20110721

यस्तो दु:खद र हृदय बिदारक दुर्घटना कहिलै हेर्नु नपरोस !

Breaking news Video........
एक्कासी बाढी आउँदा  पिक्निक बाट फर्कदै गरेका पाँचजनाको यसरी हेर्दाहेर्दै जिबन लीला समाप्त भयो कस्तो संयोग हेर्नुस त !  
Patalpani Accident, Indore India (Live)
Three members of a family were drowned as flash flood caused a sudden flow of water in the famous Patalpani waterfall near Indore. Patalpani waterfall is a famous picnic spot near Indore, and the Rathi family
members, who had gone there to enjoy a quiet Sunday, had no inkling of a disaster awaiting them. The water current caught all the five people & three of them Chhavi, Chandrashekhar & Mudita downed dead, while local people rescued Mudita's brother and another youth. The video was taken by a local tourist Gaurav Patidar.>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (हाल यो पत्रिका केबल Online Version मा प्रकाशित हुन्छ) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा अब यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। यो नाम अनुसार नै निस्पक्ष भएर समाचार र बिचार सम्प्रेसण गर्नेछ । ** Chief Editor : Ram Prasad Khanal, Editor : Rishi Khanal, Email : rampdkhanal@gmail.com, info@nepalmother.com ----------------------------------------------------------------------------------------------------------------------------------

Thursday, July 21, 2011


तीन उपाध्यक्ष, महासचिव रामबहादुर थापा र सचिव सीपी गजुरेलसमेत अध्यक्ष प्रचण्डका विरुद्धमा उभिएपछि प्रचण्ड असजिलोमा !

 नेकपा (माओवादी) का तीन जना उपाध्यक्ष र महासचिवले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ँघेराबन्दी’ गरेर पार्टी सामूहिक नेतृत्व र जिम्मेवारी बाँडफाँडमा बाध्य पार्ने भएका छन्। पार्टीेन्द्रीय समितिको लगातार बैठक स्थगित भइरहेको समयमा बुधबार उपाध्यक्षहरू डा. बाबुराम भट्टर्राई, मोहन व्ौद्य र नारायणकाजी श्रेष्ठ तथा महासचिव रामबहादुर थापाबीचमा अध्यक्ष प्रचण्डलाई सामूहिक नेतृत्वमा जाने र जिम्मेवारी बाँडफाँडमा जान बाध्य बनाउने सहमति कायम गरेका छन्। अध्यक्ष प्रचण्डले आफू विरुद्ध उपाध्यक्षहरू र महासचिवसमेत लाग्नुलाई ँघेराबन्दी’को संज्ञा दिँदै आउनुभएको छ। ललितपुरको धोबीघाटस्थित सिर्द्धार्थ कटेज रेस्टुरेन्टमा बुधबार भएको भेटघाट र छलफलमा पार्टी रूपान्तरण हुने गरी अगाडि बढ्ने विषयमा छलफल र सहमति भएको उपाध्यक्षहरू वैद्य र श्रेष्ठले जानकारी दिनुभयो। तीनै जना उपाध्यक्ष, महासचिव र अन्य केन्द्रीय सदस्यसमेत अबको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डको व्यक्तिवादी शैली, नेतृत्व वा पदाधिकारीहरूलाई फुटाएर सधंै शक्तिमा रहिरहने चतुर्याइँ, पार्टीको अपारदर्शी आर्थिक व्यवस्थालगायतका
विषयमा एक भएर जाने भएका छन्। अध्यक्ष प्रचण्डले भने बुधबार आफू निकट नेताहरूसँग आŠनै निवासमा छलफल गर्दै आफूले शान्ति र संविधानका लागि प्रतिबद्ध भएर काम गर्न लागिरहेकोे बेला घेराबन्दी गरी शान्ति र संविधानको कामलाई अलपत्र पार्ने षड्यन्त्र हुन लागेको भनी चिन्ता व्यक्त गर्नुभएको थियो। पार्टी तीन उपाध्यक्ष, महासचिव रामबहादुर थापा र सचिव सीपी गजुरेलसमेत अध्यक्ष प्रचण्डका विरुद्धमा उभिएपछि प्रचण्ड असजिलोमा पर्नुभएको छ। ती नेताहरूले पार्टी संसद्को नेतृत्व फरक-फरक व्यक्तिले गर्नुपर्ने माग गर्न थालेका छन् र उपाध्यक्ष भट्टर्राई संसदीय दलको नेता बन्ने सम्भावना देखिएको छ तर प्रचण्ड पक्षले


अमेरिकाको नेपाल जस्तै सुन्दर शहर डेन्भर कोलोराडोमा हालै "राम प्रसाद खनाल साँस्कृतिक साँझ" भब्य रुपमा सम्पन्न

 अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय समिती र कोलोराडो च्याप्टर अमेरिकाको आयोजनामा अमेरिकाको नेपाल जस्तै सुन्दर शहर  डेन्भर कोलोराडोमा हालै "राम प्रसाद खनाल साँस्कृतिक साँझ" भब्य रुपमा सम्पन्न भयो। समाज को बिसौँ वार्षिक साधारण सभा तथा १९८ औं भानु जयन्तिका अबसरमा आयोजित उक्त बिशेष साँस्कृतिक साँझमा अन्तराष्ट्रिय कलाकार मन्च का केन्द्रिय अध्यक्ष्य एबम नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका हस्ती राम प्रसाद खनाल ले उपस्थित दर्सकहरुलाई आफ्ना करिब एक दर्जन लोकगीतहरु गाएर भरपुर मनोरन्जन गराउनुभएको थियो । कार्यक्रमको सन्चालन बरिस्ठ कलाकारहरु कृष्णमुरारी ढुंगेल र निर्मल प्याकुरेलले गर्नुभएको थियो भने अध्यक्ष्यता अनेसासका अध्यक्ष्य ज्ञानेन्द्र गदाल

Wednesday, July 20, 2011


विचारविहीन हालतको काङ्ग्रेसले अझै पनि आफ्नो मार्गदर्शक नेताका रूपमा बीपीको नाम उच्चारण गर्छ भने त्यो पाखण्डबाहेक केही हुन सक्दैन

-देवप्रकाश त्रिपाठी
राजनीतिमा विचारविहीनताको कल्पना गरिँदैन । एक समय पृथ्वीमा विचारको साम्राज्य फैलाउने होड थियो, खासगरी अठारौँ र उन्नाइसौँ शताब्दीमा विचारको उत्पादन र विस्तारले पर्याप्त महत्त्व पाएको हो । बीसौँ शदीको मध्येतिरबाट भने संसारमा विज्ञान र भौतिक सुविधाको चरम विकासले क्रमश: विचारलाई ओझेल पार्दै लग्यो र एक्काइसौँ शताब्दीको प्रारम्भसँगै यहाँ अर्थको प्राधान्य स्थापित भएको छ । अर्थले मानिसको सामाजिक, सांस्कृतिक र राजनीतिक क्रियाकलापमा समेत निर्णायक तहको प्रभाव पार्न थालेको छ । माक्र्सवादको उदयपश्चात् राजनीति र समाजमा पूर्वस्थापित मूल्य एवम् मान्यता धराशायी हुन पुगे । माक्र्सवादलाई आधार बनाएर रसियामा कम्युनिस्टहरूले राज्यसत्तामा सम्पूर्ण नियन्त्रण कायम गरेपछि उदार प्रजातान्त्रिक विचार दर्शनमा धेरै ठूलो धक्का पुगेको महसुस गरियो । युरोपमा उदार प्रजातान्त्रिक विचार-दर्शनअनुरूप चलेका मुलुकले समेत समाजवादी अवधारणालाई समेट्नुपर्‍यो । प्रजातान्त्रिक समाजवादी विचारको अभ्युदय हुनुमा माक्र्सवादी आन्दोलनको दबाब र प्रभाव रहेको सत्यलाई धेरै विद्वान्हरूले स्वीकार गरेका छन् । सात दशक लामो अन्तरालमा रसियापछि चाइना र करिब दुई दर्जन मुलुकमा माक्र्सवादमा आधारित राज्यसत्ता स्थापना
भए । सन् नब्बेको दशकमा रसियाको कम्युनिस्ट राज्यसत्ता धराशायी भएपछि क्रमश: कम्युनिस्ट शासनहरू ढल्दै मात्र गएनन्, कम्युनिस्ट शासन नागरिक स्वतन्त्रता र आर्थिक विकासको बाधक भन्ने निष्कर्ष पनि स्थापित भयो । चाइनामा माओ त्से तुङको निधनपश्चात् उदय भएको देङ सियाओ पिङको नेतृत्वले सुधारको प्रक्रिया सुरु गर्दै पुँजीवादमा आधारित आर्थिक नीति अवलम्बन गर्‍यो । अहिले चाइनामा राजनीतिक नियन्त्रण कम्युनिस्ट पार्टीको हातमा कायम राखिए पनि अर्धखुला अर्थनीति अपनाइएको छ । कम्युनिस्ट पार्टीको

Wednesday, July 13, 2011


आतंकबादी हमलामा थुप्रैको ज्यान गयो, सयौँ घाइते, भारतमा हाइ अलर्ट !



माओवादी भित्रै अल्पमतमा परेका प्रचण्डद्वारा शेर बहादुर देउबा लाई प्रयोग गरी काङ्रेस फुटाउने खेल, हेरौं अब के के हुने हो !

नेपाली काङ्गे्रस संसदीय दलको नेता बन्न शेरबहादुर देउवाले निर्णायक प्रयास गर्नुभएको छ। संसदीय दलको नेता नबनेसम्म अवसर आए पनि आफू प्रधानमन्त्री बन्न नसक्ने भएपछि देउवा उक्त पद हात लगाउने अन्तिम प्रयत्नमा जुट्नुभएको हो। त्यस निम्ति देउवाले संसदीय दलका नेता रामचन्द्र पौडेलका विरुद्ध अविश्वासको प्रस्ताव राख्न हस्ताक्षर अभियान सुरु गर्नुभएको छ। काङ्गे्रसका एक सय तेह्र सभासद्हरूमध्ये छत्तीसजनाले हस्ताक्षरसमेत गरिसकेको बुझिएको छ। केही सभासद्हरूले चाहिँ एकजनाले बहुमत पुग्न नसकेमा आफू दस्तखत गर्न तयार रहेको वचन देउवालाई दिएका छन्। त्यसरी वचन दिनेहरूको सङ्ख्या एघार पुगेको बताइन्छ। तर, देउवाले दस्तखत गराउँदा केही सभासद्हरूले आफूलाई झुक्याएको बताएका छन्। बुढानीलकण्ठस्थित आफ्नो निवासस्थानमा सभासद्हरूलाई चिया पिउन भनी बोलाएको र उपस्थिति भनी दस्तखत गराएर पछि अविश्वास प्रस्तावको व्यहोरा जोडेको आरोप 'ती' सभासद्हरूको छ। सभासद् लीला सुब्बाले त आफूलाई देउवाले कसरी झुक्याए भन्ने कुराको जानकारी पार्टीको उच्च तहलाई समेत गराइसकेकी छिन्। पार्टी नेतृत्वले यस विषयलाई गम्भीरताका

Monday, July 11, 2011


भविष्य नभएको कांग्रेस र 'लिङ्ग' नछुटिएको एमालेले के गर्लान्?

– युवराज घिमिरे
(यो लेखक को निजी बिचार हो - सम्पादक )
विश्वका विभिन्न राजनीतिक तथा सामाजिक चिन्तकहरूले अलग अलग सन्दर्भमा सिद्धान्त र आदर्शको मात्र हैन इतिहास र राज्यकै अन्त्य अथवा असान्दर्भिकताको घोषणा गरेका छन्। उनीहरूको त्यो व्याख्या र निष्कर्षलाई शाब्दिक अर्थमा नलिएर वृहद् विश्व परिवेश र विश्व शक्तिको उदय, पतन र त्यहाँ उब्जिन सक्ने समस्या अनि सम्बन्धित मुलुक बाहिर त्यसले जन्माउन सक्ने द्वन्द्व तथा त्यसका अपेक्षित परिणामका आधारमा हेरिनु आवश्यक हुन्छ। तर नेपालका सन्दर्भमा हामी के पाउँछौं? यहाँ असाध्यै क्रान्तिकारी नाराहरू घन्किदै छन्। नेताहरूले बोल्न छाडेका छैनन्। राज्य र राज्य व्यवस्था पतनोन्मुख देखिन्छ। जनता चिढिएका छन्, तर बोलिरहेका छैनन्। हिजो राजा र दरवार अगाडि लम्पसार पर्नेहरू आज त्यही रुपमा माओवादीसमक्ष समर्पणको नीति अपनाएका छन्। हिजो राज्य र माओवादी भिडन्तका समयमा माओवादीले चलाएको 'गोलीबाट घाइते पिंडौंला देखाउँदै प्रमोशन खाने सुरक्षाकर्मी आज 'म तपाईहरूले रोपेकै बिरुवा हँु' भन्दै माओवादी नेतृत्वसँग सेवा विस्तारको याचना गरिरहेका छन्। नेपाली कांग्रेसमा राजनीतिक सिद्धान्त मरिसकेको छ। उसले नेपालको भविष्यसँग आफ्नो

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा , August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा ! तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! 


अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !


हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता ,  *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता        
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

Sunday, July 10, 2011


१५ बर्ष नियमित प्रकाशन भएको निस्पक्ष राष्ट्रिय साप्ताहिक नेपाल मदर डट कम सँगै अन्लाइन भर्सनमा अमेरिकाबाट प्रकाशन शुरु !

२४ बर्षको सक्रिय पत्रकारिता जीबनमा मैले राष्ट्रिय पत्रपत्रिका देखी रेडियो नेपाल, नेपाल टेलिभिजन, आफ्नै १५ बर्ष नियमित प्रकाशन भएको निस्पक्ष राष्ट्रिय साप्ताहिक मा प्रधान सम्पादक को गहन जिम्मेवारी निभाएँ । बिगत ३ बर्ष यता अमेरिकाबाट अन्लाईन न्युज साइट नेपाल मदर डट कम पनि चलाइरहेको छु । आज अचानक मैले १५ बर्ष नियमित प्रकाशन गरेको निस्पक्ष राष्ट्रिय साप्ताहिक को झझल्को आयो । यो पत्रिका लोकप्रिय को साथसाथै मलाई पत्रकारितामा खारेर पत्रकार बनाउन मा अग्रणी थियो । यसो सोँचे म अमेरिका आएपछी मैले यसको प्रकाशन बन्द गरेर अन्याय पो गरेँ कि, त्यसैले आज देखी यसलाई नेपाल मदर डट कम सँगै अन्लाइन भर्सन मा प्रकाशन शुरु गरेको छु। मेरा आज देखी ४ छोरा छोरी भए, एउटा छोरा, एउटा छोरी, अर्को चाँही नेपाल मदर, पछिल्लो चाँही उही पुरानो मेरो प्राण निस्पक्ष राष्ट्रिय साप्ताहिक । यि सबै लाई मैले सक्दो मल जल गरेर राख्ने प्रयास गर्ने छु । मेरा छोरा र छोरी म आफै पाल्ने छु तर नेपाल मदर डट कम र निस्पक्ष पाल्न तपाईंको पनि खुराक र सहयोग चाहिन्छ है !  बिदेशको ब्यस्त जिबन, समय र श्रोतको पावन्दी, जानेर पनि, चाहेर पनि गर्न नसकिने बाध्यताका कारण हामीले नेपाल मदर र निस्पक्ष दुबै लाई धेरै समय दिन, साँच्चैकै ब्यबसायिक बनाउन कठिन छ। तर पनि हामीले सक्दो प्रयास गरेर यी दुबै साइटलाई तपाईं सामु पस्किरहने छौं, तपाईंहरुको साथ पाइरहने आशा एबम विश्वाश साँचेका छौं ।          - रामप्रसाद खनाल

एउटा अत्यन्त सुखद समाचार : नेपाली मुलका दर्शन रौनियार अमेरिकाको वाशिङ्टन स्टेटबाट अमेरिकी सँसदमा डेमोक्रेटिक पार्टीबाट उमेदवार


दर्शन रौनियार सँगको पहिलो नेपाली बिशेष भिडियो अन्तर्वार्ता !


नेपाल प्रहरीको सुडान प्रकरण र ह्वेल माछाहरू !

-शिवजी श्रेष्ठ
नेपालको सम्पूर्ण भ्रष्टाचार प्रभावित क्षेत्रमा नै सकारात्मक भूकम्प ल्याउने आशा गरिएको नेपाल प्रहरीको सुडान प्रकरण त्यसविपरीत नेपाल प्रहरीमा समेत नकारात्मक प्रभाव छाड्ने आशङ्कामा परिणत हुने सम्भावना बढ्दो छ । सबैले सरल भाषामा बुझेको कुरा, राजनीतिक नेतृत्व -गृहमन्त्री) अनि प्रशासनिक नेतृत्व -गृहसचिव)को संलग्नतालाई अख्तियार नेतृत्वले ठाडै बचाव गरेको छ । यति ठूलो काण्डमा राजनीतिक नेतृत्वको संलग्नताको तत्कालीन अपरिहार्यतालाई नजरअन्दाज गरिनुप्रति सर्वत्र चासोको विषय नै हो । आजभन्दा लगभग पच्चीस -२५) वर्षअगाडि तत्कालीन रापंस -पछि ने.कां.सांसद) गम्भीरजंग कार्कीले डीबी लामा, भरत गुरुङ काण्डको प्रसङ्गमा राष्ट्रिय पञ्चायतको शून्य समयमा भनेका थिए, ‘समात्ने नै हो भने डिल्लीबजारको ओरालोको ह्वेल माछा -शरदचन्द्र शाह)लाई समात्नुपर्छ, हिले र बुदुना माछालाई मात्रै समातेर के हुन्छ -’ तर लोकतन्त्रको बीचमा यत्रो घटना हु“दा पनि जनप्रतिनिधिहरू यदाकदाबाहेक तै“ चुप मै चुप रहनु

बेलायतमा नेपालीको पीडा -प्रकाश के.सी. लन्डनबाट

आश्चर्य ! म शून्य भएको छु, यस्तो लाग्छ, मेरोमा अब शून्यताबाहेक केही छैन । बोलेर नसकिने परिमाणमा गन्थनहरू नभएका होइनन्, हेरेर थाक्नै नसकिने परिणामका घटनाहरूका परिवृत्ति नभोगिएका होइनन्, तर पनि म शून्य भएको छु, जस्तो मभित्र शून्यताबाहेक केही छैन । सिर्जनशीलता, जस्तो कुँजो भएर चेतपटमा कतै थन्किएको छ । म गन्थनहरूलाई प्रसङ्गहरूमा ढाल्दै सोच्न थाल्छु, कथनीका लयहरूलाई सुसेल्ने जमर्को गर्दै कलम समाउँछु….एउटै लाइन पनि अगाडि सर्दैन । आश्चर्य ! बेलायत पछिल्लो समयमा नेपालीका लागि निक्कै सुन्दर भविष्यका लागि निक्कै राम्रो गन्तव्य स्थल मानिएको छ । त्यसैले लाखौँ-लाख रुपैयाँको लगानी गरेर उच्च शिक्षाभन्दा बढी कमाइका साथै यहाँ स्थायी रूपले बसोबास गर्न सकिन्छ कि भन्दै पढ्नका लागि आउने होनहार विद्यार्थी हुन् या आफ्नो लाहुरे जीवनमा कमाइ गरेर बाँकी रहेको जीवनलाई सम्पन्नताबाट परिभाषित गर्नेगरी तिनबाट बनाइएका ठूलाठूला महललगायत अन्य चल-अचल सम्पत्ति बेचेर युरोपियन जीवनशैली बाँच्न यहाँ भित्रिएका भूपू लाहुरेहरू हुन् या हङकङ, अस्ट्रेलिया, अमेरिकाबाट बेलायती पक्षलाई आत्मसात् गर्न बसाइँ सरेर आउने स्थानान्तरित आप्रवासी हुन्, तिनका साझा परिणामहरू मूलतः

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक