20110717

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको अमेरिका बिशेष कार्यक्रम

भानुजयन्ती बिशेष साहित्यिक कार्यक्रम, "राम प्रसाद खनाल साँस्कृतिक साँझ"   सम्पन्न 
  For Photos please click these Links below
 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका तर्फबाट प्रकासित एक प्रेस रिलिजमा भनिएको छ " (अनेसास)को २०औं वार्षिकोत्सव तथा १९८औं भानुजयन्ति यसपटक विविध कार्यक्रमसहित कोलोराडोमा भव्यरुपमा सम्पन्न भएको छ । यही २०११ जुलाई १५, १६ र १७ कोलोराडोको डेन्भरमा आयोजित अनेसास केन्द्रको विशेष कार्यक्रममा पहिलो दिन उद्घाटन कार्यक्रम र स्थानीय कलाकारहरुको सहभागिता सहित वरिष्ठ लोक दोहोरी गायक रामप्रसाद

खनालद्वारा “रामप्रसाद खनाल सांस्कृतिक सांझ” सम्पन्न भयो भने दोश्रो दिन अनेसासको २०औं वार्षिक साधारण सभा सहित साहित्यिक महोत्सव सम्पन्न गरियो । तेश्रो एवं अन्तिम दिन अनेसासको अन्तर्राष्ट्रिय रुपमा वेभक्याम कविता वाचन कार्यक्रम सम्पन्न भयो जसमा अमेरिका, वेलायत, क्यानाडा, नेपाल लगायत विश्वका धेरै मुलुकमा कवि तथा कवयित्रीहरु सहभागि भएका थिए ।

पहिलो दिन (जुलाई १५):
पहिलो दिनको कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष एवं वर्तमान बिओटिका चेयरम्यान साहित्यकार होमनाथ सुवेदीले तिनदिने कार्यक्रमको समुद्घाटन गर्नुभयो, उक्त उद्घाटन समारोहमा बोल्दै श्री सुवेदीले अनेसासको यो कार्यक्रमले एउटा नयां इतिहास रचेको र यो क्रमलाई अझ अघाडि बढाउनुपर्ने बताउनुभयो । उपस्थित सबैलाई स्वागत गर्दै केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले अनेसासमा कुनै आन्तरिक विवाद नरहेको, यो संस्था नियम र विधानअनुरुप नै चलिरहेको र जनचाहना अनुरुप अबदेखि यसलाई अझ सशक्त ढंगले अघि बढाइने समेत बताउनुभयो ।
यसै समारोहको अवसरमा प्रकाशित विश्वपरिक्रमा पत्रिकाको कोलोराडो विशेषांक विमोचन गर्दै नेपालका वरिष्ठ कवि विश्वबिमोहन श्रेष्ठले अनेसासको गतिविधी र यसको कृयाशिलताले नेपाली भाषा साहित्यमा विश्वभर एउटा नयां आयाम थपेको छ भन्दै अनेसासको प्रशंसा समेत गर्नुभयो । सो अवसरमा वरिष्ठ साहित्यकार एवं विश्वपरिक्रमाका सम्पादक गोविन्द गिरी प्रेरणा, स्थानीय नेपाली समुदायको संस्थाहरु रक्कीमाउण्टेन फ्रेण्ड्स अफ नेपाल तथा नेपाली घरका अध्यक्षहरु क्रमशः सुरेन्द्र श्रेष्ठ र नारायण श्रेष्ठ सानुले आ–आप्mना मन्तव्य सहित कार्यक्रमलाई शुभकामना दिनुभयो भने यस समारोहका प्रमुख संयोजक समेत रहनुभएका अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माले धन्यवाद ज्ञापन गर्नुभयो ।
कलाकारहरु निर्मल प्याकुरेल र कृष्णमुरारी ढुंगेलद्वारा संचालित प्रथम दिनको उक्त सांस्कृतिक सांझमा स्थानीय कलाकारहरु सीमा पोखरेल कार्किको सुमधुर गायन एवं प्रिती आचार्य, नीति आचार्य, अविशेक भण्डारी, नवोदिता के.सी. र विभा अधिकारीको रोचक नृत्य सहित लोकप्रीय लोकदोहोरी गायक रामप्रसाद खनालको हृदयस्पर्शी गोकगीतहरुको प्रस्तुति रहेको थियो ।

दोश्रो दिन (जुलाई १६):
दुई चरणमा विभाजित दोश्रो दिनको कार्यक्रमको पहिलोचरणमा अनेसासको २०औं वार्षिक साधारणसभा सम्पन्न गरियो । केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले अध्यक्षता गर्नुभएको सो वार्षिक साधारणसभामा बिओटिका चेयरम्यान होमनाथ सुवेदीले अनेसासको इतिहास, वर्तमान र भविश्यको बारेमा कार्यपत्र पेश गर्दै वर्तमान नेतृत्वको अग्रगामी कार्यशैलीप्रति खुशी तथा आशा व्यक्त गर्नुभयो । महासचिव गीता खत्रीले समाजको वार्षिक प्रगति विवरण तथा समाजका कोषाध्यक्षको अनुपस्थिति रहेकोले न्यूयोर्क च्याप्टरका कोषाध्यक्ष राम खत्रीले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । सभालाई सम्बोधन गर्दै अध्यक्ष गदालले विगतमा अनेसासको आन्तरिक विवादसम्बन्धी बजारमा फैलिएका अनावश्यक हल्ला निराधार हुन् भन्ने कुरा स्पष्ट पार्दै अनेसासलाई सबैको प्रीय र मर्यादित संस्थाका रुपमा स्थापित गर्ने आकांक्षा बोकी वर्तमान केन्द्रीय कार्यसमिति अघि बढिरहेको र यसका लागि सबै विद्वान महानुभावहरुबाट रचनात्मक सहयोगको अपेक्षा समेत गरिएको बताउनुभयो ।
सोही दिनको दोश्रो चरणको कार्यक्रममा बृहत साहित्य महोत्सव सम्पन्न गरियो । वरिष्ठ कवि तथा कथाकार शैलेन्द्र साकारको सभापतित्व तथा नेपालबाट आउनुभएकी बरिष्ठ साहित्यकार एवं गायिका चन्द्रकला नेवार प्रमुख अतिथि रहनुभएको सो समारोहमा पुस्तक विमोचन, वाल कविता प्रतियोगिता, वयस्क कविता वाचन, समाजका नवनिर्मित आजीवन सदस्यहरुलाई स्वागत एवं प्रमाणपत्रहरु वितरण सहित विभिन्न वक्ताहरुको मन्तव्य प्रस्तुत समेत गरिएको थियो । जसअनुरुप साहित्यकार होमनाथ सुवेदीद्वारा लिखित सानो नेपाल डायस्पोरामा नामक पत्रसाहित्यको संग्रह कार्यक्रमका सभापतिले गर्नुभयो भने सो कृतिमाथि वरिष्ठ साहित्यकार विश्वविमोहन श्रेष्ठले समिक्षा गर्नुभयो । कार्यक्रमका प्रमुख संयोजक पदम विश्वकर्माले स्वागत गर्नुभएको उक्त समारोहको वक्ताहरुमा डा. विजयराज शर्मा, मनु ब्राजाकी, गोविन्द गिरी प्रेरणा, राम प्रसाद खनाल, राम खत्री आदि हुनुहुन्थ्यो ।
साहित्यकारहरु आचार्य प्रभा, गीता खत्री र भुपेन्द्र महत निर्णयकर्ता रहेको वाल कविता प्रतियोगितामा शास्वत प्याकरेल प्रथम र सुचित शर्मा द्वितीय घोषित भएका थिए, सो प्रतियोगिताको पुरस्कार राशी विजयदेव अधिकारी र सुशिल त्रिपाठीले प्रायोजन गर्नुभएको थियो । वयस्क कविता वाचन गर्ने कविहरुमा शैलेन्द्र साकार, चन्द्रकला नेवार, मनु ब्राजाकी, विश्वविमोहन श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, ज्ञानेन्द्र गदाल, होमनाथ सुवेदी, गीता खत्री, आचार्य प्रभा, विजयराज शर्मा, रामप्रसाद खनाल, प्रमिला शर्मा, मिना पौडेल, भुपेन्द्र महत, साबु कार्की, देव भटराई सहित दर्जनौ कविहरु हुनुहुन्थ्यो । सोही समारोहमा कोलोराडो च्याप्टरमार्फत बनिएका अनेसासका १२ जना आजीवन सदस्यहरुलाई अनेसासका केन्द्रीय अध्यक्षले खादा तथा बिओटिका चेयरम्यानले प्रमाणपत्र वितरण गरि वहांहरुलाई अनेसासमा स्वागत गर्नुभयो ।
सोही अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले भानुजयन्तिको अवसर पारेर सम्पन्न गरिने अनेसासको साधारणसभा सहितको भेलालाई समाजको बार्षिक सम्मेलनको रुपमा बिकास गरी हरेक बर्ष भिन्नाभिन्नै ठाउंहरुमा यसको आयोजना गरिने निर्णय अनुरुप पहिलोचोटि अमेरिकाको राजधानीबाहिर कोलोराडो च्याप्टरको सक्रियतामा डेन्भरमा आयोजना भैरहेको चर्चा गर्दै आगामी बर्ष २०१२ मा हुने अनेसास केन्द्रको २१औं बार्षिक सम्मेलन तथा १९९औं भानुजयन्ति अनेसास प्mलोरिडा च्याप्टरको सक्रियतामा प्mलोरिडामा हुने निश्चित भएको समेत घोषणा गर्नुभयो ।
कलाकार निर्मल प्याकुरेलले संचालन गर्नुभएको चार घण्टासम्म चलेको उक्त साहित्यिक कार्यक्रममा अमेरिकाको विभिन्न राज्यसहित नेपालबाट पाल्नुभएका विशिष्ठ साहित्यकारहरु, पत्रकारहरु सहित कोलोराडोबासी नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तेश्रो दिन जुलाई १७:
कार्यक्रमको तेश्रो दिन जुलाई १७ का दिन अन्तर्राष्ट्रिय स्तरमा वेभ कविताबाचन कार्यक्रम सम्पन्न गरियो । विभिन्न अनलाइन मिडियाहरुले प्रत्यक्ष प्रसारण गरेको उक्त भिडियो कवितावाचन कार्यक्रममा केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालले कोलोराडोबाट सभापतित्व, बिओटी चेयरम्यान होमनाथ सुवेदीले डिसीबाट स्वागत मन्तव्य तथा कार्यक्रमका प्रमुख संयोजक डा. शिव गौतमले वोष्टनबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो भने अर्का प्रमुख संयोजक कुसुम ज्ञावलीले क्यानाडाबाट प्राविधिक नियन्त्रण सहित कार्यक्रम संचालन गर्नुभएको थियो । सो कार्यक्रममा विभिन्न देशबाट कवि तथा कवयित्रीहरुले वेभबाट आआप्mना कविता प्रस्तुत गरेका थिए ।
यसरी विविध तिनदिने कार्यक्रमसहित फरक ढंगबाट अनेसासले यसपटक आप्mनो बार्षिक साधारणसभा तथा भानुजयन्ति मनाएर अनेसासको विकासमा एउटा ईंटा थप गरेको छ । यो बार्षिक महोत्सव सम्पन्न गर्न अनेसास कोलोराडो च्याप्टरले देखाएको चासो र सक्रियताको सराहना गर्दै समारोहको संयोजक समेत रहनुभएका च्याप्टरका अध्यक्ष पदम विश्वकर्माज्यू लगायत च्याप्टरका सबै पदाधिकारीहरुलाई केन्द्रीय कार्यसमिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
स्मरण रहोस्, विश्वभर रहेकाका अनेसासका च्याप्टरहरु सबैले छुट्टाछुट्टै रुपमा १९८औं भानुजयन्ति मनाएका छन् र मनाइरहेका छन् ।"










































अमेरिकाको डेन्भर कोलोराडोमा गरिएका कुराकानीहरु

 अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष्य ज्ञानेन्द्र गदाल, कोलोराडो च्याप्टर अध्यक्ष्य पदम बिस्वकर्मा, बरिस्ठ कलाकार एबम अन्तराष्ट्रिय कलाकार मन्च का कोसाध्यक्ष्य कृष्णमुरारी ढुंगेल, बरिस्ठ साहित्यकारहरु बिस्वबिमोहन श्रेष्ठ, गोबिन्द गिरी प्रेरणा सँगका कुराकानी भिडियोमा हेर्नुस् !       

एकै छिन अमेरिकाको कोलोराडो घुम्दै नेपाल सम्झने कि !


1 comment:

  1. hi this is good orngantion it is very good i like this programme

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक