20110723

'झारफुक गर्नु छ' भन्दै बोलाएर सुन्दरलाल थारूको कुटीकुटी हत्या, हत्या आरोपमा प्रहरीले आठजनालाई पक्राउ

बिग्रेको देशको भत्केको चाला भनेको यस्तै त होला हगी ! हेर्नुस् त हामी नेपालीको बुद्धी बिबेक !! 
बोक्सोको आरोपमा महादेवपुरी-३ बाँकेका ६५ वषर्ीय सुन्दरलाल थारूको हत्या गरिएको छ । छिमेकी नयाँ गाउँका बासिन्दाले 'झारफुक गर्नु छ' भन्दै बोलाएर उनलाई कुटीकुटी हत्या गरेका हुन् । हत्या आरोपमा प्रहरीले नयाँ गाउँका आठजनालाई पक्राउ गरेको छ । बाँकेका डिएसपी उदय तामाङका अनुसार स्थानीय अशोक चौधरी, भुपेन्द्र रेग्मी, राजकुमार थारू, चन्द्र थारूलगायतलाई पक्राउ परेका छन् । कुटाइबाट गम्भीर घाइते सुन्दरलालको उपचारकै क्रममा मृत्यु भएको हो । कुट्नुअघि सुन्दरलाललाई 'यो गाउँको बोक्सो मै हुँ' भन्ने कागजमा दुवै हातको औँठा छाप लगाइएको प्रहरीले बताएको छ  ।
 माओवादी अध्यक्ष्य प्रचण्ड स्वर्गीय गिरिजाबाबुलाई सम्झदै !  
गंगा बीसी/ माओवादी अध्यक्ष पुष्पमल दाहालले पार्टीभित्र आफूलाई अप्ठ्यारोमा पारेको स्वीकार गरेका छन् । उनले जतिसुकै समस्यामा पारिए पनि अन्ततः पार्टी भने एक ढिक्का हुने बताए । 'गिरिजाबाबु (पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला)ले मलाई पटक-पटक भन्नुहुन्थ्यो, तँ जसरी बोलिरहेको छस् यस
कारणले कि तलाईं भौतिकरुपमा सिध्याउनेछन्,' दाहालले शनिबार बिहान राजधानीमा सम्भिmए, 'नभए तलाईं पार्टीभित्र रुवाएर छाड्छन् भन्नुहुन्थ्यो ।' दाहालले कोइरालाले बुझेरै यी कुरा भनेका हुन् कि जस्तो लागेको बताए । प्रगतिशील नागरिक समाजले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले माआवादीभित्र अहिले 'गाईजात्रा' नै भए पनि अन्ततः मिलेरै अगाडि बढ्ने बताए । 'माओवादीमात्र यस्तो पार्टी हो जसको गाईजात्रा बाहिर देखिन्छ,' उनले भने, 'तर पनि हामी अब विचार, नेतृत्व र आन्दोलन लिएर आउँछौं, यसको विकल्पै छैन ।' दाहालले अहिले पनि देशी विदेशी शक्तिहरुले माओवादीलाई फुटाउन चाहेको बताए । 'यसका विचार, अभियान र नेतृत्वलाई कसरी विखण्डन र बदनाम गर्न सकिन्छ भनेर दुनियाँको ताकत पनि नेपालमै लागेको छ,' उनले भने, 'अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले भारत आएर नेपाल बारे बोलिन्, नेपालमा अझ एक्टिभ भूमिका पावर सेन्टरले खेलिदिनुपर्‍यो भनिन्, यस्तै हजार तर्क छन् ।'
२२ वर्षदेखि नै अन्तर्संघर्ष
दाहालले आफू नेतृत्वमा रहेको २२ बर्षदेखि नै पार्टीभित्र अन्तर्संघर्ष भइरहेको बताए । 'म आफैं झण्डै २२ वर्षदेखि पार्टीको नेतृत्वमा छु, यस अवधि कसरी बिते नेपाली जनतालाई राम्रोसँग थाहा छ,' उनले भने, 'एकता संघर्ष र रुपान्तरण भएर कसरी गुज्रियो र अहिले हामी कहाँ छौं त्यो सवैलाई थाहा छ ।'
दाहालले पार्टी एउटा चुनौतिमा रहेको बताए । उनले परम्परागत ढंगले क्रान्तिको पुनराबृत्ति हुन नसक्ने भन्दै क्रान्ति जुधेरमात्र हुनसक्ने बताए ।
बहस स्वभाविक
दाहालले माओवादीभित्र देखिएको बहस स्वभाविक भएको बताए । 'नयाँ विचारको प्रयोग गर्नेक्रममा स्वभावैले बहस हुन्छ,' उनले भने, 'पार्टीभित्र पनि बहस हुन्छ बाहिर पनि बहस हुन्छ ।' उनले अन्तर्संघर्षलाई आफूले अनौठो नठानेको उल्लेख  गरे । उनले सम्य, घुनपुत्ला नगाईकन क्रान्ति र आन्दोलन सम्भव नहुने बताए ।
महाधिवेशनको तयारीमा
दाहालले माओवादीभित्र महाधिवेशनमा जानेबारेमा पनि छलफल भइरहेको जानकारी दिए । 'हामी महाधिवेशनतिर जानेबारे पनि प्रस्तावित गरेका छौं,' उनले भने, 'यो बीचमा हामीले गरेका विधिको ढंगले कति ठीक भए कति भएनन्, विचारको हिसावले ठीक रहे/रहेनन् । त्यसको समीक्षा हुनेनैछ ।'
पूर्वाग्रह छैन
दाहालले शीर्ष नेताहरुले मोर्चाबन्दी गरेकोप्रति लक्षित गर्दै उनीहरुप्रति आफ्नो कुनै पूर्वाग्रह नरहेको बताए । 'आदणिय सहयोद्धा कमरेडहरु किरण, बाबुराम, बादल वा प्रकाश कसैप्रति मेरो पूर्वाग्रह छैन,' उनले भने, 'अन्ततः हामी एक ढिक्का हुने छौं, म एक्लै अगाडि बढ्ने होइन । सिंगै पार्टी लिएर अहिलेको जारी शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रिया अगाडि बढाइने छ ।'
विवाद विचारको नभई सत्ताको
कार्यक्रममा बुद्धिजीवीहरु सुन्दरमणि दीक्षित, श्याम श्रेष्ठ, पत्रकार किशोर नेपाल, सुभशंकर कँडेल, प्राध्यापक महेन्द्र सिंहलगायतले शान्ति र संविधानको कार्यभारलाई जुनसुकै हालतमा भए पनि पूरा गर्न दाहाललाई सुझाव दिए ।
शान्ति र संविधानविरोधीलाई कारबाही गरेरै भए पनि अघि बढे दाहाललाई नेपाली जनताले साथ दिने उनीहरुको भनाई थियो । उनीहरुले माओवादीभित्रको विवाद विचारको नभई सत्ताको भएको टिप्पणी गरे ।
न्ति र संविधानको कार्यनीति लिएका माओवादी उपाध्यक्ष बाबुराम भट्टराई र जनविद्रोहको बाटो लिएका मोहन वैद्यबीच गठबन्धनको अर्थ हो, अध्यक्ष पुष्पकमल दाहालको अधिकार कटौती गर्नु । वैद्य-भट्टराईको दाबी भने पार्टीलाई सामूहिक प्रणालीमा लैजान यसो गर्नुपरेको भन्नेछ ।
 दाहालले शान्ति र संविधानको कार्यदिशा ल्याएका बेला वैद्य र भट्टराईको गठबन्धन कसिँदै गएको छ । यो गठबन्धनमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा मिसिएपछि पार्टीमा दाहालको स्थिति कमजोर भएको छ । कुनै बेला शान्ति र संविधानको कार्यनीति लिँदा अल्पमतमा परेका उपाध्यक्ष भट्टराई अहिले दाहालले नै त्यस्तो कार्ययोजना ल्याउँदासमेत मौन छन् । बरु उनी वैद्यसँग मिलेर दाहालको अधिकार कटौती गर्ने अभियानमा छन् । दाहालले सम्हाल्दै आएको 'केन्द्रीकृत' नेतृत्वलाई तोड्ने साझा उद्देश्यका लागि फरक-फरक कार्यनीति लिएका वैद्य र भट्टराईको गठबन्धन सम्भव भएको हो । पार्टी बहुपदमा गए पनि
दाहालले सामूहिक पद्धतिविपरीत पार्टी सञ्चालन गरेको भन्दै वैद्य-भट्टराई अहिले एकै ठाउँमा उभिएका हुन् ।
विगतमा कहिल्यै मिल्न नसकेका वैद्य-भट्टराईको मिलन अहिले कसरी सम्भव भयो भन्नेबारे कतिपयमा खुल्दुली छ । विगतमा दाहालले कहिले वैद्य र कहिले भट्टराईको बलले आफूलाई पेलेको अनुभव दुवैसँग छ । अहिले आएर आफूहरूबीचको अन्तरसंघर्षको फाइदा उठाएर दाहाल शक्तिशाली भएको उनीहरूको साझा बुझाइ छ । त्यसैले विचार फरक भए पनि दुवैको मेल भयो- नेताहरूको कार्यविभाजनको मुद्दालाई लिएर ।
सरकारमा पार्टीको तर्फबाट समानुपातिक प्रतिनिधित्व नगराएको भन्दै वैद्य पक्ष दाहालविरुद्ध उत्रिएपछि उनलाई भट्टराईले साथ दिए । मंसिर पहिलो साता गोरखाको पालुङटार विस्तारित बैठकयता गुम्सिएको दाहालविरुद्धको असन्तुष्टिलाई भट्टराईले संस्थागत गर्न वैद्यसँग गठबन्धन गरे । यो गठबन्धन गर्नु बाध्यता भएको उनीनिकट नेताहरू बताउँछन् ।
 'यो गठबन्धन अध्यक्षको कार्यशैलीले सिर्जना गरेको बाध्यता हो,' उनीनिकट नेताहरू भन्छन्, 'बाबुराम र वैद्य मिल्नै हुन्न भन्ने धारणा अब गलत सावित भएको छ ।' करिब तीन वर्षदेखि भट्टराईले खास जिम्मेवारी नपाउनु र संगठन विभाग प्रमुख भए पनि वैद्यले खासै अधिकारको उपयोग गर्न नपाउनुले दाहालविरुद्ध मोर्चा बन्न सम्भव भएको हो ।
'राजनीतिक एजेन्डाले यो हाम्रो सहकार्य भएको हो,' वैद्यनिकट स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले भने, 'पार्टीभित्र स्थायी एकता वा संघर्ष हुनुहुँदैन, एजेन्डाका आधारमा एकता वा संघर्ष हुनुपर्छ । यही नै प्रगतिशील सोचाइ हो ।'
दाहाल पक्षले गठबन्धनलाई अराजनीतिक भनेको छ । 'यो गठबन्धनले वैचारिक धरातल टेकेको छैन,' दाहालनिकट पोलिटब्युरो सदस्य जनार्दन शर्माले दाबी गरे, 'शान्ति र संविधानको कार्ययोजनामा छलफल गर्ने बेला केन्द्रीय सदस्यहरूलाई स्वतन्त्र विचार राख्न नदिने गरी गठबन्धन भएको छ ।'
 भट्टराईनिकट पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले 'पार्टी व्यवस्थित गर्न गठबन्धन बनेको' टिप्पणी गरे । उनले भने, 'उचित कार्यविभाजनले मात्र पार्टी व्यवस्थित हुन सक्छ ।' उनले पदभन्दा पार्टीलाई सामूहिक पद्धतिमा लैजान यो गठबन्धन बनेको जनाए । वैद्यसँग हात मिलाएपछि भट्टराईको शान्ति र संविधानको एजेन्डा भने कमजोर बनेको छ ।
यसबीचमा दाहाल भने केन्द्रीय समिति बैठकमा कार्ययोजना प्रस्तुत गरी शान्ति र संविधानको स्वामित्व लिने दाउमा छन् ।
भट्टराई शान्ति र संविधानको कार्ययोजनाप्रति अहिले जस्तै मौन रहिरहे भने दाहालले केही समयपछि त्यसको पूरै स्वामित्व लिने सम्भावना छ । त्यसबेला शान्ति र संविधानको एजेन्डा भट्टराईको हातबाट फुस्केर दाहालकामा गए भट्टराई-चुनौती मात्र बाँकी रहनेछ ।
सँगसँगै अर्को प्रश्न छ- आखिर यो गठबन्धन कति दिन टिक्छ ? करिब २० वर्ष शक्तिशाली महासचिव/ अध्यक्ष रहेका दाहाल ढिलोचाँडो यो गठबन्धन टुटाउने रणनीतिमा लाग्नेछन् । किनकि यो गठबन्धन जति बलियो हुन्छ, दाहालको नेतृत्वमाथि त्यति नै खतरा । संगठनमा प्रभाव रहेका वैद्य र पार्टीमा भन्दा पनि बाहिर लोकपि्रय रहेका भट्टराईको गठबन्धन बलियो हुनु एक हिसाबले पार्टीमा कब्जा जमाउनुजस्तै हो । तर 'हार्डलाइनर' वैद्य र 'सफ्टलाइनर' भट्टराईबीच हुने सहकार्य दीर्घकालीन रूपमा अघि बढ्न सक्ने सम्भावना कमै मात्र छ । यद्यपि तत्कालका लागि दुवैले फरक मतलाई सुरक्षित राख्दै सकभर आगामी महाधिवेशनसम्म सँगै जाने अनौपचारिक समझदारी गरेको निकट नेताहरूले बताएका छन् ।
सहमतिको विकल्प
अध्यक्ष पुष्पकमल दाहालले दलको नेता तत्काल छाड्न नमानेपछि सहमतिको विकल्पबारे शुक्रबार छलफल भएको छ । उपाध्यक्ष बाबुराम भट्टराईसँगको भेटमा दाहालले नेताको कार्यविभाजन गर्न तयार रहेको तर त्यसका लागि केही समय लाग्ने बताएका थिए । भट्टराईलाई दलको नेता बनाउन दबाब परेका बेला दाहालले समयसीमा तोकेर कुरा मिलाउन सकिने जनाएका हुन् ।
वैद्य-भट्टराई पक्षले समयसीमा तोकेर दलको नेता छाड्न तयार भए स्वीकार गर्न सकिने संकेत गरे । 'समयसीमा तोकेर दलको नेता छाड्न तयार भए सहमतिको विकल्प खोज्न सकिन्छ,' बैठकमा सहभागी एक नेताले भने, 'तर बाबुरामजीलाई भावी प्रधानमन्त्रीका लागि पार्टीले निर्णय गर्नुपर्छ ।' दाहालले दलको नेताबाहेक अन्य कार्यविभाजनमा यसअघि नै सहमति जनाइसकेका छन् ।
दाहाल निवास नयाँबजारमा अपराह्न बसेको केन्द्रीय पदाधिकारी बैठक कार्यविभाजनमा सहमतिनजिक पुगेको छ । 'कार्यविभाजन, कार्ययोजनालगायत मुख्य एजेन्डामा करिब सहमतिनजिक पुगका छौं,' सचिव सीपी गजुरेलले कान्तिपुरसँग भने, 'सैद्धान्तिक रूपमा मुख्य जिम्मेवारी विभाजन गर्नेमा सहमति नै छ, कहिले र कसरी गर्ने भन्नेबारे टुंगो लगाउन बाँकी छ ।'
उनले नेताहरू सहमतिको धेरै नजिक पुगेकाले शनिबार बस्ने तय भएको बैठकमा दाहालले सहमतिको प्रस्ताव राख्न सक्ने जनाए । 'सकभर हामी सहमतिमै सबै कुरा मिलाउँछौं,' उनले बैठकपछि भने, 'हामी सहमतिको धेरै नजिक पुगेका छौं ।' 
माओवादी नेताहरु पार्टी भित्रको कार्यविभाजनका विषयमा सहमति नजिक पुगेका छन् । कार्यविभाजनकै विषयलाई लिएर पार्टी भित्र लामो समयदेखि अन्तरसंघर्ष चर्केको थियो । शनिबार भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले तत्काललाई संसदीय दलको नेता आफू नै रहने गरी अन्य पदमा जिम्मेवारी बाँडफाँटको प्रस्ताव गरेका छन् । दाहालले गरेको प्रस्तवालाई तीन उपाध्यक्ष लगायतले बिरोध गरेका छैनन् । बैठकपछि प्रवक्ता दीनानाथ शर्माले नेताहरुबीच करिब करिब सहमति भइसकेको बताए ।
उपाध्यक्ष मोहन वैद्यलाई संगठन तथा अनुशासन विभाग प्रमुख, अर्का उपाध्यक्ष बाबुराम भट्टराई भावी सरकारको प्रधानमन्त्री र संसदीय बोर्ड प्रमुख,त्यस्तै अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई वर्तमान सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्दै पठाउने अध्यक्ष दाहालले प्रस्ताव गरेका छन् । त्यसैगरी महासचिव रामबहादुर थापालाई सैन्य ईन्चार्ज,सचिव सीपी गजुरलेललाई बाहिरी मोर्चा ईन्चार्ज तथा अर्का सचिव पोष्टबहादुर बोगटीलाई विभिन्न दलसंग वार्ता गर्दाको टोली संयोजक बनाउने अध्यक्ष दाहालको प्रस्ताव छ । 
कार्यविभाजन सम्बन्धी दाहालले गरेको प्रस्तावलाई शनिबार नै बसेको स्थायी समिति बैठकले अनुमोदन गरेको छ । यसअघि शुक्रबार पदाधिकारी बैठक र नेताहरुसंग छुट्टा-छुट्टै परमार्श गरेर दाहालले यो प्रस्ताव तयार गरेका हुन् ।
शनिबारको बैठकमा अध्यक्ष दाहालले राखेको प्रस्ताव उपर तीन उपाध्यक्ष र महासचिवले धारणा राखेका छन् । नेताहरुले प्रस्तावको बिरोध गरेका छैनन् । बैठक आइतबार ११ बजे बोलाइएको छ ।

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House


 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
                                                                    ***************
                                                       
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com. janapukar.com

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक