20110527

हातहतियार, हत्या, आतंक, अपहरण, चन्दा आतंक र वाइसियल गुण्डागर्दीका बलमा टिकेको माओवादी जस्तोसुकै अवस्था आएपनी हतियार नबुझाउने निष्कर्षमा ! माओवादी आतंकसँग नझुक अन्य दलहरु !

सभासदहरुलाई जेठ १४ गतेपछि हिष्कार र निषेध गर्ने एमाले भातृ संगठन यूवा संघको घोषणा, झलनाथ जिल्ल !
एकिकृत माओवादी जस्तोसुकै अवस्था आएपनी हतियार नबुझाउने निष्कर्षमा पुगेको बुझिएको छ । आज माओवादीका दुइ नेताले फरक फरक ठाउँमा बोल्दै हतियार बुझाउनै नसकिने संकेत गरेका छन् । कृष्णसेन ईच्छुक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले लडाकुको हतियार सरकारी सम्पत्ती नभएकाले कसैले माग्दैमा नदिईने बताएका छन् प्रचण्डले रगतसँग साटेको हतियार सजिलै थन्क्याउन लागेको कुरा सत्य नभएको पनी प्रष्टाएका छन् । भने उता माओवादी सचिव सि पि गजुरेलले पनी रिपोर्टस क्लबमा बोल्दै जस्तोसुकै समस्या परेपनी माओवादीले हतियार नबुझाउने प्रष्टाएका
छन् । उनले पनि प्रचण्डले जस्तै हतियारको मुल्य त्यति सहज नभएको बताएका थिए । उनले काँग्रेसले अड्को थाप्न मात्रै सो शर्त ल्याएको ठोकुवा पनी गरेका थिए । दलहरु आ-आफनो अडानबाट पछि नहटेपछि शुक्रबार बसेको तीन दलको बैठकपनि विना निष्कर्ष स्थगित भएको छ । सिंहदरवार स्थित शान्ति तथा पुनर्निमाण मन्त्रालयमा तीन दलका ५/५ जना प्रतिनिधी सम्मिलित बैठकमा सवैदलले पूर्ववत अडान नछाडेकाले वार्तामा कुनै प्रगती हुन नसकोको काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेले पत्रकारहरुलाइ जानकारी दिए । पौडेलेले थप गृहकार्यका साथ शुक्रबार (आजै) दिँउसो ३ बजे फेरी तीनको बैठक शान्ति मन्त्रालयमा बस्ने सहमति भएको बताए । । संविधान सभाको आयु एक दिन बाँकी रहदा करिब ३ घण्टा बसेको ३ दलका शिर्षनेताहरुको बैठकमा पनि फेरी बस्ने भन्दा अरु कुनै सहमति हुन सकेन । बैठकबाट बाहिरीदै एमाले बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधब कुमार नेपाललेपनि वार्तामा कुनै प्रगती नभएको प्रतिकृया दिए । उनले यहि हालतमा दलहरु बीच सहमति हुन गाहृो भएको पत्रकारहरुलाइ वताए । बैठकमा काङ्ग्रेसले यसअघी झैँ माओवादी लडाकुका हतियार राज्यलाइ नबुझाँउदा सम्म कुनैपनि हालतमा संविधानसभाको म्याद थप्न नसकिने अडान लिएको थियो । उसले हतियार राखेको कन्टेनरको चाबी गृह अथवा रक्षा मन्त्रालयलाइ सुम्पीनुपर्ने जिकीर गदै आएको छ । एमालेले मध्यमार्गीबाटो अपनाइ दुवैदललाइ विन विनको स्थिती सृजनागरि मिलाउन गरेको प्रस्ताव काङ्ग्रेस र एमाओबादीको पूर्ववत अडानका कारण विफल भएको नेपाले वताए । नेपाली काङ्ग्रेसका पदाधिकारीले अडान यथावत राखेकाले एकीकृत नेकपा माओबादीका पदाधीकारीले पनि आत्मर्समर्पन गरेर त्यसमा जान नसकिने वताएपछि वार्ता विनानिस्कर्षटुङ्गिएको हो ।
सत्तारुढ नेकपा एमालेको भातृ संगठन यूवा संघ नेपालले भोली ५० हजार यूवा परिचालन गरेर संविधानसभा क्षेत्रमा लगाईएको निषेधित क्षेत्र तोड्ने भएको छ। यूवा संघ नेपालले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर भोलीको प्रर्दशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा मध्यान्ह १२ बजे ५० हजार यूवा भेला भएर निषेधित क्षेत्र तोडदै संविधानसभा भवन घेराउ गर्ने जानकारी दिईएको थियो। त्यसकोलागी भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक दोलखाबाट आएको टोली कोटेश्वरमा भेला भएर बानेश्वर आउने, ललितपुर, काठमाडौ क्षेत्र नम्बर १० र थानकोट भएर राजधानीबाहिरबाट आउने समूह माइतिघर मण्डलामा, काठमाडौ क्षेत्र नम्बर ५,६,७,८, अन्तर जिल्ला, यूथफोर्सबाट आउने बागबजारमा भेला हुने र काठमाडौ क्षेत्र नम्बर ३ र ४ बाट आएका यूवाहरु पुरानो बानेश्वरमा भेला भएर संविधान सभा भवन तिर बढेर चौतर्फी रुपमा एकै पटक निषेधित क्षेत्र तोडन अगाडि बढ्ने तयारी रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो।

पत्रकार सम्मेलनमा बोल्दै यूवासंघका अध्यक्ष महेश बस्नेतले जनतालाई निषेध लगाउने अधिकार कसैमा नभएको भन्दै आफूहरुले भोली निषेधित क्षेत्र तोडेर संविधानसभा भवन घेराउ गर्ने बताउनुभयो।उहाँले जनतालाई निषेध गर्ने सभासदहरुलाई जेठ १४ गतेपछि बाहिष्कार र निषेध गर्ने घोषणा पनि पत्रकार सम्मेलनमा गर्नुभयो। उहाँले सहमतिमा बढीमा तीन महिना संविधानसभाको म्याद थप्नु पर्ने भन्दै शान्ति र संविधानको सुनिश्चितता हुने गरी बाहेक संविधानसभाको म्याद थप्नु भनेको जनताको करबाट उठेको रकम बर्बाद गर्नु मात्रै रहेको समेत सो अवसरमा स्पष्ट पार्नुभयो।
अपार्टमेन्टमा किन बस्नुहुन्छ ? तपाईंले 5/6 हजार डलरले 2 लाखको घर किन्न सक्नुहुन्छ, ढिलाई किन ! अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ ! 
 अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । - Ram Prasad Khanal - Notary Public/Realtor® - Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : Ram.Khanal@LongandFoster.com, visit http://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com (This Advertise is only for those people who live and work in US)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक