20110528

कङ्रेस र अन्य दलले समेत प्रचन्डको झुटो आस्वासनमा चुक्ने !

हेर्दै जानुस् अर्को ३/४ घण्टा भित्र ठुला दलका नालायक लोभि पापीहरुले आफ्नो म्याद आफै थप्ने छन, अहिले भैरहेका शर्त, धम्की, बार्ता सब देखाउन र जनतालाई बेकुफ बनाउने खेल मात्र हो । आखिर माओवादी आतंकका अगाडि झलनाथ बामदेब एमाले त पहिलै घुँडा टेकीसकेको थियो अब कङ्रेस र अन्य दलले समेत प्रचन्डको झुटो आस्वासनमा  चुक्ने छन र म्याद थपिने छ संबिधान सभाको। हामीले बुझेको सार यहिनै हो !कठै हामी नेपाली जनताहरु ! फाँसीमा झुन्डाउनुपर्ने अपराधीहरुको लालीपपमा सधै अल्झिन र उनिहरुको धाक धम्की का अगाडि ज्यु हजुर गर्न अनी अन्य भिजन नभएका प्रजातान्त्रिक भनिने दलहरुको लहलहै मा बहकिन मै हाम्रो पुस्ता जाने भो है कस्तो दुभाग्य ??!!   
मासु,कटहर र खाना धेरै खाँदा सभासद् लक्ष्मी परियार र छियामा राई पखालाले ग्रस्त, थप एक दर्जन सभासद्लाई वान्ता !
बिहानैदेखि संविधान सभा भवनमा रहेका सभासद् लक्ष्मी परियार र छियामा राई मासु,कटहर र खाना धेरै खाँदा पखालाले ग्रस्त भएपछि उपचारका लागि वीर अस्पताल लगिएको नागरिकन्युजकर्मी दीपक दाहालले बताएका छन्। लक्ष्मी कङ्ग्रेसकी सभासद् हुन भने छियामा राष्ट्रिय जनमुक्ति पार्टीकी हुन। यसैबीच थप एक दर्जन सभासद्लाई वान्ता भएको छ। बिहानको खानामा कटहर र मासुको तरकारी रहेको र त्यही कारण उनीहरुलाई सञ्चो नभएको अनुमान गरिएको छ। संविधान सभाको आजको बैठक बिहानै ८ बजे बस्ने तय भएको थियो। उक्त बैठकमा भाग लिन त्यसअघि नै संविधान सभा भवन पुगेका सबै सभासद्ले त्यहीँ तयार पारिएको खाना खाएका थिए।
 ७ हजार लडाकुलाई समायोजन गर्ने माओवादी प्रस्ताव सार्वजनिक भएपछि मधेसी मोर्चाका नेताहरुले सेनामा मधेसीलाई पनि समूहगत प्रवेश दिलाइनुपर्ने माग !
संविधान सभाको म्याद थपअघि ७ हजार लडाकुलाई समायोजन गर्ने माओवादी प्रस्ताव सार्वजनिक भएपछि मधेसी मोर्चाका नेताहरुले सेनामा मधेसीलाई पनि समूहगत प्रवेश दिलाइनुपर्ने माग राखेका छन्। उनीहरुले माओवादीसँगको वार्तामा यस्तो माग राखेका हुन। मोर्चाका नेताहरुले संविधान सभाको म्याद थप गर्नका लागि आफूहरुले उठाउँदै आएका मधेसका माग सम्बोधन हुनुपर्ने प्रतिबद्धता पनि खोजेका छन्। माग सम्बोधन भएमात्र म्याद थपका लागि लचिलो हुने उनीहरुले बताएका थिए। 
अपार्टमेन्टमा किन बस्नुहुन्छ ? तपाईंले 5/6 हजार डलरले 2 लाखको घर किन्न सक्नुहुन्छ, ढिलाई किन ! अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ !
अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । - Ram Prasad Khanal - Notary Public/Realtor® - Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : Ram.Khanal@LongandFoster.com, visit http://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com (This Advertise is only for those people who live and work in US)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक