20110708

हेम सरिता पाठक प्रतिस्ठानका संस्थापक द्वय हेम पाठक र सरिता पाठकबाट केही सिक्ने कि अरु हामी नेपालीहरुले पनि !

"मेरी छोरीहरुले पढाई सकेपछि कमाईको सबै रकम नेपालको विकासमा लगाउने योजना छ"
तपाईं अमेरिका बस्नुस् वा नेपाल वा संसारको जुन सुकै कुनामा, आजको युगमा जहाँ बसे पनि प्रबिधिको बिकास सँगै तपाईं आफुलाइ नजिक पाउनुहुन्छ । तर तपाईंमा नेपाली भावना, राष्ट्रियता मर्नु हुँदैन । आफ्नो देशको माया, गीत संगीत, साहित्य, कला, सन्स्क्रिती प्रतिको माया मर्नु हुँदैन, यि सबै कुरा को साथ मा नेपालमा भ्रस्टाचार तस्करी को उन्मुलनका लागि एक जोडी हेम सरिता पाठकको प्रसँसनिय काम सबैका लागि प्रेरणा हुन सक्छन, तपाईंले पनि यो जोडीबाट केही सिक्ने कि !               
नेपालमा बसेर गरिबी, अशिक्षा र भ्रष्टाचार विरुद्ध कलम चलाउन पत्रकार तथा कविहरुलाई ठूलो राशीको पुरस्कार प्रायोजन गर्दै आएका पाठकले २०६९ बैशाखमा १ हजार अमेरिकी डलर (७२ हजार रुपैयाँ) को प्रथम तथा ५ सय डलर (३६ हजार रुपैया) राशीको दोस्रो पुरस्कार दिइने भएको छ । वासिंङटन डिसी, अषाढ २४ - 'कमाईको दशाङ्स दान गर्नुपर्छ' भन्ने परम्परागत मान्यताभन्दा अझ अघि बढ्दै अमेरिका बस्दै आएका  हेम पाठक र सरिता पाठकले यहाँ बसेर नेपाली गित संगीतको क्षेत्रमा योगदान दिने स्रस्टाहरुलाई बर्षेनी पुरस्कृत गर्ने घोषणा गरेका छन् । अमेरिकामा बसोबास गर्दै आएका नेपालीको पुरानो
संस्था एएनएको २९ औ सम्मेलन समारोहमा बरिष्ठ लोक गायक तथा अवैतनीक महाबाणिज्य दुत प्रेमराजा महतले उक्त घोषणा गरेका हुन् । तेह्रथुमको आठराईमा जन्मेर झापा बसाई सरेका पाठक सन् २००४ देखि अमेरिकाको टेक्सास्थित ह्युस्टनमा बस्दै आएका छन् । 'जन्मभूमिभन्दा टाढा रहेर पनि आफ्नोपन जोगाउन कृयाशिल श्रष्टाहरुका लागियो खुशीको कुरा हो' महतले भने । हेम सरिता संगीत पुरस्कार अन्तर्गत गायक, संगीतकार र गीतकारमध्ये दुई जनालाई हरेक बैशाखमा यो पुरस्कार प्रदान गरिने छ । झापाबाट काठमाडौं आएर पनि पत्रकारिता तथा आठराई पुस्तक प्रकाशन गृह सञ्चालन गर्दै आएका उनले टेक्ससमा पनि समाजसेवी र सफल व्यवसायिको पहिचान
बनाएका छन् । उनकै प्रायोजनमा हरेक बर्ष एएनए सम्मेलनमा आयोजना हुने कवि गोष्ठीमा प्रथम हुने स्रस्टालाई १ हजार राशीको पुरस्कार प्रदान गरिदै आएको छ । यस बर्षको प्रतियोगितामा नुवाकोटको कविर राम बहादुर तामाङको कविता 'सम्बोध' प्रथम भएको थियो । हेम सरिता भानुभक्त काब्य पुरस्कार अन्तर्गतको यो सम्मान काठमाडौंमा कार्यक्रम गरी प्रदान गरिदै आएको महतले जानकारी दिए । यसैगरी उनले भ्रष्टाचार, गरिबी र अशिक्षा विरुद्ध कलम चलाउने एक उत्कृष्ठ पत्रकारलाई बर्षेनी २ हजार डलर -१ ल्ाख  ४२ हजार रुपैयाँ), झापाका एक पत्रकारलाई ५ सय डलर (३६ हजार रुपैया) र समावेसी एक पत्रकारलाई ५ सय डलर (३६ हजार डलर) पुरस्कार दिंदै आएका छन् । पाठकका पिता माता टंकप्रसाद रमादेवी पत्रकारिता पुरस्कार अन्तर्गत गतबर्ष जिवेन्द्र सिंखडाले प्रथम पुरस्कार पाएका थिए ।  पाठकलाई भने सहयोगको धित अझै मरेको छैन । यसैबर्षदेखि झापाका कक्षा १ देखि ७ सम्म  अध्ययनरत गरिब तथा जेहेन्दार १० जनालाई आवश्यकताअनुसार मासिक छात्रवृत्ति प्रदान गर्ने पनि पाठकले बताए । ­'५ बर्षभित्र यो संख्या १ सय पुर्‍याउने योजना छ' उनले भने । ह्युस्टनमा ७ वटा पेट्रोल पप्प तथा स्टोर सञ्चालक उनले १० जनालाई आफूसँगै साझेदार बनाएर उद्यमी बनाएको जानकारी दिए । ­'मेरी छोरीहरुले पढाई सकेपछि कमाईको सबै रकम नेपालको विकासमा लगाउने योजना छ' उनले भने । नेपाली भाषा साहित्यका स्रस्टाहरुलाई पुरस्कार दिएर पाठकले विदेशमा बस्ने नेपालीलाई पाठ सिकाएका छन्, एएनएसका निववर्तमान अध्यक्ष खेम भट्टचनले भने - 'विदेशमा बसेर सहयोग गर्नेहरुलाई नेपाल सरकारले पनि सम्झनु पर्छ ।' - Sanjay Neupane
Photos By Nepalmother.com
for more related news about Hem sarita Pathak Pratisthan, Please click these links below
http://www.nepalmother.com/2011/03/blog-post_25.html
http://www.nepalmother.com/2011/04/blog-post_17.html

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
        
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  
 
आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका 
 रहनेछन । 
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
                                                                    ***************
                                                                
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com.

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

2 comments:

  1. Ati ramro hubby linu bhaeko ma khushi lagyo, afulai pani kehi garne prerana mileko chha! Hem ra Sarita ji lau hridaya dekhi dhanybaad! Tyaso bhanda dherai kam boleko jasto lagchha!
    Hamro deshko sabai bhanda thulo satru bhrastachar ho, pahila tyo thau jaat-bhat chhuwachhut le leiyeko thiyo. Yi dubailai unmulan garne matra ho bhane desh banauna dherai lagne chhainna. Aja deshko kala sanskruti parampara lai jogauna jun hem+sarita ji le paila chalnu bhaeko chha, tyo ati sahraniya chha.

    ReplyDelete
  2. i proud his all family. And i would like to involve with his social work.Can i get his mailing address,I really like this kind of help mostly i want to do help Nepali poor children.

    kindly contact me at: ehmact@hotmail.com

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक