20110705

"कतै मेरो मातृभूमी पनि त्यस्तै त हुँदैन ...!?"

- रामप्रसाद खनाल, भर्जिनिया
 आदरणीय आमा, 
उताको किचलो बाध्यताले
विदेशमा "पराया" हुन पुगें
सोचें, उताभन्दा यता राहत पाउँछु कि !
उता, हात हतियार अशान्तिको लडाइँ
जीउ ज्यानको बाजी सधै
यता, हात हतियार बिनाको लडाइँ
एकले अर्कोलाई सिध्याउने खेल
खुट्टा तानातान, इर्श्या डाहाका खेती
त्यता जस्तै यता पनि
गुट, उपगुट, आपसमै लडाइँ
खरानीका लागि आफ्नै घरमा डढेलो !
केही वर्षमात्र भयो आमा
यिनै दोहोरिरहेका दृश्य हेर्दै, विदेशमा हराइरहेको छु
असंख्य पींडा बेदनाले कहराइरहेको छु !
आमा, मैले पहिले सोंच्थे
बिदेसिँदाको पींडाले हाम्रा दाजुभाई, दिदी बहिनीलाई
कति पोलिरहेको होला !
जब आफ्ना अगाडी देखें यहाँ
हरेक जातजाती भाषाभाषीका -आफ्नै संगठन
त्यतिमात्र कहाँ हो आमा !
मेचिदेखि महाकाली सम्मका
जिल्ला, नगर, गाउँका -आफ्नै समाज
तर दुःख अपसोचको कुरा
मैले कमै देखें सवै नेपाली अटाउने समाज
-आफ्नै भाषा बोलेको
नेपाली भाषा, संस्कृति आफ्नो पन छोडेको
चार जात छत्तीस बर्णको फूलबारी नेपाल
सवै नेपालीको प्यारो नेपाली भाषा
आजकल बगरेको रेटाइमा परेको खसी जस्तै
रेटिइरहेको मृत्युको मुखमा छट्पट्याइरहेको देखें मैले
विदेशमा पनि नेपालमा जस्तै
नेपाली भाषा, भेष, धर्म, संस्कृति
उजाड हुँदै गइरहेको भोगें मैले
फेरि, बाइसे चौबिसे राज्यको नेपालको
यहाँ पनि वकालत गर्दै भिडिरहेको देखें मैले
संझिएँ थुप्रै असफल राष्ट्रका कथा व्यथा !
अनि मेरो मुटु काँप्यो
कतै मेरो मातृभूमी त्यस्तै हुँदैन ??

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
कबिता : हामी नेपालीको चाला !

अमेरिका आएर पनि, पदकै लागि लडाईं भाछ
नयाँ जोगी जता पनि, पदकै लागि लड्न गाछ
लोग्नेमान्छे भएर मात्र, महिला संघ छोडे उनले

 उनै सबथोक भए, हुन्न भन्छ हेरौ कुनले ?!
ठुलै पद चाहिने उनलाई, परे आखिर नयाँ जोगी
जय जयकार खोज्छन अझै, पदका यी लोभी भोगी
बुद्धी सुद्धी छेत्री माले, चाकडीमा माहिर कती
दुनियाँले लाज मान्छ, उनलाई लाज छैन रती !

- रामप्रसाद खनाल, 06/30/2011
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक