20110726

अमेरिका स्थित नेपाली राजदुताबासको अर्को प्रसंसनीय कार्य

डि.सी. मेट्रोको प्रमुख  विभिन्न क्षेत्रहरुमा गुड्ने यात्रु वाहक ठूला वसमा पोष्टर टांसेर नेपालको प्रवर्धन, प्रचार प्रसार गर्ने कार्य सुरु
नेपाली राजदूतावास वाशिंगटन डि.सी. बाट डि.सी. मेट्रोको प्रमुख विभिन्न क्षेत्रहरुमा गुड्ने यात्रु वाहक ठूला वसमा पोष्टर टांसेर नेपालको प्रवर्धन, प्रचार प्रसार गर्ने कार्य सुरु गरियो । यस अवसरमा राजदूत डा. शंकर प्रसाद शर्मा उक्त सेवा प्रदान गर्ने कम्पनीका वसहरु राखिएको 44th Street स्थित वसपार्क गई कार्यक्रमको शुभारम्भ गर्नुभयो । उक्त अवसरमा पत्रकार, स्थानीय स्वयंमसेवी युवाहरु, पोष्टर डिजाइनर सञ्जिप
प्रधान, गायिका सरिस्मा अमात्य लगायत राजदूतावासका कर्मचारीहरु उपस्थित हुनुहुन्थ्यो । पर्यटन वर्ष २०११ को अवसरमा वाशिंगटन डि.सी मेट्रो आसपासमा नेपालको पर्यटन प्रचार प्रसार गर्ने उद्देश्यले Summer को समयमा छुट्टी मनाउन वाशिंगटन डि.सी. को भ्रमणमा आउने पर्यटकहरुलाई समेत ध्यानमा राखेर यो समयमा यात्रु वाहक वसमा विज्ञापन गर्ने व्यवस्था मिलाईएको हो । वाशिंगटन डि. सी. का प्रमुख पर्यटकीय आकर्षणका क्षेत्रहरु – वाशिंगटन मोनुमेन्ट, लिंकन मेमोरियल, म्यूजियमहरु, ह्वाइट हाउस, क्यापिटोल विल्डिङ लगायतका स्थानहरुको भ्रमणमा वर्षेनी लगभग एक करोड पचास लाख पर्यकटहरु आउछन । त्यसरी उल्लिखित ठाउहरु घुम्न आउने पर्यटकहरुले समेत वसहरुमा टांसिएको पोष्टर देख्न सक्नेछन । नेपालको विविधता झल्काउने उक्त पोष्टर पर्यटन प्रवर्धन गर्ने कार्यमा प्रभावकारी हुने विश्वास गरिएको छ । यो अर्को राम्रो र प्रसंसनीय कार्यका लागि राजदुत शर्मा र राजदुताबास परिवार धन्यवादको पात्र छ ।  









क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House


 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
                                                                    ***************
                                                       
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com. janapukar.com

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक