20110726

राजनीतिक सहमतिको उपहास भएको भन्दै ओलीले मुलुक ठग्ने प्रवृत्ति त्याग्न प्रधानमन्त्री खनाल र सरकारलाई सुझाव दिए

 काग्रेसले जुनसुकै उपाय अपनाएर भएपनि प्रधानमन्त्रीलाई राजिनामाका लागि दवाव दिने निर्णय
नेकपा एमालेका नेता केपी शर्मा ओलीले मुलुक ठग्ने प्रवृत्ति त्याग्न प्रधानमन्त्री झलनाथ खनाल र वर्तमान सरकारलाई सुझाव दिएका छन् । आज काठमाण्डुमा भएको एक कार्यक्रमपछि पत्रकारसित कुराकानी गर्दै ओलीले ठगेर मुलुक नबन्ने बताए । उनले पाँचबुदे सहमति अनुसार प्रधानमन्त्रीले राजिनामा दिनुको साटो यथास्थितिमा बसेर मुलुक ठग्ने काम भइरहेकेा बताए । उनले यथास्थितिमा राख्न मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव ल्याइएको बताएका छन् । उनले यस्तो गतिविधिले मुलुक मात्रै होइन प्रस्ताव ल्याउनेलाई पनि फाइदा नपुर्‍याउने बताए । प्रधानमन्त्रीले राजीनामा नदिएर संसद र राजनीतिक सहमतिको उपहास भएको भन्दै उनले जनतालाई ठग्ने प्रवृति त्याग्नुपर्ने बताए ।
काग्रेसले जुनसुकै उपाय अपनाएर भएपनि प्रधानमन्त्रीलाई राजिनामाका लागि दवाव दिने निर्णय गरेकेा छ । आज बसेकेा केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको राजिनामा नआएसम्म कुनै
 पनि कुरा अघि बढ्न नसक्ने निष्कर्ष निकालेको हो । काँग्रेस उपसभापति रामचन्द्र पौडेलका अनुसार माओवादीको मन्त्रिपरिषद् पुर्नगठनको विरोध र पाँच बुँदे कार्यन्वयनमा दवाव दिन संसदलाई अवरुद्ध पार्दै जाने निर्णय भएको छ ।काँग्रेसले बजेट माथिको छलफल सुरु हुन लाग्दा  हिजो पनि संसद अबरुद्ध पारेको थियो । काँग्रेसले गत जेठ १४ गते भएको पाँच बुँदे सहमतिलाई कार्यन्वयन नगर्न र यही सरकारलाई टिकाउन माओवादीले मन्त्रिपरिषद् पुर्नगठनको तयारी गरेको भन्दै संसद अबरुद्ध पारेको हो ।

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House


 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
                                                                    ***************
                                                       
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com. janapukar.com

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक