20110707

'जुन अवस्थामा मैले छाडेको थिएँ यस्तो होला जस्तो लागेको थिएन, तर प्रार्थना गरुँ नेपाली जनताको सुख शान्ति होस् ।' : पूर्व राजा

पूर्व राजाको प्रेस रिलिज तल जस्ताको तस्तै छ हेर्नुस्
कान्तिपुर दैनिक लेख्छ : "पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले गद्दी छाडेपछि मुलुक झन् संकटतर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ६५ औं जन्मदिनका अवसरमा निर्मल निवासमा भएको जन्मोत्सव
कार्यक्रममा सञ्चारकर्मीसित कुरा गर्दै उनले मुलुकको अवस्थाप्रति चासो र चिन्ता प्रकट गरेका छन् । 'देशमा मलाई पनि अलिकति कठीनाई भएको स्थिति जस्तो लाग्छ,' उनले पत्रकारसँग संक्षिप्त कुरा गर्दै भने, 'जुन अवस्थामा मैले छाडेको थिएँ यस्तो होला जस्तो लागेको थिएन, तर प्रार्थना गरुँ नेपाली जनताको सुख शान्ति होस् ।' यद्यपि पूर्व राजाले अहिले नै निरास हुने अवस्था भने नआएको उल्लेख गरे । 'अझै निरास हुनुभएन, असारको महिनामा रोपाईंको बेलामा तपाईंले चौरवीको चाँद त खोज्नुभएन,' उनले पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गरे । सञ्चाकर्मीले पाँच बुँदे सहमति, शान्ति र संविधानका विषयमा सोधेको जिज्ञासाको जवाफ दिन अस्वीकार गरे । 'फेरि पनि त्यो कुरा मलाई भन्दा पनि तपाईंलाई नै थाहा छ,' उनले आफ्नो लिखित विज्ञप्ती हेर्न आग्रह गर्दै भने, 'सवै चासो र चिन्ता मैले त्यहिँ (लिखित विज्ञप्तीमा) नै जाहेर गरेको छु, त्यो जनतालाई जानकारी दिनुहोला ।'





 नागरिक दैनिकले यसलाई यसरी प्रस्तुत गरेको छ :

पूर्व राजाको जन्मदिनका दृष्य (फोटो फिचर)

काठमाडौं, असार २३ (नागरिक)- पूर्व राजा ज्ञानेन्द्र शाह ६५ वर्षको भएका छन्। देश गणतन्त्रमा छ तर पूर्व राजाप्रति मानिसहरुको चासो उत्तिकै छ। र यस्तै अवस्थामा मुख खोले पूर्व राजाले। समाचारका लागि क्लिक गर्नुस् फोटो फिचर: (माथिको तस्बिर: पत्रकारसँग कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्र। तस्बिर:केशव थोकर)

पूर्व राजाको जन्मदिन मनाउने तयारीमा युवा। तस्बिर: नभेष चित्रकार/रोयटर्स


पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकी हिरोइन मनिषा कोइराला। तस्बिर:नभेष चित्रकार/रोयटर्स


शुभकामना दिन आउनेलाई नमस्कार गर्दै पूर्व राजा। तस्बिर:नरेश श्रेष्ठ/एएफपी


पूर्व राजाको तस्बिरसहित जन्मदिन मनाउन पंक्तिवद्ध समूह। तस्बिर:नभेष चित्रकार/रोयटर्स


शुभकामना ग्रहण गर्दै पूर्व राजा। तस्बिर:नभेष चित्रकार/रोयटर्स

निर्मल निवासको पर्खालमा पूर्व राजा ज्ञानेन्द्र शाहको तस्बिर। तस्बिर:नभेष चित्रकार/रोयटर्स


पूर्व राजा ज्ञानेन्द्रको जन्मदिनमा निकालिएको झाँकी। तस्बिर:नभेष चित्रकार/रोयटर्स

 पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउन सडकमा र्‍याली निकाल्ने राप्रपा नेपालका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। असार २३ गते पूर्व राजा शाहको जन्मदिन परेकोमा राप्रपा नेपालका कार्यकर्ताले महाराजगञ्जमा र्‍याली निकालेका थिए।


क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
        
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  
 
आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका 
 रहनेछन । 
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
                                                                    ***************
                                                                
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com.

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक