतिर र्फकंदै गर्दा सुवेदीलाई उनकै चुनाव क्षेत्रका प्रेमराज देवकोटाले थप्पड हिर्काएका थिए । 
समयमै संविधान बनाउन नसक्नुको कारक र विभिन्न आपराधिक 'हर्कत'का कारण कतिपय जिल्लाका नागरिकले सभासद्हरूलाई गाउँ छिर्नै नदिनेसम्मका कमद चालेका छन् ।- Source: Nepalipatra, Europe 

अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक