20110805

बैद्यलाई अझै मान्छे मार्ने रहर : उनी भन्दैछन अर्को जनयुद्ध लड्छौं

शान्ति प्रक्रिया नटुंगिई संविधान जारी भए पनि ‘कागजको खोस्टा'मात्रै हुने : कोइराला, सरकारको नीति कमजोर रहेका कारण देश सङ्कटमा : पूर्व युवराज पारस शाह, प्रधानमन्त्रीले राजीनामा दिन नहुने : देव गुरुङ
माओवादीका उपाध्यक्ष मोहन वैद्यले माओवादी कसैसँग पनि नझुक्ने र आवश्यक परे फेरि अर्को जनयुद्व लड्ने धम्की दिएका छन्। जनमुक्तिका लागि लडेका लडाकुको सम्मानजनक व्यवस्थापन नभए फेरि अर्को जनयुद्व लड्नुपर्ने उनको भनाई थियो। पूर्णबहादुर रोका मगरद्वारा लिखित 'थवाङ्' पुस्तकको शुक्रबार सार्वजनिक गर्दै उपाध्यक्ष वैद्यले जनयुद्वको केन्द्रीय आधार रोल्पाको थवाङ् गाविसबाट सुरु भयो, त्यो महान जनयुद्धको सपना अहिले पनि पूरा भएको छैन, लडाकु सम्मानजनक समायोजन भएन भने फेरि अर्को थवाङ् बनाउनुपर्ने बताए। माओवादीका प्रमुख सचेतक देव गुरुङले विकल्प नहुन्जेल प्रधानमन्त्रीले राजीनामा दिन नहुने बताएका छन्। मिडिया भिजन नेपालद्वारा आयोजित अन्तर्क्रियामा सचेतक गुरुङले विकल्पबिना राजीनामा दिँदा राजनीतिक अन्योल अझ बढ्ने भएकाले प्रधानमन्त्रीले राजीनामा दिन नहुने बताएका हुन्। विगतका कमीकमजोरीलाई सच्याएर वर्तमान संविधान सभाबाटै संविधान बनाउनुको विकल्प नभएको भन्दै सरकार र शान्ति प्रक्रियालाई सेना समायोजनसँग जोड्न नहुने उनको भनाइ थियो। कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शान्ति प्रक्रिया नटुंगिई लोकतान्त्रिक संविधान जारी भए पनि ‘कागजको खोस्टा'मात्रै हुने बताएका छन्। एकीकृत माओवादीको लडाकु र हतियारको व्यवस्थापन तथा समायोजन, वाइसीएलको अर्धसैनिक संरचना भंग एवं
सर्वसाधारणका कब्जा सम्पत्ति फिर्ता नभएसम्म लोकतान्त्रिक संविधान आउनै नसक्ने उनको भनाई छ। शुक्रबार नेपाली कांग्रेस नगर समिति विराटनगरमा आयोजना गरेको 'संकटग्रस्त शान्ति प्रक्रिया र संविधान निर्माणमा नेपाली कांग्रेसका भूमिका' विषयक विचार गोष्ठीमा बोल्दै डा. कोइरालाले पटक-पटक शान्ति प्रक्रियाका सबै विषय वस्तुलाई टुंगो लगाउने भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेपनि त्यसको कार्यान्वयनमा गम्भीर नभएको आरोप लगाए। ‘दाहालजीमा कोठाभित्र राम्रा कुरा गर्ने र बाहिर कार्यान्वयन नगर्ने गजबको खुबी छ'- कोइरालाले भने, ‘माओवादीकै कारण शान्तिप्रक्रिया र संविधान निर्माणले गति लिन सकेको छैन।' शान्तिप्रक्रिया पूरा नभएसम्म कांग्रेसले संविधान ल्याउन नदिने कोइरालाले बताए। ‘जुन पार्टीसँग हतियारसहितको लडाकु छ त्यो पार्टीलाई कसरी विश्‍वास गर्ने?' कोइरालाको प्रश्‍न छ,‘मुलुकलाई फेरि अन्योलमै राखिराख्‍ने?' कांग्रेस नेतृ स्व. नोना कोइराला स्मृति प्रतिष्ठानको शुक्रबारै विराटनगरमा सम्पन्न तेस्रो सधारण सभामा बोल्दै नेता कोइरालाले विस्तृत शान्ति सम्झौतामा लडाकुलाई सेनामा नभएर कुनै सुरक्षा निकायमा समायोजन गर्ने भन्ने उल्लेख भएको चर्चा गर्दै अहिले माओवादीले लडाकुको संख्या र योग्यताका विषयमा बखेडा झिकेको आरोप लगाए।
पूर्व युवराज पारस शाहले सरकारको नीति कमजोर रहेका कारण देश सङ्कटमा परेको बताएका छन्। उनले देशको खस्किँदो अवस्थाका आफू चिन्तित रहेको पनि बताए। सरकारको नीति नराम्रो भएकै कारण देशको राजनीति र आर्थिक अवस्था खस्किएको उनको भनाई थियो। भक्तपुरको छालिङ-९ स्थित पञ्चलक्ष्मी मन्दिरमा आएका शाहले सञ्चारकर्मीसँगको छोटो कुराकानीमा यस्तो धारणा राखेका हुन। यो मन्दिरमा प्रत्येक महिनाको पहिलो शुक्रबार विशेष पूजा हुने गर्छ। यही कारण यहाँ पूजा गर्न र स्वामीसँग भेट गर्न आएको पनि उनले बताए। यस्तै, अभिनेत्री मनीषा कोइराला पनि आज यो मन्दिरमा आइन्। उनले सञ्चारकर्मीसँगको कुराकानीमा आफनो पारिवारिक सम्बन्ध राम्रो रहेको बताउँदै हाल चित्रकला र मेडिटेसनमा दिन बितिरहेको जानकारी दिइन्। मन्दिरमा पारस शाह पहिले आएका थिए भने शाह आएको केही छिनमा मनीषा कोइराला आइपुगेकी थिइन्।

तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 10 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika, New York (everesttimesnews.com)
 
                                                                    ***************
                                     
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
                                                                        703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika, New York (everesttimesnews.com)

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

डिसी नेपाली समाज, अमेरिकाद्वारा 
जनै पूजन तथा रक्षाबन्धन कार्यक्रमको आयोजना

आदरणीय आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु,
हाम्रो नेपाली सँस्कृति, धर्म, परम्परा तथा रितिरिवाजको जगेर्ना गर्ने उद्देश्य राखी "SAVE OUR CULTURE" भन्ने मूल मन्त्रका
साथ स्थापना भएको संस्था डिसी नेपाली समाज,अमेरिका को आयोजनामा डी सी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बीहरुका लागि यही अगस्ट १३ तारिख, शनिबार जनैपूर्णिमाको दिन ज्योतिष पण्डित श्री राजेन्द्र खनालद्वारा वैदिक विधि
अनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारण कार्यक्रम राखिएको हुँदा यहाँहरु सबैलाई उक्त दिनमा जनै धारण तथा रक्षाबन्धनक़ा
लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

आयोजक : डिसी नेपाली समाज, अमेरिका  

Address : 14102 Wood Rock Way, Centreville, VA, 20121

Date : August 13  2011, Saturday

Time :  7:00 AM To 4:00 PM

बिस्तृत जानकारीका लागि  सम्पर्क :
१. अरुण रुपाखेती          703-909-7123
२. दधि  ढुंगाना           571-438-5499
३. कमल पोखरेल          571-242-5280
४. राजेन्द्र खनाल        703-870-6480
५. सुशील थापा          703-220-8315
६. गीता ढुंगेल              703-209-1533
७. कृष्ण चापागाई       703-505-2429
८. राम मिश्र                         703-663-8766
९. मधु अर्याल             703-994-2566
१०. मोहन ढुंगाना         571-285-7809
 

1 comment:

  1. haina ke ka lagi jana yuda pheri garib madhyam barga janta ki sano post ma police ma kaam garnne garib janta ko chora chori marnna lai janayudda .Abba tehi baide daka makune daka oli daka anni congress daka affu affu ma matra jana yuda garr pheri janta ko chora chori lai chhuna jata.Affnai chora chori ra netaharu janayudaa garera moore

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक