20110626

६०१ सभासदहरुलाई सांकेतिक रुपमा उपहार स्वरूप कलम !

माओबादीबाट हाल सम्म गरिएका सम्झौताहरु पालना भएन - कोइराला
- By Mukti Dawadi
(यो समाचार जस्तो प्राप्त भयो हामीले त्यस्तै राख्दैछौं थुप्रै भाषिक त्रुटी छन युनिकोडमा टाइप गर्दा, समस्या बुझिदिनुहोला - सम्पादक) स्वास्थ उपचारको क्रममा अमेरिका भ्रमणमा  रहनुभएका नेपाली   कांग्रेशका  सभापति शुसिल कोइरालाले वासिंगटन डि. सि. स्थित नेपालीहरुको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल सोसाईटी को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमा बोल्दै नेपालमा माओबादी सेनाको समुहगत प्रवेश हुन नसक्ने बताउनुभएको छ ! सबै मिलेर जानेहो भने दुइ महिनामा संबिधान बन्न सक्ने  बताउदै आफु र नेपाली कांग्रेश सधै सकारात्मक रुपमा आशाबादी रहेको बताउनु भयो    ! प्रजातन्त्र को मूल्य र मान्यता संग कहिले  कांग्रेशले सम्झौता नगर्ने बताउदै नेपालमा शान्ति स्थापना कायम  गर्न कांग्रेशले प्रमुख भूमिका खेल्ने बताउनुभयो,
! उक्त कार्यक्रम मा बोल्दै कोइरालाले माओबादी पक्ष्य बाट हाल सम्म गरिएका सम्झौताहरु पालना नभएको बताउदै कांग्रेश पार्टी सामुहिक नेतृत्व मा चलेको र अब पूर्ण रुपमा बिधान
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
अनुसार सहमति का आधारमा चल्ने बताउनु भयो !अमेरिका नेपाल सोसाईटी का सभापति नगेन्द्र पौडेल को सभापतित्व मा सम्पन्न कार्यक्रममा संस्था का सदस्य  बिनय अर्याल ले स्वागत मन्तब्य तथा उपाध्यक्ष्य ठाकुर  पुडासैनी ले धन्यवाद ज्ञापन गर्नु भएको थियो ! उक्त कर्यक्रममा अमेरिका मा भएका नेपाली हरुको तर्फ बाट नेपालको राजनीति संग चासो राख्दै नेपालमा समय भित्र संबिधान निर्माण गर्नकालागि राजनैतिक दल तथा ६०१ सभासद हरु लाई सांकेतिक रुपमा उपहार स्वरूप  कलम प्रदान गर्दै एक ज्ञापन पत्र सभापति कोइरालालाई अमेरिका नेपाल सोसाईटीका सभापति नगेन्द्र पौडेलले हस्तान्तरण गर्नु भयो ! नेपालको समसामयिक  राजनीतिको बारेमा भएको अन्तरक्रिया कार्यक्रममा भाग लिदै सहभागीहरुले जिज्ञाशा राखेका थिए  ! कार्यक्रममा संस्था का महासचिब बिजय थापा , सचिब मुक्ति दवाडी सल्लाहकार 
बेद प्रधान लगायतका बक्ताहरुले बोल्नु भएको थियो ! सो कार्यक्रममा पेन्सलभेनिया र मेरिल्याण्ड  राज्यका अवैतनिक बाणिज्य दुत प्रेम राजा महत , नेपाली दुताबासका उपनियोग प्रमुख अर्जुन मैनाली ,तथा निबर्तमान उप नियोग प्रमुख कालि प्रसाद पोख्रेल लगाएत डि. सि. स्थित विभिन्न संग संस्थाका प्रमुख तथा लब्ध प्रतिष्ठित व्यक्तित्व  हरुको उल्लेख्य उपस्थिति  रहेको थियो ! for other related news click this link



Shusil Koirala at Janasamparka samiti virginia's Program



Shusil Koirala at nepali embassy at DC
video source:dcnepal

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
  "रामप्रसाद खनाल लोक साँस्कृतिक साँझ"    
साथमा साहित्य गोष्ठी, कोलोराडो 
टिकट दरः  $ 10.00, शुक्रबार, जुलाई १५, २०११,समयः ६:००-९:०० साँझ (५:००-६:०० सम्म खानाको व्यवस्था गरिएको ) स्थानः Community College of Aurora (Room F100)
1600 E. Center Tech. Parkway, Aurora, CO 80011
 "अन्तराष्ट्रिय नेपाली साहित्य समाजले मनाउदै आएको भानुजयन्ति कार्यक्रमलाई यस बर्षेखि अनेसासको वार्षिक सम्मेलनको रुपमा विकास गरी हरेक बर्षभिन्नाभिन्नै ठाउँहरुमा आयोजना गर्ने कुराको जानकारी सबैलाई भएकै जसअनुरुप यस बर्षो भानुजयन्ति प्रथम पटक अनेसासको बाषिर्क सम्मेलनको रुपमा अनेसास कोलोराडो च्यापटरको सकृयतामा मनाइने सूचना पनि प्रसारण भैसकेको यही जुलाई १५ १६ तारिक दुई दिन विभिन्न सांस्कृतिक, साहित्यिक तथा खेलकूद कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरिने उक्त १९८ औं भानुजयन्ति तथा अनेसासको २० औं वाषिर्क सम्मेलनमा विशेषगरि अमेरिका भित्र रहनुहुने नेपाली भाषा साहित्यका अनुरागी महानुभावहरु सबैलाई नेपालको प्रत्यक्ष झझल्को आउने सुन्दर पहाडी राज्य कोलोराडोमा अनेसास कोलोराडो च्याप्टर हार्दिक स्वागत गर्दछ बाहिरबाट कार्यक्रममा भाग लिन चाहने महानुभावहरुले समय मै सर्म्पर्क राख्नहुन समेत विनम्र अनुरोध गर्दछौं ।"
१९८औं भानु जयन्ति तथा अनेसासको २०औं वाषिर्क सम्मेलन-२०११ कार्यक्रमः
. "रामप्रसाद खनाल लोक साँस्कृतिक साँझ"  
(साथमा स्थानीय कलाकारद्वारा प्रस्तुत भानुभक्त घाँसी नाटक, लोकप्रीय गीत तथा नृत्यहरु)
टिकट दरः  $ 10.00       
मितिः    शुक्रबार, जुलाई १५, २०११
समयः    ६:००-९:०० साँझ (५:००-६:०० सम्म खानाको व्यवस्था गरिएको )
स्थानः 
Community College of Aurora (Room F100)
1600 E. Center Tech. Parkway, Aurora, CO 80011

साहित्य गोष्ठी
(वयश्क कविता वाचन तथा वाल कविता प्रतियोगिता, विश्वपरिक्रमाको कोलोराडो विशेषांक विमोचन)
            खेलकुदः भलिवल तथा गल्फ प्रतियोगिता
मितिः    शनिबार, जुलाई १६, २०११
समयः    अपरान्ह २:००-४:३० बजे
स्थानः    Central Library (Large community room)
    14949 E. Alameda Pky, Aurora, CO 80012

आयोजकः
अन्तराष्ट्रिय नेपाली साहित्य समाज 
    केन्द्रीय कार्यसमिति
सर्म्पर्कः
ज्ञानेन्द्र गदाल -३०३ २२९ २०३९
साहित्य गोष्ठीः पदम विश्वकर्मा -७२०-६२८-६३१३ तथा राजु सिटौला -३३४-४४४-७४२०
खेलकुदः रत्न भण्डारी -३०३-९९५-८१३४ तथा सुदेश शर्मा -७२०-४८०-८००७
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक