20110615

माओवादी पार्टी ठूलो विस्फोटको खतरामा, सबै नेताहरूको लोकप्रियता घट्दो, आर्थिक कारोबार पारदर्शी नहुँदा पार्टीमा विचलन

'महामन्त्री सिटौला, बाहिर १५ करोड रुपैया लिएको चर्चा चलिरहेको छ ? त्यसको बास्तविकता के हो ? - कांग्रेस जिल्ला सभापतिहरु
 एकीकृत नेकपा (माओवादी) पोलिटब्युरो सदस्य राम कार्कीले पार्टीत्र लामो समयदेखि निर्वाचित नेतृत्व नहुनु र पार्टीे आर्थिक कारोबार पारदर्शी नहुनुले पार्टी ठूलो विस्फोटको खतरा ल्याएको दाबी गर्नुभएको छ। पछिल्लो समयमा देखिएको वैचारिक संर्घष्ा स्वाभाविक भए पनि त्यसलाई राम्ररी हेन्डल गर्न नसके पार्टीmुटमा जाने दाबी गर्दै २० वर्षेखि महाधिवेशन नहुँदा र आर्थिक कारोबार पारदर्शी नहुँदा पार्टीमा विचलन आएको उहाँको दाबी थियो। उहाँले भन्नुभयो- अहिलेको विवादको समाधान तत्काल नगर्ने हो भने माओवादीभित्र ठूलो विस्फोट हुन्छ।’  रिपोर्र्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उहाँले निर्वाचित नेतृत्व र आर्थिक प्रणाली पारदर्शी हुने हो भने पार्टी देखिएका सबै वैचारिक संर्घष्ाको व्यवस्थापन हुने बताउनुभयो। उहाँले थप्नुभयो- ँ२० वर्षेखि निर्वाचन भएको छैन। कसको हैसियत के भन्ने थाहा छैन। आर्थिक कारोबारहरूसबै अपारदर्शी छन्, त्यसैले पार्टीत्र असन्तुष्टि बढेर गएको हो।’ कार्कीले तत्काल जिल्ला अधिवेशनहरू शुरू गर्नुपर्ने माग पनि गर्नुभयो। आगामी सहमतिको सरकारको दाबी माओवादीले गर्ने भन्दै अध्यक्ष प्रचण्डले अब प्रधानमन्त्री बन्दिन भनेकाले पार्टी तर्फाट उपाध्यक्ष डा. बाबुराम भट्टर्राई प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भइसकेको भन्दै उहाँले सबैले रुचाएका र प्रचण्डको विकल्प भएकाले आउँदो केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको नाम चयन गर्ने बताउनुभयो। सबै नेताहरूको लोकप्रियता घट्दो छ तर बाबुरामजीको लोकप्रियता र आशा बढ्दो छ’ -उहाँले भन्नुभयो।
एकीकृत माओवादीमा अन्तर्विरोध चर्किरहेका बेला दोस्रो तहका नेताहरू आ-आफ्ना गुटको प्रचारमा जुटेका छन्। नेताहरूबीच अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई को ठीक भन्ने प्रचारहोड नै चलेको छ। पोलिटब्युरो सदस्यसमेत रहेका सूचना तथा सञ्चारमन्त्री अग्नि सापकोटाले एकीकृत माओवादी नफुट्ने हल्लामात्र भएको जनाउँदै आन्तरिक बहसमा अध्यक्ष दाहालले जित्ने दाबी गरे।
'माओवादी पार्टी फुट्ने कुरा हल्लामात्र हो, दाहाल निकट सापकोटाले मंगलबार सञ्चार मन्त्रालयमा पत्रकारहरूसामु भने, 'अहिले पार्टीमा जसरी अन्तर्संघर्ष र बहस चलिरहेको छ, त्यसमा अध्यक्षकै जित हुन्छ।'
माओवादीमा यस्ता बहस पहिले पनि भइरहेको जनाउँदै सापकोटाले यसबाट आत्तिनु नपर्ने बताए।

सञ्चारकर्मीसँगको भेटमा मन्त्री सापकोटाले पाँचबुँदे सहमतिको अपव्याख्या भइरहेको आरोप लगाए। 'अहिले पाँचबुँदेको अपव्याख्या गरिएको छ, यो सरकारलाई कामचलाउ भन्ने अधिकार कसैलाई छैन,' उनले भने, 'सहमति बनेमात्रै प्रधानमन्त्रीले राजीनामा दिने हो।' माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले माओवादीसहित प्रमुख सवै दलका केही नेताहरु संविधानसभा विघटनको पक्षमा रहेको बताएका छन् । संविधानसभाको म्याद थपका लागि जेठ १४ गते राति भएको वार्ता प्रयासलाई सम्झँदै भट्टराईले सवै दलका नेताहरु संविधानसभा जोगाउनेभन्दा पनि भंग गर्ने पक्षमा देखिएको बताए ।'जेठ १४ गते संविधानसभा विघटन गर्ने पक्षमा कमल थापामात्र थिएनन्,' राजधानीमा बुधबार आयोजित कार्यक्रममा भट्टराईले भने, 'चाहे कांग्रेस, एमाले, माओवादी वा मधेसवादी । सवै दलका केही नेताहरु संविधानसभा भंग गर्नका लागि लागेका थिए ।' भट्टराईले संविधानसभा विघटन भए मुलुकको भविष्य नै अन्धकार हुने भन्दै समयमै सतर्क रहन सचेत तुल्याए ।एमाले नेता प्रदीप ज्ञवालीले संविधानसभा भंग भए मुलुक बहुआयामिक द्वन्द्वमा फस्ने भन्दै दलहरुबीच तत्कालै सहमतिको विकल्प नभएको बताए ।
 कांग्रेसका जिल्ला सभापतिहरुले सुडान घोटला प्रकरणमा महामन्त्री कृष्णप्रसाद सिटौलाको संलग्नताबारे पार्टीले स्पष्ट पार्नुपर्ने माग राखेका छन् । पूर्व र मध्यपश्चिममा एक दर्जन सभापतिहरुले बुधबार कांग्रेस सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर देउवालाई छुट्टाछुट्टै भेटेर पार्टीको बरिष्ठ पदाधिकारी स्वयंमनै सुडान घोटालाको मुख्य दोषी भनेर मिडियामा बारम्बार आइरहँदा पनि कुनै प्रतिक्रिया नदिनुले जनमानसमा नकारात्मक सन्देश पुग्नुको साथै पार्टीको छवि धुमिल बनाउने काम भएको भन्दै प्रष्ट पार्न माग गरेका हुन् । सभापतिहरुले १५ करोड रुपैयाँ लिएको बाहिर चर्चा सुनाउँदा कोइरला र देउवाले 'ओ हो ........त्यस्तो त होइन होला..? भन्ने बाहेक केही जबाफ नदिएको सहभागी एक सभापतिले दिए । 'हामीले दुवै नेतालाई भेटेर सुडान घोटालाका बारेमा केन्द्रीय समितिबाटनै प्रष्ट पार्नुपर्ने धारणा राख्यौ' ती सभापतिले भने- 'नत्र महामन्त्री जस्तो व्यक्तिनै सुडानको मुख्य दोषि रहेछन् भन्ने सन्देश जान्छ ।' 'बाहिर १५ करोड रुपैया लिएको चर्चा चलिरहेको छ ? त्यसको बास्तविकता के हो ? महामन्त्री सिटौलानै मुख्य दोषी भनेर आइरहँदा पनि पार्टी र स्वयंम महामन्त्रीबाट कुनै प्रतिक्रिया आउन सकेको छैन । यसले समग्र पार्टीको छविलाई धुमिल पार्ने काम भएको छ' सभापतिहरुको भनाई उद्धृत गर्दै स्रोतले भन्यो-'पार्टीको साखलाई बचाउन पनि यसमा प्रष्ट पार्नुपर्छ, नत्र विपक्षीको आरोप खण्डन गर्ने नैतिक बल हामी संग हुनेछैन ।'
काभ्रेको धुलिखेलमा भएको राष्ट्रिय भेलामा समेत सभापतिहरुले सभापति र महामन्त्री सिटौलालाई सुडान काण्डको संलग्नताबारे प्रष्ट पार्न आग्रह गरेका थिए । सिटौला स्यंम उपस्थित सभामा सभापतिहरुले कुरा उठाउँदा समेत सिटौला र सभापतिले प्रष्टीकरण  दिएनन ।पूर्व गृह राज्य मन्त्री एवं नवलपरासी जिल्ला सभापति देवेन्द्र कँडेलले तत्कालिन गृहमन्त्री सिटौलाको पालामा भएको सुडान घोटाला प्रकरणमा प्रहरी मात्रै नभएर गृह नेतृत्वनै दोषी रहने बताएका थिए । प्रहरी प्रमुखले असईको सरुवामा समेत गृहमन्त्री, राज्यमन्त्री र सचिवलाई सोध्ने गर्छन् भन्दै सुडान प्रकरणजस्तो ठुलो निर्णयमा गृहमन्त्रीलाई सोधेनन् र थाहा पाएनन भन्नु सरासर झूट रहेको दावी गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक