20110724

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी च्याप्टरद्वारा भब्य रुपमा भानु जयन्ती, कबिता बाचन र अभिनन्दन कार्यक्रम सम्पन्न

दर्शन रौनियारको प्रमुख आतिथ्यमा अमेरिका  कोलोराडोमा पिक्निक कार्यक्रम सम्पन्न

उक्त कार्यक्रमका २५० भन्दा बढी फोटोहरु र थुप्रै भिडियो हेर्न भित्र आउनुस् Read More मा





अनेसास डिसी मेट्रो च्याप्टर
प्रेस वक्तव्य

अनेसास डि.सी.द्धारा भानुजयन्ती कार्यक्रम सम्पन्न
वयोवृद्ध साहित्यकार राजेश्वर देवकोटा अभिनन्दित

वाशिङ्गटन डि.सी. । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डिसी मेट्रो च्याप्टरको आयोजनामा गत आइतबार स्थानीय उडब्रिजस्थित लेस्सिलभेनिया पार्कमा १९८औं भानुजयन्ती तथा अनेसासको २० औं वार्षिकोत्सव सम्पन्न भयो । सो अवसरमा वरिष्ठ तथा बयोवृद्ध साहित्यकार राजेश्वर देवकोटाको अभिनन्दन गरिएको थियो ।
सोही सभामा कवि डिल्लीरमण शर्मा अर्याल, समालोचक शिवप्रसाद सन्त्याल पीठ, साहित्यिक पत्रकार तथा समालोचक गोपीकृण्ण खनाल, प्राध्यापक तथा सम्पादक सोमनाथ घिमिरे, प्रगतिशील लेखक रणेन्द्र बरायलीलाई उहांहरुले नेपाली साहित्यलाई पु¥याउनु भएको योगदानको लागि सम्मान गरिएको थियो ।
अभिनन्दनले आफ्नो कांधमा साहित्य सम्वद्र्धनको अझ ठूलो भारी थपिएको बताउदै अभिनन्दित व्यक्तित्व राजेश्वर देवकोटाले साहित्य एक ठूलो पराक्रम र अतिरिक्त क्रियाकलाप भएकोले यसबाट सर्जकहरुलाई ठूलो आनन्द मिल्ने बताउनु भयो । आफूले सानैदेखि राजनीतिक भन्दा पनि साहित्यिक व्यक्तित्वलाई नै रोजेको र संसारका ७० भन्दा बढी स्थानमा संजाल विछ्याइ सकेको अनेसासबाट सम्मानित हुन पाउदा गौरवान्वित भएको विचार देवकोटाको थियो ।
देवकोटाले आफ्ना कृतिहरु विशेषतः उपन्यास तथा कविताहरुको लागि यसअघि नै राष्ट्र प्रमुखबाट त्रिशक्तिपट्ट (प्रथम), नेपालको नोभेल पुरस्कार भनेर चिनिने मदन पुरस्कार, भाषा सेवीहरुलाई दिइने सर्वोकृष्ट अलंकार भानुभक्त पुरस्कार, साझा पुरस्कार एवं बालचन्द्र पुरस्कार आदि इत्यादि पदक, पुरस्कार, सम्मान एवं विभुषणहरु प्राप्त गरिसक्नु भएको छ ।
सो अवसरमा साहित्यकार तथा अनेसासका संस्थापक होमनाथ सुवेदीले अनेसासले थुप्रै पुस्तकहरु प्रकाशित गरिसकेको, डेढ दर्जन जति पुरस्कार स्थापना गरेर संसार भरिका धेरै साहित्यकारहरुलाई अलंकृत गरिसकोको र डायस्पोरिक साहित्यको क्षेत्रमा एक ज्वारभाटा नै ल्याउन सफल भएको दावी गर्नु भयो । उहांले संमानित व्यक्तित्व देवकोटालाई दिइएको अभिनन्दन पत्र र अन्य साहित्यकारहरुलाई दिइएको संमानपत्र बढेर सुनाउनु भएको थियो भने अनेसास डि.सी. मेट्रोका अध्यक्ष प्रकाश नेपालले हस्तान्तरण गर्नु भएको थियो । सुवेदी र इश्वर देवकोटाले राजेश्वर देवकोटाको परिचय गराउंदै उहांका योगदानबारे चर्चा गर्नु भएको थियो । नेपाली राजदुतावासका प्रथम सचिव आनन्दप्रसाद शर्माले राजदूत डा. शंकरप्रसाद शर्माको शुभकामना सन्देश सुनाउनु भएको थियो ।
संमानित व्यक्तित्वहरुले पनि आफ्ना विचार राख्नु भएको सो सभामा बोल्दै छन्दबद्ध कविताका पारखी कवि डिल्ली रमण अर्यालले आफूले जीवनमा २५ भन्दा बढी पुरस्कार र सम्मानहरु पाएको भएता पनि ती सवैलाई यस सम्मानले छांयामा पारेको विचार व्यक्त गर्नु भयो । अनेसास डि.सी. मेट्रोका महासचिव विजय थापाले संचालन र सचिव गुणराज लुईटेलले स्वागत मन्तव्य दिनु भएको सो समारोहमा साहित्यकार देवकोटाले कवयत्री तथा साहित्यकार विमला निरौलाद्धारा लिखित बाल साहित्य ‘बाल बगैचा‘को विमोचन पनि गरिएको थियो । समीक्षक गोविन्दगिरी प्रेरणा र लेखिका निरौलाले यो पुस्तक प्रवासमा बसोवास गर्ने बालबालिको लागि ज्ञानवद्र्धक रहेको जानकारी गराउनु भयो ।
यसैगरी दोस्रो चरणमा बाल तथा बयस्क कविता प्रतियोगिता, खुल्ला बनभोज तथा भलिबल प्रतियोगिता सम्पन्न भएको थियो । बाल कविता प्रतियोगितामा सपना सत्याल, सुकृति अधिकारी, कविता सुबेदी, प्रिया सुबेदी, बिबेचना निरौला, आकाश सुबेदी र आलोक सुबेदी ले अआफ्ना कविता वाचन गरेकोमा विवेचना निरौला प्रथम भइन भने सामुहिक कविता दोस्रो र आकाश सुवेदी तेस्रो भएका थिए ।
उता वयस्क कविता प्रतियोगितामा कविहरु  मोहन निरौला ,सुदिप भद्र खनाल,बासु श्रेष्ठ ,गोपाल रेग्मी ,सुदिप भद्र खनाल ,श्रीस्ठी हुमागाई ,सावित्री पुडासैनी ,बिमला निरौला ,राम शरण हुमागाई ,रजनी श्रेष्ठ ,खिमानन्द आचार्य ,मंजु निरौला ,आनन्द प्रसाद शर्मा ,कमला खरेल ,नारायण अधिकारी ,रनेंद्र बराली ,राम प्रसाद खनाल ,माया शर्मा ,दुर्गा रिजाल ,ललिता दोषी ,दिल्ली रमण शर्मा  आदिले प्रतियोगी तथा अ( प्रतियोगीको रुपमा सहभागी जनाउनु भएको थियो भने  प्रथम स्थान सुदिप भद्र खनाल, दोश्रो स्थान शरद निरौला र तेश्रो स्थान सखिमानन्द आचार्यले प्राप्त गर्नु भएको थियो ।
प्रमुख अतिथि  राजेश्वर देबकोटा र नेपाली राजदूताबासका प्रथम सचिव तथा कवि आनन्द प्रसाद शर्मा ले यस वर्षको अनेसास हरिलाल उपाध्याय कविता पुरस्कार प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई सयुक्त रुपमा वितरण गर्नु भयो । अनेसासका ट्रष्टी होमनाथ सुवेदीले स्पोन्सोर गर्नु भएको उक्त पुरस्कारमा बयस्क तर्फ प्रथम हुनेलाई एक् सय, द्धितीय हुनेलाई ६० र तृतीयलाई ४० डलर र प्रमाणपत्र तथा बालबालिका कविता प्रतियोगितामा प्रथम, दोस्रा र तेस्रा हुनेहरुलाई क्रमशः २५, १५ र १० डलर तथा प्रमाणपत्र हस्तान्तरण गरिएको यियो ।
बाल कविताका निर्णायकहरु रामप्रसाद खनाल ,रणेन्द्र बराली ,दिल्ली रमण अर्याल र ललिता दोषी हुनु हुन्थ्यो  भने वयस्क कविताका निर्णायकहरुमा शिव प्रसाद सत्याल ,राजेश्वर देवकोटा र सोमनाथ घिमिरे हुनुहुन्थ्यो ।
यसैगरी दोश्रो चरणमा १९८ औं आदिकबी भानुभक्त भलिबल प्रतियोगिता आयोजना भयो । अन्तरास्ट्रिय नेपाली साहित्य समाजका पुर्बस् हेडक्वार्टर ऊप(सभापती तथा अमेरिका नेपाल सोशाईटी(वाशिंगटन डि०सी०का निबर्तमान अध्यक्ष खेम भट्टचनको संयोजकत्वोमा आयोजित उक्त भलिबल खेलमा ३ वटा टिम बीच भएको प्रतिस्पर्धामा  नर्दन भर्जिनिया नेपाली स्पोर्टस् क्लवका अध्यक्ष कमल भुषाल टिम(क्याप्टेन रहेको क्लब बिजयी भयो भने अनेसासका बोर्ड अफ ट्रस्टी भिम रेग्मी टिम(क्याप्टेन रहेको  अन्तरास्ट्रिय नेपाली साहित्य समाज दोश्रो भयो  ।
खेलपश्चात आयोजित खेलकुद(संयोजक खेम भट्टचनद्वारा संचालित पुरुस्कार वितरण(समारोह मा प्रमुख अतिथी राजेस्वोर देवकोटाले बिजयी टिमका खेलाडीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
प्रथम भएको टिमका खेलाडीहरू मा कमल भुषाल टिम(क्याप्टेन, पुरु सुबेदी, सुरेश खनाल, बासु सत्याल, मोहन निरौला, सुखदेव न्यौपाने  हुनुहुन्थ्यो भने देस्रो स्थान प्राप्त गर्ने टीममा भीम रेग्मी टिम क्याप्टेन, सुरेश पौडेल, प्रकाश सुबेदी, ब्रजेश पोखरेल, देबी न्यौपाने बिष्णु शर्मा हुनुहुन्थ्यो । साथै मोहन निरौला सवोत्कृष्ट खेलाडी र राजु श्रेष्ठ निष्पक्ष खेलाडिमा छनौट हुनु भएको थियो । कमल भट्टराई र मनोज विश्वकर्माले रेफ्रिको भूमिका निर्वाह गर्नु भएको थियो ।
पोटोम्याक सामुद्रिक किनारको मनोरम वातावरणमा विविध खाना परिकारहरुको साथमा उपस्थित सवैले वनभोज कार्यक्रमबाट मनोरंजन लिएका थिए । >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

कोलोराडो मा खेलकुद तथा कबिता प्रतियोगिता सगै पिकनिक सम्पन्न
- By Shailesh Pokharel
अमेरिका कोलोराडो मा रहेका नेपालीहरु बिच भेट घाट तथा एक आपसमा समन्वय तथा सदभाव गराउने उदेश्यले आयोजना गरिएको पिक्निक कार्यक्रम शनिबार सम्पन्न भयो



रकी माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा कोलोराडो स्थित किलिमेन्टपार्कमा सम्पन्न कार्यक्रम्मा झन्डै ३०० नेपालीहरुको उपस्थिती रहेको थियो कार्यक्रममा आयोजक सन्ठाको समन्वयमा कबिता प्रतियोगिता, फुटबल, भलिबल, बास्केटबल, गल्फ, टेनिस लगायतका खेलकुद प्रतियोगिता सन्चालन गरिएको थियो

नेपालीहरुको लगानिमा कोलोराडोमा रहेका ३२ वटा रेस्टुरेन्टहरुले कार्यक्रममा सहभागी सबैलाई बिभिन्न स्वादका खाना निशुल्क उपलब्ध गरएका थिए

बाल बालिका, बुढा पाका युबा युबती सबैको उलेख्य उपस्थिती रहेको उक्त कार्यक्रम्मा नेपाली पहिरन लगाएर आउने मानिसहरु उपस्थिती भने न्युन थियो ठुलो ताल्को नजिक रमणिय स्थानमा आयोजिएे कार्यक्रममा शाहअभागीहरु एक आपसमा भलाकुसारी गर्दै सुरिलो नेपाली संगीतका साथ रमाइ रहेका देखिन्थ्यो

अमेरिकामा सम्पन्न हुन लगेको सिनेट सदस्यको चुनावमा वासिङ्टन स्टेटमा डेमोक्रेट पर्टिको तर्फबाट नेपाली मुलका पहिलो उमेद्वार दर्शन रौनियारको प्रमुख आतिथ्यमा आयोजित समपन कार्यक्रममा पिक्निक कार्यक्रममा खाना उपलब्ध गराइ सहयोग पुर्याउने सबै रेस्टुरेन्ट लाई प्रमुख अतिथी बाट कदर पत्र प्रदान गरिएको थियो

यसैगरी रकी माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठ को सभापतित्वमा सम्पन्न पुरस्कार बितरण कार्यक्रम्मा कबिता प्रतियोगितमा प्रथम हुने श्रध्दा पाण्डे, सेकेन्ड हुने आक्रिती श्रेष्ठ लाई क्रमश १५० १०० डलर नगद पुरस्कार शाहीत प्रशन्सा पत्र प्रदान गरिएको थियो सोही अबसर्मा खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई डा विजय राज शर्मा, बिष्णु श्रेष्ठ, रमाकान्त अधिकारी, विश्वा भण्डारी लगायत का महानुभावहरुले सिल्ड तथा प्रसन्शा प्रदन गर्नु भएको थियो समपन कार्यक्रम्मा सभापति श्रेष्ठले कार्यक्रम्मा सहयोग पुर्याउने तथा शाहअभागेए हुने सबैलाई धन्यवाद दिनु भयो साथै उहाले उपस्तिथ सबैलाई दर्शन रौनियारको कदमलाई सबै क्षेत्रबाट यथसक्या हातेमालो ग्री सफल तुल्याउन आग्रह गर्नुभयो
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House


 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
                                                                    ***************
                                                   
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com. janapukar.com

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक