20110724

माओवादी बिबाद थामथुम पार्न प्रचण्डको अर्को खेल, १२ मन्त्री र १२ राज्यमन्त्री बनाइदै, महरा हट्ने भए, अरु पार्टीबाट माओवादी जानेहरु बिलाए, अमिक शेरचन र लिलामणिको नोट अफ डिसेन्ट

एमालेको धुलिखेल भेला  छ बुँदे प्रस्ताव पारित गर्दै सकियो
माओवादीले सरकारमा पठाउनका लागि १२ मन्त्री र १२ राज्यमन्त्रीको नाम टुङ्गो लगाएको छ। केन्द्रीय कमिटी बैठकले मुख्य सचेतकमा देव गुरुङ र सचेतकमा कमला रोका चयन गरेको छ। यसअघि प्रमुख सचेतक रहेका पोष्टबहादुर बोगटीलाई भने सूचना तथा सञ्चार मन्त्रीको जिम्मा दिने भएको छ। उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा माओवादीले सरकारमा नयाँ टोली पठाउन लागेको हो। श्रेष्ठलाई उप प्रधान मन्त्रीसहित गृह मन्त्रीको जिम्मेवारी दिने भएको छ। उप प्रधान तथा गृह मन्त्रीकारुपमा रहेका कृष्णबहादुर महरालाई भने फिर्ता बोलाउने भएको छ। महरा नेतृत्वमा रहेका टोपबहादुर रायमाझी, प्रभु साह र खड्गबहादुर विश्‍वकर्माको जिम्मेबारी भने यथावत राखिएको छ। रायमाझी भौतिक योजना, साह कानुन र विश्‍वकर्माले
पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। नयाँ नियुक्त हुने मन्त्रीहरुमा वोगटी, ओन्सरी घर्ती मगर(युवा तथा खेलकूद), लोकेन्द्र विष्ट मगर (स्वास्थ्य), लेखराज भट्ट (वाणिज्य तथा आपूर्ती), पम्फा भुषाल (शान्ति तथा पुनर्निर्माण), हिसिला यमी (भूमिसुधार), जयपुरी घर्ती (महिला तथा बालबालिका) महेन्द्र पासवान (उद्योग) रहेका छन्। प्रस्तावित नयाँ राज्यमन्त्रीहरुमा गृहमा रामकुमार राई, सूचना तथा सञ्चारमा अमर तमु, भौतिकमा देवी खड्का, स्वास्थ्यमा सत्य पहाडी, शान्तिमा शरदसिं भण्डारी, भूमिसुधारमा लीला भण्डारी, वाणिज्य तथा आपूर्तीमा धर्मशीला चापाँगाई, पर्यटन तथा नागरिक उड्ययनमा इन्द्रजीत चौधरी, महिला तथा बालबालिकामा कुमारी मोक्तान, कानुनमा घनश्याम यादव, उद्योगमा ध्रुव आङ्दाङ्वे र खेलकूदमा सूर्यमान दोङ रहेका छन् , केन्द्रीय कमिटीको यो निर्णयप्रति अमिक शेरचन र लिलामणि पोखरेलले भने नोट अफ डिसेन्ट लेखेका छन्।
  नामावली :
उपप्रधान तथा गृह मन्त्री – नारायणकाजी श्रेष्ठ
राज्यमन्त्री – राजकुमार राई
सूचना तथा सञ्चार –पोष्टबहादुर बोगटी
राज्यमन्त्री– अमर तमु 
भौतिक योजना तथा निर्माण – टोपबहादुर रायामाझी (पुरानै)
राज्यमन्त्री – देवी खड्का (पुरानै)
स्वास्थ्य तथा जनसंख्या – लोकेन्द्र विष्ट 
राज्यमन्त्री – शक्ति पहाडी्
शान्ति तथा पुननिर्माण– पम्फा भूषाल
राज्यमन्त्री – सरदसिंह भण्डारी
भूमी सुधार– हिसिला यमी 
राज्य मन्त्री – लीला भण्डारी
बाणिज्य तथा आपुर्ती– लेखराज भट्टा 
राज्य मन्त्री – धर्मशीला चापागाई (पुरानै)
पर्यटन तथा नागरिक उड्डयान – खड्गबहादुर विक (पुरानै)
राज्यमन्त्री – इन्द्रजीत चौधरी (पुरानै)
महिला तथा बालबालिका– जयपुरी घर्ती
राज्इमन्त्री – कुमारी मोक्तान
न्याय तथा कानुन– प्रभु साह (पुरानै)
घनश्याम यादव (पुरानै)
उद्योग– महेन्द्र पासवान (पुरानै)
राज्यमन्त्री – ध्रुव  आङदाङ्वे (पुरानै)
युवा तथा खेलकुद– वनसरी घर्ती 
राज्यमन्त्री – सुर्यमान दोङ
संसदीय दलतर्फः
मुख्य सचेतक– देव गुरुङ
सचेतक – कमला रोक
सचिव– खिमलाल देवकाटो
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
एमालेको धुलिखेल भेला  छ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बैठकले शान्ति र संविधानका लागि व्यापक जनदवाव दिनुपर्नेसमेत निष्कर्ष निकालेको छ ।भेलाले ९ वटा बुँदामा केन्द्रित रहेर छलफल गरेको थियो । ९ वटा बुँदाको लागि ९ वटै समुहमा विभाजन गरी छलफल चलाइएको थियो । भेलाले पार्टीको विधान कार्यन्वयन देखा परेका समस्याहरु, पार्टी निर्माणका चुनौती र राष्ट्रिय राजनीतिमा पार्टीको प्रभाकारी भूमिकालगायतका विषयमा छलफल गरेको थियो ।
धुलिखेलमा सम्पन्न राष्ट्रिय कार्यशालाका पारित प्रस्तावहरु:
१.    हामीहरु अभूतपूर्व जनक्रान्तिको स्वरुप ग्रहण गरेको ०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन पछिको संक्रमणकालमा छौ । शान्ति प्रकृयालाई पूर्णता दिदै सम्विधानसभाका माध्यमवाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सम्विधान निर्माणगर्नु राष्ट्रिय राजनीतिको प्राथमिक कार्यभार हो । तसर्थ यो कार्यशाला वाह्रवुदे सहमति, विस्तृत शान्ति संझौता र अन्तरिम सम्विधानले आत्मसात गरेका लोकतान्त्रिक मूल्यमान्यताका आधारमा अघि वढ्दै संक्रमणकाललाई यथाशिघ्र सकारात्मक निष्कर्षमा पु¥याउन जिम्मेवार भूमिका खेल्न नेपालको प्रमुख राजनीतिक दलहरुलाई आह्वान गर्दछ ।
२.  ०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनले छयालिस सालको आन्दोलन पछि स्थापित राजनीतिक सीमालाई भत्काइ दिएको र सशस्त्र संघर्षका माध्यमवाट सम्पूर्ण सत्ताकव्जा गर्ने राजनीतिक कार्यदिशाका औचित्यलाई समाप्त गरिदिएको परिप्रेक्ष्यमा जनताको वहुदलीय जनवादको सहीपना पुष्टि भएकोमा गर्व महसुस गर्दै यसकै मार्गदर्शनमा मात्र उक्त आन्दोलनका उपलव्धिहरुलाई संस्थागतगर्न सम्भव छ भन्ने कुरामा यो कार्यशाला जोड दिन चाहन्छ  । शान्ति, संविधान र सामाजिक आर्थिक–रुपान्तरणको ऐतिहासिक अभिभारा पूरा गर्न सिंगो पार्टी तथा नेतृत्वलाई सत्ता केन्द्रीत राजनीतिवाट मुक्त भएर नेकपा(एमाले)को वैचारिक नेतृत्वमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दछ ।
३.    सात राजनीतिक दल र नेकपा(माओवादी)का वीचमा भएको सहमति तथा नेपाल सरकार र नेकपा(माओवादी)का वीचमा भएको विस्तृत शान्ति संझौताले छ महिना भित्र शान्ति प्रकृयालाई पूर्णता दिने र दुईवर्ष भित्र सम्विधान सभाका माध्यमवाट नया संविधानको निर्माण गर्ने कुरामा जोड दिएको कुरा स्पष्ट छ । तर गणतन्त्रको घोषणा पछि एकिकृत नेकपा (माओवादी) मा जनआन्दोलनका सहयात्रीहरुलाई नै निषेध गर्ने र उनीहरुलाई प्रमुख शत्रु देख्ने गलत चिन्तन प्रकट भएको र हतियार र लडाकुको भरमा नेपाली समाजमा आफ्नो वर्चश्व कायमगर्न सकिन्छ भन्ने सैन्यवादी चिन्तन कायमै रहेका कारणले नै उक्त सहमति आजसम्म कार्यान्वयन जन नसकेको हो । यो कार्यशाला उग्रवामपंथी अतिवाद र सैन्यवादी चिन्तनवाट मुक्तहुदै विगतमा भएका सहमति र संझौताको मर्मअनुरुप अघि वढ्न एकिकृत नेकपा(माओवादी)लाई आह्वान गर्दछ ।
        साथै, पाँचवुदे सहमतिका आधारमा सम्विधानसभाको थपिएको तीन महिनाको समयावधिको दुईतिहाई समय विना कुनै उपलव्धि खेरगएको कुराप्रति गंभीर चिन्ता प्रकट गर्दछ । पाँचवुँदे सहमतिको कार्यन्वयनमा गरिने कुनै प्रकारको आलटालले सम्विधानसभा नै संकटमा पर्ने र मुलुक वहुआयामिक द्वन्द्वतर्फ धकेलिने संभावनाप्रति गंभीर हुन सम्वन्धित सवैको ध्यान आकर्षित गर्दछ । पाँचवुँदे सहमतिको कार्यान्वयनमा प्रमुख दलहरुमा देखिएको उदासिनताप्रति गम्भीर चिन्ता प्रकट गर्दछ र पार्टी केन्द्रीय कमिटीले अघि सारेको मार्गचित्रप्रति प्रतिवद्धता व्यक्तगर्दै त्यसको कार्यान्वयनका लागि गंभीर र प्रभावकारी पहल गर्न पार्टी नेतृत्वलाई आग्रह गर्दछ ।
४.    जनताको वहुदलीय जनवादको सिद्धान्त, नीति र कार्यक्रमका आधारमा नै आजका ज्वलन्त चुनौती र संकटको सामना गर्न सकिने कुरामा कुनै दुइमत हुन सक्दैन । पार्टीका स्थापित मान्यता विपरित अघि वढ्न खोज्ने, सहमतिका नाममा पार्टी हित र अडानमा कायम नरहने, पार्टीलाई विधिसम्मत ढंगले अघि वढाउन नचाहने, पार्टीभन्दा वाहिर वहस र विवाद संचालन गर्न रुचाउने तथा पार्टीका नीति र निर्णयहरुको अवज्ञा गर्ने कुराले पार्टीको हित नगर्ने कुरा स्पष्ट छ । यो कार्यशाला वहस र विवादहरुलाई विधिसम्मत ढंगले अघि वढाउन र राष्ट्रिय राजनीतिका चुनौतीहरुलाई एकतावद्ध भएर सामना गर्नुपर्ने कुरामा जोड दिन चाहन्छ । शान्ति प्रकृयामा देखिएको गतिरोधका कारणले परिवर्तनको सिंगो प्रकृया नै संकटमा पर्ने यथार्थ प्रति सजग रहदै शान्ति र संविधानका पक्षमा व्यापक जनदवाव श्रृष्टि गर्नुपर्ने कुरामा जोड दिन चाहन्छ ।
५.    संयुक्त सरकारको मान्यता विपरित एकिकृत नेकपा(माओवादी) तर्फवाट आफ्नो जिम्मेवारीमा रहेका मन्त्रालय र त्यस अन्तरगतका निकायहरुहरुलाई एकलौटी संचालन गर्ने, गृह प्रशासनको अडानमा समाजमा अराजकता र दण्डहिनताको स्थिति सृजना गर्ने, तस्करी र आर्थिक अपराधका क्रियाकलापलाई प्रोत्साहित गर्ने र नेकपा (एमाले) को जिम्मेवारीमा रहेका मन्त्रालयको काममा अवरोध सृजनागर्ने जस्तो काम र क्रियाकलापप्रति यो कार्यशाला गम्भीर चिन्ता प्रकट गर्दछ । प्रधानमन्त्रीको हैसियतमा त्यस प्रकारका गलत क्रियाकलापमा नियन्त्रणका लागि सार्थक पहल गर्न आग्रह गर्दछ । लोकतान्त्रिक मुल्य, मान्यता र पार्टी हित अनुरुप प्रभावकारी ढंगले अघि वढ्न समेत आग्रह गर्दछ ।
६.    राष्ट्रिय कार्यशालालाई आकर्षक र कुशल व्यवस्थापनको माध्यमवाट सफल वनाउन महत्वपूर्ण योगदान गरेकोमा काभ्रे जिल्ला कमिटीको उच्च प्रशंसा गर्दछ । कार्यशालाको सफलताका लागि विभिन्न ढंगले सहयोग पु¥याउने पार्टी कमिटीहरु, जन तथा वर्गीय र पेशागत संगठनहरु, सहयोगी संघसस्था तथा महानुभाव, जनसमुदाय कार्यशालाको सफलताको लागि सभाकक्ष लगायत भौतिक सुविधा उपलब्ध गराउने होटल व्यवसायी तथा  र अत्यन्त छोटो समयमा कार्यशालाको व्यवस्थापनमा अहारोत्र खट्नुहुने सम्पूर्ण कमरेडहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ । व्यवस्थापन कार्यमा सहयोग गर्नुहुने केन्द्रीय कार्यालयका स्टाफहरु, स्वयम्सेवक कमरेडहरु तथा भेला व्यवस्थापन कमिटी प्रति हार्दिक आभार प्रकट गर्दछ । कार्यशालाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अतिथिको रुपमा सहभागी भएर कार्यक्रमको महत्व वढाउन योगदान दिनु भएकोमा पार्टी अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता कमरेड माधव नेपाल, पार्टीका उपाध्यक्ष कमरेडहरु लगायत पार्टीका अन्य वरिष्ठ नेताकमरेड, पार्टी केन्द्रीय निकायका प्रमुख कमरेडहरुप्रति आभार तथा धन्यवाद ज्ञापन गर्दछ ।
        साथै, यस महत्वपूर्ण कार्यशालामा सहभागी भएर पार्टी विधानमा संशोधन र परिमार्जनका लागि योगदान पु¥याउनु हुने सम्पूर्ण कमरेडहरु साथै लिखित सुझाव पठाउने जिल्ला कमिटी, अञ्चल समन्वय कमिटी, केन्द्रीय विभाग तथा निकाय लगायत सम्वद्ध सवैलाई धन्यवाद ज्ञापन गर्दछ

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
                                                                    ***************
                                                     
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com. janapukar.com

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक