20110727

कहिले सम्म टिक्ला प्रचन्ड प्रहसन ? बोली फेर्न मात्र होईन राजनीतिक नाटकमा पनि माहिर प्रचन्ड र उनको माओवादी प्रहसन का भिन्ना भिन्नै ३ पहलु फरक एँगलबाट हेर्दा !

प्रचन्ड र माओवादी प्रहसन नम्बर १ : जालझेलपूर्ण राजनीतिक खेलमा माहिर मानिएका माओवादी अध्यक्ष प्रचण्ड कसरी खेल्छन् भन्ने कुराको एउटा अर्को उदाहरण देखिएको छ। आफ्नो इच्छाविपरीत मोहन वैद्यको दबाबमा प्रचण्डले मन्त्रिमण्डलमा नयाँ टोली पठाउन मञ्जुरी त दिएका छन्, तर आफूलाई 'धोखा दिने' नारायणकाजी श्रेष्ठलगायतका नेताहरूलाई 'जोकर' बनाउने सोच भने उनमा जीवित नै रहेको प्रमाणित भएको छ। गत सोमबार माओवादी केन्द्रीय समितिको बैठकपश्चात् प्रचण्ड पार्टीका तर्फबाट मन्त्री बनाउन प्रस्तावित नामहरूको सूची बोकेर प्रधानमन्त्री झलनाथ खनाललाई भेटे । त्यस अवसरमा प्रचण्डले खनाललाई 'आफूले बाध्यात्मक अवस्थामा यसप्रकारको नामावली बोकेर आउनुपरे पनि तपाईं यिनलाई मन्त्रिमण्डलमा सामावेश गर्न बाध्य हुनुपर्ने छैन, उता कांग्रेसले पनि मन्त्रिमण्डल पुनर्गठनको विरोध गरिरहेकै छ, त्यसैले तपाईं पुनर्गठनको विरुद्ध उभिनुपर्योठ, यसबाट वैद्य र नारायणकाजीलाई नराम्रो धक्का लाग्नेछ' भनी सुझाएको बुझिएको छ। खनालनिकटको सूत्रबाट प्राप्त जानकारीअनुसार गृहमन्त्रीबाट महराले दिने राजीनामा तत्काल स्वीकृत गर्ने तर उक्त मन्त्रालय हाललाई तपाईं आफैंले चलाउने भनेर पनि प्रचण्डले प्रधानमन्त्रीलाई सुझाव
दिएको बुझिएको छ। प्रचण्डको सुझावपछि झलनाथ खनाल मोहन वैद्य किरण पक्षबाट मन्त्रिमण्डलमा राख्न सिफारिस भएकाहरूलाई मन्त्री नबनाउन दृढ भएका छन्। यसअघि खनालले निवर्तमान गृहमन्त्री कृष्णबहादुर
महरालाई पनि यस कुराको जानकारी गराउँदै नारायणकाजीहरूलाई मन्त्रिमण्डलमा प्रवेश हुन नदिन आफू दृढतापूर्वक उभिने बताएका थिए। खनालले नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउँदा आफूलाई काम गर्न अप्ठ्यारो हुने कुराको खुलासा पनि महरासँग गरेका थिए। आफ्नो पार्टीको भन्दा प्रचण्डको आदेश र आकाङ्क्षालाई अति उच्च महत्त्व दिँदै आएका झलनाथ खनाल प्रचण्डको इच्छाविपरीत जाने विश्वास कसैले पनि गरेका छैनन्। प्रचण्डका हरेक कदममा साथ दिँदै आएका खनालले मन्त्रिमण्डल पुनर्गठन प्रकरणमा पनि प्रचण्डकै आदेशको पालना गर्रेको भन्नेमा कुनै शङ्का गरिरहनुपर्ने ठानिएको छैन। वैद्यको चाहनाबमोजिमको 'मन्त्रिमण्डल' बन्नमा रोक लगाउँदा तत्कालका लागि प्रचण्डलाई सन्तुष्टि त मिल्ला, दूरगामी रूपमा यसको के लाभ देखेर उनले यस किसिमको खेल खेल्नुभएको हो सो भने बुझ्न सकिएको छैन।

प्रचन्ड र माओवादी प्रहसन नम्बर २ : माओवादीभित्र प्रचण्डलाई मात्र 'साइजमा ल्याउन' सुरु गरिएको युद्धमा प्रचण्डबाहेक अन्य केही नेताहरू पनि पराजित भएका छन् भने युद्ध–अभियानका अगुवाहरूमध्ये डा. बाबुराम भट्टराईचाहिँ सहयात्रीझैं विजयी हुन सकेनन्। प्रचण्डलाई महामन्त्री बनाएर कम्युनिस्ट आन्दोलनमा स्थापित गराउनुहुने मोहन वैद्य किरणको अगुवाइमा सुरु भएको अधिनायकवादविरुद्धको अभियानमा डा. भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाश, रामबहादुर थापा बादल, सीपी गजुरेल, देव गुरुङ, पम्फा भुसाल, हरिभक्त कँडेल, नेत्रविक्रम चन्द र देवेन्द्र पौडेल सुनिललगायतका नेताहरू विशेष रूपले सक्रिय भएका थिए। अभियानको एक मात्र उद्देश्य प्रचण्डमा निहित सर्वाधिकारलाई खण्डित गर्दै सामूहिक नेतृत्व प्रणाली स्थापित गर्नु थियो। त्यसनिम्ति संसदीय दलको नेता बाबुराम भट्टराई, सङ्गठन विभागको (कार्यकारी) प्रमुख मोहन वैद्य किरण, सैन्य फाँटको प्रमुख रामबहादुर थापा बादललाई बनाउन प्रचण्डलाई बाध्य गराउनुपर्ने थियो। प्रचण्ड वैद्यलाई सङ्गठन विभागको तथा बादललाई सैन्य फाँटको सम्पूर्ण जिम्मेवारी सुम्पन राजी भए, तर बाबुराम भट्टराईलाई संसदीय दलको नेता पद भने उनले छोडेनन्। त्यसरी भट्टराईले दलको नेता पद नपाउनुमा भट्टराई स्वयम् जिम्मेवार रहेको बताइन्छ। प्रचण्डसँगको एकल भेटमा भट्टराईले आफू पदलोलुप नभएको सफाइ पेस गर्दै संसदीय दलको नेता पद नभए पनि आफूलाई फरक नपर्ने बताएपछि प्रचण्डले दलको नेता पद आफैंसँग राख्ने मौका पाएका हुन्। बाबुराम आफैंले खुट्टा बलियोसँग नटेकेको भनक पाएपछि वैद्य चिन्तित भए र आफ्ना निकटकाहरूसँग खिन्नता प्रकट गर्दै उनले भने, 'के गर्ने, जसका लागि यत्रो लडाइँ लडियो उसैले खुट्टा नटेकिदिएपछि के लाग्दोरहेछ र?' यसका बाबजुद किरणले प्रचण्डलाई संसदीय दलको नेता पद छोड्न दबाब दिए। प्रचण्डले भदौ १४ गतेसम्मको स्थिति हेरेर मात्र मलाई निर्णय लिन दिनुहोस् भनी आग्रह गर्दा वैद्यले भदौ १४ होइन सात दिनको समयसीमा दिन सकिन्छ भन्ने जवाफ दिएको बताइन्छ। बाबुरामले पनि सोहीबमोजिम अडान राखेका भए पद त्याग गर्न केन्द्रीय समितिको बैठकबाट नै प्रचण्डलाई सात दिनको समयसीमा दिने सोच वैद्यको थियो। तर, बाबुराम भट्टराईले यस विषयमा गम्भीरतापूर्वक चासो प्रकट नगरेका कारण केन्द्रीय समितिको बैठकमा यस सम्बन्धमा निर्णय हुने स्थिति बनेन। यसरी डा. भट्टराई आफ्नै कारणले चालू लडाइँमा विजयी बन्न सकेनन्। मोहन वैद्य किरण, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ प्रकाश भने आफ्नो अभियानमा सफल भएको मानिएको छ। चार दशक लामो यात्रामा मोहन वैद्य 'किरण'ले करिब तीन महिनाअघि मात्र प्रचण्डसमक्ष अल्पमतमा परेर नोट अफ डिसेन्ट लेख्नुपरेको थियो। अहिले संसदीय दल र केन्द्रीय समिति दुवै निकायमा वैद्यलाई दुईतिहाइ बहुमतको समर्थन रहेको छ। यतिबेला माओवादी नेताहरूले कथाको त्यही साधुको स्मरण गरिरहेका छन् जसले पहिले आफ्नो शिष्यलाई बाघ बनाइदिए तर बाघ बन्नेबित्तिकै उसले गुरुलाई नै सिकार बनाउन खोज्यो, अनि गुरुले पनि तत्काल उसलाई शालिकमा रुपान्तरण गरिदिएका थिए। माओवादीभित्रको सङ्घर्षमा सबैभन्दा नराम्रोसँग एक्स्पोज भए दीनानाथ शर्मा। उनी एक दिनअघिसम्म बाबुराम भट्टराई नै संसदीय दलको नेता हुनुपर्छ भनेर सार्वजनिक रूपमा अभिमत जाहेर गर्दै थिए, तर प्रचण्डलाई भेटेको भोलिपल्टै उनले आफ्नो भूमिका बदले। भनिन्छ, प्रचण्डले दीनानाथ शर्माको ज्वाइँसम्बद्ध टेलिभिजन च्यानललाई पचास लाख रुपैयाँ दिएपछि शर्माको भूमिका बदलिएको थियो। यस प्रकरणले शर्माको राजनीतिक छविमा धेरै ठूलो धक्का लागेको छ। वैद्यले सुरु गरेको अभियानमा लीलामणि पोखरेल र अमिक शेरचनको साथ शुरुदेखि नै रहँदै आएको थियो, तर नारायणकाजी श्रेष्ठ पनि वैद्यको पक्षमा उभिएपछि शेरचन र पोखरेलका निम्ति पनि माओवादीभित्रको युद्धको उपलब्धि शून्य बराबर हुन पुग्यो। कृष्णबहादुर महरा पहिले वैद्य पक्षमा रहेको भए पनि उनी गृहमन्त्री पाउने भएपछि प्रचण्डतिर लहस्सिएका थिए। आन्तरिक युद्धको पटाक्षेप हुँदा महराले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद गुमाउनुपर्ने स्थिति बन्यो। यसर्थ सबभन्दा नराम्रोसित पराजित हुनेमा कृष्णबहादुर महरा परेका छन्। महरा यता न उताका मानिस भएका छन्। सीपी गजुरेल र देव गुरुङ वैद्यको पक्षमा दर्बिलो सहयोगी भएर बसेका कारण दुईजनाले महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छन्। अन्य दलहरूसँग वार्तालाप गर्ने र वैदेशिक सम्बन्ध हेर्ने जिम्मेवारी गजुरेलले पाए भने गुरुङले प्रमुख सचेतक बन्ने मौका पाए। उनीहरू दुवैजना सरकारमा नेतृत्व गरेर जाने पाउने उचाइका व्यक्ति हुन्, नारायणकाजी श्रेष्ठलाई उक्त अवसर प्राप्त भएको हुँदा राजनीतिक रूपले महत्त्वपूर्ण मानिएका दुई जिम्मेवारी दुई नेतालाई प्राप्त हुन पुगेको छ। यसर्थमा गजुरेल र गुरुङ पनि विजयी सूचीमा परेका छन्। आफ्नो राजनीतिक जीवनमा प्रचण्डले सबैभन्दा ठूलो धक्का यसपटक खाएका छन्। उनी आफूमा निहित शक्ति बाँडफाँड गर्न आफ्नो इच्छाले राजी भएका होइनन्। त्यसैले प्रचण्ड चुपचाप सबै कुरा स्वीकार गरेर बस्न या सहन तयार होलान् भन्न सकिँदैन। वैद्यको मोर्चाबन्दीलाई भत्काएर पुनः गुमेको शक्ति फर्काउनु प्रचण्डको एक मात्र ध्येय हुने निश्चितप्रायः छ। त्यस निम्ति प्रचण्डले आगामी दिनमा खेल्न सक्ने खेलप्रति वैद्य पक्ष सचेत रहन सकेन भने प्रचण्डको शक्ति फर्कने र वैद्यको हालत पहिलेकै जस्तो हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन। वैद्यले प्राप्त गरेको सङ्गठन विभागको जिम्मेवारी र अनुशासन समितिको कामलाई प्रभावकारी रूपमा निर्वाह गर्न सके भने प्रचण्डका सबैखाले प्रयासहरू फेरि पनि पराजित हुनेछन्।


प्रचन्ड र माओवादी प्रहसन नम्बर ३ : शक्ति विकेन्द्रित गरी पार्टीमा सुधार ल्याउन प्रचण्ड तयार नभए माओवादी नेताहरूले प्रचण्डलाई तह लगाउन जस्तोसुकै उपाय अवलम्बन गर्न पनि तयार हुने सङ्केत दिएका छन्। प्रचण्डको आत्मकेन्द्रित एवम् अधिनायकवादी कार्यव्यवहारबाट पार्टीलाई मुक्त गरिछाड्न वरिष्ठ नेता मोहन वैद्य र डा. बाबुराम भट्टराईले विशेष अग्रसरता लिनुभएको छ। सशस्त्र युद्धकालमा पार्टीको कमान प्रचण्डको, लडाकुको रामबहादुर थापा बादल र मोर्चाको नेतृत्व डा. बाबुराम भट्टराईको हातमा थियो। तर, बादललाई एक मुद्दामा कारबाही गरेर सेनाको कमाण्ड प्रचण्ड आफैंले लिनुभयो। त्यसैगरी फुन्टिवाङ बैठकमा बाबुरामको हातबाट मोर्चाको नेतृत्व खोसेपछि प्रचण्ड पार्टी, सेना र मोर्चा तीनवटै शक्तिको प्रमुख हुनुभएको थियो।
नेतृत्व केन्द्रिकृत गर्दा क्रान्ति सम्पन्न गर्न सजिलो हुन्छ भन्ने तर्कका आधारमा प्रचण्डले सम्पूर्ण शक्तिको प्रयोग आफू एक्लैले गर्दै आउनुभएको थियो। एकपटक त उहाँले आफूलाई प्राधिकार नै घोषणा पनि गराउनुभएको हो। तर, अहिले प्रचण्डमा निहित शक्ति नै माओवादी पार्टीका लागि मुख्य समस्या बनेको ठान्न थालिएको छ। आफूमा निहित केन्द्रिकृत शक्तिलाई कार्य विभाजन गरी विकेन्द्रित गर्न प्रचण्ड तयार हुनुहुने विश्वास वैद्य र भट्टराईलगायतका नेताहरूले गरेका छन्। कदाचित प्रचण्ड आफूलाई सुधार्न तयार हुनुभएन भने कुनै पनि ठोस कदम चाल्न वैद्य र बाबुराम तयार हुनुभएको छ। तर, कतिपयले बाबुराम भट्टराईलाई उधारो प्रधानमन्त्री दिएर प्रचण्डले आफ्नो पक्षमा लैजाने र पार्टी शुद्धीकरणको अभियानलाई शिथिल तुल्याइने हो कि भन्ने आशङ्का गरेका छन्। यद्यपि डा. भट्टराई तथा उहाँका समर्थकहरू प्रचण्डलाई विश्वास गर्नुभन्दा वैद्यलाई साथ दिनुमै सबैको हित हुने धारणा राख्नुहुन्छ। प्रचण्डले आफू परिवर्तन भएको या सुधि्रएको प्रमाणित गर्न कम्तीमा संसदीय दलको नेता पद परित्याग गरी डा. बाबुराम भट्टराईलाई उक्त जिम्मेवारी सुम्पन तयार हुनुपर्नेछ। त्यसबाहेक पार्टीको हिसाब पारदर्शी बनाउन र सामूहिक निर्णयबाट चल्न पनि प्रचण्ड तयार हुनुपर्नेछ। दुई दशकभन्दा बढी समयदेखि माओवादी पार्टीको एकछत्र नेतृत्व सम्हाल्दै आउनुभएका प्रचण्डमाथि महाधिवेशन गराउन पनि दबाब परेको छ। प्रचण्डले धेरै अघिदेखि नै महाधिवेशन गराउन आफू तयार भएको बताउने गर्नुभए पनि त्यसनिम्ति कुनै पनि प्रकारको तत्परता भने लिइएको छैन। त्यसैले वैद्य–बाबुराम पक्षले महाधिवेशन गराउन केन्द्रदेखि सेलसम्म महाधिवेशन आयोजक समिति निर्माण गरिनुपर्ने धारणा दृढतापूर्वक अघि सारेका छन्। त्यसो गर्दा मात्र महाधिवेशन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनसक्ने विश्वास उहाँहरूको छ। तर, आफ्नो अनुकूल नहुँदा पार्टी केन्द्रीय समितिको बैठक त गराउन नचाहने प्रचण्डबाट महाधिवेशन निष्पक्ष गराउने कार्य होला भन्ने विश्वास धेरैलाई छैन। माओवादी पार्टीमा कुनै बेलाका शक्तिशाली प्रचण्ड अब रक्षात्मक र निरीह बन्दै जानुभएको छ। गत शुक्रबार केन्द्रीय समितिको बैठकमा अचानक आफूविरुद्ध सभासद्हरूको दस्तखत प्रस्तुत भएपछि प्रचण्ड स्तब्ध हुनुभएको छ र अब कसरी परिस्थिति आफूअनुकूल तुल्याउने भन्नेमा मात्र उहाँ केन्द्रित हुनुभएको महसुस गर्न थालिएको छ। पार्टीका तीन शक्तिशाली नेतालाई कारबाही गरी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य (किरण)को साख गिराउने तयारीसहित केन्द्रीय समिति बैठकमा पुग्नुभएका अध्यक्ष प्रचण्ड उल्टै आफ्नाविरुद्धमा दुईतिहाइ सभासद्को निवेदन परेपछि नराम्रोसँग झस्किएर अन्ततः बैठक नै स्थगित गर्न पुग्नुभयो। गत शुक्रबार केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्नेगरी उहाँले एक दस्तावेज तयार गर्नुभएको थियो र उक्त दस्तावेज केन्द्रीय समिति सुरु हुनुअगावै बसेको स्थायी समिति बैठकमा पढेर सुनाउनुभएको पनि थियो। स्थायी समितिमा सुनाइएको उपाध्यक्ष वैद्यविरुद्ध लक्षित दस्तावेजमा उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहितको विशेष संयन्त्र निर्माण गरी पार्टीलाई 'सुढृढ' तुल्याउने भन्नेमा केन्द्रित थियो। प्रचण्डले उक्त दस्तावेज केन्द्रीय समितिमा प्रस्तुत गरी पार्टीका प्रभावशाली नेताहरू सीपी गजुरेल, देव गुरुङ र नेत्रविक्रम चन्दलाई कारबाहीको प्रस्ताव गर्ने योजना बनाउनुभएको थियो। यसरी तीन शक्तिशाली नेतालाई कारबाही गरेपछि मोहन वैद्य (किरण) उत्तेजित भई आक्रामक ढङ्गबाट बैठकमा प्रस्तुत हुनेछन् र त्यसक्रममा वैद्यलाई समेत पन्छाउने प्रचण्डको कुटिल चाल थियो। तर, प्रचण्डको अनुमानविपरीत केन्द्रीय समिति बैठक बस्नुअघि एक सय उनान्साठी सभासद्ले आफ्नो कार्यशैलीमाथि नै प्रश्न उठाउँदै निवेदन दिएपछि उहाँ स्तब्ध हुनुभएको प्रचण्डनिकट एक केन्द्रीय नेताले घटना र विचारसँग बताउनुभयो। यसरी हस्ताक्षरसहित प्रचण्डलाई निवेदन दिनेहरूको सूचीमा भट्टराईको नाम पनि देखेपछि प्रचण्ड थप हतोत्साहित हुनुभयो। निवेदनमा भट्टराईसहित उहाँनिकट छैसट्ठी सभासद्को नाम पनि छ। त्यसैगरी वैद्यनिकटका बयानब्बे सभासद्ले पनि लहरै हस्ताक्षर गरेका थिए। आफूविरुद्ध हस्ताक्षरसहित निवेदन परेपछि केन्द्रीय समिति बैठक नै स्थगित गर्ने मनस्थितिमा प्रचण्ड पुग्नुभएको थियो। तर, एक्कासि बैठक स्थगित गर्दा आफ्नाबारेमा बाहिर गलत सन्देश जान सक्ने भन्दै निकटस्थहरूले सुझाएपछि केही क्षणका लागि मात्र भए पनि बैठक सुरु गनर्ेे मनस्थितिमा पुग्नुभयो प्रचण्ड र बैठक पनि सुरु गर्नुभयो। करिब एक घन्टाजति बसेको बैठकमा प्रचण्डले आफूले तयार गरेको प्रतिवेदनमा उल्लिखित सामान्य कुरा राखेर तीन दिनका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो। 'अबको बैठक कहिले हुन्छ त्यसको कुनै निश्चितता छैन।' प्रचण्डनिकट स्रोत भन्छ, 'आफू सुरक्षित हुने निश्चित भएपछि मात्र केन्द्रीय समितिको बैठक बस्नेछ।' केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने प्रस्तावलाई हेरेर वैद्य पनि आफ्नो छुट्टै प्रस्ताव पेस गर्ने योजनामा हुनुहुन्थ्यो। अध्यक्ष प्रचण्डको एकाकी र अवसरवादी सोचका कारण पार्टी दिशाहीन भएको, पार्टी र सरकार सञ्चालनमा अध्यक्षले एकलौटी निर्णय गर्ने गरेको, अवसरवादीहरूलाई प्रश्रय दिँदै गएको, फरक विचारलाई निषेध गरेको, पार्टीका विभिन्न निकायमा समानुपातिक प्रतिनिधित्व नभएकोलगायतका कुरा उठाउँदै यस्तो नेतृत्वबाट पार्टी सञ्चालन हुन नसक्ने भएकोले तत्काल महाधिवेशनको आयोजना गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्ने थियो। उनीहरूले दाबी गरेअनुसार पार्टीमा पचासदेखि त्रिपन्नजना केन्द्रीय सदस्य वैद्य समर्थक छन् भने पच्चीसदेखि तीस उपाध्यक्ष भट्टराई र पचहत्तरदेखि सत्तरी सदस्य प्रचण्ड पक्षधरका छन्। उनीहरूका अनुसार अध्यक्ष प्रचण्डसँग पार्टी एकीकरणको प्रक्रियामा बनेका केन्द्रीय सदस्य बढी छन् भने उपाध्यक्ष मोहन वैद्यसँग युद्धकालीन समयका नेता तथा भट्टराईसँग पार्टीभित्रका बौद्धिक नेताहरूको बाहुल्य छ। यसरी तीन गुटमा विभाजित देखिएको माओवादीमा दुई पक्ष एक हँुदा सहजै बहुमत पुग्छ। त्यही बहुमतका आधारमा विस्तारित बैठकमा वैद्यसँग मिसिएर जनविद्रोहलाई पार्टीको लाइन बनाउनुभएका अध्यक्ष प्रचण्डले यसअघि बसेको केन्द्रीय समितिमा उपाध्यक्ष भट्टराईसँग मिसिएर पार्टीको कार्यदिशा नै परिवर्तन गर्न अग्रसर हुनुभएको थियो। त्यसैगरी बैठकमा भट्टराई पक्षधरका सभासद्हरूले पनि अध्यक्षको कार्यशैलीका बारेमा गम्भीर प्रश्न उठाउने तयारी गरेका थिए। उनीहरू पार्टी नेतृत्व विचारको भन्दा पनि गुटगत संस्कृतिलाई बढावा दिँदै गएको, जिम्मेवारी बाँडफाँड सन्तोषजनक नभएको, पार्टी समानुपातिक ढङ्गबाट अघि नबढेकोलगायतका आरोप लगाउँदै अध्यक्षलाई 'ठीक' पार्ने अवस्थामा थिए।

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House


 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
                                                                    ***************
                                                       
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com. janapukar.com

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक