20110703

ए एन ए सम्मेलनमा दोस्रो दिन मान्छे बढे !

रजिस्ट्रेसन गर्नेको सँख्या १६०० पुग्यो, नेपाली भेसाभुसा सहितको झाँकी कार्यक्रम आकर्सक र राम्रो भएको सहभागीको प्रतिकृया, हेर्नुस् फोटो र भिडियो !








ए एन ए २९ औं अधिवेशनको दोस्रो दिन नेपाली राष्ट्रियता र नेपाली पहिचान झल्काउने साँस्कृतिक झाकी सहितको विशेष समारोह संपन्न भयो । सम्मेलन स्थलमा नेपाली ढाका टोपी, दौरा सुरुवाल, जनसंप्रदायका संस्कृति झल्किएका पहिरणकासाथ नेपालीहरु उपस्थीत भएका थिए । अमेरिकाका लागि नेपाली राजदुत डा। शंकर प्रसाद शर्माको अगुवाईमा नेपाली अमेरिकी वरिष्ठ समुदाय, अमेरिका नेपाल चौपारी, युनाईटेड नेपालीज, डेमोक्रयाटिक फोरम ९युएनडिएफ०, अमेरिका नेपाली उमन एशोसिएसन, वाल्टिमोर एशोसिएशन अफ नेपालीज इन अमेरिका ९बाना०, नेपाल अमेरिका सोर्साईटि फर ड्र्रिेस्ड कम्युनिटि ९नासो सोसाईटी ० र पासापुच लगायतका संस्थाहरुको व्यानर सहित झाकी प्रदर्शन भयो ।
विशेष समारोह कार्यक्रम गुरु टासी लामाको बुद्धको शान्ती उपदेशको वाचन, विश्व शान्तीको लागि प्राथना, पंढित श्रीधर ज्ञवालीको मन्त्रोच्चारणविच प्रमुख अतिथि डा। शंकर शर्मा र विशेष अतिथि अमेरिकी सिनेटर मार्क हेरीनले संयुक्त रुपमा गर्नुभयो ।
उद्घाटन मन्त्व्यमा डा। शर्माले एएनएले नेपाली समुदायलाई अरु बढि एक्केवद्धता कायम गर्दै नेपाल र अमेरिकी नेपालीहरुको हितका लागि काम गर्न आग्रह गर्नुभयो । विशेष अतिथि सिनेटर मार्क हेरिनले नेपालीहरुको हितमा आफु सहभागी हुन पाएकोमा गौरव लाग्ने भन्दै भविष्यमा आफु अझ बढि सहयोगी रहने बताउनु भयो ।
अमेरिकी कांग्रेसका प्रत्यासी दर्शन रौनियारले कडा मेहनत गर्ने नेपाली संस्कृतिका कारणले आफुलाई यो स्थानमा पुर्याएको छ र इमान्दार गतिशिल मुल्य, मान्यता र नेपाली हरुको सृजनशिलतालाई केन्द्रित गरेर प्रवासमा रहेका नेपालीहरुले सामाजीक आर्थिक सहित बहुपक्षमा सहयोग गरेर समुन्नत नेपाल बनाउन सगाउन सबैलाई आहृवान गर्नुभयो ।
अमेरिकी कांग्रेसकै अर्का प्रत्यासी प्याट्रिक फरेष्टले आफूले धेरै पल्ट नेपाल भ्रमण गरेको र नेपालीका समस्या राम्ररी चिनेको कुरा बताउनु भयो ।
डा। चिन्तामणि योगीले नेपाली समुदायलाई शुभकामना दिदै धन पर्याप्त कमाउन तर धर्म नभुल्न, नागरिकता परिवर्तन गरेपनि राष्ट्रियता नभुल्न सफलता प्राप्त गर्न तथा एकता नभुल्न आहृवान गर्नु भयो ।
कार्यक्रममा मेरिल्याण्ड र पेन्सलभेनिया राज्यका लागि नेपाली वाणिज्यदुत प्रेमराजा महत, एएनएका पूर्व अध्यक्ष डा। श्याम कार्की, एएनएसका अध्यक्ष नगेन्द्र पौडेल, विष्णुमाया परियार र इन्डिपेन्डेन्ट टास्क प्रोर्सका अध्यक्ष क्षेमाङ शेर्पा लामा लगायतले एएनएलाई नेपालीहरुको निर्विवाद र साझा संस्थाका रुपमा पुनर्स्थापित गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
एएनएका अध्यक्ष सिमोन ढुङ्गानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रविना थापाले स्वागत मन्तव्य र गौतम दाहाल तथा विनय अर्यालले कार्यक्रम संचालन गर्नुभएको थियो ।
विशेष उद्घाटन कार्यक्रम पछि एनआरएन अमेरिका शाखाले राजदुत डा। शंकर प्रसाद शर्माको प्रमुख आतिथ्यमा मातृभुमी नेपाललाई सहयोग गर्ने क्षेत्र संम्भाव्यता र प्रदायकहरु विच एक अन्तरक्रिया कार्यक्रम ‘गिभिङ व्याक टु नेपाल’ को आयोगना गरेको थियो । नेकले वालवालिकाहरुको ब्यक्त्तित्व विकासको लागि आयोजना गरेको दुइ दिवसीय कार्यक्रमको आज यांहा समापन गरियो । त्यसैगरि नेपाली नर्सहरुको भेलाले मंजु सग्रौला संयोजक मिना शाक्य सहसंयोजक लक्ष्मी शर्मा सचिव र मिरा प्रर्साई कोषध्यक्ष रहने गरि नेपालीज् अमेरिकन नर्सिङ एशोसिएसनको गठन पनि गरेको छ । अन्तराष्ट्रिय महिला साहित्यिक सम्मेलन, फेसन सो िवजनेस तथा लगानी म‌च लगायतका कार्यक्रम पनि सम्पन्न भएका थिए ।
प्रेस वक्तब्य
फोरमहरुमा छलफल
यस पटकको एएनए सम्मेलनमा विभिन्न महत्वपूण फोरमहरुमा व्यापक छलफल हुनुको साथै विभिन्न निर्णयहरु पनि भएका छन् ।
नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले डायस्पोरा साहित्यको एतिहासमा पहिलोपल्ट प्रथम अन्तरराष्ट्रिय महिला साहित्य सम्मेलन सम्पन्न गरेको थियो । प्रमुख अतिथि राजदूतावासका उपनियोग प्रमुख अर्जुनकान्त मैनालीले साहित्य जगतको लागि आफूले सक्दो काम गर्ने बचनबद्धताको साथ समुद्घाटन गर्नु भएको उक्त सम्मेलनमा संसारका विभिन्न क्षेत्रमा साहित्य क्षेत्रमा लाग्नु भएका लव्धप्रतिष्ठित महिला साहित्यकारहरुको उपस्तिथि रहेको थियो ।
सो अवसरमा नेपालबाट आउनु भएकी वरिष्ठ साहित्यकार पद्मावती सिंह, चन्द्रकला नेवार, गीता खत्री र मञ्जु निरौलाले डायस्पोरा साहित्यानुरागीहरुले नेपाली भाष साहित्यको उत्थानमा दिएको योगदानको प्रसंसा गर्नु भयो । साहित्यकार गीता खत्री र मंजु निरौला, विनोद रोका सीता पाण्डेले अन्तरराष्ट्रिय महिला साहित्य सम्मेलनको निरन्तरता हुन गर्ने कुरामा जोड दिनु भएको थियो ।
सोही अवसरमा नेपाल साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले प्रकाशन गरेको महिला श्रष्ठा चिन्तना र सृजना नामक पुस्तकको विमोचन पनि गरिएको थियो । युवा कवियत्री नम्रता गुरागाईले संचालन गर्नु भएकोले प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठले यस सम्मेलनले घोषणापत्र जारी गर्ने जानकारी दिनु भयो । सो अवसरमा सात्यिकारहरु रुकु कार्की, ललिता दोषी, विश्वविमोहन श्रेष्ठ, गोविन्द सिंह राउतले पनि सक्रिय सहभागिता जनाउनु भएको थियो ।
यसैगरी जनस्वास्थ्य सम्बन्धी पनि गोष्ठी पनि सम्पन्न भयो । डा. महेश्वर वैधद्धारा संचालित जनस्वास्थ्य सम्बन्धी गोष्ठीमा डा. गुणराज सुवेदीले शरीरको तौल नियन्त्रण, डा. प्रजल जोशीले योगा गर्दा अपनाउनु पर्ने सावधानी,  डा. राजेन्द्र क्षेत्रीले मेडिकल असिष्टेन्टको बारेमा प्रकाश पार्नु भयो ।
लक्ष्मण प्रधानले संयोजन गर्नु भएको लगानीकर्ता र ब्यवसायिकहरुको फोरममा विभिन्न ठाउमाव्यवसाय गर्नु भएका नेपाली लगानीकर्ता तथा व्यवसायिक व्यक्तिहरुको समभागिता थियो । सो अवसरमा अमेरिकी कांग्रेसमा प्रत्यासी दर्शन रौनियारले आफू चुनाव जितेको खण्डमा साना लगानीकर्ताहरुलाई सक्दो सहयोग पु¥याउने बचनबद्धता दिनु भयो ।
यसैगरी गिभ ब्याक टु नेपाल भनेर नेपाललाई विदेशमा बस्नेहरुले के दिन सक्छौं भन्ने विषयमा एनआरएन अमेरिकाले छलफल कार्यक्रमको आयोजना ग¥यो । सो अवसरमा राजदूत डा. शंकर शर्माले आफूले नेपाललाई केही गर्नेहरुलाई सहयोग गर्ने कुरा बताउनु भयो । सो सभामा अमेरिकी कांग्रेसका प्रत्यासी दर्शन रौनियारले नेपालमा ठूलो संख्याको संसद नचाहिने विचार ब्यक्त गर्नु भयो । यसैगरी कुर्तासुरुवाल बेचेर दुई हजार भन्दा बढी दलित महिलाहरुलाई सहयोग पु¥याउनु हुने विष्णुमाया परियार र जयदेव हाडाले नेपालमा शिक्षाको क्षेत्रमा सहयोग गर्न आग्रह गर्नु भयो । उक्त फोरमका संचालक एनआरएनका बोर्ड सदस्य तथा संचार संयोजक राम खरेलले नेपाललाई सहयोग गर्न ठूलै ब्यापारी हुनु पर्दैन सानो स्तरमा भए पनि सहयोग गर्न सकिन्छ भन्नु भयो । 

Dear Nurses and all community members,
Reunion meeting of nurses of Nepali origin on July 2, 2011 decided to establish an organization named Nepalese American Nurses Association (NANA) in the USA. An adhoq committee has been formed to proceed for further proess of registration and communication with all nurses residing all over the USA. We would like to thank all media friends, well-wishers for their support and ANA organizing committee for providing venue to make the event success. We would like to request all nurses to contact to the following individuals for the next meeting which will be on August 27, 2011. 
Coordinator: Manju sangraula VA msangraula@gmail.com
Sub-Coordinator: Meena Shakya FL meenashakya52@yahoo.com
Secretary: Laxmi Sharma VA laxmi_regmi@hotmail.com
Treasurer: Mira Prasai VA miradesl@hotmail.com
Member: Shubhadra Paudel VA sudha_paudel@hotmail.com
Member: Ranjana Tiwari VA ranjanatiwari@yahoo.com
Member: Indira Shrestha VA induraju03@gmail.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक