20110610

अनसन बसेका चर्चित भारतीय योग गुरु रामदेवको अवस्था बिग्रिएपछि उपचारका उनलाई आईसीयुमा भर्ना

Breaking News....!
भ्रष्टाचारविरुद्ध कडा कानुन बनाउनु पर्ने माग गर्दै गत शनिबार देखि अनसन बसेका चर्चित भारतीय योग गुरु रामदेवको अवस्था बिग्रिएपछि उपचारका उनलाई आईसीयुमा भर्ना गरिएको छ । योग गुरु रामदेवलाई
अहिले देहरादुन अस्पतालको आईसीयूमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सात दिनदेखि आमरण अनसनमा रहेका रामदेवको नियमित जाँच गरिरहेका चिकित्सकले उनको तौल घटेको र किड्कीमा पनि समस्या देखिन थालेको भन्दै अस्पताल भर्ना गर्न सुझाव दिएका थिए । राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा अनसन सुरु गरेका रामदेवलाई प्रहरीले हस्तक्षेप गरेर हरिद्वार पुर्‍याएपछि उनले त्यहीँ आफ्नो आश्रममा अनसनलाई निरन्तरता दिएका रामदेवले शुक्रबार अनसन तोड्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अनसनको सातौं दिन रामदेवले कागती पानी सेवन गरेका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक