20110731

झलनाथ माओवादीका २४ जनालाई सपथ खुवाउदै

मान्नुस् या नमान्नुस् प्रचन्ड प्रधानमन्त्री बन्न असफल भएपनी देश घुमाइ फिराइ प्रचन्ड आतंकमै चलिरहेकोछ !
एमालेका अध्यक्ष्य झलनाथ खनाल एमालेले भनेको मन्दैनन तर माओवादी र प्रचन्डको कुरा कत्तिपनी काट्दैनन् 
प्रधानमन्त्री झलनाथ खनालले माओवादीले प्रस्ताव गरेका मन्त्रीहरुलाई सोमबार बिहान शपथ खुवाउने भएका छन्। माओवादीले आफूले पठाएका मन्त्रीलाई शपथ नखुवाए समर्थन फिर्ता लिने चेतावनी दिएपछि चौतर्फी विरोधका बाबजुद पनि उनले शपथ खुवाउन लागेका हुन। प्रधानमन्त्रीले आइतबार पत्रकार सम्मेलनमार्फत केही मन्त्रीलाई मात्र शपथ खुवाउने बताएका छन्। शपथ नगराउने पार्टीको निर्देशनलाई उनले पार्टीले यस्तो निर्णय नगरेको भन्दै शपथ खुवाउने काम प्रधानमन्त्रीको विशेषाधिकार भएको जिकीर पनि गरे। उनको भनाई थियो- स्थायी समितिले यस्तो निर्णय गरेको छैन। माओवादीले सरकारमा भएका आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन लगाएर १२ मन्त्री र १२ राज्य मन्त्री सिफारिस गरेको थियो। प्रधानमन्त्रीले माओवादीले केही सङ्ख्या घटाउने सङ्केत पनि गरे। उनले अहिले भइरहेका मन्त्रीले दिएको
राजीनामा फिर्ता लिनुपर्ने भनाई पनि राखेका छन्। राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने तथा प्रधान मन्त्रीले राजीनामा दिनुपर्ने बेलामा मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने भन्दै संसदमा प्रमुख प्रतिपक्षी नेपाली कङ्ग्रेस र प्रधान मन्त्री अध्यक्ष रहेकै पार्टी एमालेले विरोध जनाइरहेका छन्। तर प्रधान मन्त्रीले यी सबैखाले विरोधका बीच नै माओवादी मन्त्रीलाई शपथ खुवाउने र यो आफ्नो अधिकारसमेत भएको दाबी गरेका थिए। एमाले नेता केपी ओली, माधवकुमार नेपाल, प्रदीप ज्ञवाली, भीम रावललगायतले अहिले सरकार पुनर्गठनको बेला नभएको भन्दै पार्टी निर्णयविपरित माओवादीले सिफारिस गरेका मन्त्रीलाई शपथ खुवाए प्रधान मन्त्रीलाई कारबाही गरिने चेतावनी दिँदै आएका छन्। आईतबारसम्म मन्त्रिपरिषद पुनगर्ठन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो अडानबाट माओवादी पछाडि हटेको छ । प्रधानमन्त्री नयाँ मन्त्रीलाई शपथ गराउन सकारात्मक भएको भन्दै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री झलनाथ खनालसँग सकारात्मक कुरा भएकाले समर्थन जारी रहने बताए । माओवादीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुको सामूहिक राजीनामा हुनु समर्थन फिर्ता लिनु नभएको उनको भनाइ रहेको थियो ।
सिफारिस गरिएका नयाँ मन्त्रीको शपथ नगराएको भन्दै माओवादीले दुई पटक गरी सवै मन्त्रीको राजीनामा गराएको थियो । पार्टीले पठाएका १२ मन्त्री र सोही संख्याका राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ नखुवाएपछि माओवादीले राजीनामा बुझाउन बाँकी चार मन्त्री र चार राज्य मन्त्रीको शनिबार राति राजीनामा गराएको थियो । माओवादीले यसअघि कृष्णबहादुर महराको नेतृत्वमा ७ मन्त्रीको राजीनामा गराइसकेको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भदौ १४ सम्ममा लडाकुको पुनर्वर्गिकरण र संविधानको महिलो मस्यौदा जारी गर्न माओवादी प्रतिबद्ध रहेको बताए । उनले शपथपछि पाँच बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्नेसमेत उल्लेख गरे ।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 10 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese in America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika, New York (everesttimesnews.com)
 
                                                                    ***************
                                               
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक