20110621

बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठलाई सम्मान !

- By our Special Representative Chetman Gurung
१८ जुन २०११ शनिबारको साँझ हंगकंगको केनेडी टाउन स्थित काठमाडौँ रेस्टुराँमा एक समारोह को आयोजना गरेर बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठलाई सम्मान गरियो ! उक्त कार्यक्रममा हंगकंगका बरिष्ठ कलाकार द्वय गायक चेतमान गुरुङ अनि तबला बादक हरि श्रेष्ठ लाई पनि सम्मान गरिएको थियो ! हंगकंग एकीकृत नेपाली समाज हंगकंग द्वारा आयोजना गरिएको उक्त सम्मान कार्यक्रम हंगकंग एकीकृत समाज हंगकंगका अध्यक्ष्य बुद्धि बहादुर थापाको सभापतित्वमा शिव के सी ले संचालन गरेका थिए ! आफ्नो बक्तव्यमा अध्यक्ष्य बुद्धि बहादुर थापाले बरिष्ठ गायक दिप श्रेष्ठले चार दशक भन्दा बढी समय सम्म अनवरत रुपमा नेपाली गीत-संगीतलाई देश
तथा बिदेशमा चिनाउने प्रशंसनीय कार्य गरे बापत हंगकंग एकीकृत नेपाली समाज हंगकंगद्वारा दिप श्रेष्ठलाई सम्मान गरिएको प्रष्ट पार्नु भयो ! दिप श्रेष्ठ जस्ता महान कलाकार लाई सम्मान गर्न पाउदा आफूलाई ज्यादै खुशी लागेको छ र भविष्यमा अझै मिठा-मिठा गीतहरु हामीले सुन्न पाओस भन्दै अध्यक्ष्य श्री थापाले हंगकंगका कलाकार द्वय चेतमान गुरुङ र हरि श्रेष्ठले हंगकंगमा बसेर पनि नेपाली गीत-संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रशंसा-पत्र साथै खादा लगाएर सम्मान गरेको हो भन्नु भयो ! प्रमुख अतिथि एक नारायण शर्माले गायक दिप श्रेष्ठको स्वरको बयान गर्दै सम्झना स्वरूप उपहार दिनु भएको थियो ! उक्त कार्यक्रममा नेपाल वायुसेवाकी श्रीमती सीता गुरुङ(पिया) का साथै अन्य अतिथिहरु देवी गुरुङ,महेन्द्र पिया,संगीता श्रेष्ठको पनि उपस्थिति थियो ! आफ्नो मन्तब्य व्यक्त गर्ने क्रममा बरिष्ठ गायक दिप श्रेष्ठले कतारमा आफ्नो एकल साँझ प्रस्तुत गरि हंगकंग आएको र केहि दिनमै चीनको गुवान्ग्झोउमा कार्यक्रम गरेर फर्के पछी नेपाल जाने कुराको जानकारी गराउनु भयो र आफू सांगीतिक कार्यक्रमको सिलशिलामा जुन देशमा गए पनि सबैले यसरि नै माया तथा सम्मान गरेको र हंगकंगमा पनि हंगकंग एकीकृत नेपाली समाजले म लगायत गायक चेतमान गुरुङ अनि तबला बादक हरि श्रेष्ठलाई सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छु भन्नु भयो !कार्यक्रमको अन्त्यमा रात्री-भोजको व्यवस्था गरिएको थियो !






1 comment:

  1. Congratulations !
    Mr. Deep Shrestha
    being honored in Hong Kong

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक