20110805

ए एन ए को बिबाद अदालत सम्म पुगेर अदालतले अन्तरिम आदेश जारी गरी ए एन ए का नाममा कुनै निर्वाचन नगराउन, काम कार्वाही नगर्न आदेश, यसबारेमा छेवाङ शेर्पा सँगको बार्ता सुन्नुस्

अन्तत अमेरिकामा रहेका नेपालीको संस्था ए एन ए को बिबाद अदालत सम्म पुगेर अदालतले अन्तरिम आदेश जारी गरी ए एन ए का नाममा कुनै निर्वाचन नगराउन, काम कार्वाही नगर्न आदेश दिए पछी ए एन ए को हुनै लागेको निर्वाचन रोकिएको छ । बिधान अनुसार निर्बाचित भनी घोषणा गरिएका प्रल्हाद केसी र वहाँको समुहले म्यारिल्यान्डको एक अदालतमा ए एन ए का निबर्तमान भनिएका अध्यक्ष्य सिमोन ढुंगाना, अन्तरिम अध्यक्ष्य छेवाङ शेर्पा लामा, निर्वाचन समितिका का सुदिप श्रेष्ठ, महासचिब धिरेन गुरुङ सहितको टिमलाई मुद्दा दिएको मा अदालतले यस्तो आदेश दिएको हो। १० दिन का लागि सम्पूर्ण कामकार्वाही बन्द गर्न र दुबै पक्षलाई अदालतमा हाजिर हुन अदालतले आदेश जारी गरेपछी यसबारेमा संपर्क गर्न खोज्दा प्रल्हाद केसी ले अदालती आदेश को आफुले सम्मान गर्दै केही नबोल्ने र अदालत बाटै टुँगो लाग्ने नेपालमदर डट कमलाई बताउनुभयो । उता ए एन ए का अन्तरिम कार्यकारी अध्यक्ष्य छेवाङ शेर्पाले पनि अदालतको आदेश को सम्मान गर्ने भन्दै ब्यक्तिगतरुपमा मात्र कुरा गर्न राजी हुनुभयो वहाँसँगको टेलिफोन बार्ता यहाँ जस्ताको तस्तै प्रस्तुत छ :

यसै बिच ए एन ए को निर्वाचन समितिका नाममा जारी सुचना यस्तो छ हेरौँ जस्ताको तस्तै :

ANA Election Postponed for ten days


Dear all,

The election scheduled to start August 6th, 2011 will be postponed pursuant to a court order for temporary relief for a period of ten days filed in Prince Georges’ County Circuit Court in the state of Maryland.  Information concerning the status of the election will conveyed upon the completion of the ten day relief period. 

All the activities regarding the ANA Election will be postponed until further notice. No election activities will be conducted during this period.


Sincerely
 
Sharda S. Khati
            Hira Sharma
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 10 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika, New York (everesttimesnews.com)
 
                                                                    ***************
                                             
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika, New York (everesttimesnews.com)

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<


<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<
             डिसी नेपाली समाज, अमेरिकाद्वारा 
जनै पूजन तथा रक्षाबन्धन कार्यक्रमको आयोजना

आदरणीय आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु,
हाम्रो नेपाली सँस्कृति, धर्म, परम्परा तथा रितिरिवाजको जगेर्ना गर्ने उद्देश्य राखी "SAVE OUR CULTURE" भन्ने मूल मन्त्रका
साथ स्थापना भएको संस्था डिसी नेपाली समाज,अमेरिका को आयोजनामा डी सी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बीहरुका लागि यही अगस्ट १३ तारिख, शनिबार जनैपूर्णिमाको दिन ज्योतिष पण्डित श्री राजेन्द्र खनालद्वारा वैदिक विधि
अनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारण कार्यक्रम राखिएको हुँदा यहाँहरु सबैलाई उक्त दिनमा जनै धारण तथा रक्षाबन्धनक़ा
लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

आयोजक : डिसी नेपाली समाज, अमेरिका  

Address : 14102 Wood Rock Way, Centreville, VA, 20121

Date : August 13  2011, Saturday

Time :  7:00 AM To 4:00 PM

बिस्तृत जानकारीका लागि  सम्पर्क :
१. अरुण रुपाखेती          703-909-7123
२. दधि  ढुंगाना           571-438-5499
३. कमल पोखरेल          571-242-5280
४. राजेन्द्र खनाल        703-870-6480
५. सुशील थापा          703-220-8315
६. गीता ढुंगेल              703-209-1533
७. कृष्ण चापागाई       703-505-2429
८. राम मिश्र                         703-663-8766
९. मधु अर्याल             703-994-2566
                      १०. मोहन ढुंगाना         571-285-7809

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक