20110704

ए एन ए डिसी सम्मेलन यसरी सम्पन्न भएको घोषणा गरियो !

डिसी सम्मेलन सँयोजक हेमन्त श्रेष्ठ सम्मेलन पछी भन्नुहुन्छ "ए.एन .ए का दुबै पक्षको लडाईंले हामी र हाम्रो टिमलाई निकै चित्त दुखायो, अब देखी ए .एन .ए को बारेमा हामीले सोच्नै पर्छ !" सुन्नुस् अन्तर्वार्ता !



डिसी सम्मेलन भित्र देखिएका यथार्थता र तुजुकहरुको चिरफार हेर्न भित्र आउनुस् !





         नेपाली बाबाको सम्बोधन !








एएनए सम्मेलन सम्पन्न, छेवाड. अन्तरिम अध्यक्ष, सिमनको बिदाइ, अर्को सम्मेलन टेक्ससमा !
उत्तर अमेरिका स्थित नेपालीहरुको संस्था एएनएको २९ औं सम्मेलनको अन्तिम दिन आइतबार संचालित साधारण सभाले हालै स्थगित गरिएको निर्वाचन प्रक्रियालाई अगाडि बढाउन र संस्थाको काम कारवाहीहरु नियमित गर्न अन्तरिम व्यवस्थाका लागि स्वतन्त्र कार्यदलका अध्यक्ष छेवाड्ग शर्ेपा लामा शर्ेपालाई र्सवसम्मत रुपमा जिम्मा दिने निर्ण्र्ाागरेकोछ । बर्तमान अध्यक्ष सिमन ढुड.गानाको कार्यकाल जुलाई ४ सोमबार देखि सकिने भएकोले यो अन्तरिम ब्यवस्था गरिएको हो । संघको विधानमा संसोधन गर्दै हालै हुन नसकेको चुनावी प्रक्रिया सम्पन्न गर्ने, यसको लागि साधारण सभाले  दर्ुइ हप्ता सम्म नयां सदस्यहरुको लागि सदस्यता लिने प्रक्रिया खुल्ला गर्ने र थप उम्मेदवारहरुको लागि दर्खास्त दिने समयावधि थप गर्ने समेत निर्ण्र्ाागरेको छ । यसैगरी केही समय अघि सदस्यता भेरिफिकेसन कमिटिले छानेका सदस्यहरु, विधान बमोजिम कायम रहेका सदुयहरु, डि.सी. तथा बोष्टन सम्मेलनमा सहभागी सवै सदस्यहरुलाई यस निर्वाचन प्रक्रियामा संलग्न हुन पाउने व्यवस्था पनि साधारण सभाले गरेको छ । एएनएको नाममा रहेको नेपाली मन्दिरको जमीन सोही साधारण सभाले एनसीसीको नाममा हस्तान्तरण गरेको छ ।
यस्तै आइतबार नै सम्पन्न सास्कृतिक कार्यक्रममा टिकट सोल्ड आउट भएको थियो भने डि जे नाइट पनि सम्पन्न भयो । डि।सी एउनए सम्मेलनले अर्को वर्षो एएनए सम्मेलन नेपालीहरुको ठुलो जनघनत्व भएको भनेर परिचित टेक्सस डलसमा गर्ने निर्ण्र्ाागरेको छ । यसैगरी आइतबार पनि विभिन्न फोरमहरु संचालन भएका छन् । अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले युद्ध पछि नेपालको विकासका सम्भावना र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्दै  गर्न सकिने धेरै पक्षहरु हुदा हुदै पनि हामीले स्रोत परिचालन गर्न नसक्दा आर्थिक रुपले पछाडि पर्नु परेको कुरा बताउनु भयो । उहांले खेम भट्टचनद्धारा संयोजन गरिएको नेपालको विकास सम्बन्धीे  कृषिमा सुधार हुनु पर्ने, विजुलीमा लगानि गर्न पर्ने, समावेशी आर्थिक र राजनीतिक ब्यवस्था लागु गर्नु पर्ने, राष्टिय प्राकृतिक सम्पदाको सदुपयोग गर्नु पर्ने, पर्यटनमा जोड दिनु पर्ने जस्ता सुझावहरु दिनु भएको थियो । सोही सभामा कार्यपत्र प्रस्तुत गर्दै डा. सुदीप श्रेष्ठले समुन्नत खेतिको साथै हरेक गाउंमा कोल्ड स्टोर बनाएर एक सिजनमा उत्पादित सामग्री अर्को सिजनमा पनि प्रयोग गर्नँको साथै बजार ब्यवस्था गरि विक्री वितरणमा समेत सहयोग पर्ुयाउन विदेशबाट नेपालीले सहयोग गर्नुपर्ने विचार राख्नु भयो । अन्तक्रिर्याको रुपमा गरिएको सो कार्यक्रममा विभिन्न सहभागीहरुले डा. शर्मा र डा. श्रेष्ठलाई प्रश्न सोधेका थिए ।
ब्ाालबालिकाहरुको कार्यक्रम
    एन एन एको २९ औं वाषिर्क सम्मेलनको अर्को आर्कषक पक्ष थियो, बालबालिकाको किड्स क्याम्प । ५२ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागीता रहेको किड्स क्याम्पमा परिचायत्मक, पेन्टिड. तथा तातो आलु खाने जस्ता रोचक खेलले बालबालिकाहरुलाई निकै उत्साहित र उक्त खेलहरुले उपस्थिती जनसमुदायलाई बालप्रतिभाको महशुस गराएका थिए ।
३ दिन सम्म नियमित संचालित उक्त कार्यक्रमको दोश्रो दिनको शुभारभ्भ नेपाली राष्ट्रिय गीत शुरु भएको थियो । कार्यक्रमको क्रममा टोपी लुकाई, घुम्ने कर्ुर्सर्ीीफि्रजीडं गेम, ओमकार मंत्र र फ्रेडसीप गेम जस्ता खेलले बाल मनस्थितीमा उर्जा थपेको र अन्तिम दिनमा सञ्चालन भएको ब्ाालबालिकाको किडफ्री सो नामक खेल पश्चात बाल सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । अर्जि प्रर्साई, आयोन खनाल, रित संग्रौंला, सम्पदा आचार्य, सगुन आचार्य, कान्ती शिवाकोटी, सन्ध्या अधिकारी, स्वीकार दाहाल, कृति पोख्रेल, आभा श्रेष्ठ, श्रीयसी अधिकारी, आयुसा खनाल र पुजा लगायतका बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए ।
    बाल प्रतिभाको विकास र बाल सहभागीताको पक्षलाई समेटी गरिएको बालकार्यक्रमले अभिभावक र सहभागीहरुलाई भरपुर मनोरञ्जन तथा बाल क्षमताप्रति सम्मान जागृृत गरेको थियो । कार्यक्रमको संचालन गोमा संग्रौलाले गर्नु भएको थियो ।
नेपाली साहित्य प्रतिष्ठानद्धारा घोषणापत्र जारी
नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले प्रथम अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनले आज ए एन ए को सम्मेलन स्थलमा कविता गोष्ठि सम्पन्न भयो ।
कार्यक्रममा साहित्यकारहरु हेम्ान्त श्रेष्ठ, बसन्त श्रेष्ठ, आनन्द प्रसाद शर्मा, सीता पाण्डे, होम नाथ सुवेदी, चन्द्र कमारी नेवा, विश्व मोहन श्रेष्ठ, छेवाड. शर्ेपा लामा, नम्रता गुरागाई, आचार्य, कविता घीमीरे, मीना शाक्य, विनोद रोक्का, गोविन्द सिंह रावत लगायतले हृदयस्पर्शी कविता प्रस्तुत गर्नु भएको थियो । साहित्यकारहरुको सहभागीतामा सञ्चालित कार्यक्रमको सभापतित्व श्री बसन्त श्रेष्ठले गर्नु भएको थियो । महिला साहित्यकार श्री चन्द्रकला नेवारले साहित्यकारहरुको फोटो नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकालाई प्रदान गरेको जानाकारी दिनुभयो ।
३ दिनसम्म चलेको सम्मेलनले १२ सुत्रिय घोषणा पत्र जारी गरेको थियो । जसमा साहित्यकारहरुको उपचार्रार्थ अक्षय कोषको स्थापना, साहित्य कार्यक्रमहरुमा आमन्त्रण गर्दा समान -बरावर) संख्यामा साहित्यकारलाई आमन्त्रण गर्ने विषयहरु समावेश भएका छन । कार्यक्रमको समापन मन्तब्य दिद ै बसन्त श्रेष्ठले अन्तराष्ट्रिय महीला सम्मेलनले गौरवमयर् इतिहास श्रृजना गरेकेा र यस कार्यक्रमले नेपाली भाषा साहित्यको जर्गेना, सेवा, स्तरको गरिमा बढाउनका लागि सबै साहित्य प्रमीहरु एकबद्द हुनुपर्ने विषयमा प्रकाश पार्नु भएको थियो ।
प्रमुख अतिथी श्री आनन्द शर्माले -नेपाली राजदूताबासका प्रतिनीधी)ले साहित्यको श्रृजना एवं कविता गोष्ठिबाट नेपाल र नेपालीको पहिचान एवं साहित्यको विकास गर्न नेपाली दुतावासको सदैव सहयोग रहने मन्त्ाब्यदिनु भयो ।
साहित्यीक कार्यक्रमका उपाध्यक्ष श्री विनोद रोक्काल साहित्यकार र सबै जन समुदायलाई धन्यवाद ज्ञापन गर्न भएको थियो ।
आइतबार नै जनजाति तथा आदिबासीहरुको विशेष फोरम पनि सम्पन्न भयो । उक्त फोरममा बोल्दै एएनए कार्यदलका अध्यक्ष छेवाड शर्ेपा लामाले हामीले पहिले जनजातिवीचमै एकता गर्नु गर्ने अनि नेपाली नेपाली वीचमा एकता खोज्नु पर्ने कुरा बताउनु भयो । सो अवसरमा महिला अधिकारकर्मी विष्णु परियारले सवै नेपालीहरु एक हौं भनेर काम गर्न र विभेद नगर्न अनुरोध गर्नु भयो । 
क्यान यूएस्ाएको आयोजनामा आज यहां भुकम्प जोखिमबाट रोकथाम एवं भूकम्प पश्चात क्षतिको न्यूनीकरण सम्बन्धि एक अन्तरक्रिया संम्पन्न भयो ।
भूकम्पबाट हुने क्षतिको न्यूनीकरण गर्ने र यसको सावधानीका उपायको बारेमा अन्तरकृया सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि डा. शंकर प्रसाद शर्माले अमेरिकामा विभिन्न संस्थाहरुले भूकम्पको जोखिमको रोकथाम र उपचारात्मक कार्यक्रमहरुका लागि नेपाललाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
कार्यक्रममा क्यानका निर्देशक कानुनविद दर्ुगा भर्ुर्तेलले नेपालको पछिल्लो भ्रमणमा नगरकोटमा भएको भुकम्प सम्बन्धी अनुभव र त्यसबारेमा नेपालका राष्ट्रपतिसंगको भेटको स्मरण सुनाउदै भन्नु भयो । भुकम्प ब्यवस्थापनमा ढिलाई भयो भने भावी पूस्ता समेत जोखिममा रहेका छन ।
अर्का निर्देशक वनस्पतीविद प्रबुद्द ढकालले कार्यपत्र प्रस्तुत गर्दे विधमानमा प्रविधिले फड्को मारेको छ र  भवन एवं शहरको व्यवस्थीकरण गर्न संचारको सञ्जाल सुदृढीकरण गरेर भुकम्पको क्षतिलाई न्यूनकरण सकिने धारणा व्यक्त गर्नु भयो ।
एन एन ए अध्यक्ष तथा क्यानका निर्देशक सिमोन ढुंगानाले मानव जगतको हितरक्षाका लागि भूकम्प न्यूनीकरण गर्ने आब्हान गर्नु भयो र्।र्
इन्जिनीयर सन्तोष ढकालले विधमान काठमाण्डौंको भौतिक अवस्थाको चित्रण गर्दे भन्नु भयो, भुकम्प प्रकोप भएमा शहर भित्र उद्दार गर्न समेत सकिदैन, एउटा घर अर्को घरले ढाली दिन्छन र सबै प्रणाली ध्वस्त हुन्छ । अत कतिले त त्यो संभावित पीडालाई ध्यान राखी तर्राईमा बसोबास नै सारेका छन ।
श्री ढकालले अन्य केहि देशमा जस्तो नेपालको राजधानी काठमाण्डौं बाहिर सार्नु पर्ने , संचार ब्यवस्था मिलाउने र बर्तमान देखि नै दर्ीघकालीन योजना बनाउनु पर्नेमा जोड दिनु भयो ।
यसैगरी कविन्द्र सिटौलाको संयोजकत्वमा एएनएको इतिहासमा पहिलो पल्ट आयोजना भएको वरिष्ठ नागरिकहरुको फोरममा अमेरिकी नेपाली वरिष्ठ नागरिक समाजका अध्यक्ष राम मालाकार, दिव्य हाडा, गंगाकुमारी लुइटेल, जगधीश पराजुली लगायतले आआफ्नो विचार ब्यक्त गर्नु भयो ।



- GUNARAJ LUITEL
Media Coordinator
29th ANA Convention, Washington DC, USA 
 मितिः जुलाइ ३ २०११

एएनए डि.सी. भेलाको हिसाव विताव पारदर्शी गरिने
एसोसिएसन अफ नेपालिज इन अमेरिका (एएनए) को २९ औं सम्मेलन भव्य रुपमा सम्पन्न गर्न सहयोग पु¥याउनु हुने अमेरिका र क्यानडा स्थित नेपाली समाजका हरेक संघ संस्था, समुह र व्यक्तिहरु तथा सम्पूर्ण संचार माध्यमहरुलाई सम्मेलन आयोजक समितिको आज बसेको बैठकले आभार र धन्यबाद ब्यक्त गरेको छ ।
बैठकले सम्मेलनको आय तथा ब्ययको प्रारम्भिक लेखाजोखा गर्नुको साथै हिसाव किताबको प्रारम्भिक काम सकिने वित्तिकै एक हप्ता भित्रै पारदर्शीरुपमा घाटा नाफाको वास्तविक स्वरुप जनसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ । यस्तै चांडैनै एक विशेष कार्यक्रमको आयोजना गरी सम्पूर्ण स्वयंसेवक वर्गहरुलाई प्रसंसापत्र वितरण गर्ने निर्णय ग¥यो । 
यस्तै यस पटक नेलाली सामुदायिक पत्रकारिताको विकासमा हौसला पु¥याउने हेतुले एएनएको इतिहासमा पहिलो पल्ट एएनए एक्सिलेण्ट जर्नालिजम अवार्ड पनि प्रदान गर्ने भएको छ । सोही विशेष कार्यक्रममा यो पुरस्कार प्रदान गरिने भएको छ ।
यसैगरी एएनएको इतिहासमा प्रथम पटक संचालित ट्यालेण्ट शोमा प्रथम हुने आस्था श्रेष्ठलाई प्रमाण पत्र र नेपाल जाने आउने हवाई टिकट प्रदान गरिसकिएको छ भने फुटबल तर्फ प्रथम हुने न्यूयोर्क टीमलाई पुरस्कार स्वरुप एक हजार डलर प्रदान गरिएको छ । भलिबलमा प्रथम हुने डिसी ए टीम लगायत अन्य सवै खेलका विजयी समूहलाइ स‌म्मान तथा  प्रमाणपत्र प्रदान गिरएको छ ।

- संचार संयोजक गुणराज लुइंटेल
मिति  जुलाइ ४ २०११

कविता :- 
"कतै मेरो मातृभूमी पनि....!?"
- रामप्रसाद खनाल, भर्जिनिया

आदरणीय आमा, 
उताको किचलो बाध्यताले
विदेशमा "पराया" हुन पुगें
सोचें, उताभन्दा यता राहत पाउँछु कि !
उता, हात हतियार अशान्तिको लडाइँ
जीउ ज्यानको बाजी सधै
यता, हात हतियार बिनाको लडाइँ
एकले अर्कोलाई सिध्याउने खेल
खुट्टा तानातान, इर्श्या डाहाका खेती
त्यता जस्तै यता पनि
गुट, उपगुट, आपसमै लडाइँ
खरानीका लागि आफ्नै घरमा डढेलो !
केही वर्षमात्र भयो आमा
यिनै दोहोरिरहेका दृश्य हेर्दै, विदेशमा हराइरहेको छु
असंख्य पींडा बेदनाले कहराइरहेको छु !
आमा, मैले पहिले सोंच्थे
बिदेसिँदाको पींडाले हाम्रा दाजुभाई, दिदी बहिनीलाई
कति पोलिरहेको होला !
जब आफ्ना अगाडी देखें यहाँ
हरेक जातजाती भाषाभाषीका -आफ्नै संगठन
त्यतिमात्र कहाँ हो आमा !
मेचिदेखि महाकाली सम्मका
जिल्ला, नगर, गाउँका -आफ्नै समाज
तर दुःख अपसोचको कुरा
मैले कमै देखें सवै नेपाली अटाउने समाज
-आफ्नै भाषा बोलेको
नेपाली भाषा, संस्कृति आफ्नो पन छोडेको
चार जात छत्तीस बर्णको फूलबारी नेपाल
सवै नेपालीको प्यारो नेपाली भाषा
आजकल बगरेको रेटाइमा परेको खसी जस्तै
रेटिइरहेको मृत्युको मुखमा छट्पट्याइरहेको देखें मैले
विदेशमा पनि नेपालमा जस्तै
नेपाली भाषा, भेष, धर्म, संस्कृति
उजाड हुँदै गइरहेको भोगें मैले
फेरि, बाइसे चौबिसे राज्यको नेपालको
यहाँ पनि वकालत गर्दै भिडिरहेको देखें मैले
संझिएँ थुप्रै असफल राष्ट्रका कथा व्यथा !
अनि मेरो मुटु काँप्यो
कतै मेरो मातृभूमी त्यस्तै हुँदैन ??

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक