20110528

सारा जनतालाई लोप्पा ख्वाउदै मध्यरातिमा माओवादी, एमाले, कङ्रेस मिलेर संबिधान सभाको म्याद ३ महिना थपे !

Breaking News from Nepal !
काले काले मिलेर खाए भाले ! 
सारा जनतालाई लोप्पा ख्वाउदै मध्यरातिमा माओवादी, एमाले, कङ्रेस मिलेर संबिधान सभाको म्याद ३ महिना थपे, घुमिफिरी देश आतंक र हात हतियारधारी माओवादीकै हातमा, एमाले कङ्रेस र अन्य दल समेत माओवादी कै छायाँमा, शान्ती र संबिधान का नाममा फेरी देश र जनता लुट्ने कामलाई निरन्तरता, जनताको धैर्यता पनि कस्तो हो यती हुँदा पनि सहने ? हामी नेपाली जनताको महानता लाई मान्नै पर्छ । लौ जय होस् नयाँ नेपालको, लोकतान्त्रिक गणतन्त्रको, जती हुँदापनी नबोल्ने नेपाली जनताको र ६०१ महान सभासदहरुको !      


अन्तरिम संबिधान र नियम कानुन समेत जबर्जस्ती परिवर्तन गर्दै ठुला तीन दलले यसरी संबिधान सभाको म्याद थपे, खाने कुरामा के को बिबाद है ! हेर्नुस् यो भिडियो मिलेर यसरी खाँदैछन !

     मध्यराति दोस्रोपटक संविधानसभाको म्याद तीन महिनाका लागि थपिएको छ । लडाकुलाई हतियारबाट अलग गर्नुपर्ने अडानमा रहेको प्रतिपक्षी कांग्रेस र मधेसवादी दल तथा मध्यमार्गी बाटो खोजेका एमाले–माओवादीबीच सहमति भएपछि संविधानसभाको कार्यकाल तीन महिना थपिएको हो ।  तीन महिनामा शान्ति प्रक्रिया पूरा गरी संविधानको एकीकृत मस्यौदा निर्माण गर्ने, प्रधानमन्त्रीले राजीनामा गरी राष्ट्रिय सहमतिको सरकारका लागि मार्गप्रसस्त गर्नेलगायतका सहमति दलहरुबीच भएको छ । सहमतिको खाकालाई अहिले अन्तिमरुप दिने काम भइरहेको छ ।  संविधानसभाको म्याद थपमा सहमति जुटाउन प्रमुख तीन दलसहित चौथो शक्तिकारुपमा रहेका मधेसवादी दलहरुबीच द्विपक्षीय र त्रिपक्षीय छलफल भएका थिए । दलहरुका बैठकमा सहमति जुट्न नसकेपछि बिहान ८ बजेकै लागि बोलाइएको संविधानसभाको बैठक राति ११ बजेर १२ मिनेट जाँदा बसेको थियो । संविधानसभाको म्याद थपिन पौने घण्टा बाँकी रहेकाबेला बसेको संसद् बैठकले विद्येयकमाथि छलफलका लागि ७२ घण्टा समय दिनुपर्ने कार्यव्यवस्था नियमावलीको प्रावधान निलम्बन गरी छोटो प्रक्रियाबाट संविधान संशोधन भएको थियो । अन्तरिम संविधानको धारा ६४ संशोधन भएपछि संविधानसभाको कार्यकाल तीन महिनासम्म थपिएको छ । राति सवा ११ बजे सुरु भएर स्थगित भएको संसद बैठक अबेलासम्म सुचारु नभएपछि बैठक कक्ष मै निदाइरहेका सभासदहरु। तस्बिरः विकास कार्की

अपार्टमेन्टमा किन बस्नुहुन्छ ? तपाईंले 5/6 हजार डलरले 2 लाखको घर किन्न सक्नुहुन्छ, ढिलाई किन ! अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ !
अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । - Ram Prasad Khanal - Notary Public/Realtor® - Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : Ram.Khanal@LongandFoster.com, visit http://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com (This Advertise is only for those people who live and work in US)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक