20110706

पण्डित दिनबन्धु पोखरेलले अमेरिकामा यस्तो जादुमय भागवत् बाचन गरेपछी एक जना नेपालीले मात्रै $ 50,101 मन्दिरलाई दान




अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको हाम्रो आयोजनामा सह आयोजक डिसी मेट्रो एरियाका अमेरिका नेपाल सहयोगी समाज, डिसी नेपाली समाज, अमेरिका नेपाल महिला संघ (एन्वा), अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो च्याप्टरको कन्फर्म भैसकेको र सह आयोजक बन्न इच्छुक अन्य जातियता, क्षेत्रियता, भाषिक, राजनीतिक संस्था होइनकी नेपाल र सबै नेपाली अट्न सक्ने सामाजिक संस्थाहरुलाई संपर्कका लागि अनुरोध गर्दछौँ । उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब र September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners : Sagarmatha Television, www.nepalhorizons.com , www.dcnepal.com , www.hamrosamaj.net , Biswa parikrama pachhik, www.nepalmother.com

- रामप्रसाद खनाल
अध्यक्ष्य - अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com.

" कोलोराडोमा श्रीमद भागवत पुराण ज्ञान महायज्ञ सफलताको साथ सम्पन्न । "

- आचार्य प्रभा डेन्भर/कोलोराडो

 हर नेपाली वा भारतीय नागरिक अथवा भुटानी(नेपाली) जो जहाँ बसोस् वा जस्तो सुकै संस्क्रिति परम्परामा बाँधिए पनि उस्लाइे आफ्नै परम्परा कला संस्क्रिति वा धर्मप्रतिको आस्थाले सधैं डोहोर्‍याइे रहेकै हुन्छ । यस्को ज्वलन्त उदाहरण भर्खर मात्र जुन २७/२०११ बाट जुलाइे ३ सम्म सम्पन्न ज्ञान महायज्ञ श्रीमद भागवत पुराणको कोलोराडोमा भएको सफलताबाट अनुमान गर्न सकिन्छ । ब्राइेटन स्थित सनातन मन्दिरमा यही जुलाइे २७ देखी जुन ३ सम्म गुरु दीनबन्धु पोख्रेलबाट सप्ताहभरी नै भागवत पुराण कथा बाचन गरियो । यस्तो ब्यस्त समय र परदेशको खटाइेलाइे थाँति राख्दै भएपनी श्रद्धालु भक्तजनहरु हप्ताभरी नै ज्ञान महायज्ञमा गुरुको कथा प्रवचन श्रवण गर्न उपस्थित भएका थिए । नेपाली,भुटानी,भारतिय समुदायको संलग्नतामा सम्पन्न भएको उक्त ज्ञान महायज्ञको मुख्य उदेश्य भने दान सकंकलनबाट उठेको रकम यिनै समुदायकै हित र बिभिन्न कला,संस्क्रितिलाइे दिर्घ राख्न सबैले कार्यक्रमहरु सम्पन्न गर्नकोलागी एउटा कम्युनिटी हल खडा गर्ने रहेकोछ । उक्त उठेको रकम जम्मा १७,८५९.00 र त्यसमध्ये खर्च १४,८७८.९७ भएको थियो भने बाँकी रहेको रकम ब्राइेटन मन्दिरकै खातामा रहेको जानकारीमा आएको छ । कार्यक्रमको शुभारम्भमा श्री नारायण श्रेष्ठले मन्तब्य दिनु भएको थियो । कार्यक्रममा पाल्नुहुने सबै भक्तजनहरुले सक्दो भेटी,प्रशाद र फूलहरु श्रद्धाले चढाएका थिए। उक्त कार्यक्रमका संयोजकहरु भारतीय समुदायबाट राज पटेल,महेश पटेल,प्रकाश भाट् तथा वहाँका साथीहरु,नेपाली समुहबाट नारायण श्रेष्ठ,शान्ती श्रेष्ठ,कमल भट्टराई,श्याम श्रेष्ठ, रेणु श्रेष्ठ र भुटानी समुहबाट मोती शिवाकोटी, नारायण उप्रेती,हरी उप्रेती,लगायत सम्पूर्ण भुटानी महिलाहरुले भक्तीपुर्वक सहयोग गरेको देखिन्थ्यो । ज्ञान महायज्ञमा गुरु दीनबन्धुले बडो उदारता र हँसिलो मुस्कानका साथ कथा बाचन गर्नु भएको थियो भने बिचबिचमा अन्य प्रवचन दिइे भक्तजनहरुलाइे प्रफुल्लित बनाइेरहनु भएको आभास हुन्थ्यो । गुरुलाइे सहयोग गर्न अन्य भुटानी समुहका गुरुहरु र मन्दिरकै पूजारी गुरु जीवन बराल पनि लागि पर्नु भएको थियो । उक्त ज्ञान महायज्ञमा आ-आफ्नो तरिकाले धेरै स्वयं सेवकहरुले बिभिन्न क्षेत्रबाट सहयोग गरेका थिए। कार्यक्रमको अन्त्यमा स्वयं सेवक,आयोजकहरुलाइे सम्मान पत्र र गुरु दीनबन्धु पोख्रेललाइे फूल,माला र दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो । गुरुले कोलोराडोमा बर्षको एकपटक आएर कथा बाचन गर्ने बचन पनि दिनुभएको थियो । ज्ञान महायज्ञको अन्तिम दिनमा बडो हौशलाको साथ भक्तजनहरु नाँच,गानमा रमाएका थिए । यसरी ज्ञान महायज्ञमा सबै कोलोराडोबासीले श्रद्धा र भक्तिको साथ मन्दिरमा आएर सफलता साथ उक्त पूजा अर्चना सम्पन्न गर्न सहयोग गर्नु भएकोमा सम्पूर्ण भक्तजनहरु प्रती आयोजकहरु आभारी र क्रितज्ञ भएको बताउँनु भएकोछ ।






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक