20110504

एमाले भित्र केपी र माधव नेपाल लाई लोप्पा ख्वाउदै झलनाथ द्वारा ३५ सदस्यीय मन्त्रिमण्डल गठन !

 गृह माओवादीलाई !, अब केपी र माधव ले के के गर्ने हुन हेर्न बाँकी ! 
प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले देहायबमोजिम नियुक्त, हेरफेर र कार्यविभाजन गर्नुभएको छः
क्र.सं.            नाम, थर              पद                  कार्यविभाजन
१. श्री भरतमोहन अधिकारी उपप्रधानमन्त्री अर्थ र वाणिज्य तथा आपूर्ति
२. श्री कृष्णबहादुर महरा उपप्रधानमन्त्री गृह
३. श्री उपेन्द्र यादव उपप्रधानमन्त्री परराष्ट्र
४. श्री विष्णुप्रसाद पौडेल मन्त्री रक्षा
५. श्री टोपबहादुर रायमाझी मन्त्री भौतिक योजना तथा निर्माण
६. श्री अग्निप्रसाद सापकोटा मन्त्री सूचना तथा सञ्चार
७. श्री शक्तिबहादुर बस्नेत मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
८. श्री खड्गबहादुर विश्वकर्मा मन्त्री पर्यटन तथा नागरिक उड्डयन
९. श्री उर्मिला अर्याल मन्त्री स्थानीय विकास...


१०. श्री गङ्गालाल तुलाधर मन्त्री शिक्षा र विज्ञान तथा प्रविधि

११. श्री रघुवीर महासेठ मन्त्री सिँचाइ

१२. श्री गोकर्ण विष्ट मन्त्री ऊर्जा

१३. श्री भानुभक्त जोशी मन्त्री वन तथा भू-संरक्षण

१४. श्री घनश्याम भुसाल मन्त्री कार्यभार पछि तोकिने

१५. श्री युवराज कार्की मन्त्री सामान्य प्रशासन

१६. श्री विश्वनाथ साह मन्त्री शान्ति तथा पुनःनिर्माण

१७. श्री जयपुरी घर्ति मन्त्री महिला, बालबालिका तथा समाजकल्याण

१८. श्री रामचरण चौधरी मन्त्री भूमिसुधार तथा व्यवस्था

१९. श्री महेन्द्र पासवान मन्त्री उद्योग

२०. श्री प्रभु साह मन्त्री कानुन तथा न्याय

२१. श्री हितबहादुर तामाङ मन्त्री युवा तथा खेलकुद

२२. श्री हरिनारायण यादव मन्त्री कृषि तथा सहकारी

२३. श्री मोहम्मद इस्तियाक राई मन्त्री श्रम तथा यातायात व्यवस्था

२४. श्री सुनीलकुमार मानन्धर मन्त्री वातावरण

२५. श्री खगेन्द्रप्रसाद प्रसाई मन्त्री सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति

२६. श्री शत्रुघ्न महतो राज्यमन्त्री स्थानीय विकास

२७. श्री दलबहादुर सुनार राज्यमन्त्री सिँचाइ

२८. श्री रामजी शर्मा राज्यमन्त्री ऊर्जा

२९. श्री डम्बर साम्बाहाम्फे राज्यमन्त्री सामान्य प्रशासन

३०. श्री भगवती चौधरी राज्यमन्त्री वन तथा भू-संरक्षण

३१. श्री हकिकुल्लाह खाँ राज्यमन्त्री भूमिसुधार तथा व्यवस्था

३२. श्री देवी खड्का राज्यमन्त्री भौतिक योजना तथा निर्माण

३३. श्री धर्मशिला चापागाई राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या

३४. श्री ध्रुव आङ्दाम्बे लिम्बु राज्यमन्त्री पर्यटन तथा नागरिक उड्डयन

३५. श्री नन्दकुमार दत्त राज्यमन्त्री कृषि तथा सहकारी
आपसी विवादमा अल्झिरहेको सत्ता साझेदार एकीकृत नेकपा माओवादी मन्त्रीमंडलको विषयलाई लिएर फेरि विवाद चर्किएको छ | खासगरी माओवादी लडाकुका कमान्डर एवम शान्तिमन्त्री वर्षमान पुनलाई गृह मन्त्रालय दिनु पर्ने अडान लिएर बसेका अध्यक्ष पुष्पकमल दाहाल, नेता देव गुरुङलाई गृह दिनु पर्ने अडानमा रहेका उपाध्यक्ष मोहन वैद्य पक्ष र कृष्णबहादुर महरालाई गृह दिनुपर्ने पक्षमा रहेका अर्का उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई बीचको द्वन्दले विवाद चर्किएको हो | पुनलाई गृह दिने बारे प्रधानमन्त्री झलनाथ खनाल नै सकारात्मक नदेखिएपछि माओवादी अध्यक्ष दाहालले भट्टराईको प्रस्ताव अनुसार महरालाई गृहको जिम्मेवारी दिएका हुन् | आफुलाई प्रस्तावित गृहमन्त्रीको रुपमा चर्चामा ल्याएको तर महरालाई गृहको जिम्मेवारी दिएको भन्दै आफ्नो असन्तुष्टिसहित दाहाल पक्षका पुनले शान्तिमन्त्रीको पदबाट राजिनामा दिएका छन् |
यसैगरी नवनियुक्त महिला तथा समाज कल्याणमन्त्री जयपुरी घर्ती बुधवारको शपथ ग्रहण कार्यक्रममा उपस्थित भईनन् |

अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com



सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक