20110604

भ्रष्टाचार विरुद्ध नयाँ दिल्लीमा भोक हड्तालमा बसेका योगगुरु रामदेव गिरफ्तार, नयाँ दिल्ली छाड्न आदेश !

Breaking News.....!
भ्रष्टाचारविरुद्ध नयाँ दिल्लीमा भोक हड्तालमा बसेका योगगुरु रामदेवलाई आन्दोलन रोक्न भारत सरकारले गरेको प्रयास असफल भएपछि कडा नीति अख्तियार गर्दै उनलाई आज बिहान गिरफ्तार गरी राजधानी नयाँ दिल्ली छाड्न आदेश दिएको छ। नेपालको निषेधाज्ञा जस्तो पाँच वा त्योभन्दा बढी भेला हुन नपाउने गरी जारी गरेको आदेशपछि उनलाई गिरफ्तार गरी हरिद्वार पठाइएको
हेर्नुस् थुप्रै लाईभ भिडियोहरु Read More मा भित्र गएर  









भ्रष्टाचारविरुद्ध नयाँ दिल्लीमा भोक हड्तालमा बसेका योगगुरु रामदेवलाई आन्दोलन रोक्न भारत सरकारले गरेको प्रयास असफल भएपछि कडा नीति अख्तियार गर्दै उनलाई आज बिहान गिरफ्तार गरी राजधानी नयाँ दिल्ली छाड्न आदेश दिएको छ। नेपालको निषेधाज्ञा जस्तो पाँच वा त्योभन्दा बढी भेला हुन नपाउने गरी जारी गरेको आदेशपछि उनलाई गिरफ्तार गरी हरिद्वार पठाइएको स्रोतलाई उल्लेख गर्दै एनडीटीभीले जनाएको छ। तर गृह सचिव जीके पिल्लाइले भने उनी आफैले दिल्ली छाडेको जिकिर गरेका छन्। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार रामदेवले भारतका प्रधानन्यायाधीशले यसमा हस्तक्षेप होस् भन्ने चाहेका थिए। प्रहरीले बल प्रयोग गर्दा अनसन स्थल रामलिला मैदानमा कम्तिमा ३० जना घाइते भएको पीटीआईले जनाएको छ। रामलीला मैदानमा आइतबार एकाबिहानै प्रहरीले घेरा हालेको थियो। प्रहरीलाई रामदेवलाई प्रदर्शन स्थलबाट उठाएर दिल्लीको सीमा बाहिर लैजान आदेश दिइएको थियो। प्रत्यक्षदर्शीहरुका अनुसार प्रहरी त्यहाँ पुग्दा रामदेव निदाइरहेका थिए। उनीहरुले रामदेवलाई ब्युँझाएर दिल्लीबाहिर लैजाने बताएपछि उनी मैदानबाट हाम्फालेर समर्थकहरु माझ पुगेका थिए। उनी फेरि मञ्चमा पुग्दा प्रहरीले नियन्त्रणमा लिन खोजेपछि समर्थकहरुले घेरा हालेर उनलाई गिरफ्तार हुनबाट जोगाउन खोजेका थिए। केही प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेपछि त्यहाँ झडप हुन पुगेको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक