20110504

बालाजु पार्कमा टाउको बिनाको लाश फेला !

बालाजु बाइसधारा पार्कमा आज बिहान टाउको काटिएको लाश फेला परेको छ। लाश बाइपास डेरा गरी बस्ने २५ वर्षकी मेनुका खत्रीको भएको खुलेको छ। खत्रीको स्थायी घर गोरखा घुर्मी वडा नम्बर ७ मा रहेको खुलेको छ। उनका श्रीमान भरत खत्री नेपाली सेनाको क्याभलरीमा सिपाही पोस्टमा कार्यरत छन्। बालाजु पार्कभित्र रहेको छ कुने टहरोको छेउको ७३ फिट तल खोल्सामा फ्याँकिएको अवस्थामा टाउको बिनाको लाश फेला परेको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक