20110721

प्रहरीका हाकिमहरु भटाभट कारागार को चिसो छिँडिमा !

एआईजी मदनबहादुर खड्कासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ । उक्त रकम बुझाउन नसकेपछि उनलाई साँझ नै डिल्लीबजार कारागार चलान गरिएको छ । बिहीबार दिउँसो बबरमहलस्थित विशेष अदालतमा खड्का बयान दिन आएका थिए । सुडान घोटालामा खड्कासहित तीन पूर्व प्रहरी महानिरीक्षकसमेत गरी ३६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।विशेष अदालतमा बयानका लागि उपस्थित हुने उनी सातौं प्रहरी अधिकारी हुन् । यसअघि पूर्व प्रहरी महानिरीक्षकहरु हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी, पूर्व एआईजी दीपेन्द्रबहादुर विष्ट, निलम्बित एसएसपी श्यामबहादुर खड्का र डएसपी दिनेश केसीले अदालतले तोकेको धरौटी बुझाएर रिहा भएका छन् । गुरुङले ५, ठकुरीले ७, विष्टले एक करोड, खड्काले ७० लाख र केसीले ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन् । घोटालाका आरोपी निलम्बित डिएसपी प्रकाश अधिकारी भने बुधबार अदालतले तोकेको १५ लाख धरौटी बुझाउन नसकेपछि थुनामा छन् । सुडान घोटाला प्रकरणमा अख्तियारले तीन पूर्वप्रहरी प्रमुखसहित ३६ जनाविरुद्ध जेठ तेस्रो साता विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरू सबै मिलेर २८ करोड ८१ लाख ६१ हजार रुपैयाँबराबरको भ्रष्टाचार गरेको आयोगको अभियोग छ । अनुपातका हिसाबले यो हालसम्मकै सबभन्दा ठूलो भ्रष्टाचार अभियोग हो ।  अभियोग लागेकामध्ये इन्स्पेक्टरदेखि पूर्वप्रमुखसम्मका ३४ प्रहरी अधिकारी छन् । सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका प्रहरीका लागि आवश्यक सामग्री र यातायात साधन खरिद तथा ढुवानीको ठेक्का उक्त कम्पनीले लिएको थियो ।
 हार्दिक समबेदना
हाम्रा परम मित्र, पत्रकार, समाजसेबि नेता तथा अमेरिकामा नेपाली ब्यबसायी हेम पाठककी श्रध्देय सासु, आदरणिय भाउजु सरिता पाठक कि मामातामयी आमा लक्ष्मीदेबी भेटवालको ७८ बर्षको उमेरमा हृदयगती बन्द भै दु:खद निधन भएको खबरले हामी र हाम्रो परिवार स्तब्ध छ। यस शोकको घडी मा स्वर्गिय आत्माको चिर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौँ ।
         - रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मन्च समस्त परिवार      श्रद्घाञ्जली
-चेतन प्रसाद सिटौला तथा परिवार
श्रद्घाञ्जली स्व.लक्ष्मीदेवी भेटवाललाई शहश्र श्रद्घाञ्जली ।
प्राप्त होस् परमधाम, गंगाजलार्पण छ कोटी अञ्जुली ।।
       

न त जल्छ अग्नीले आत्मा, न त झरी भिजाउँछ ।
न त उडाउँछ हुरीले तिन्लाई, न त भेल नै बगाउँछ ।।
न त थुन्न सकिन्छ आत्मा, सकिन्न नास्न पनि कसैगरी ।
जिर्ण देह त्यागी गर्छ प्रवेश नयाँमा, चर्खा घुम्छ यसैगरी ।।

श्रद्घाञ्जली पुण्यात्मा, तिमीलाई शहश्र श्रद्घाञ्जली ।
प्राप्त होस् परमधाम, पुष्पार्पण गर्छु कोटी अञ्जुली ।।

न त कोही रोक्न सक्दछ आत्मा, प्यारी माताको भनी ।
छोडीजान्छ देहलाई आत्मा, आफैले बास गरेता पनि ।।
न त देख्न सकिन्छ आत्मा, आफ्नो जति नै प्रिय भएपनि ।
व्यर्थ छ मोहमा डुब्नु, जो कोहिको जन्म वा मरणमा पनि ।।

श्रद्घाञ्जली मुतात्मा, तिमीलाई शहश्र श्रद्घाञ्जली ।
प्राप्त होस् परमधाम, शव्दार्पण गर्छु कोटी अञ्जुली ।।

माता भनी मान्ने कस्लाई, आत्मा वा देहलाई अनि ।
माटोसरी भैगयो देह, आत्मा त झन छोडीगयो नी ।।
जिवन एक यात्रा हो भन्ने, यो त एक सर्वसत्य छ ।
साथमा जान्छ पापधर्म, अरु त सबै यहि छुट्दछ ।।

श्रद्घाञ्जली स्व.श्रीपितृदेवी, हजुरलाई शहश्र श्रद्घाञ्जली ।
प्राप्त होस् परमधाम, द्रव्यार्पण गर्छु कोटी अञ्जुली ।।

चर्खा झै घुम्दछ आत्मा, कोटी जुनीहरुमा जसरी ।
फेर्दछ फ्याली जिर्ण बस्त्र, नयाँ बस्त्र लगाए जसरी ।।
हिजो कसैका नाता थिए यी आत्मा, आज हाम्रा भएका थे ।
हुन्छन भोली कसैका नाता यी, यसरी नै चर्खा घुमीरहन्छ हे ।।

श्रद्घाञ्जली पुण्यात्मा, तिमीलाई, शहश्र श्रद्घाञ्जली ।
प्राप्त होस् परमधाम, चन्दनार्पण गर्छु कोटी अञ्जुली ।।

न त हर्ष वा शोक गर्छ, विद्घतबर्ग कुनै क्षणमहाँ ।
सन्तुलनको नामै जिवन हो भन्छन, श्रीकृष्ण गीतामा ।।
बसेथ्यौ पाटीरुपी देहमा हिजो, अकस्मात उषासगै गइगयौ ।
बोलाउथ्यौ विभिन्न नाताले तिम्लाई, सवै विर्सी विराना भयौ ।।

श्रद्घाञ्जली पितृदेवी, तिमीलाई शहश्र श्रद्घाञ्जली ।
प्राप्त होस् परमधाम, गहुुँतार्पण गर्छु कोटी अञ्जुली ।।

पञ्चतत्वबाट निर्मित यो प्राणी, त्यसैमा गइ मिल्दछ ।
जन्मनुमर्नु एक चर्खा मात्र हो, यो त अटल सत्य छ ।।
माया मोह सबै बन्धन त्यागी, आफ्नो मार्ग सुधार है ।
कोटी विन्ती गछौं प्रभुमा पनि, पुण्यात्मालाई लैजाउ है ।।

श्रद्घाञ्जली स्व.लक्ष्मीदेवी, हजुरलाई शहश्र श्रद्घाञ्जली ।
प्राप्त होस् परमधाम, अमृतार्पण गर्छु कोटी अञ्जुली ।।

चढाउछु श्रद्धाञ्जली म ऐले, स्वीकार मेरा शव्द मञ्जरी ।
सवैकुरा विर्सेर जाउ परमधाम, विन्ती गर्दछु म घरीघरी ।।
श्रद्घाञ्जली छ पुण्यात्मा, तिमीलाई शहश्र श्रद्घाञ्जली ।
बास होस परम्धाममा, गंगाजलार्पण गर्छु कोटी अञ्जुली ।।

-६४०३ म्याककोय रोड
सेन्टरभिल, भर्जिनिया, २०१२१, संयुक्त राज्य अमेरीका ।






 
          

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक