20110728

“झलनाथ खनाल र मैले पंचायतकालको कुनै बेला एउटै सर्ट धोएर पालैपालो लगाउन्थ्यौं। तर बहुदल आएपछि काठमाडौंमा वहाँको घर देख्दा मलाई चक्कर नै आयो"

“आफूलाई कम्युनिष्ट भनाउँदाहरूको एउटा ठूलो तप्का भ्रष्टाचार, कमिशनखोरी,  सत्तालिप्सामा रूमल्लीदैं कम्युनिष्ट आन्दोलनलाई नै बदनाम गर्न लागि परेको छ।” 
- चित्रबहादुर के.सी
“झलनाथ खनाल र मैले पंचायतकालको कुनै बेला एउटै सर्ट धोएर पालैपालो लगाउन्थ्यौं। तर बहुदल आएपछि काठमाडौंमा वहाँको घर देख्दा मलाई चक्कर नै आयो। यो कसरी संभव भयो? यसप्रकारको प्रश्न राख्दा, वहाँले अली–अली बिग्रको त हो नै भनेर स्वीकार गर्नुभयो।' सो अभिव्यक्ति राजमो अध्यक्ष, चित्रबहादुर के.सी.ले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बताउनुभएको हो। अखिल नेपाल बुद्धिजीवी संघ, काठमाडौंले आयोजना गरेको नेपालको कम्युनिष्ट आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष के.सी.ले नेपालको कम्युनिष्ट आन्दोलन गंभीर मोडमा आईपुगेको बताउँदै भन्नुभयो: “आफूलाई कम्युनिष्ट भनाउँदाहरूको एउटा ठूलो तप्का भ्रष्टाचार, कमिशनखोरी,
सत्तालिप्सामा रूमल्लीदैं कम्युनिष्ट आन्दोलनलाई नै बदनाम गर्न लागि परेको छ।” वर्तमान माओवादी अर्न्तसंघर्षको बारेमा चर्चा गर्दै, उहाँले भन्नुभयो “बाबुराम र प्रचण्डको नीति र सिद्धान्त एउटै हुँदा–हुँदै भट्टराई कुुर्सीको विषयमा किरणसित मिल्न जानुले उनको राजनैतिक हैसियत के हो? स्वतः प्रष्ट हुन्छ।” नेता के.सी.को थप कथन थियो “माओवादीमा एउटा ठूलो तप्का इमान्दारीका साथ आन्दोलन र संघर्षमा समावेश हुँदै आए पनि त्यहाँभित्रको एउटा वर्ग जसमा निम्न पूजीवादी सोंच भएको नेतृत्व तथा त्यसको चाप्लुसी गर्ने जमातले नै व्यक्तिगतरूपमा गुणात्मक रूपमा प्रगति गर्दै गएको छ।” नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक महत्वका विषयहरूलाई कोट्याउदैं वहाँले, “उग्र–वामपन्थी भड्काव तथा दक्षिणपंथी अवसरवादका विरूद्व निरन्तररूपमा संघर्ष गर्दै क्रान्तिकारी स्पि्रटलाई जिवित राख्न सक्षम भएकोमा” गर्व गर्नुभयो। वहाँले अगाडि “अहिलेसम्मको नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व बुद्धिजीवीहरूले गर्दै आएपनि एउटा ठूलो तप्कामा रहेका बुद्धिजीवीहरूलाई सर्वहाराकरण गर्नु सबैभन्दा चुनौतिको विषय भएको छ।” भरतमणि भण्डारीको संचालन, समिर सिंहको अध्यक्षता पश्चात् अगाडि बढेको कार्यक्रममा उपस्थित जनसमुदायलाई नारायण भुषालले स्वागत गर्नु भएको थियो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(मसाल)का केन्द्रिय प्रवक्ता हरि आचार्य, राजमोका कोषाध्यक्ष मनोज भट्ट, अन्टुकका अध्यक्ष नारायण सापकोटा लगायतका वक्ताहरूले विषयवस्तुलाई थप प्रष्ट्याउनु भएको थियो। बुद्धिजीवी संघ, काठमाडौंले प्रत्येक महिनाको पहिलो शनिवार यस्तै अन्तरक्रिया कार्यक्रम गर्दै जाने छ। बुद्धिजीवी संघ काठमाडौंका अध्यक्ष समिर सिंहले दिनुभएको जानकारी अनुसार प्रत्येक महिनाको पहिलो शनिवार हुने अन्तर्किया कार्यक्रम अर्न्तगत भाद्र ३ गते समसामयिक विषयमा कार्यक्रम चलाइने छ। त्यसको थप विवरण तथा अन्य गतिविधिहरूका बारेमा श्रावण २१ गते बस्ने जिल्ला समितिको बैठकले निर्धारित गर्ने जानकारी पनि अध्यक्ष सिंहले दिनुभयो।

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

  August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा ! तपाईं छुट्नुहोला नि ! यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा!

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! 


अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !


हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता ,  *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता        
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !




यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच    
सह-आयोजक :
* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  


Nepalese American Women Helping Hands   



International Media House



 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !


Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
www.janapukar.com
                                                                    ***************
                                     
                                                भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com.

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक