20110601

माओवादीले झलनाथका कांधमा बन्दुक राखेर पड्काउँदै प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई हटाएर माओवादी निकट रविन्द्र प्रताप शाह प्रहरी महानिरीक्षक नियुक्त !

Breaking News.........
यस अघि प्रधानसेनापती हटाएर आफै सरकारबाट हटेको माओवादीले झलनाथका कांधमा बन्दुक राखेर पड्काउँदै अहिले प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई हटाएको छ । माओवादीले आफ्नै निकट रविन्द्र प्रताप शाहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। देश अस्तब्यस्त बनाउने र माओवादी पकड प्रहरी भित्र पनि बलियो बनाउन प्रचन्डको निर्देशनमा माओवादी गृहमन्त्री कृष्ण बहादुर महराले यसरी खेलखेलेको र प्रधानमन्त्री झलनाथ हतियारको रुपमा प्रयोग भएको देखिएको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले रविन्द्र प्रताप शाहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । ठकुरीलाई महानिरीक्षकबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको सरकार प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधारले जानकारी दिए ।
सबैले हारेको सम्झौता  : पाँचबुँदे सम्झौताले ‘हिँड्दै छ पाइला मेट्दै छ’ को नियति भोग्ने निश्चितप्राय: छ ! -देवप्रकाश त्रिपाठी 
 दुई पक्षबीच हुने सन्धि, सम्झौता र सहमतिले दुवै पक्षको हित सुनिश्चित गर्ने विश्वास गरिन्छ । दुई मुलुकका बीच होस् या दुई समूह र दुई व्यक्तिका बीच, हरेक सम्झौताको उद्देश्य विवाद र तनाव कम गराई दुवै पक्षलाई खुसी र सन्तुष्ट राख्नु हुन्छ । नेपालमा सुगौली सन्धि मात्र एउटा त्यस्तो सम्झौता हो जसमा रहेका नौ
बुँदामध्ये नौवटै नेपालको हित प्रतिकूल थियो, सबै बुँदाले ब्रिटिस भारतको पक्षपोषण गरेको थियो । नेपालको राजनीतिक इतिहासमा सर्हाधिक महत्त्वपूर्ण मानिएको दिल्ली सम्झौता (वि.सं. २००७) ले नेपालमा राणाशासनको सहज अन्त्य गर्दै प्रजातन्त्र स्थापनाको जग बसाएको थियो । ०६२ सालमा सम्पन्न दिल्ली सम्झौता (भाग-२) ले चाहिँ नेपालमा गणतन्त्र स्थापनाको आधारशिला खडा गरेको भन्न सकिन्छ । हिंसात्मक युद्धमा क्रियाशील माओवादीलाई दिल्ली सम्झौताले सुरक्षित अवतरणको सुन्दर मौका उपलब्ध गराएको थियो भने त्यसले काङ्ग्रेससहित प्रजातन्त्रपक्षीय दलहरूमा लोकतन्त्र स्थापनाको भरोसा जगाएको थियो । त्यसबेला नयाँदिल्लीले पनि सम्झौता (बाह्रबुँदे) पश्चात् नेपालभित्र आफू सदैव अनुकूल परिस्थितिमा रहिरहने विश्वास गरेको हुँदो हो । बाह्रबुँदे र त्यसपछि विभिन्न चरणमा भएका अनेक बुँदे सम्झौताहरूले क्रमश: माओवादीको अनुकूलता सुदृढ तुल्याउँदै लगेको हुँदा कम्तीमा सम्झौताको एउटा पक्ष ? माओवादी) चाहिँ सन्तुष्ट रहेको विश्वास गर्न सकिन्छ । तर, जेठ १४ गते (२०६८) माओवादी, काङ्ग्रेस र एमालेबीच भएको सम्झौतालाई चाहिँ इतिहासकै रोचक र अनौठो मान्नुपर्ने अवस्था छ । पाँचबुँदे उक्त सम्झौतापश्चात् प्रधानमन्त्रीको पदमा आसीन व्यक्ति र केही माओवादी नेताहरूमा क्षणिक खुसी पैदा भएको भए पनि त्यसको सूक्ष्म विश्लेषण गर्दा कुनै पनि पक्ष सन्तुष्ट नरहेको देखिन्छ । सम्झौतामा सहभागी र अन्य सबै पक्षले पाँचबुँदे सम्झौताप्रति
धेरथोर असन्तुष्टि र खिन्नता प्रकट गरेका छन् । सबै थरीलाई खिन्न र असन्तुष्ट तुल्याउने यो सम्झौताले समस्या तथा तनाव न्यून गराउनेभन्दा झनै चुलीमा पुर्‍याउने देखिएको छ ।
संविधानसभाको दुईवर्षे कार्यकाल लोकतान्त्रिक संविधान निर्माणका लागि पर्याप्त हुने ठानिएको थियो । तर, दुई वर्षभित्र संविधान निर्माणको बीस प्रतिशत कार्य पनि सम्पादन हुन सकेन र जनादेशविपरीत अर्को एक वर्ष कार्यकाल थप गरियो । तीन वर्षपछि पुन: तीन महिना समयावधि थप गरिएको छ, तर यसपटक थपिएको समय संविधान निर्माणका निम्ति नभई शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनका लागि मात्र भएको स्पष्ट छ । माओवादीहरू शान्ति, संविधान र लोकतन्त्रप्रति किञ्चित इमानदार नरहेको ठानिएपछि यसपटक संविधानसभाको कार्यकाल थप गरेरभन्दा यसको स्वाभाविक मृत्युवरण गराएर माओवादीमाथि दबाब पैदा गर्न सकिने विश्वास लोकतन्त्र पक्षधर शक्तिहरूमा थियो । संविधानसभाको समयसीमा लम्ब्याउन राजनीतिक रूपमै प्रयास गर्नेमा सिङ्गै माओवादी पार्टी र एमालेको झलनाथ खेमा देखिए । नेपाली काङ्ग्रेस र मधेसी मोर्चालगायत प्रजातन्त्र पक्षधर सबैले संविधानसभाको निरन्तरतालाई औचित्यहीन ठानेका थिए । तर, प्रजातान्त्रिक खेमाभित्र पनि युरोपियन उर्फक्रिश्चियनहरूसँग निकट मानिएका केही व्यक्ति माओवादी बलियो रहेको संविधानसभाले मात्र क्रिश्चियानिटीको रक्षा गर्न सक्छ भन्ने विश्वासअनुरूप सक्रिय रहेको बुझिन्थ्यो । त्यर्सथ पार्टीगत निर्णय जे भए पनि संविधानसभाको म्याद बढाउनु उनीहरूको एक मात्र अभीष्ट हुन गयो । यसबाहेक संविधानसभाबिना आफ्नो राजनीतिक हैसियत जोगिन नसक्ने ठान्नेहरू तथा सभासद् पदलाई रोजगारीको सुवर्ण अवसरका रूपमा लिनेहरूले पनि पार्टी निर्णयविपरीतको मानसिकता बनाएका थिए । संविधानसभाका अधिकांश सदस्य आफ्नो भविष्यलाई लिएर व्यग्र थिए, उनीहरू सभा नरहेको अवस्थामा आफू भूमिकाहीन हुनसक्ने वास्तविकतालाई स्वीकार गर्न तत्पर भएनन् । भूमिकाहीन रहनुभन्दा बरु जनताको आलोचना खेपेर पनि सभासद्को हैसियत जोगाइराख्नुलाई उनीहरूले उचित सम्झे । अर्को सत्य के पनि हो भने कुनै पनि मानिस आफ्नो मृत्यु स्वीकार गर्न सक्दैनन् । संविधान निर्माण नभई संविधानसभाको मरण हुनुलाई सभासद्हरूले आफ्नै मृत्यु या सोसरह ठाने । देश र लोकतन्त्र होइन आफैंलाई केन्द्रबिन्दुमा राखेर हेरिरहेका उनीहरूको भविष्यबारे ‘ग्यारेन्टी’ दिन सक्ने कुनै शक्ति सामुन्ने आएको हर्ेन चाहन्थे र संविधानसभा नरहेको अवस्थामा पनि आफ्नो भूमिका स्पष्ट हुने विश्वासिलो आधार खोज्दै थिए । भविष्य अनिश्चित देखिएपछि सभासद्हरूका लागि माओवादीलाई शान्ति, लोकतन्त्र र संविधानका पक्षमा ल्याउने कार्यभन्दा आफैंलाई जोगाउने विषय प्राथमिकतामा पर्‍यो । आफूमा रहेको शक्ति र अधिकार यसैगरी दुरुपयोग गर्दै जाने हो भने भविष्यमा कथित संविधानसभालाई विस्थापित गर्न वैकल्पिक मार्गको खोजी हुनसक्छ, जुन अत्यन्त भयावह नहोला भन्न सकिँदैन । सोझो औंलाले घ्यू नआएपछि औंला बंग्याउनुलाई प्राकृतिक नियमकै अनुकूल मानिन्छ । त्यसैले माओवादीलाई शान्ति, संविधान र लोकतन्त्रका पक्षमा बदल्न काङ्ग्रेस र मधेसी मोर्चालगायतका प्रजातान्त्रिक शक्तिहरूले गरेको प्रयास यसपटक पनि सफल हुन सकेन । संविधानसभालाई सुरक्षा छाताको रूपमा प्रयोग गर्दै राज्यसत्तामा पहुँच बढाउन माओवादीले गरिरहेका प्रयासप्रति शेरबहादुर देउवालगायतका सभासद् यसपालि सहयोगी देखापरे । जसका कारण माओवादीलाई बदल्न काङ्ग्रेसले गरेको प्रयास असफल हुन पुगेको छ । यर्सथमा काङ्ग्रेस पार्टी पाँचबुँदे सम्झौताबाट प्रसन्न होला भन्ने विश्वास गर्न सकिँदैन । माओवादीलाई ठेगानमा ल्याउन विभिन्न दसवटा सर्त अघि सार्ने काङ्ग्रेसले यस प्रकरणमा पराजित महसुस गरेको छ भने त्यस्तो महसुस गर्नु स्वाभाविक छ । मधेसी मोर्चा, जसले संविधानसभाको स्वाभाविक मृत्युवरण गराई ताजा जनादेशमा जाने तत्परता दर्शाउँदै आएको थियो, कार्यकाल थप गर्ने दुईतिहाईको निर्णयले उनीहरूलाई पनि आहत तुल्याएको छ । म्याद थपको निम्ति भएको मतदान प्रक्रियामा सहभागी नभएर विरोध जनाए पनि संविधानसभालाई थप तीन महिना निरन्तरता दिने निर्णयबाट आफूहरू परास्त भएको महसुस तिनले गरेका छन् भने त्यसमा आर्श्चर्य मान्नुपर्ने हुँदैन । मुलुकमा अतिवामहरूको वर्चश्व रहँदा आफ्नो राजनीतिक भविष्य सङ्कटमा पर्ने ठानेका दक्षिणपन्थी प्रजातन्त्रवादीहरूले पनि म्याद थप प्रकरणमा आफूहरू पराजित भएको ठानेका छन् । त्यसैगरी नेपालमा लोकतन्त्र सुदृढ होस् भनी विशेष भूमिका निर्हाह गर्दै आएको छिमेकी मित्रराष्ट्र तथा अन्य विदेशी शुभचिन्तकले पनि नेपालमा आफूहरू सफल भएको ठान्नुपर्ने अवस्था देखिँदैन । बरु सत्तारुढ अतिवाम गठबन्धनले छिमेकी मित्रराष्ट्रको पराजयका रूपमा म्याद थप प्रकरणको चित्रण गर्ने गरेको छ । प्रचण्ड-झलनाथ गठबन्धनको अतिवाममोर्चा पनि पाँचबुँदे सम्झौताप्रति सन्तुष्ट भएको मान्न सकिँदैन । उनीहरू संविधानसभाको कार्यकाल कम्तीमा अर्को एक वर्ष थप गर्न चाहन्थे र कार्यकाल थप गर्ने सन्दर्भसँग अन्य कुनै पनि विषय सर्तका रूपमा अघि नसारियोस् भन्ने उनीहरूको मानसिकता थियो । तर, तिनको चाहनाविपरीत तीन महिनाका लागि मात्र कार्यकाल थप गरिएको छ र म्याद थपसँगै प्रधानमन्त्रीको राजीनामा तथा लडाकु एवम् हतियार व्यवस्थापनको मुद्दा जोडिएको छ । यसलाई उनीहरूले आफ्नो पराजयको रूपमा बुझेका छन् भने त्यो अस्वाभाविक छैन । वास्तवमा झलनाथ-प्रचण्ड गठबन्धनले तत्काल केही राहत महसुस गरेको भए पनि तीन महिनामा नै तिनका लागि यो सम्झौता कति ठूलो पराजय थियो भन्ने स्पष्ट हुनेछ । यसरी पाँचबुँदे सम्झौतामा देशी, विदेशी, प्रजातन्त्रवादी, अधिनायकवादी सबै शक्तिले आफ्नो पराजय महसुस गरेका छन् । सबैले पराजय महसुस गरेको सम्झौता भएकै कारण पाँचबुँदे सम्झौता जस्ताको त्यस्तै कार्यान्वयन हुन असम्भव छ । पाँचमध्ये एउटा ‘संविधानसभाको कार्यकाल तीन महिना थप गर्ने’ बुँदाको कार्यान्वयन भइसकेको छ । अन्य चार बुँदामध्ये महत्त्वपूर्ण मानिएका हतियार तथा लडाकु व्यवस्थापन र प्रधानमन्त्रीको राजीनामा दुवै कार्यान्वयन हुन सम्भव मानिँदैन । झलनाथ खनालले राष्ट्रिय सहमति भएपछि मात्र आफूले पद त्याग गर्ने बताएर सम्झौताको खिल्ली उडाएका छन् भने माओवादीले राज्यलाई हतियार या लडाकु हस्तान्तरण नगर्ने स्पष्ट गरिसकेको छ । त्यसैले पाँचबुँदे सम्झौताले ‘हिँड्दै छ पाइला मेट्दै छ’ को नियति भोग्ने निश्चितप्राय: छ । तर, तीन महिनामा संविधानसभाको कार्यकाल पुन: सकिन लाग्दा भने पाँचबुँदे सम्झौताको विस्तृत हिसाबकिताब हुने सम्भावनालाई इन्कार गर्न सकिँदैन । यो स्पष्ट छ कि तीन महिनापछि पनि प्रचण्डहरूबाट संविधानसभाको कार्यकाल फेरि थप गर्न प्रयास हुनेछ । त्यसबेला पाँचबुँदे सम्झौता कार्यान्वयनको समीक्षा अवश्य गरिनेछ । पुन: समय थप गर्न यही ‘पाँचबुँदे’ अवरोध बन्न सक्ने यथार्थलाई बुझन सक्ने हो भने यो सम्झौताको महत्त्व पनि यही बिन्दुमा देख्न सकिन्छ । पाँचबुँदे सम्झौता जनताको आँखामा छारो हाल्दै संविधानसभाको कार्यकाल थप गर्न रचिएको एउटा नौटङ्कीबाहेक केही नभएको पुष्टि भइसके पनि यसको ‘स्टे्रन्थ’ तेस्रो महिनाको आखिरी (आगामी भदौको दोस्रो साता) तिर प्रकट हुनेछ । फेरि जालसाजी हुन नदिन पाँचबुँदे भूमिका महत्त्वपूर्ण हुनसक्ने अनुमान अहिले नै गर्न सकिन्छ । तथापि आगामी तीन महिनाभित्र सत्ताको आडमा गरिने राजनीतिको सिकार पाँचबुँदे सम्झौता भयो भने मुलुक र प्रजातन्त्र सदाका निम्ति पराजित हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । दुईतिहाई मतका आधारमा निर्णय लिने परम्परा स्थापित गरेर माओवादीले भविष्यमा काङ्ग्रेसलाई राजनीतिक रूपमा एक्ल्याउन प्रयास गर्ने सङ्केत दिइसकेको छ । माओवादीले मधेसी मोर्चालाई आफ्नो पक्षमा लैजान सके भने काङ्ग्रेसले तीन महिनापछि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई अहिले नै देख्नु उपयुक्त हुनेछ ।

2 comments:

  1. त्रिपाठी सर गहन लेख को लागि धन्यवाद सर्ब प्रथम त् एउटा हतियारधारी समुह लाइ बोकेर संविधानसभाको निर्बाचन मा जाने तत्कालिन नेपाली कांग्रेस को भुल को परिणाम हो यो भन्छु म .महन्थ ठाकुर लगायत का बरिस्ठ कांग्रेस ले पार्टी छोड्न खोज्दा सम्झाउनु को साटो केहि फरक पर्दैन पार्टी छोडेर गए हुन्छ भन्ने अहम्ता बोकेको नेतृत्व को परिणाम हो भन्छु म .अब आज के होला भन्ने त्रास भन्दा केहि हुन्छ कि भन्ने आशा लाइ स्विकार्नु को बिकल्प थिएन .आफ्नो माग पुरा न भए संबिधान सभा को म्याद थप्न दिन्नौ र १५ गते बाट यसो गर्छौ भनि पार्टी भित्र र जनता सीत सल्लाह र सुझाब लिएर अगाडीबढ्ने योजना बनाउन न सक्नु कांग्रेस नेतृत्व को कमजोरी हो निश्चित छ यो संविधानसभा ले संबिधान दिन सक्दैन आजै देखि कांग्रेस ले बिकल्प खोजेर जनता लाइ सम्झाउन नसक्ने हो भने तपाइले भने जस्तो कांग्रेस को भबिस्य सकियो
    कांग्रेस सीत एक- माओबादी इतरका सबै शक्ति लाइ समेटेर नेपाल क प्रजातान्त्रिक भबिस्य को लागि मार्ग चित्र प्रस्तुत गरि अगाडी बिकल्प छ
    दुइ -एमाले ,माओबादी लाइ लाइ पाखा लगाउने प्रयास गर्दै २०४७ साल को संबिधान ले स्वीकार गरेको शक्ति समेत र अन्तरास्ट्रिय सहयोग लिएर प्रजातान्त्रिक भबिस्य को लागि एउटा कडा बाटो मा हिड्ने सक्ने साहस पूर्ण मार्ग चित्र बनाउने आबस्यक बिकल्प छ
    तीन -सत्ता र भत्ता मात्र हाम्रो अभिस्ट हो अरु साहस र रणनीति छैन यसै पनि माओबादी को निती लाइ स्वीकारेर कांग्रेस को सस्थापन सिदान्त लाइ छोडी सकेको अवस्था मा माओबादी मा बिलय हुनु अर्को उत्तम उपाय हुन् सक्छ
    अन्यथा यस्तो ढुलमुले र अस्पस्ट निती बोकेर कांग्रेस ले कस्तो गन्तब्य तय गर्ने ?अब त् कांग्रेस अथार्त नेपाल को सन्दर्भमा प्रजातन्त्र प्रति राम राम भन्दा अरु के भन्न र गर्न सक्छन शुभ चिन्तक हरुले
    माओबादी मा बिलय भएर

    ReplyDelete
  2. sampadak jee khas ta moist(mauyobaddi ko support ta IJP Ramesh chand thakuri po ho tapai lay ulto news chapnu bhaya ko chha moist lay ta na ramro kaam ganay laaee moist support bhaya pani chad dain i like. ramro snaga analyist garray matra yaso web sitem publish garnu hola thanks.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक