20110518

पुरुष आयोग गठन हुनुपर्ने माग सहित स्वास्नी पीडितहरुद्वारा सातदिने आन्दोलनको घोषणा, माग सुनुवाई नभए "जेल भर्ने" कडा आन्दोलनको धम्की !

DOMESTIC VIOLENCE BY WOMEN AGAINST MEN
विश्वमा पीडित महिलाको आवाज सुन्ने विभिन्न समूह, सङ्घसंस्था या फोरमहरू छन्। राज्यस्तरमा महिला आयोगसमेत गठन गरिएका हुन्छन्। संसारमा मूलतः पितृसत्तात्मक सोच हाबी भएकोले महिलाहरू पुरुषबाट विभिन्न हिंसा र प्रताडनाको सिकार हुने गरेका छन् भन्ने स्थापित भएकोले महिलालाई न्याय दिनका लागि यस्तो व्यवस्था गरिएका हो।  पछिल्ला दिनमा कैयन महिलाले यस सुविधाको दुरुपयोग गर्ने गरेका  समाचारहरू पनि बेलाबेलामा प्रकाशमा आउने गरेका छन्। नाजायज लाभ
लिनकै लागि महिलाले पुरुषलाई झुटो आक्षेप लगाएर फसाउने गरेका उदाहरण हाम्रै समाजमा पनि नभेटिने होइनन्। यसर्थ महिलाबाट पुरुष प्रताडित हुने क्रम बढ्दो छ भन्दा अत्युक्ति हुँदैन।

यसरी महिला या आफ्ना पत्नीबाट अचाक्ली अत्याचार खेपेका भारतीय महिलाबाट हुने हिंसाबाट पुरुषले सुरक्षा पाउनुपर्ने र यसका लागि महिला आयोगजस्तै पुरुष आयोग गठन गरिनुपर्ने माग लिएर आमरण अनशनमा उत्रिएका छन्। 'अखिल भारतीय पत्नी अत्याचारविरोधी सङ्घ' नामक संस्थाका अध्यक्ष दशरथ एम. देवडाले यसको अगुवाइ गरेका छन् भने 'सेभ इन्डियन फ्यामिली' र 'स्वतन्त्र आवाज'जस्ता पुरुषको हकका लागि लड्ने संस्थाहरूले साथ दिएका छन्। आमरण अनशनलगायतका कार्यक्रमसहित अधिकारको आन्दोलनमा उत्रिएका उनीहरूले अघिसारेका मुख्य मागहरूमा जसरी महिलाको आवाज सुन्न महिला आयोग गठन गरिएको छ त्यस्तै एक पुरुष आयोग गठन हुनुपर्ने, लोग्ने र स्वास्नीबीचको झगडामा परिवारका अन्य सदस्यलाई मुछ्न नपाइने, घरेलु हिंसा कानुनका धारामा फेरबदल गर्नुपर्ने, महिलाका आवाजलाई जस्तै पुरुषको आवाजलाई बराबर मात्रामा सुनुवाइ गर्नुपर्नेलगायत छन्। गत सोमबारदेखि दिल्लीको जन्तरमन्तरमा सुरु गरिएको विरोध प्रदर्शन सोही स्थानमा सात दिनसम्म जारी रहने र सरकारले सुनुवाइ नगरे 'जेल भरो' आन्दोलन छेडिने पुरुष सुरक्षा आन्दोलनकारीहरूको कार्यक्रम रहेको गत जेठ २ गते प्रकाशित भारतीय दैनिक पञ्जाव केशरीले जनाएको छ।
अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ !!!
अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । - Ram Prasad Khanal - Realtor®, Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : rampdkhanal@gmail.com, visit http://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com/

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक