20110707

राति सुतिरहेका एकै परिवारका चार जनालाई काटेर हत्या !

अन्तर्राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको बिहीबार साँझ सदरमुकाम गौरमा गोली हानी हत्या गरिएको छ ।
Breaking News.......
 उदयपुर / अज्ञात समूहले बुधबार राति सुतिरहेको अवस्थामा उदयपुरको ठानागाउँ गाविस- ५ थुम्कीका एकै परिवारका चार जनालाई काटेर हत्या गरेका छन् भने एक बालकको अवस्था गम्भीर  रहेको छ । हतियारसहित आएको समूहले ५० वर्षीय खेसबहादुर मगर, उनकी पत्नी ४० वर्षीया हर्कमाया मगर, दुई छोरीको  हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । मृतक खेस बहादुरका ९ वर्षीय छोरा नेत्रकुमार मगरको टाउको र शरीरका विभिन्न स्थानमा चोट लागेको र उनको अत्यधिक रक्तस्र्राव भएका कारण अवस्था गम्भीर बन्दै गएको ठानागाँउका स्थानीय बासिन्दा महेन्द्र मगरले बताएका छन् , चार छोरी, दुई छोरा र पत्नीसहित आठ जनाको परिवार रहेका खेसबहादुरकी दुई छोरी र एक नाबालक छोरा भने सकुल रहेको दलबहादुरले बताए । एउटी छोरी जिल्लाको कटारी बजारमा ज्याला मजदुरी गरेर उतै बस्ने गरेको र अर्की कान्छी छोरी ११ महिनाको मात्रै भएकोले उनलाई हत्याराले केही नगरेको आफन्त महेन्द्र मगरले टेलिफोनमार्फत बताएको प्रहरीले जनाएको छ । हत्याको कारण र समूहको पहिचान हुन नसकेको स्थानीयवासीले बताएका छन् । मृतकका
आफन्तले घटनाबारे प्रहरी चौकी रुपटारलाई बिहीबार बिहान जानकारी दिएको प्रहरीले जनाएको छ, हत्याको जानकारी आएपछि इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षक अनिल पौडयालको नेतृत्वमा घटनास्थलतर्फ प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताए

आफनै जन्मदिने आमालाई हत्या गरेको अभियोगमा एक युवकलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । सिन्दजुरे, ९ स्थायी घर भई काहुँखोला बस्ने ३३ वर्षीय मनबहादुर गुरुङलाई ६५ वर्षीया बेलकुमारी गुरुङलाई हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादका क्रममा आमाको हत्या गरेको प्रहरीले जनाएको छ । काठको ठेक्का पट्टा गर्ने मनबहादुरले भने आमालाई खाना खानका लागी भन्दा नमानेपछि धकेल्दा लडेर मुत्यु भएको प्रहरी बयानमा बताएका छन् । मनबहादुर काठको  ठेक्कापट्टाको काम गदै आएको प्रहरीले बताएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।

अज्ञात समूहले रौतहटका पूर्व अन्तर्राराष्ट्रिय कुस्ती खेलाडीको बिहीबार साँझ गोली हानी हत्या गरेको छ । सदरमुकाम गौरको मुख्य चौकमा साँझ साढे आठ बजे दासमामाथि पछाडिबाट गोली प्रहार गरी उक्त समूह फरार भएको थियो । उनलाई गोली प्रहार गरेको स्थानमा प्रहरी चौबिसै घण्टा ड्युटी बस्ने गर्छ । तर दासमाथि गोली प्रहार भएको प्रहरीले समेत पत्तो पाएन ।
सदरमुकाम गौर नगरपालिका- ८ स्थित कर्मचारी मिलन केन्द अगाडि सवा ८ बजे साथी सँग गफ गरिरहेको बेला अज्ञात समुहले पछाडीबाट अन्तर्राराष्ट्रिय खेलाडी उपेन्द्र दास बैरागीमाथि गोली प्रहार भएको हो । ४५ वर्षीय  दासको पछाडीबाट गोली वारपार भएको थियो । दासलाई तत्कालै उपचारको लागि अस्पताल लैजाँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विगत एक दसक बढि समयदेखि दास असुरक्षाको कारण जनाउँदै आफ्नो गाँउ प्रेमपुर गोनाही गाविस छाडेर सदरमुकाम गौर बस्दै आएका थिए । नेपालमा भएको आठौं साफ खेलकुद प्रतियोगितामा दासले कुस्ती खेलमा कांस्य पदक जितेका थिए । सुरक्षाकर्मीको पहराको बाबजुद पनि दासको हत्या भएको भन्दै रौतहट फुटबल सघ रौतहटका अध्यक्ष नेपाल कार्की र सितोरिया कराँते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले घट्नाको भर्त्सना गरेका छन् ।


क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
        
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  
 
आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका 
 रहनेछन । 
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
                                                                    ***************
                                                                
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com.

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

1 comment:

  1. के गर्ने अब सिधा साधा मान्छेलाई बाँच्न गाह्रो भयो / कस्ले कति खेर के गर्ने हो थाहा nai हुदैन /

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक