20110730

२४ जना मन्त्री थप गर्न नपाएको झोकमा माओवादीका सबै मन्त्रीले राजीनामा दिए, झलनाथ अप्ठ्यारोमा !

भदौ १४ अघि गम्भिर निर्णयमा पुग्ने बताए झलनाथ खनालले
राजीनामा दिन बाँकी माओवादीका चार मन्त्री र चार राज्यमन्त्रीले पनि शनिबार राति राजीनामा दिएका छन् ।
अपरान्ह स्थायी समितिको निर्णयअनुसार माओवादी मन्त्रीको राजीनामा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री झलनाथ खनाललाई बुझाएका हुन् । पार्टीले पठाएका १२ मन्त्री र सोही संख्याका राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ नखुवाएपछि माओवादीले राजीनामा बुझाउन बाँकी मन्त्रीलाई फिर्ता गराउने निर्णय गरेको थियो । प्रधानमन्त्रीले शनिबार पनि अध्यक्ष दाहाललाई  हतारमा गरिएको  निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए । दाहालले भने शपथ खुवाउन नसक्ने अवस्थामा पार्टी निर्णय परिवर्तन नगर्ने अडान लिएको स्रोतले बताएको छ । माओवादीले पार्टी अल्टिमेटम पूरा नगरे आइतबारदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । निर्णय कार्यान्वयन भए खनाल सरकार आइतबारदेखि नै अल्पमतमा पर्ने छ । प्रधानमन्त्रीले भने सरकारमा रहेका चार मन्त्री र तीन राज्यमन्त्रीको राजीनामासमेत लिएर बालुवाटार पुगेका दाहाललाई मनाउने प्रयास गरेका थिए । प्रधानमन्त्रीले दाहाललाई भेट्नुअघि बालुवाटारमै माओवादी बरिष्ठ उपाध्यक्ष मोहन वैद्यलाई भेटेका थिए । मन्त्री टोपबहादुर रायमाझीले बाँकी एक महिनाभित्र शान्ति र संविधान
सँगै राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गर्दै माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बन्ने ठोकुवा गरेका छन । आज रिपोर्टस क्लवमा बोल्दै मन्त्री रायमाझीले  पाँच बुँदे सहमति कार्यान्वयन गरेर निकास निकाल्नु पर्नेमा जोड दिए । उनले राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै सहमतिकोलागी प्रधानमन्त्रीले पहिलानै राजिनामा दिएर मार्ग प्रसस्त गर्दा पनि हुने दावी गरे । उनले भने-सहमति हुन्छ भने पहिला वा पछि जहिले पनि प्रधानमन्त्रीले राजिनामा दिए हुन्छ । त्यसले केही फरक पार्दैन । पछिल्लो समयमा माओवादीले पठाएका मन्त्रीको सपथ गराएर सहमतिमा असर नपर्ने भन्दै सपथ नगराउनु संसदीय मान्यता विपरित भएको जिकिर गरे ।
प्रधानमन्त्री झलनाथ खनालले शान्ति संविधानका निम्ती कुनै प्रगति नहुने र सहयोगीहरु पनि त्यस ढंगले अघि नबढे भदौ १४ अघि गम्भिर निर्णयमा पुग्ने बताएका छन् । मन्त्रिपरिषद् पुनर्गठएनको माओवादी प्रस्तावप्रति असन्तुष्ट रहेको प्रधानमन्त्री खनालले निर्णय पुनविचार गर्न आग्रह गर्दै त्यो नभए गठबन्धन नै संकटमा परी नयां श्रृंखला निर्माण हुने सक्ने चेतावनी दिएका छन् । 'शान्ति र संविधानको निम्ति कुनै प्रगति हुँदैन र सम्बन्धित सहयोगीहरु त्यो ढंगले अघि बढ्न तयार छैनन् भने त म यो पदमा एकै मिनेट पनि बस्ने औचित्य देख्दिन' प्रधानमन्त्रीले  शनिबार  भने,' यस्तो अवस्थामा मैले गम्भिर ढंगले निर्णय गर्नैपर्छ ।' उनले आफू कुर्सी र पद प्राप्तका लागि प्रधानमन्त्री  नबनेको उल्लेख गर्दै मुख्य उद्देश्य शान्ति र संविधान भएको र यसका लागि अनुकुल वातावरण बनाउन  प्रयास  गरेपनि प्रगति हुन सकिरहेको  बताए । 'इतिहासलाई अग्रगति  तर्फ बढाउन अन्तिम समय सम्म प्रयास गर्नुपर्छ । अन्तिमसम्म प्रयास गर्दा पनि भएन भने एउटा श्रंृखला टुट्न सक्छ र अर्को श्रृंखला  निर्माण हुन सक्छ' उनले भने । उनल माओवादीले पनुर्विचार गर्न सकेन भने झन् जटिलता बढ्ने बताए । उनले यदी माओवादीले सरकारलाई समर्थन फिर्ता लिन चाहे आफूले त्यही ढंगको निर्णय लिने जानकारी दिए ।  'तर यो सरकार निर्माण गर्दा शान्ति  प्रक्रिया र संविधान निर्माण लाई दृढता पूर्वक काम गर्ने समाजिक आर्थिक रुपान्तरण र राष्ट्रिय स्वाधिनतालाई सदृढ गरेर अघि बढ्ने चार उद्देश्य राखेर सहमति गरेका थियौ' उनले भने,' अहिले आएको प्रस्तावले यी चारवटा उद्देश्यर्लाई सृढृण गर्न सक्छ कि सक्दैन यसलाई माओवादीले गम्भिरतापूर्वक विचार गर्नुपर्छ ।' उनले भदौ १४ मा संविधान सभाको म्याद बढाउनुको विकल्प नरहेको उल्लेख गरे । 'राष्ट्र १२ हात हिडेर एक वित्तामा अड्किन सक्दैन र अड्काउनु पनि हुदैन 'र्  उनलेभने 'संविधान निर्माण गर्ने प्रक्रियामा ८० प्रतिशत काम सकियो ।भदौ १४ अघि  शान्ति प्रक्रियाको सन्दर्भमा रिग्रुपिड.सम्म जान सक्छौ ।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, १३ वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 10 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese in America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika, New York (everesttimesnews.com)
 
                                                                    ***************
                                                 
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक