20110710

डाँकाचोरी मुद्धामा फरार रहेका माओवादी जिल्ला सेक्रेटरी अदालतमा

डाँकाचोरी मुद्धामा फरार रहेका माओवादी जिल्ला सेक्रेटरी लालु किसान पूर्जी बुझेको ८० दिनपछि आइतवार जिल्ला अदालतमा हाजिर भएका छन् । अदालतले थुनछेक आदेश पछि नेता किसानलाई आगामी साउन २९ गते उपस्थित हुन तारेख दिइएको छ । डाँकाचोरी मुद्धाका आरोपी लालु किसानसँग बयान पछि जिल्ला न्यायाधिस काशिनाथ अधिकारीले नेता किसानलाई साधारण तारेखमा राखी अनुसन्धान गर्न थुनछेक आदेश गरेका हुन् । प्रहरीले नेता किसान समेत ९ जना माओवादी कर्ताकर्ता विरुद्ध ०६७ चैत ६ गते अदालतमा डाँकाचोरी मुद्दामा अभियोग दर्ता गरेको थियो । अदालतले असार ९ गते सेक्रेटरी किसानलाई ७० दिने म्यादी पूर्जी बुझाएको थियो । अदालतको म्यादी पूर्जीको भाका नाघेको १६ दिनपछि नेता किसान अदालतमा उपस्थित भएका हुन् । 'मलाई अव साउन २९ गते उपस्थित हुनेगरी तारेख थमाईएको छ' अदालतबाट बाहिरिने क्रममा तारेख पत्र देखाउँदै नेता किसानले भने । किसान विहान १०.३० बजे सभासद गमबहादुर श्रीष, जिल्ला इन्चार्ज मित्रशरण शर्मासमेत दर्जन नेता कार्यकर्ताहरु सहित अदालतमा प्रवेश गरेका थिए । प्रतिवादीका तर्फबाट बाग्लुङ्गबाट ल्याईएका अधिवक्ता केशव पराजुलीले बहस गरेका थिए । ०६७ फागुन ३ गते राती बाबियाचौर गाविस-४ र्‍यालेखोरका नरबहादुर गुरुङ्गको घरमा नकाव लगाएका हतियारधारी समुहले १० तोला सुन ४ लाख नगद रुपैया लुटपाट घट्नामा संलग्नता दावि गर्दै प्रहरीले भकिम्ली गाविस-६ घर भएका माओवादीका जिल्ला सेक्रेटरी लालु किसान, उनका पूर्व अङ्गरक्षक कुहुं गाविस-५ का कमल किसान, दरवाङ्ग गाविस-५ का बसन्त रोका र नोकबहादुर रोका, विम गाविस-७ का नरबहादुर जुग्जाली र कलबहादुर जुग्जाली, बाबियाचौर
गाविस-३ का मनबहादुर किसान र दीपेश पुन र कुहुँ गाविस-८ का राजु रन्तिजा विरुद्ध डाँकाचोरी मुद्दा दायर गरेको थियो । नेता किसानले अदालतमा उपस्थित भएपनि मनबहादुर किसान, दिपेश पुन र लेसेक्रेटरीका अङ्गरक्षक कमल किसान बाहेक अन्य प्रतिवादीहरु 'फरार' छन् । पक्राउ परेका कमल किसानले माओवादी जिल्ला नेताको नाम पोलेका हुन् । अदालतमा दायर अभियोग पत्रसँगै पक्राउ परेका कमलले माओवादीका पूर्व कमाण्डर बसन्त रोकाको नेतृत्वमा डाँकाचोरी भएको र बसन्तले झोलामा राखि पठाएको रातो रुमालको पोकोलाई फागुन ७ गते दिउँसो पार्टीको कार्यालयमा ल्याई सेक्रेटरी लालु किसानलाई बुझाएको बयानको भिडियो समेत प्रमाणको रुपमा पेश गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक