20110627

एमालेका सभासद नारदमुनी राणा र मधेसी जनअधिकार फोरमका शिव पुजन राय यादवको पासपोर्ट बेचिएको प्रमाण फेला परे !

रातो पासपोर्ट दुरुपयोग गरेको भन्दै दुई सभासद्लाई जेलमा राखिएको केही समयपछि पुनः दुई सभासद रातो पासपोर्ट काण्डमा मुछिएका छन्। एमालेका नारदमुनी राणा र मधेसी जनअधिकार फोरमका शिव पुजन राय यादवको पासपोर्ट बेचिएको प्रमाणहरु फेला परेका छन्। दुई सभासद गायत्री शाह जेलमा र वीपी यादव धरौटी बुझाएर बाहिरिए पछि जेल पार्ने पालो राणा र यादवको रहेको छ। दुवै सभासदको पासपोर्ट दुरुपयोग भई दुरुपयोग गर्ने व्यक्ति विदेशमा रहेको तथ्य पुष्टि भइसकेको छ। सभासदलाई विदेश सयर गर्न सजिलो होस् भनेर कुटनीतिक अर्थात रातो पासपोर्ट दिइन्छ। संविधान निर्माणको प्रमुख दायित्व पूरा गराउने भन्दा विदेश सयर गर्ने लालसा बढी राखेर उनीहरुले रातो पासपोर्ट लिए। तर, त्यसको हदैसम्म दुरुपयोग गरे। रातो पासपोर्टको कालो धन्दा गरे अर्थात यो पासपोर्ट पैसाको लोभमा बेचिदिए। सँबिधान बनाउनका लागि पर्नु पर्ने धेरै सभासदहरुको रातो पासपोर्टको कालो कारोबारसँग जोडिइरहेका छन्। आखिर परिबार दलकी गायत्री शाह र फोरमका बीपी यादबले रातो
पासपोर्ट बेचेर रकम कुम्ल्याएको प्रमाणित नै भयो। ंबिभिन्न व्यक्तिलाई बिदेश पठाउन भनेर एक करोड ६० लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्धा चलाईंएको छ। भ्रष्टचार गरे बराबरको जरिवाना भराउन र १० देखि १२ बर्ष जेल सजाय दिन माग गरिएको छ। रातो पासपोर्ट दुरुपयोग गर्न पैसा लेनदेनमा सहयोग पुर्याउने नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह , सर्लाहीका सन्तोषराज उप्रेती र अबुदाबीबाट नक्कली पासपोर्ट भनी फर्काईएका पृथ्वी छत्याल र सीता शाह समेत जेलमा परेका छन्। यस्तै उनीहरुलाई भगाउन सहयोग गर्ने अध्यागमन कार्यालयका शाखा अधिकृत खडानन्द ढकाल , शाखा अधिकृत श्यामबाबु भण्डारी , अनुसन्धान अधिकृत देबीदत्त खत्री, कम्प्युटर अपरेटर अधिकृत ईन्द्रकुमार सुनुवारलाई पनि मिलेमतो गरेको भन्दै प्रतिबादी बनाईएको छ। हाल उनीहरु फरार रहेको जनाइएको छ। यसरी नौ जना दोषी देखाई प्रति ब्यक्ति १८ लाख जरिवाना भराउन माग गरिएको छ। र राहदानी सच्याएर किर्ते गरेको अभियोगमा सबैलाई थप दुई बर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ।

सभासद शाह र यादबलाई सरकारी ओहदामा बसेर भ्रष्टचार गरेको भन्दै १५ बर्ष कैद सजाय, बिगो बमोजिम जरिवाना र ५० हजार थप जरिवाना गराउन माग गरेको छ अख्तियारले। भ्रष्टाचार निबारण ऐन २०५९ को दफा ३६ अनुसार मुद्धा किनारा नलागुञ्जेल शाह र यादबको सभासद पद समेत खोसिनेछ। सभामुखबाट यसको औपचारिक घोषणा हुन बाँकी छ। प्रहरीको स्यालुट खाएर संविधान सभा भवनमा छिर्नुपर्ने यी सभासदलाई प्रहरीले घेरेर झ्यालखानातिर लादै गरेको यो दृश्य निकै टिठलाग्दो छ। गत माघमा सभासद बीपी यादबको ०१९८९३ नम्बरको पासपोर्ट प्रयोग गरी पृथ्बी छत्याल र सभासद गायत्री शाहको ०१९८२७ नम्बरको पासपोर्ट प्रयोग गरी सीता शाह अष्ट्रेलीया हिँडेका थिए। र अबुधाबीमा समातिएका उनीहरुले सभासदको पासपोर्ट दुरुपयोग गरेको बताईसकेका छन्। अहिले अध्यागमनका आरोपित कर्मचारीहरु भने फरार छन्।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
  "रामप्रसाद खनाल लोक साँस्कृतिक साँझ"    
साथमा साहित्य गोष्ठी, कोलोराडो 
टिकट दरः  $ 10.00, शुक्रबार, जुलाई १५, २०११,समयः ६:००-९:०० साँझ (५:००-६:०० सम्म खानाको व्यवस्था गरिएको ) स्थानः Community College of Aurora (Room F100)
1600 E. Center Tech. Parkway, Aurora, CO 80011
 "अन्तराष्ट्रिय नेपाली साहित्य समाजले मनाउदै आएको भानुजयन्ति कार्यक्रमलाई यस बर्षेखि अनेसासको वार्षिक सम्मेलनको रुपमा विकास गरी हरेक बर्षभिन्नाभिन्नै ठाउँहरुमा आयोजना गर्ने कुराको जानकारी सबैलाई भएकै जसअनुरुप यस बर्षो भानुजयन्ति प्रथम पटक अनेसासको बाषिर्क सम्मेलनको रुपमा अनेसास कोलोराडो च्यापटरको सकृयतामा मनाइने सूचना पनि प्रसारण भैसकेको यही जुलाई १५ १६ तारिक दुई दिन विभिन्न सांस्कृतिक, साहित्यिक तथा खेलकूद कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरिने उक्त १९८ औं भानुजयन्ति तथा अनेसासको २० औं वाषिर्क सम्मेलनमा विशेषगरि अमेरिका भित्र रहनुहुने नेपाली भाषा साहित्यका अनुरागी महानुभावहरु सबैलाई नेपालको प्रत्यक्ष झझल्को आउने सुन्दर पहाडी राज्य कोलोराडोमा अनेसास कोलोराडो च्याप्टर हार्दिक स्वागत गर्दछ बाहिरबाट कार्यक्रममा भाग लिन चाहने महानुभावहरुले समय मै सर्म्पर्क राख्नहुन समेत विनम्र अनुरोध गर्दछौं ।"
१९८औं भानु जयन्ति तथा अनेसासको २०औं वाषिर्क सम्मेलन-२०११ कार्यक्रमः
. "रामप्रसाद खनाल लोक साँस्कृतिक साँझ"  
(साथमा स्थानीय कलाकारद्वारा प्रस्तुत भानुभक्त घाँसी नाटक, लोकप्रीय गीत तथा नृत्यहरु)
टिकट दरः  $ 10.00       
मितिः    शुक्रबार, जुलाई १५, २०११
समयः    ६:००-९:०० साँझ (५:००-६:०० सम्म खानाको व्यवस्था गरिएको )
स्थानः 
Community College of Aurora (Room F100)
1600 E. Center Tech. Parkway, Aurora, CO 80011

साहित्य गोष्ठी
(वयश्क कविता वाचन तथा वाल कविता प्रतियोगिता, विश्वपरिक्रमाको कोलोराडो विशेषांक विमोचन)
            खेलकुदः भलिवल तथा गल्फ प्रतियोगिता
मितिः    शनिबार, जुलाई १६, २०११
समयः    अपरान्ह २:००-४:३० बजे
स्थानः    Central Library (Large community room)
    14949 E. Alameda Pky, Aurora, CO 80012

आयोजकः
अन्तराष्ट्रिय नेपाली साहित्य समाज 
    केन्द्रीय कार्यसमिति
सर्म्पर्कः
ज्ञानेन्द्र गदाल -३०३ २२९ २०३९
साहित्य गोष्ठीः पदम विश्वकर्मा -७२०-६२८-६३१३ तथा राजु सिटौला -३३४-४४४-७४२०
खेलकुदः रत्न भण्डारी -३०३-९९५-८१३४ तथा सुदेश शर्मा -७२०-४८०-८००७

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक