20110713

Official Launching of the US Congressional caucus on Nepal, Washington DC, US, Jul 13, 2011

Congratulations Ambassador Dr. Shankar Sharma for this Historic Great Job, as a Nepali we are proud of you !

अमेरिकाको सँसद भित्र नेपाल ककस समुह निर्माण गरी यसको औपचारिक शुरुवात गरिए पछी नेपाल र नेपालीका लागि थप केही आशा हरु पलाएका छन । डा शंकर शर्मा राजदुत भएर आएपछी वहाँको प्रयासमा यो जुन काम शुरुवात भयो यसले तत्काल केही नदेखिएला तर दिर्घकालिन रुपमा ठुलो र मह्त्वपूर्ण भूमिका खेल्ने छ नेपाल र अमेरिका को दुई पक्ष्यीय सम्बन्धमा । यो एतिहासिक कार्यका लागि राजदुत शर्मा धन्यवाद र बधाई का पात्र हुनुहुन्छ।- Nepalmother.com


यस समाचारलाई हाम्रो सहयात्री नेपाल होराइजन ले यसरी प्रस्तुत गरेको छ हेर्नुस् तल :
अमेरिकी संसद भवन भित्र नेपाल सरोकार समुह (ककस) को पहिलो कार्यक्रम
nepal_cucus2
विष्णु शीतल/वासिङटन डिसि, जुलाई १३,
नेपाल अमेरिका दौत्यसम्बन्धको ६५ बर्षको अवधिमा पहिलो पटक आज बुधबार संसद भवन (क्यापिटल हिल) भित्र हालै गठित नेपाल सरोकार समूह(ककस) का १० जना सांसदहरु र नेपाली समूदायका प्रतिनिधिहरुबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
गत फेब्रुवरीमा संसद सचिवालयमा विधिवत दर्ता भइ शुरु भएको ककसको यो पहिलो विशेष कार्यक्रम हो ।
कार्यक्रमका प्रमुख आयोजक अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा र नेपाल ककसका अध्यक्ष तथा सहअध्यक्षद्वय कंग्रेसम्यान एण्डर क्रेन्स (फ्लोरिडा) र जारेड पोलिस (कोलोराडो)ले आ-आफ्नो धारणा राखेर विधिवत शुरुआत गर्नु भएको थियो । सो अवसरमा राजदूत डा. शर्माले कंग्रेसमेनहरु नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भनेर नेपाल ककसमा आउने क्रम बढीरहेको, १० जना सांसदले सदस्य बन्न तयार भइ हस्ताक्षर गरिसकेको र ककस अध्यक्षका अनुसार २ दर्जन सांसदहरु नेपाल ककसमा सदस्य बन्न तयार भइरहेको हुँदा नेपाल ककस अमेरिकी संसदमा निक्कै ठूलो सरोकार समूह बन्ने अपेक्षा गरिएको जानकारी दिनु भएको थियो । उहाँले अब नेपाली आप्रवासी बुद्धिजीविहरुसंग बसेर एजेण्डा तयार गर्ने र संसदसचिवालयका अधिकारीहरु मार्फत् संसदमा पेश गर्ने नेपाल ककसको आगामी कार्यक्रम रहेको जानकारी दिनु भयो ।उहाँले पीसकोर्प्स भोलेन्टीयर कार्यक्रम पुनस्शुरु भएर स्वयमसेवीहरु नेपाल जाने क्रम शुरु भएको, नेपाल भ्रमण बर्ष २०११ मा नेपाल घुम्न जाने अमेरिकीहरुको संख्या बढ्दै गइरहेको र नेपालमा अमेरिकी सहयोग पनि बढ्दै गइरहेको परिप्रेक्षमा यो नेपाल ककसको भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रमको विशेष महत्व भएको धारणा पनि राख्नु भएको थियो ।
सो अवसरमा ककस अध्यक्ष कंग्रेसम्यान क्रेन्सले दुइ देशबीचको संबन्ध दीगो बनाउन र लोकतन्त्र मजबूद पार्न मद्धत गर्ने उद्धेश्यले नेपाल ककसको स्थापना भएको जानकारी दिनु भयो । अर्का सहअध्यक्ष कंग्रेसम्यान पोलिसले नेपाल यतिबेला राजनीतिक रुपान्तरणको चरणमा भएकाले आर्थिक विकासका लागि बाहय सहयोग जरुरी भएको र नेपाललाई कसरी र के मा सहयोग पुरयाउन सकिन्छ भन्ने कुरा कंग्रेसम्यानहरुलाई बुझाउन आफू तयार रहेको बताउनु भएको थियो ।
अमेरिकी राजनीतिमा सक्रिय रहनुभएका हरि शर्माले नेपाली समुदायका प्रतिनिधिका तर्फबाट नेपाल अमेरिकाबीच कर छुटसम्बन्धी विशेष सन्धी नगरेका कारण नेपाली विद्यार्थीहरुले पाउनुपर्ने कतिपय सुविधाबाट बन्चित हुनुपरकेो तर्फ सांसदहरुको ध्यानाकर्ष गराउनु भएको थियो । राजदूत डा. शर्माको पहलमा नेपाल ककसको स्थपाना भएकोमा नेपली समुदाय उहाँ प्रति आभारी रहेको बताउदै नेपाली समुदायले नेपाल र नेपालीको हितका लागि एजेन्डा तयार गर्न र अगाडि बढाउन सहयोग पुर्याउनु पर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा उपस्थिति हुने कंग्रेसम्यानहरुमा एण्डर क्रेन्स्वा (फोरिडा), गेरी कोनोली (भर्जिनिया),एमसीनेरी (कयालिफोर्निया), जारेड पोलिस (कोलोराडो), लारी किसेल (नर्थ क्योरिला), डेभिड सिसिलिन (रोडआइल्याण्ड), फ्रेडेरिका विल्सन (फ्लोरिडा) बेन जुजान (न्युमेक्सिको), एल्सी हास्टिङ (फ्लोरिडा) र कोलेन हानाबुस (हवाई) सहभागी हुनु भएको थियो ।
सो अवसरमा पहिलो पटक अमेरिकी संसद भवनभित्र नेपाली सेल रोटीलगायतका खानेकुराका परिकार पस्केर कंग्रेसम्यान तथा अन्य उपस्थित सबैलाई दिइएको थियो । उक्त नेपाली परिकार घर ए कवाफ र सांग्रीलाका तर्फबाट निशुल्क उपलब्ध गराइएको थियो ।
कार्यक्रममा वासिङटन डिसि, भर्जिनिया, मेरिल्याण्ड, फ्लोरिडा, कोलोराडोलगायतबाट विभिन्न नेपाली संघ संस्था तथा समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा नेपाली दूतावासका उपनियोग प्रमुख अर्जुनकान्त मैनाली , प्रथम सचिब आनन्दप्रसाद शर्मा, द्वितीय सचिव जीतबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
सन १९४५ देखि सरकारी तहमा कुटनीतिक गतिविधि शुरु भए भए पनि सन १९४७ फेब्रुवरीबाट नेपाल अमेरिकाबीच दौत्यसम्बन्ध स्थापना भएको मानिन्छ । १९४७ सालताका व्यापार संझौता भएको उल्लेख भएको भएपनि यसको पुष्टि गर्ने कागजात भने पाइएका छैनन ।यसको ६५ बर्ष पछि नेपाल र अमेरिका बीच व्यापार सन्धी पनि हालै सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक