20110519

माओवादीका उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले युद्धकालमा आफूसहित सचिव सीपी गजुरेललाई अध्यक्ष प्रचण्डले नै भारतमा पक्राउ गर्न लगाएको खुलासा !

"प्रचन्ड यस्ता रक्त पिपासु हुन जसले सत्ता र शक्तिका लागि बाबुराम हुन या बैद्य वा जो सुकै, सबैलाई सिध्याउन तयार हुन्छन जसरी सत्र हजार को हत्या र कैयौँ लाई बेपत्ता बनाए !" ऊनकै अर्का सहकर्मी केन्द्रिय सदस्यले भने र थपे "बाहिर देखिने प्रचण्ड र भित्री प्रचण्ड मा धेरै भिन्नता छ, बहुरुपी, जसो पनि बोल्न सक्ने, रोएर हासेर जसरी पनि नाटक गर्न सक्ने यिनले माओवादी लाई पनि सखाप पार्छन, देश र जनतालाई पनि धोखा दिदैछन"
Breaking News......!
वैद्यले अध्यक्ष दाहाल आफूहरूलाई ‘सिध्याउन’ लागिरहेको भन्दै चनाखो भएर लाग्न पनि आफूनिकट नेता-कार्यकर्तालाई निर्देशन !
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले युद्धकालमा आफूसहित सचिव सीपी गजुरेललाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै भारतमा पक्राउ गर्न लगाएको खुलासा गरेका छन् । आफूनिकट नेताहरूको गोप्य भेलामा उपाध्यक्ष वैद्यले सो खुलासा गरेका हुन्। स्रोतका अनुसार गोप्य भेलामा युद्धकालमा भारतमा आफूसहित गजुरेल, मातृकाप्रसाद यादव र कुलप्रसाद केसीको पक्राउ प्रसंग जोड्दै वैद्यले अध्यक्ष दाहालले नै आफूहरूलाई पक्राउ गराएको दर्जनौं दलिल पेस गरेका थिए । माओवादी युद्धकालमा भारतमा पक्राउ परेको वैद्य र गजुरेल शान्ति प्रक्रियापछि रिहा भएका हुन् । सोही कारण उनीहरूले शान्ति प्रक्रियासम्बन्धी चर्चित चुनवाङ बैठकमा भाग लिन पाएका थिएनन्। ‘मलाई र गौरव कमरेडलाई भारतमा पक्राउ गर्राई चुनवाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्र पास गराउने काम अध्यक्ष प्रचण्डबाट भयो,’ वैद्यको
भनाइ उद्धृत गर्दैर् बैठकमा सहभागी केन्द्रीय समितिका एक सदस्यले  भने, ‘हामीलाई पक्राउ गराएर लोकतान्त्रिक गणतन्त्र पास गराइयो, प्रचण्ड जे पनि गर्न सक्ने मान्छे भएकाले हामी सबै र्सतर्क भई सोचीबिचारी कदम चाल्नुपर्छ।’ उपाध्यक्ष वैद्यले अध्यक्ष दाहाल आफूहरूलाई ‘सिध्याउन’ लागिरहेको भन्दै चनाखो भएर लाग्न पनि आफूनिकट नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्। आफू पक्षधरका जिल्ला सेक्रेटरीभन्दा माथिल्लो तहका नेताहरूलाई राजधानी बोलाएर रणनीति र योजनाबारे प्रशिक्षण दिने क्रममा वैद्यले दाहालमाथि गम्भीर आरोप लगाएका हुन्। स्रोतका अनुसार वैद्यले पछिल्लो एक सातामा पर्ूर्वी र मध्य कमान्डका निकटस्थ नेताहरू राजधानीमा भेला गरी आफ्नो रणनीति बताएका छन् भने बाँकी तीन कमान्डको भेला हुँदै छ । केही दिनदेखि बानेश्वरमा जारी सो भेलामा वैद्यसहित सचिव गजुरेल, स्थायी समिति सदस्यद्वय देव गुरुङ र नेत्रविक्रम चन्द तथा पोलिटब्युरो सदस्य पम्फा भुसाल, धर्मेन्द्र बाँस्तोलालगायतको उपस्थिति छ।
अध्यक्ष दाहालप्रति निकै आक्रोशित ढंगले प्रस्तुत भएका वैद्यले युद्धकालमा महासचिव रामबहादुर थापा ‘बादल’ नेतृत्वमा फौजी आक्रमण सफल भएपछि पार्टी कब्जा गर्छ भन्ने डरले पम्फा भुसालसँग नाम जोडेर ‘ब्लेम’ लगाएकोे पनि उनले बताएका थिए। ‘बादल कमरेेड र भुसालजीलाई जोडेर कहिले नैतिक पतन गराउने त कहिले गौरवजी सेतै कपाल फुलाएर युरोप भासिए भनेर अरूमार्फ भन्न लगाइयो,’ वैद्यको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बादलले पार्टी कब्जा गर्न लाग्यो भनेर त्यो ब्लेम लगाइएको थियो, अहिले पनि हामीलाई ब्लेम लगाइयो भने अचम्म मान्नुपर्ने छैन।’अन्तर्राष्ट्रिय सन्दर्भमा कम्युनिस्ट (माओवादी) आन्दोलनबारे प्रशिक्षण दिएका चन्दले अध्यक्ष दाहालले १४ जेठअगाडि पार्टी विभाजन गरेर नजान अनुरोध गरेको पनि भेलामा खुलासा गरेका छन्।
 ‘प्रचण्डले मलाई १४ जेठअघि पार्टी फुटाउन आग्रह गर्नुभयो,’ चन्दको भनाइ उद्धृत गर्दैर् स्रोतले भन्यो, ‘तर, मैले विचारमा सहमत हुन सकिँदैन भने पार्टी फुटाएर भए पनि विचारको रक्षा गर्नुपर्छ भन्ने जवाफ दिएको छु।’
अध्यक्ष दाहाललाई पार्टी विभाजन हुन्छ भन्ने ठूलो त्रास भएको सहभागीहरूलाई चन्दले जानकारी गराएका थिए । ‘त्यसकारण, अध्यक्ष पक्षधरहरू पार्टी विभाजन भए पनि पार्टी कार्यालय भने आफैंले कब्जा गर्नुपर्छ भनेर रणनीति बनाइरहेका छन्,’ चन्दले भेलामा खुलासा गरे । वर्षमान पुन, हरिबोल गजुरेल, लोकेन्द्र विष्टमगर लगायतले कुनै पनि हालतमा वैद्य पक्षधरलाई पार्टी कब्जा गर्न नदिन गोप्य भेला गरिरहेको पनि उनीहरूको ठहर छ। अध्यक्ष दाहालले आफूहरूले पार्टी विभाजन गर्न लागेको भन्ने आन्तरिक रूपमा हल्ला चलाइरहेको निष्कर्षा वैद्य पक्षधर रहे पनि तत्काल पार्टी विभाजनको पक्षमा भने नभएको एक नेताले बताए । ‘पार्टीभित्र पार्टी संगठनभित्र संगठन र योजनाभित्र योजना बनाएर हामी जान्छौ तर पार्टी विभाजन गरेर जाँदैनौ,’ ती नेताले राजधानीसँग भने ।

उनका अनुसार दाहाल वा उपाध्यक्ष डा. बाबुराम भट्टर्राई पक्षधरको इन्चार्ज भए आफूहरूले सेक्रेटरी माग्ने र त्यो पनि नभए सहइन्चार्ज भए पनि लिएरै छाड्ने योजना वैद्य पक्षधरको छ । जिल्ला तहदेखि केन्द्रसम्मको ‘पोर्टफोलियो’का लागि ‘सम्झौताहीन बार्गेनिङ’ गर्ने योजना पनि जानकारी गराइएको र त्यसैअनुसार आफ्नो तहबाट परिचालन हुन निर्देशन भएको पोलिटब्युरोका अर्का नेताले राजधानीलाई बताए ।
गोप्य भेलामा नेता गुरुङले आफूलाई झुक्याएर अध्यक्ष दाहालले संवैधानिक समितिको विवाद उपसमितिबाट कांग्रेस र एमालेको एजेन्डा पास गराएको बताएका थिए ।
‘मलाई समेत झुक्याएर संवैधानिक समितिमा पार्टीले एजेन्डा पास नगराई अध्यक्षले कांग्रेस-एमालेको एजेन्डामा सहमति गराउनुभयो,’ गुरुङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
अध्यक्ष दाहालमा मध्यपन्थी, सारसंग्रहवादी, विर्सजनवादी चरित्र देखापरिसकेको तथा दक्षिणपन्थी चरित्र उन्मुख हुँदै गएको भन्दै पार्टी क्रान्तिका लागि त्यो निकै खतराका रूपमा देखापरेको वैद्य पक्षको ठहर छ।
यता, संगठनमा पकड जमाउन वैद्य पक्षधरले युद्धकालमा महासचिव बादलको नेतृत्वमा रहेको ‘इन्टेलिजेन्स ब्युरो’लाई ब्युँताएको छ । हाल निष्त्रिय रहेको सो ब्युरोलाई ब्युताउँदै चन्दलाई त्यसको कमान्डर तोकिएको एक नेताले बताए । चन्दको नेतृत्वमा रहेको सो इन्टेलिजेन्स ब्युरोमा करिब दुई दर्जन सदस्य रहेको स्रोतले बतायो ।
‘त्यसको काम सूचना संकलन गरेर केन्द्रमा पुर्‍याउने हो,’ एक नेताले भने । आफ्ना सहकर्मीलाई मोबाइल र टेलिफोनबाट भन्दा पनि भेटेरै कुरा गर्न ब्युरोले निर्देशन दिइसकेको सहभागीहरूको भनाइ छ ।
-प्रकाश तिमल्सिना/राजधानी
 
/div> 
अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ !!!
अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ ।
- Ram Prasad Khanal - Realtor®, Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : rampdkhanal@gmail.com, visit http://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com/  

अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America" 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक