20110531

सेतो कात्रो ओढाएका ६ सय १ वटा शव बोकेर एकोहोरो शंख बजाउँदै कन्काई माईमा लगि दाहसंस्कार !!!

 मलामीभन्दा मरेका मान्छेको संख्या बढी भएको दाहसंस्कार कार्यक्रम हेदा सुरुंगाबासीले कुनै ठूलो दैवीविपत्तिको स्थिति सम्भिएनन्। न त त्यस्तो दृश्यमा उनीहरू शोकाकुल नै थिए। मलामीका रूपमा सहभागी सबै मजाले हाँसिरहेका थिए। न यो कुनै चलचित्रको पर्दाको दृश्य नै हो न त हाम्रो नियतिभन्दा परको विषय नै हो। आइतबार सुरुंगाका युवाहरूको अगुवाइमा यसरी मलामी जाने काम भयो। ३५ जना क्रियापुत्री बने, केश मुण्डन गरे अनि टाउकामा सेतो कात्रो बाँधे र ६ सय १ सभासद्लाई गाली गरे- अबचाहिँ तिमीहरूले योभन्दा बढी धोका नदेउ भनेर। सुरुंगाको सहकार्य युवा क्लब र सामर्थ्य युवा क्लबको निमन्त्रणामा सुरुङ्गा चोकमा भेला भएका मलामीले आइतबार दिउँसो सेतो कात्रो ओढाएका ६ सय १ वटा शव बोके र एकोहोरो शंख बजाउँदै नजिको प्रसिद्ध दाह संस्कारस्थल कन्काई माईमा लगि दाहसंस्कार गरे। सडकमा हिँड्नेहरू एक छिन अलमल परे। तर, कुरा बुझेपछि मरिमरि हाँसे र भने- ँबल्ल ठीक पारेछन् संविधान नबनाउनेहरूलाई। सुरुङ्गा बजारबाट करिब ३ सयको
संख्यामा निस्किएको मलामीको ताँतीले मानिसकै आकार-प्रकारका देखिने परालका शव बनाई २ पटक समय थप्दा पनि संविधान बनाउन नसक्ने नेपालका सभासद्हरूको उछित्तो काढेका छन्। ँबाँचेका भए त संविधान बनाइहाल्थे नि, सामूहिक रूपमै उनीहरू मरे भन्ने ठानेर यसरी सामूहिक रूपमा काजक्रिया गरिएको हो’ -मलामीमध्येका एक सहकार्य युवा क्लबका अध्यक्ष प्रवीण तिम्सिनाले जोसिलो रूपमा व्यंग्य प्रस्तुत गरे। त्यहाँ समाचार संकलन गर्न पुगेका प्रेस चैतारी नेपालका केन्द्रीय सदस्य चेतन अधिकारीले दृश्य प्रस्तुत गर्दै भने- ँसभासद्हरूका लागि पूवमा पहिलो पटक फरकखाले अनौठो खबरदारी भएको पाइयो।

मलामीका रूपमा सहभागी अर्का युवा सन्दीप भण्डारी पनि त्यही लहरबाट भन्दै थिए- ँसभासद्हरूलाई आŠनो जिम्मेबारी बोध गराउँदै ब्यूँझाउन पिण्ड दानसमेत गर्नुपर्यो। उनले खबरदारी गर्दै थपे- ँदलहरूको अकर्मण्यताका कारण बितेका ३ वर्षा सभासद्ले केही गर्न सकेनन्, अबको पालिमा चाहिँ जसरी पनि संविधान बन्नर्ुपर्छ। हुन पनि त्यहाँ सभासद्को नालायकीपनको प्रतीकका रूपमा माटाका ६ सय १ वटा पिण्ड दिएर एक ैदिनमा काजक्रिया सक्ने काम भएको थियो। काजक्रियाको विधिविधान सबै गर्ने ब्रा³मणको जिम्मेवारी लिएका थिए पर्शुराम सिग्देलले। काजकिरिया हिन्दू विधिअनुसार भएको थियो। कर्ता बनेका ३५ जना र अन्य मलामीले दागबत्ती दिए, मट्टी चढाए। फर्किएपछि अलि पर खाजाको व्यवस्था पनि थियो, खाजा खाएर सबै आ-आŠना घर फर्किए।-भूपेन्द्र तिम्सिना (झापा)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक