20110627

हंगकंग नेपाली समाज (HINS) द्वारा नेपालीहरुको लागि संसार कै सबै भन्दा ठुलो बुद्धको मूर्ति भ्रमणको आयोजना !

- By our Special Representative Chetman Gurung (Hongkong)
 हंगकंग-२६ जुन २०११ का दिन गृह मामिला विभागको प्रायोजनमा हंगकंग एकीकृत नेपाली समाज (HINS) द्वारा हंगकंगमा बसोबास गर्ने नेपालीहरुको लागि Lantau Island स्थित Big Buddha भ्रमण गर्ने कार्यक्रमको आयोजना गरिएको थियो !उक्त भ्रमण कार्यक्रममा ११२ जना नेपालीहरु सहभागी भएका थिए,  जोर्डन रोडमा भेला भएर २ वटा बसमा बिहान १०:३० मा गन्तब्य स्थल तर्फ यात्रा आरम्भ गरिएको थियो र दिन भरि त्यहाँका मठ-मन्दीर तथा विभिन्न रमणीय स्थलहरुको भ्रमण गरि बेलुकी ५ बजे फर्किएको थियो !  हंगकंगको Lantau Island को Ngong Ping मा अवस्थित Big Buddha संसार कै सबै भन्दा ठुलो बुद्धको मूर्ति हो !३४ मिटर अग्लो अनि २५० टन वजन भएको धातूले बनेको उक्त बुद्धको मूर्ति उच्च पहाडी क्षेत्रमा अवस्थित छ ! सन् १९२४ मा एउटा स्यानो मन्दीरको रुपमा स्थापना गरिएको Po Lin Monastery पछी बिस्तारै थुप्रै मन्दीर तथा मूर्तिहरुको स्थापनाका साथै Big Buddha को पनि स्थापना गरिएको थियो ! Po Lin Monastery को क्षेत्र भित्र मासु तथा लागू पदार्थको सेवन गर्न निषेध गरिएको छ !त्यहाँ आउने दर्शनार्थीहरुको लागि शुद्ध शाकाहारी भोजनको व्यवस्था पनि गरिएको छ ! बिहान ९:०० बजे देखि बेलुकी ६:०० बजे सम्म मन्दीर खुला रहन्छ !यहाँ घुम्न आउनेहरुमा स्थानीय चाइनिजहरुका साथै विभिन्न देशका पर्यटकहरुको दिनहूँ हजारौंको संख्यामा भिड लाग्ने गर्दछ ! Big Buddha घुम्न जानकोलागी बस तथा cable car चढेर जान सकिन्छ ! बिशेष गरेर आइतबारका साथै सार्वजनिक विदाका दिनहरुमा बढी भिड हुने गर्दछ ! हंगकंगको भ्रमण गर्न योग्य स्थानहरु मध्ये यसलाई पनि एक महत्वपूर्ण साथै रमणीय स्थलको रुपमा लिन सकिन्छ !    
              
हिन्सद्वारा यस प्रकारका उपलब्धिमूलक कार्यक्रमहरुको आयोजना समय-समयमा गरिनै रहेको हुन्छ ! हाल करांते अनि नृत्यकलाको तालिम निशुल्क संचालन भई रहेको कुराको जानकारी हिन्सका अधक्ष बुद्धि बहादुर थापाले दिनुभयो ! यस बाहेक छिट्टै नै अंग्रेजी तथा चाइनिज भाषाको तालिमका साथै चित्रकलाको तालिम  पनि संचालन हुने साथै १० जुलाई २०११ मा हिन्सको कार्यालयमा लागू पदार्थ बिरुद्ध जानकारीमूलक कार्यक्रम हुन गइ रहेको कुरा बारे श्री थापाले जानकारी गराउनु भयो,जसलाई एकदमै प्रशंसनीय कार्यको रुपमा लिन सकिन्छ !    

















अन्तराष्ट्रिय नेपाली साहित्य समाज
  "रामप्रसाद खनाल लोक साँस्कृतिक साँझ"    
साथमा साहित्य गोष्ठी, कोलोराडो 
टिकट दरः  $ 10.00, शुक्रबार, जुलाई १५, २०११,समयः ६:००-९:०० साँझ (५:००-६:०० सम्म खानाको व्यवस्था गरिएको ) स्थानः Community College of Aurora (Room F100)
1600 E. Center Tech. Parkway, Aurora, CO 80011
 "अन्तराष्ट्रिय नेपाली साहित्य समाजले मनाउदै आएको भानुजयन्ति कार्यक्रमलाई यस बर्षेखि अनेसासको वार्षिक सम्मेलनको रुपमा विकास गरी हरेक बर्षभिन्नाभिन्नै ठाउँहरुमा आयोजना गर्ने कुराको जानकारी सबैलाई भएकै जसअनुरुप यस बर्षो भानुजयन्ति प्रथम पटक अनेसासको बाषिर्क सम्मेलनको रुपमा अनेसास कोलोराडो च्यापटरको सकृयतामा मनाइने सूचना पनि प्रसारण भैसकेको यही जुलाई १५ १६ तारिक दुई दिन विभिन्न सांस्कृतिक, साहित्यिक तथा खेलकूद कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरिने उक्त १९८ औं भानुजयन्ति तथा अनेसासको २० औं वाषिर्क सम्मेलनमा विशेषगरि अमेरिका भित्र रहनुहुने नेपाली भाषा साहित्यका अनुरागी महानुभावहरु सबैलाई नेपालको प्रत्यक्ष झझल्को आउने सुन्दर पहाडी राज्य कोलोराडोमा अनेसास कोलोराडो च्याप्टर हार्दिक स्वागत गर्दछ बाहिरबाट कार्यक्रममा भाग लिन चाहने महानुभावहरुले समय मै सर्म्पर्क राख्नहुन समेत विनम्र अनुरोध गर्दछौं ।"
१९८औं भानु जयन्ति तथा अनेसासको २०औं वाषिर्क सम्मेलन-२०११ कार्यक्रमः
. "रामप्रसाद खनाल लोक साँस्कृतिक साँझ"  
(साथमा स्थानीय कलाकारद्वारा प्रस्तुत भानुभक्त घाँसी नाटक, लोकप्रीय गीत तथा नृत्यहरु)
टिकट दरः  $ 10.00       
मितिः    शुक्रबार, जुलाई १५, २०११
समयः    ६:००-९:०० साँझ (५:००-६:०० सम्म खानाको व्यवस्था गरिएको )
स्थानः 
Community College of Aurora (Room F100)
1600 E. Center Tech. Parkway, Aurora, CO 80011

साहित्य गोष्ठी
(वयश्क कविता वाचन तथा वाल कविता प्रतियोगिता, विश्वपरिक्रमाको कोलोराडो विशेषांक विमोचन)
            खेलकुदः भलिवल तथा गल्फ प्रतियोगिता
मितिः    शनिबार, जुलाई १६, २०११
समयः    अपरान्ह २:००-४:३० बजे
स्थानः    Central Library (Large community room)
    14949 E. Alameda Pky, Aurora, CO 80012

आयोजकः
अन्तराष्ट्रिय नेपाली साहित्य समाज 
    केन्द्रीय कार्यसमिति
सर्म्पर्कः
ज्ञानेन्द्र गदाल -३०३ २२९ २०३९
साहित्य गोष्ठीः पदम विश्वकर्मा -७२०-६२८-६३१३ तथा राजु सिटौला -३३४-४४४-७४२०
खेलकुदः रत्न भण्डारी -३०३-९९५-८१३४ तथा सुदेश शर्मा -७२०-४८०-८००७
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक